~दीप हाँडिगाउँले~
रहरले रहर मारेको त्यो दिन
जितेर बाजी हारेको त्यो दिन
बिर्सीसकें उहिलेई भनेको त हो
साँचो भनेर ढाँटेको त ढाँटेकै हो
टाउकोले तिरम् भनेको त्यो रिन
छातीको नाईँले नतिरेको त्यो रिन
उधारो राख्दिन कसैको भनेको त हो
नतिरेर मनले आँटेको त आँटेकै हो
बेहोसीले होसलाई थुनेको त्यो रात
होसले बेहोसी चुनेको त्यो रात
गल्ती कसले गर्दैन? भनेको त हो
बेहोसीने गरी होस मातेको त मातेकै हो