हातमा छ ‘जम्मुतबी एक्सप्रेस’को स्लिपर क्लासको टिकट । जम्मु–बदला–व्यास हु‘दै जालन्धर आईपुगेको रेलमा चढें घचेटाघचेटबीच । बाक्सा, सुटकेस केही छैन । त्यही रुकस्याक हो । सिट मुनिको साङ्गलामा बॉधेर चाबी लगाए‘ र फितलो आकासे रंगको सिटमा बसें । छेउको सिटमा बसेको छ मंगोलियन अनुहारको होचो गॉठीको मान्छे, जसको निधारमा छ एकबित्ता लामो खत । अर्को सिट खाली छ । अब जालन्धरदेखि फगवाडा–चण्डीगढ–अम्बाला–पानीपत हु‘दै दिल्लीसम्मको यात्राको लागि त्यही निधारखते मंगोलियन हुनेछ मेरो साथी । चण्डीगढ स्टेशनमा पॉच मिनेटका लागि रेल रोकिन्छ यात्रु चढाउन ।
केही मानिसहरु चढ्छन् र कराउ‘छन्–ए केले ! केले ! अर्को कराउ‘छ–ए मुङ्गफली ! मुङ्गफली ! अर्को थप्छ–गरम चाय ! गरम चाय ! केले केले भन्दै कराउ‘दै आउनेले हामीतिर फर्किएर सोध्छ– भाई केले चाहिए ? मंगोलियन आफैंले मात्रै सुन्नेगरि भन्छ–‘अब यस्ता केरा आङ्खनै घरमा गएर खाइन्छ ।’
ए केटो त नेपाली रहेछ ! दङ्ग पर्छु । परिचयको मेसो मिलाउ‘दै बोल्न शुरु गर्छु । ऊ त रेलको डब्बै फुटाउ‘लाझैं उफ्रिन्छ, ‘ओहो दाई पनि नेपाली हुनुह’दो रहेछ’ भन्दै । म पनि खुशी हुन्छु बाटाका लागि नेपाली साथी भेटेर । रोल्पाली तन्नेरी शक्ति तिहार मनाउन नेपाल फर्कदै थिए । हाम्रो कुराकानीको बीचमा रेलवे पुलिसफोर्स, आरपिएफका हतियारधारीहरु गस्ती छाडेर कुरा सुन्न रोकिएझैं गर्छन् । जालन्धरबाट रेल चढेको ६ घण्टामा दिल्ली रेलवे स्टेशनमा ओराल्छ विहान पॉच बजे झिसमिसेमै । रेलवे स्टेशनको मूलगेटबाट बाहिर निस्किएर हरियो रंगको अटो समाएर आनन्दविहार अन्तरराज्य बसअड्डातिर लाग्छौं । आधाघण्टामा आनन्दविहार पुग्दा बसअड्डामा देउडा गीत घन्किईरहेको थियो । अब दिल्लीबाट पिथौरागढ जाने बस बेलुका चार बजेबाट मात्रै छुट्न शुरु गर्छ । त्यही पिथौरागढ ताकेर बत्तिने बसमा जानुछ बनबासासम्म । बेलुकीसम्म यही बसअड्डामा बसेर गफ गर्नु र गरिरहनु मात्रै हुन्छ हाम्रो काम ।
०००
अठार बर्षपहिले आएको थियो ऊ एसएलसी परीक्षा दिएर भारत । एसएलसी बिग्रिएपछि दिल्लीकै कारखानामा मजदुरी शुरु गरेको थियो घरै नफर्की । आमा थिइनन् । बाले कान्छी ल्याएका थिए । त्यसैले त्यो घर आङ्खनो जस्तो लाग्थेन उसलाई । रमाउन सकेको थिएन घरमा । रह‘दाबस्दा कारखानामा काम गर्ने साथीहरुको संगतले संगठित भयो माओवादी सम्बद्ध प्रवासी एकता समाजमा । संगठनमा लाग्दालाग्दै दिल्लीमा भेटिएका नेताहरुले फलाकेको क्रान्ति, परिवर्तन, मुक्ति, समानताका लामा लामा लैबरीहरुस‘ग लोभिएर लडाईमा सामेल हुने निणर्य गर्दै त्यही आनन्दविहारबाट बस चढेर नेपाल फर्किएको थियो शक्ति एकहुल साथीहरुस‘ग मिसिएर ।
नेपाल फर्किएर ऊ फौजी मोर्चामा सामेल भयो । रोल्पाको विकट जेलवाङ्गमा जन्मिएको तन्नेरी शक्तिको मनमा अगुवाहरुले सुन्दर सपना भरिदिएका थिए–सानोठूलो कोही नहुने, थिचोमिचो, अन्याय अत्याचार सबै मेट्ने । त्यही सपनालाई थाक्रो हाल्न फाल हानेको थियो देशमा लडाईको तीब्र ऑधी चलेको याममा हुरीको गीत फलाक्दै । उसको ऑखाभरि नाचिरहन्थ्यो, जडौरी मजेत्रो ओढेर काम्दै बर्बराईरहेकी आमाको तस्बिर । सामान्य ज्वरोले समातेकी उसकी आमा सिटामोलको मुखै देख्न नपाई निख्रिएकी थिइन् । देखेको थियो, शहरबजारमा रुघालाग्दा मेडिकल धाईरहेका मानिसहरु । उसलाई पटक्कै मन परेन समाजको रिती । दिल्लीमा पनि ऊ एउटा यस्तो मजदुर थियो जसले पसिना बगाउ‘छ तर जीवनको आधारभूत ब्यावस्थापनका लागि ऑशु बगाउनुपथ्र्यो । ऊ फेर्न चाहन्थ्यो समाजको सिलौटो जस्तो मान्छे पिस्ने परम्परा ।
त्यसैले त हि‘डेको थियो बारुदको धुवॉ गन्हाईरहेको सपनाको रातो बाटो बन्दुकलाई साथी बनाएर । लड्दैजॉदा घाइते भयो सल्लेरी मोर्चामा । साथीहरुले बोकेर ल्याएर एउटा अनकन्टार जंगलमा छाडिदिए र फरार भए । दुईदिनसम्म भोकैप्यासै तड्पिईरह्यो घाइते शरीर बोकेर अनकन्टार जंगलमा एक्लै । पानीको प्यास मेट्न हत्केलामा थापेर आङ्खनै पिसाबले घॉटी भिजायो । जंगलमा पल्टिएर टुलुटुलु आकासतिर फर्केर हेरिरह‘दा देख्यो, टिलपिल गर्दै आकासमा टल्किरहेका ताराहरु । ताराहरु हेर्दाहेर्र्दै ऑखाबाट टिलपिल टिलपिल गर्दै बग्न थाल्यो ऑशु । सकेन त्यसरी बॉचिरहन अनकन्टार जंगलमा रातभरि शीतले डामिदै, ऑशु र रगतमा डुबेर । अनि घिस्रिदै घिस्रिदै झ¥यो जंगलतलको बाटोछेऊ दिनदिनभरको समय लगाएर पल्टिदै, डल्लिदै । र, मानिस हि‘ड्ने मूलबाटो छेऊ उत्तानो परेर सुतिरह्यो । एकजना गाउ‘ले लामाले भेटे उसलाई । भनिदियो सबैकुरा, सत्यकुरा । तिनै आप्पाले गाउ‘माथिको भेडीगोठमा लगेर लुकाए उसलाई । उपचार गरे स्याउ‘स्याउ‘ती किरा परिरहेको घाउलाई बेटाडिनले सफा गर्दै । गोली झिकीदिए घाउबाट चक्कु र सियोले खोतल्दै । निको भयो तिनै आप्पाले माया घोलेर गरेको उपचारले । धन्यवाद दियो आप्पालाई ऑशु घोलेर, आदर घोलेर र बिदा माग्यो आप्पास‘ग फेरि मोर्चामा हि‘ड्नका लागि । आप्पास‘ग छुट्टिएर हि‘ड्न लाग्दा आकास सफा थियो ऐनाजस्तो । अनन्त अनन्तसम्म फैलिएको आकास देखेर ऊ निकै भावुक भयो । छाडेर जाने निष्ठुरी साथीहरु सम्झेर दुख्यो । उसले बु¤यो–एक दुएक घुम्तीहरुले जिन्दगी सकिन्न रैछ । केही दलनहरुको भोगाईले, केही ऑशुहरुले मात्रै पनि कहॉ सकि‘दो रैछ र जिन्दगी ! पहिलो थोपा ऑशु झार्नु गलामा भेलहरुलाई निम्तो दिनु रैछ । पहिलो पाइलोको लागि खुट्टा उचाल्नु लामो हि‘डाईको शुरुवात रैछ । केही दुखहरुको भोगाई थप दुखहरुको लागि निम्तो पनि रैछ । ऊ फेरि हि‘ड्यो थप दुख खेप्न दुख र अत्यासको उही पूरानै बारुदे बाटो मोर्चामै छुटेको बन्दुक समाउन । पार्टी सम्पर्कमा हि‘डेको बेला बाटाका ढुङ्गा र केही घरका भित्ताहरुमा उसकै नाम फलाकेर लेखेको देख्यो–‘महान शहीद कमरेड शक्ति अमर रहुन् ।’ उसलाई छाडेका थिए उसका साथीहरुले काम नलाग्ने ठानेर । तर ऊ फर्कियो फेरि पार्टी काममा जिउ‘दै । उसलाई देखेर सबै दंग परे । हर्ष र ऑशुको उत्सब मनाए । उसले आङ्खनै हातले काट्यो शहीदखातामा लेखिसकिएको आङ्खनो नाम ।
०००
लडाई थामिएपछि सैन्य फर्मेसनबाट निस्किएर राजनीतिक मोर्चामा सामेल भयो । राजनीति नयॉ बाटोबाट गुज्रियो । सबैलाई बराबर हुन्छ भनेर उसलाई सपनाको कथा भन्नेहरु साहुमहाजनभन्दा पनि सुकिला भएर निस्किए । ऊ त बॉच्नै नसक्ने दरिद्र मान्छेमा झर्न थाल्यो दिनदिनै । जीवन चलाउने सबै आधारहरु निख्रिएपछि एकदिन छि¥यो सिंहदरवार र भेट्यो आङ्खनै रोल्पाली मन्त्रीलाई संचार मन्त्रालयमा । मन्त्रीको कोठा सबै उनका आफन्तहरुले भरिएको थियो । बलैबलै भेट पायो मन्त्रीकोे । भन्यो, जीवन चलाउन सकिन, यसो कतै पियनको भए पनि काम लगाइदिन प¥यो । मन्त्रीजी झर्किए । अपमान गर्दै नानाभाती अर्ति दिए । र अन्तमा भने,अब किन बसिरहन प¥यो काठमाडौं ? खुरुक्क गएर गाउ‘मा बसेर खेतिपाती नगरेर † गाउ‘मा उसको खतबारी केही छैन । कहॉ गरोस् खेतिपाती ?
०००
दशबर्ष पहिला बनबासा आएर फालेको मौलानको झोला भिरेर जम्मु पुग्यो । लडाईको लामो घुम्तिमा जीवनको उर्जा भएको उमेर, सपना, रगत, तागत सबै निखारेर जीवन चलाउन नसकेपछि बॉकी जीवन चलाउने मेसो खोज्दै जॉदा ऊ जम्मुको स्याउ फार्ममा गार्ड बनेर काम गर्न थाल्यो । दश बर्षअघि देश फेर्ने भनेर लगिएको थियो ऑधिको बाटो हि‘डाउन । दश बर्षपछि जीवनका सारा भ्रमहरुबाट निस्किएर ऊ फेरि त्यही मौलान फर्किएको छ गार्ड बन्न । त्यही‘ चार बर्ष काम गरेर घर फर्कदै गर्दा भेटिएको छ ऊ रेलको डिब्बामा ।
०००
शुरुमा लागेको थियो–रिर्जभेसन नगरी लोकल डिब्बामा बसेर यात्रा गरु‘ । लामो बाटो, टिटिको छलछाम, चौरीडकैतीको डरले स्लिपरको टिकट बुकिङ्ग गराएको थिए‘ । उस‘ग भेट हुनु रहेछ, दुख सुन्नु रहेछ । देख्नुरहेछ उसले जीवनका पूराना दिनहरु सम्झदै गर्दा उसका ऑखाबाट मूल फुटेझैं बगिरहेका ऑशु र एउटा निकै उराठलाग्दो अत्यास । सबैभन्दा बढी देख्नुरहेछ–यी सबै सबै भोगेर पनि बॉचिरहेको एउटा मानिस । चार बजेको टिकट तिहारको चापमा सकिएको रहेछ । छ बजेको टिकट पाइयो । बस छुट्नुअघि दिल्लीको अर्को पाटोतिर डुब्दै गरेको घामतिर हेर्दै उसले भनेको थियो– ‘भागेर जीवन सकिन्न रहेछ । यसलाई बेर्होनु पर्दोरहेछ । जीवनलाई बेर्होनु दुनि‘यालाई बेर्होनु पनि रहेछ । आफ्नै मृत्युपत्र गोजीमा बोकेर आशाको यात्रा पनि हि‘डियो । बिधवाले भरिलो सिउ‘दोको सपना देखेजस्तो आशा बोकेर । तर रगंहरुले दिएको सपनाको भर नहुने रहेछ । भएपनि त्यसको रगं निष्ठुरी हुने रहेछ ।’
०००
सॉझ छ बजे उत्तराखण्ड परिबहन निगम लेखिएको बस पिथौरागढ ताकेर बत्तिनका लागि आनन्दविहार बसअड्डामा आखिरी हर्न बजायो । हामी चढ्यौ त्यसैमा । गजरौलामा चियानास्ताका लागि बस रोकिएको बेला शक्तिले भन्यो–‘यो त महालुटाहा ठाउ‘ हो । कश्मिरबाट फर्केका गोर्खा रेजिमेन्टका फौजीहरुको हुलले खरको फुसले छाएको होटलमा मह‘गीको विषयमा झगडा पर्दा आगो लगाईदिएपछि टोकन सिस्टम लागु गरेका छन् ।’ ‘काश्मिरका गोर्खाली फौजीहरुले अर्काको देशमा ब्यवस्था बसाएछन्’–म मनैमा भन्छु–‘तिम्रो त्यत्रो लडाईले देशमा गरिबहरुले बाँचीखाने ब्यवस्था बन्नै सकेन ।’ ‘के गर्नु दाई देशमा पनि नयॉ ब्यवस्था ल्याउने भनेर लडियो, नेताहरुको नाममा ठूल्ठूला राता घरहरुको ब्यवस्था हुनसाथ साराका सारा मानिसहरुको बिजोग बनाईदिए ।’–मैले केही भन्नुअघि ऊसैले भन्यो–‘तर आफैं राजीखुशी भएर हि‘डेको यात्राप्रति कुनै पश्चाताप छैन, हिनताबोध छैन । हामीहरुले सकेको गरेकै हौं । अगाडी हि‘डेकाहरुले धोखा दिएर रहरेखोलाको पुल भत्काईदिए त त्यसमा मेरो के दोष हैन दाई ?’ उसलाई दिनसक्ने जवाफ मस‘ग केही छैन । चुपचाप सुनिरहन्छु उसैलाई । बसले विहान चार बजे बनबासामा ल्याईपु¥यायो । बोर्डर ६ बजेमात्रै खुल्छ । रिक्सा र टाङ्गावालाहरु ह्र्वाह्र्वाती आउ‘छन् लुटपाटै गरु‘लाझैं गरेर । सोध्दैनसोधी झोला लैजान्छन् । खोज्दै ल्याउनुप¥यो हामीले झोला । बनबासाका होटलहरुले सुदुरपश्चिमका जिल्लाहरुको नाम सारेर टॉसेका छन् बोर्डमा । होटल बाहिर लहरै राखिएका छन् खाटहरु र जोगीले धुनी जगाएर बसेझै बालिरहेछन् हरेक होटल अगाडी आगो । होटलमा काम गर्ने सबैजसो नेपालीहरु छन् । शक्तिले भन्यो–‘अठार बर्ष अगाडी एसएलसी दिएको साल घरबाट भागेर आएपछि शुरुमा मैले यही‘का होटलमा भॉडा मा¤ने काम गरें दाई ।’ हामी गयौं अछाम होटलको बोर्ड टाँसिएतिर । दायॉबायॉतिरका होटलहरुको बोर्डमा लेखिएको थियो दार्चुला होटल, डोटी होटल । त्यसपरको होटलको मधुरो अक्षरमा टॉस्सिईरहेको थियो बझाङ्ग होटल । शक्तिले केही नरिवल र मिश्री किन्यो बनबासामा । टाङ्गावाला आउ‘छ, पचास रुपैयॉमा महेन्द्रनगर पु¥याउने भन्दै मान्छे बटुल्छ । शक्तिको एउटा झोला अलि ठूलो छ । टाङ्गावाला भन्छ–पछि उतै पुगेर मिलाएर दिनुस् । टाङ्गाचल्न थालेको केहीबेरमै बनबासाको बोर्डर अफिस पुग्नेबेला दायॉतिर देखिन्छ ऑपको बगैचा । त्यही बगैचाछेऊमा छ टनकपुर हाइड्रोपावरको अफिस । त्यो अफिस देखेर शक्ति साह्रै नमीठो गरि विर्गाछ अनुहार । उत्तराखण्डको प्रहरी सामान चेक गर्न बसेको छ । टाङ्गावाला भन्छ, पुलिसलाई दिन पैसा उठाउनोस् । अरु सबै दिन्छन् । शक्ति पनि गोजीमा हात छिराउ‘छ । म उसलाई रोक्छु । पुलिस हामीलाई सामान लिएर भित्र आइज भन्छ । म उसलाई अंग्रेजीमा सोध्न थाल्छु । उसको अलि हाकिमजस्तो देखिने मानिस आउ‘छ । उस‘ग पनि म अगं्रेजीमै बोल्न थाल्छु र तिम्रो हामिक को हो भनेर सोध्छु । उनीहरु हाम्रो सामान चेक नगरी अगाडी बढ्न दिन्छन् । यो मैले अघिल्लै पाली आउ‘दा साथीबाट सिकेको तरिका हो भारतका पुलिसहरुको दिवाली खर्चबाट बच्न । अरुहरु भन्छन् हामीले दुई सौ भारु बुझायौं । टाङ्गा घत्रक्घत्रक् गर्दै गुडिरहन्छ । महाकाली वारि पुगेपछि टाङ्गावाल फेरि पैसा उठाउ‘छ । टाङ्गामा चढेका हामी दुई बाहेक सबैले सय सय दिन्छन् । हामी जम्मा तेह्र जना छांै टाङ्गामा । पुलिसकोमा पुगेर टाङ्गावाल भन्छ–‘सबही आद्मीको हो गिया ।’ हामीतिर देखाएर खुसुक्क केही भन्छ तर सुनिदैन । पुलिस हामी भएतिर आउ‘छ र सामान खोल्न भन्छ । म अघि बोर्डरकै तरिका दोहो¥याउ‘छु । पुलिस हच्केर पछि हट्छ । शायद सोच्दो हो, कोही पढेलेखेको, भारतको माथिल्लै तहको नोकरी गर्ने मानिस प¥यो । विवाद गरे फसादमा परिन्छ । त्यसैले चुप लागेर जान्छ । टाङ्गावाल सातसय पुलिसलाई दिन्छ र बॉकी आङ्खनै गोजीमा हाल्छ । टाङ्गाको पछिपछि मोटरसाईकलमा आईरहेको बाक्लो जुङ्गा भएको मानिसले कबुल अनुसारको भाडा उठाउ‘छ हामीस‘ग । झोलाको भाडाको विषयमा सबैस‘ग किचकिच गर्छ । बोल्न नसक्नेहरुलाई पुलिस लगाईदिने धम्की दिन्छ । खै किन उसले शक्तिको झोलाको विषयमा किचकिच गरेन । दिएको लियो र बाटो लाग्यो । बनबासाबाट चल्ने सबै टाङ्गाहरु भिमदत्त नगरपालिकामा नेपालीहरुको नाममा दर्ता भएको हुन्छ । तर भाडा उठाउने त भारतीय नै थियो र भाडा उठाएर फेरि बनबासातिरै फर्कियो । केही बुझिएन । गड्डाचौकी आउ‘छ । राष्ट्रिय झण्डा गाडिएको प्रबेशद्धार राखिएको छ । त्यो देख्नासाथ शक्तिको अनुहार उज्यालो हुन्छ । सिमाको भन्सारमा विनाड्रेसमा बसिरहेका मानिसहरु झोला खोतल्न आउ‘छन् । कानैमा मुख जोतेर पैसा माग्छन् । शक्ति त्यसको प्रतिवाद गर्छ । म थपिन्छु ऊस‘ग । बाटोमा हाम्रो फुर्तिफार्ती देखेर होला अरुपनि थपिएर प्रतिवाद गर्छन् । त्यतिकैमा रमितेहरुको भीड लाग्छ । शक्ति भाषण गरेझैं गरेर चर्किन्छ, ‘स्साला विदेशमा भॉडा माझेर, चौकीदार बसेर, मजदुरी गरेर फर्किएका दाजुभँइको पैसा लुट्न बस्ने देशको भन्सारमा हरामीहरु ?’ चुनावका लागि बाढी पीडितलाई फकाउन आएका रहेछन् उसको जिल्लावाला सिंहदरवारे पूरानो मन्त्री सहितका ठूला नेताहरु । शक्तिलाई देख्नासाथ भूपू मन्त्रीजीले भने–‘ल कमरेड ठीक गर्नुभो । चुनावको मुखमा ठ्याक्कै पारेर आउनुभएछ । सबै तपाईजस्ता कमरेड भए पो हुनु । अरुबेला काम गर्ने, पार्टीलाई चाहिएको बेला जोडिईहाल्ने…।’ उनी बोल्दै थिए, शक्ति सबैलाई स्तब्ध बनाउने गरि चिच्यायो–‘तिमीहरुको सुखका लागि मैले मेरो जवानी दिए‘ । निधारको छाला ताछेर लडाईमा चढाए‘, लडाईमा घाइते भएर स्याउ‘स्याउ‘ति किरा पर्दा पनि आन्दोलनलाई धोखा दिइन । आज मेरो शरीर छियाछिया छ । शरीरभरि छर्रा छन् । उपचार गर्न सकेको छैन । त्यसैको बलमा उभिएर तिमीहरु सिंहदरवार पुग्यौं । मैले भात खान नपाएर पियनकोे जागिर माग्न जॉदा अपमानित गर्दै निकाल्यौ । म हिजो जहँ‘ मजदुरी गर्थे त्यही गएर फेरि चौकिदार बन्न प¥यो । अब यही जिन्दगी ठीक छ । तिमीहरुलाई खान पाएका, सुखसुबिधा पाएका तिमीहरुका आफन्त र वरिपरिकाहरु भए पुगिहाल्छ । तिनैले हाल्छन् भोट….’ त्यसो भन्दै झोला घिर्सादै अघि बढ्यो शक्ति । महेन्द्रनगरबाट काठमाडौं ताकेर हि‘ड्न तम्तयार भएको बसमा चढें म । उ पनि चढ्यो त्यसैमा । भन्थ्यो–‘के गर्नु दाई दाई ? आङ्खनै घर बनेको रैनछ, देश बनाउने भनेर हि‘डियो । आखिरमा न त घर बन्यो न त देश ।’ निकै उदास अनुहार बनाएर झ¥यो नेपालगन्जमा केही किनमेल गर्नुछ भनेर । उसले हात हल्लाउ‘दै गईरह‘दा बसमा बजिरहेथ्यो–‘के भन्न सकिन्छ के हुन्छ साथी, रुन सकिन्छ छुटेर साथी… ।’