देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन पाउने कानुनै बनायो । त्यसपछि युवाहरू आत्मनिर्भर हुन कोही खाडीक्ष्ाेत्रतिर लागे । सम्पर्क भएकाहरू गि्रनकार्डको अभियानमा जुट्न थाले ।
कहीँ जान नसक्ने र काम नपाएर घरमै बस्नेहरू कोही बाध्यताले, कोही प्रतिबद्धताले ुजनयुद्धु का लागि जङ्गल पसे । विवाह गर्नेहरूले एक मात्र सन्तान पाए । समग्रमा नियोजनका सरकारी नीतिजस्तै साधनहरूको खपत पनि निकै बढ्यो । एक दशकपछि युवा जनशक्ति निकै घट्यो । क्याम्पसहरू भटाभट बन्द हुन थाले । कलकारखानाको उत्पादन घट्न थाले । कार्यालयहरूमा बूढाबूढी मात्र देखिन थाले । पर्यटन उद्योग सुस्ताउन थाल्यो । सेना र प्रहरीमा भर्ना हुन खोज्नेहरू भएनन् । जुलुसको परम्परा घट्दै गर्यो । आमसभा नाम मात्रको हुन थाल्यो । स्थितिको अध्ययन गरेर आयोगले बुझाएको प्रतिवेदनअनुरूप सरकारले युवा शक्तिको आवश्यकताबोध गर्यो र नयाँ नीति बनायो । युवाहरूलाई रोजगार तथा व्यापारका लागि स्वदेशीका साथै विदेशी युवालाई पनि प्रोत्साहित गर्न ऋणको व्यवस्था गर्ने । त्यसको केही समयपछि छिमेकी राष्ट्रका राजदूतको पदोन्नति भयो ।
(साभार -नेपाल)