आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्यो । यसपालि कसैको पनि कुनै सामानचै नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो ! रामचन्द्र घर जाने उत्साहमा बोल्दै थियो । रामचन्द्र जसलाई यहाँ साहेबले आर.सी. भनेर बोलाउछ, त्यसैले ऊ सबैको आर.सी. हो । त्यसै गरी आर.बी.चाहि रामबहादुर हो । साहेबले लामो नाउ बोलाउने झन्झट नगरी सबैको नाउ छोट्टयाइदिन्छ । उनीहरू तीन जना नेपालीबाहेक दुईजना भारतीय केटीहरू र चार जना बङ्गलादेशी केटाहरू पनि यहाँ छन् । भारतीय केटीहरू
चन्द्रावतीलाई सी.भन्छ साहेबले र मधुमालतीलाई एम.मात्रै भन्छ । बङ्गलादेशी केटाहरू चन्द्रशेखरलाई सी.एस., गोपीकृष्णलाई जी.के., कृष्णचन्दरलाई के.सी. र कालीप्रसादलाई के.पी. भनेर साहेबले बोलाउने गर्छ । तर रामबहादुरलाई यसरी नाउ छोट्टयाएको पटक्कै मन पर्दैन र ऊचाहि आफ्ना सबै सहकर्मीलाई उनीहरूको पूरै नाउले बोलाउछ । तर उसका सहकर्मीहरू भने साहेबकै नक्कल गर्छन् र एकआपसमा साहेबले छोट्टयाएकै नाउ चलाउछन् ।
रामचन्द्रले घर जाने कुरा गर्नासाथ रामबहादुरलाई पनि आफ्नो घरको सम्झना भएर आयो । रामबहादुर घर नगएको पनि झन्डै छसात वर्षौ भइसक्यो । यहाँबाट छुट्टी पाउनै गाह्रो छ । सुरुसुरुमा छुट्टी नपाएको झोकमा कहिलेकाही यो कामै छोडौ जस्तो पनि उसलाई नलागेको होइन । तर साहेब ज्यादै असल छ र रामबहादुरलाई खूबै माया गर्छ । साहेबले कामदारमध्ये सबैभन्दा बढी विश्वास पनि रामबहादुरलाई नै गरेको छ । यति ठूलो र्¢ªमको सबैजसो जिम्मा हिजोआज रामबहादुरकै हातमा छ । साहेबको विश्वासपात्र भयो भनेर उसका सहकर्मीहरू उसकोर् इष्र्या पनि गर्छन् । त्यसैले यहाँको कामै छोडेर साहेबको विश्वासलाई घात पार्न पनि ऊ चाहदैन ।
रामबहादुरलाई घरै जाने पनि अब के नै आकर्षणरह्यो र ! आफूले मन पराएर बिहे गरेर घरमा छोडेर आएकी स्वास्नीले पनि पर्खिन सकिन । पाँच वर्षछि घर जाँदा ऊ अर्कैकी भइसकेकी रहिछे । आमाले माया गर्थिन्, उनी पनि स्वर्गे भइसकिछन् । बाउ दाजुसग बसेका रहेछन् । दाजुको परिवारमा भाउजूको हेरविचार र नातिनातिनाको रमझममा बाउ पनि रामबहादुरका लागि बिरानोझै भएछन् । कान्छा अब नजा परदेश, यतै बस्, घरजम गर् बाबै बाउले भन्न त भनेका थिए । तर आम्दानी गर्न नसकेको घरजम पनि दिगो हुदैन । कमलीसग उसले घरजम गर्न खाजेकै त हो नि । दिनरातको अभाव र गरिबीसग आजित भएपछि कमलीकै सल्लाह मानेर ऊ परदेशिएको हो । तर कमलीले आफैलेकमाउन भनेर परदेश पठाएको लोग्नेलाई पर्खन सकिन । रामबहादुरले त्यस बेला मनभरि कुरा खेलाए पनि बाउलाई कुनै जबा¢ª र्¢ªकाएको थिएन । कान्छा सबै उस्तै हुदैनन्, सधै एकनास हुदैन, आइमाई जातलाई एक्लै छोड्नु हुदैन । आट गर्, अब नजा, यतै बस्, म पनि बूढो भइसके, आमाले तेरै नाउ लिदालिदै प्राण छोडी । रामबहादुरको मनको कुरा पढेर बाउले भनेका थिए । तर उसले बाउले भनेझै गरेन । एकपल्ट पुगेर आउछु बा ! उसले यति मात्रै भनेको थियो । बाका कुरा पनि ठीकै हुन् कान्छा, अब नजा, यतै मिलीजुली काम गरौला । दाइले पनि भनेका थिए । तर रामबहादुरले दाजुको हिजोको व्यवहार बिर्सन सकेको छैन । दाजु र भाउजूले उसले कमाएन भनेर त्यस बेला अर्घेलोगरेको उसले कसरी बिर्र्सोस् ! अझ रामबहादुरले कमलीलाई बिहे गरेपछि दाजुले सगोलमा बस्न पनि रुचाएका थिएनन् र त्यसपछि दाजुकै आग्रहमा परिवार दुईटुक्रा भएको थियो । दाजुले कुलो पनि लाग्ने र राम्रो उब्जाउ हुने खेतजति आफ्ना भागमा पारेर रूखो र कुलो नलाग्ने खेत उसको भागमा पारिदिएका थिए । त्यसपछि बाउआमा पाल्ने जिम्मा पनि रामबहादुरलाई लगाएर दाजु पन्सिएका थिए । कुनै इलम नभएको रामबहादुर वर्षदनमै साहूको ऋणमा चुर्लुम्म डुबेको थियो । ‘अब परदेश नगई अर्को उपाय छैन’ कमली र उसले सल्लाह गरेका थिए । त्यसपछि खेतजति जम्मै साहूलाई जिम्मा लाएर दलाललाई पैसा खुवाएपछि रामबहादुरले परदेशमा जागिरको मुख देखेको थियो ।
परदेशिएको अर्को वर्षदेखि रामबहादुरले बाउको नाउमा पैसा पठाउन थालेको थियो । बाउको नाउमा पैसाको बिटो देखेपछि भाउजूको बुद्धि फर्केको थियो । बूढाबूढीलाई एकोहोर्याएर कमलीलाई पोइल हिडाउने जुक्ति पनि भाउजूकै थियो । कमलीलाई टिक्न नदिएपछि उनीहरूले बूढाबूढीलाई स्याहार्न आफ्नै घरमा पुर्याएका थिए । त्यसपछि रामबहादुरले पठाएको सबै पैसा दाजुकै हातमा पर्न थालेको थियो । त्यसैले आफ्नो दाजुको माया कतिसम्म गहिरो छ भन्ने कुरा रामबहादुरले राम्ररी बुझेको थियो । उसले पैसा कमाउन छोडेको भोलिपल्ट उसका दाजुभाउजूले उसलाई नचिन्न पनि बेर लाउदैनन् । त्यसैले छदाखादैको त्यस्तो राम्रो काम छोडेर बाउदाजुका कुरा मान्नु रामबहादुरलाई पटक्कै ठीक लागेन । त्यसैले चाडै र्¢ªर्किनेछु भनेर ऊ पुनः विदेशिएको थियो ।
रामबहादुर फर्किएको छ महिनामै सेतो धागोले बेरिएको चिठी उसको नाउमा आएको थियो । बाउ बितेछन् । उसले आफूले जानेको किरिया यही बसेरै बार्यो । परदेशमा नियम त कसरी पुर्याओस्, तै बाउलाई बिदा गर्यो । बाउको देहान्तपछि अब नेपालै रित्तो लाग्यो उसलाई । त्यसैले पनि ऊ घर गएको छैन । किन जाने ! कसका लागि जाने ! ढुङ्गा र माटोबाहेक नेपालमा अर्थोक के छ र उसको । ढुङ्गा र माटो त यहाँ पनि छ । एकै पेटको दाजुको माया उसले कमाएको पैसासग मात्र छ । बरु यही देशको साहेबले उसलाई बिरामी पर्दा पनि स्याहारेको छ ।
यहाँआएकै साल फुड प्वाइजन भएर ऊ झन्डै खुस्केको थियो । त्यस दिन दुईचार चोटि दिसाबान्ता हुदा पनि उसले खासै वास्ता गरेन र आफ्नो नियमित काम गरिरहेको थियो । अचानक उसलाई तारन्तारको दिसाबान्ताले छोपेको थियो । मधुमालतीले आत्तिएर तुरुन्तै साहेबलाई खबर गरेकी थिई । त्यस बेला साहेब हावाको गतिमा आइपुगेको थियो र हतारहतार उसलाई गाडीमा हालेर अस्पताल पुर्याएको थियो । आधा घण्टाको बाटोमा रामबहादुरले गोडा तीनचारेकपल्ट गाडीमै दिसा र बान्ता गरेको थियो । झन्डै बेहोसजस्तो अवस्थाको रामबहादुरलाई साहेबको गाडी खराब गरेको भन्नेचाहि सम्झना थियो तर ऊ यति शिथिल भइसकेको थियो कि त्यस बेला आफ्नै शरीर उसको वशमा थिएन ।
तपाईंले फोहोर पारेको गाडी साहेबले सबै आफै सफागरे नि आर.बी. दाइ ! पछि मधुमालतीले सुनाएकी थिई । भारतीय केटी मधुमालतीले साहेबको ड्राइभर नेपाली केटो हर्कबहादुरसग बिहे गरेकी छ । मधुमालती र हर्के साहेबले दिएको साहेबकै घरसग टासिएको क्वार्टरमा बस्छन् । रामबहादुरलाई अस्पतालमा तीन दिनसम्म सलाइन चढाएर राखिएको थियो । अस्पतालबाट साहेबले रामबहादुरलाई आफ्नै घरमा लगेको थियो । साहेबले आफ्नो कोठाकै छेउको कोठामा रामबहादुरलाई राखेर रामबहादुरको जम्मै हेरविचार आफैले गरेको थियो । साहेबको स्याहारसुसारले एक हप्तामा रामबहादुर तङ्ग्रिएर तन्दुरुस्त पनि भएको थियो । त्यसपछि मात्र साहेबले रामबहादुरलाई उसैको कोठामा फर्किन दिएको थियो । मानिसलाई मानिसले जित्ने भनेकै सद्व्यवहारले रहेछ । त्यस बेलाको साहेबको व्यवहारले गर्दा रामबहादुरका लागि साहेब भन्नु उसको जिउदो भगवान्जत्तिकै भएको छ । वास्तवमा यो परचक्री भूमि पनि उसका लागि आफ्नो मातृभूमिभन्दा प्रिय भएको साहेबकै मायाले हो । उसलाई सम्झदा पनि अचम्म लाग्छ, साहेब उसको भाषा बुझदैन र ऊ पनि साहेबको भाषा बुझदैन । मानिसले मानिसलाई माया गर्न भाषा पनि नचाहिने रहेछ । आफ्नाहरूका माझ ऊ बिरानो भइसकेको छ र बिरानो साहेबले उसलाई मायाजालमा हालिसकेको छ ।
रामबहादुरको साहेब वैज्ञानिक हो । हुन त ऊ डाक्टर हो तर उसले कहिले पनि डाक्टरी काम गरेर बिरामी जाँचेन । उसलाई केटाकेटीदेखि नै आविष्कार र अनुसन्धानमा रुचि थियो । त्यसैले डाक्टरी विद्या पढेर पनि ऊ अनुसन्धानमा नै लागिरह्यो । त्यसैले आज उसलाई सबैले वैज्ञानिक भनेर नै चिन्छन् । त्यसो त साहेबले आफ्नो आविष्कारलाई अहिले व्यापारमा परिणत गरिसकेको छ । अरबपति बाबुआमाको एक्लो छोरो हो साहेब । त्यसैले पैसा कमाउने कुरा उसले कहिल्यै सोचेन । नयानया काम गर्ने मात्रै लहड थियो साहेबको । गोरा साहेबहरूको उमेर त थाहा पाइदैन, तर दस वर्षघि रामबहादुर यहाँ आउदाको साहेब र अहिलेको साहेबको उमेर विचार गर्दा साहेबको उमेर साठी वर्षनाघिसकेको जस्तो लाग्छ उसलाई । रामबहादुरको सहकर्मी बङ्गलादेशबाट आएको कृष्णचन्दरचाहि अङ्ग्रेजी भाषा राम्रै जान्दछ । उसैले साहेबका बारेमा लेखिएको किताब पढेर साहेबका बारेमा लेखिएका यी सबै कुरा रामबहादुरलाई भनेको हो । कृष्णचन्दरले सुनाएअनुसार उसको साहेबले बिहे पनि गरेको छैन र उसको घरपरिवारमा पनि कोही छैनन् ।
साहेबको यो फर्मसहरबाट निकै नै टाढा छ । यहाँबाट मोटरमा आधा घण्टाको बाटोमा एउटा सानोसानो गाउ छ । तर यो र्¢ªमको वरिपरि भने कतै पनि कुनै घर छैन । झन्डै नौ सय एकडजति जमिनलाई अग्लो पर्खाल लगाएर घेरिएको छ । एउटा ठूलो मूल द्वार छ । त्यहा हरहमेसा ताला लाग्ने गर्छ र त्यो तालाको साचो साहेबसग मात्रै छ । यहाँ काम गर्ने विदेशीबाहेकका कर्मचारी बाह्र जना त्यहीका स्थानीय जातिका मानिसहरू छन् । ती किसानहरू अङ्ग्रेजी जान्दैनन्, उनीहरू आफ्नै भाषामा बोलीचाली गर्छन् । त्यसैले रामबहादुर र उसका साथीहरूसग ती किसानहरूको कुनै कुराकानी हुदैन । कृष्णचन्दरले नै पत्तो लाएअनुसार ती किसान पनि त्यहाका सुकुमबासी हुन् र त्यही परिसरमा साहेबले दिएको घरजग्गाबाहेक उनीहरूको अन्त कतै जाने ठाउ पनि छैन । उनीहरूले त्यस जमिनमा खनजोत गर्ने, तरकारी, ¢ªलफूल रोप्ने र स्याहार्ने काम गर्छन् । यहाँ हरेक मौसमका तरकारीहरू र ¢ªलफूलहरू पर्याप्त ¢ªल्छन् । साहेबको आफ्नै निजी हेलिकोप्टर पनि यही कम्पाउन्डको बीचभागमा राखिन्छ । कृष्णचन्दरकै भनाइअनुसार अस्पतालहरूमा आफ्नो उत्पादन पुर्याउने काममा साहेब यही हेलिकोप्टर प्रयोग गर्छ । पहिलो पटक यहाँ भित्रिदा त्यस ठाउमा एउटा अनौठो संसार देखेर रामबहादुर छक्क परेको थियो । चारैतिरको निर्जन एकान्त पार गरेपछि एउटा अर्कै संसारमा प्रवेश गरेको अनुभूति रामबहादुरलाई भएको थियो । एक किसिमको डरजस्तो पनि र अनौठोअनौठो, केटाकेटीमा आमाले सुनाएको दन्त्यकथाको सहरमा आइपुगेजस्तो अनुभूति पनि भएको थियो उसलाई ।
यहाँ रामबहादुरको जिम्मामा चाहि एउटा पाँच सय मिटर चौडा र त्यति नै लामो घर छ । यो घर अचम्मको छ । यसमा बीसवटा कोठाहरू छन् । यी सबै कोठामा मानिसहरू छन् ।
जब पहिलो दिन रामबहादुर कोठामा पुगेको थियो, यहाँका मानिसहरू देखेर अचम्म परेको थियो । यहाँका हरेक कोठामा दसबाह्र जनाको सङ्ख्यामा नाङ्गा मानिसहरू थिए । कुनै कोठामा लोग्नेमानिस मात्रै, कुनै कोठामा आइमाई मात्रै र कुनैकुनै कोठामा लोग्नेमानिस र आइमाई दुवै थिए । ‘ए यो त जेलखाना पो रहेछ’ उसले त्यस बेला मनमनै ठानेको थियो । ‘भो यस्तो जेलखानामा त काम नगर्ने’ उसले तत्काल निर्णयगरेको थियो । त्यस बेला उसलाई कृष्णचन्दरले नै त्यहा पुर्याएको थियो । नेपालमा जुन दलाललाई उसले पैसा तिरेको थियो त्यो त अब त्यहा थिएन । त्यसैले उसले कृष्णचन्दरलाई नै आफ्नो मनको कुरा टुटेफुटेको हिन्दीमा भन्यो । कृष्णचन्दर हिन्दी कुरा गर्थ्योर अङ्ग्रेजी जान्दथ्यो । त्यसैले ऊ नै साहेब र विदेशी कामदारका बीचको भाषासाघु बनेको थियो । अब तिमीले एक वर्षत यहाँ काम गर्नै पर्छ, त्रि्रो मालिकले त्रि्रो एक वर्षो पैसा त लगिसक्यो । कृष्णचन्दरले रामबहादुरको निर्णयो जबा¢ª दिएको थियो । यो मानिस बनाउने फ्याक्टरी हो, जेल होइन । यी मानिसहरू हाम्रो साहेबले मेसिनले बनाएको हो । यिनीहरू मानिसजस्ता मानिस नै हुन् तर यिनले मानिसका कुरा बुझदैनन् । यी हेर्दा मानिस भए पनि पूरै मानिस भने होइनन् । कृष्णचन्दरले रामबहादुरको मनको भाषा पढेर यो जानकारी दिएको थियो ।
* *
मानिस साहेबले किन बनाएको हो, के काम ! फेरि यिनीहरूलाई किन लुगा नदिएको ! राम बहादुरले नाङ्गा मानिसहरूलाई हेर्न नसकेर भनेको थियो । यिनीहरू लुगा लगाउन मन पराउदैनन्, लुगा लगाइदियो भने च्यातिदिन्छन् कृष्णचन्दरले भनेको थियो । अहिले संसारका जुनसुकै देशमा पनि यी मानिसको माग छ । हाम्रो साहेबबाहेक संसारमा कसैले पनि यस्ता मानिसको उत्पादन गर्न सकेका छैनन् । त्यसैले यहाँ कोही पनि बाहिरको मानिस आउन पाउदैन र यहाँका हामी कामदार पनि घरीघरी बाहिर जान पाउदैनौ । यसको मूल ढोकाको साचो त्यसैले साहेबसग मात्रै छ । त्यसै दिन कृष्णचन्दरले भनेको थियो ।
यी मानिसहरूमध्ये कसैको मृगौला, कसैको मुटु, कसैको आँखा, कसैको हात वा खुट्टा बिक्री हुन्छन् । आजकल संसारका मानिसहरूका कुनै न कुनै अङ्गमा रोग लागेर ती अङ्ग फेर्नुपर्ने भइरहेको हुन्छ । त्यस्ता फेर्नुपर्ने अङ्गका लागि साहेबले यी मानिसहरू उत्पादन गरेको हो । कृष्णचन्दरले आफूले जानेका धेरैजसो जानकारी त्यसै दिन रामबहादुरलाई सुनाएको थियो ।
यी मानिसहरूमध्ये कसैको आखाको भाग बलियो छ, कसैका हातखुट्टा, कसैको टाउको, कसैको पाठेघर, कसैको मृगौला र कसैको मुटु । साहेबले त्यसैअनुसार यिनीहरूलाई अलगअलग कोठामा राखेको हो । यहाँ राखिएका मानिसहरूमध्ये सबैभन्दा पुराना पाँच वर्षा भए । म यहाँ आएको आठ वर्षभयो । पहिलो पटक उत्पादन गरिएका सबै मानिस मरे । कुनै हिसाबमा गडबढी भयो भनेर त्यस बेला साहेब निकै मुÂमुरिएको थियो । कृष्णचन्दर रामबहादुरलाई सबै कोठा घुमाउदै थियो र आफूले जानेका कुरा भन्दै पनि थियो । यो कोठामा हामीले पस्नु हुन्न, यहाँ मानिसको बीउ भर्खरै राखिएको छ । सहरमा मानिसको विर्यको पनि ब्याङ्क छ रे, त्यहाबाट साहेबले मानिसको विर्य किनेर ल्याउछ । उः ती सिसाका भाडा छन् नि, यसलाई साहेबले मदर भन्छ । हो ती भाडामा एक वर्ष पछि मानिसका बच्चा देखा पर्छन् । यो कोठामा साहेब मात्रै बेलाबेलामा पस्ने गर्छ र ती भाडामा कुनै औषधी हाल्ने गर्छ । कृष्णचन्दरले बीचभागमा भएको एउटा कोठाको सिसाको ढोकाअगाडि पुगेपछि भनेको थियो । यो कोठाचाहि अपरेसन गर्ने कोठा हो । साहेबले संसारका कुनै पनि अस्पतालबाट माग भएअनुरूपका अङ्गहरू काटेर उसैले बनाएको खास किसिमको बट्टामा ती अङ्गहरू प्याकिङ गर्छ । त्यस्ता अङ्गहरू प्याकिङ गरेको ४८ घण्टाभित्र मानिसमा प्रत्यारोपण गर्न सकिन्छ ।
योचाहि काम नलाग्ने मानिस पेल्ने कोठा हो कृष्णचन्दरले त्यसै घरको पल्ला छेउको एउटा कोठाअघिल्तिर पुगेपछि भनेको थियो । कोठाको ढोका बन्द थियो तर सिसाको ढोकाबाट भित्रको दृश्य छयाङ्गै देखिन्थ्यो । त्यहा भित्र एउटा कालो रङ्गको ठूलो मेसिन थियो र जुन चिम्नीको आकारले कोठाको छतमा टासिएको थियो । कुनैकुनै मानिसको कुनै पनि अङ्ग काम नलाग्ने हुन्छ, त्यस्ता मानिसलाई पाल्नुको कुनै औचित्य हुदैन । त्यसैले त्यस्ता मानिसलाई पहिले मृत्युको र्सर्ुइ दिइन्छ र त्यसपछि त्यो निर्जीव भइसकेको मानिसलाई यो चिम्नीमा हालिन्छ र त्यो बिजुलीको स्विच अन गरेपछि केहीबेरमै त्यो खरानी हुन्छ । कृष्णचन्दरका कुरा सुनेर रामबहादुरको अनुहारमा भयका चि≈नहरू प्रकट भएका थिए । डराउनु पर्दैन, तिमीहामीलाई साहेबले यसमा हाल्दैन । उसैले बनाएका फाल्तू मानिस मात्रै हाल्छ । कहिलेकाही कुनैकुनै मानिस मर्छ पनि, त्यस्तो बेलाका लागि मात्रै हो यो । फेरि सबै अङ्गप्रत्यङ्ग प्रत्यारोपणका लागि झिकिएपछि काम नलाग्ने भएर बाकी भएका भाग पनि यसै मेसिनमा हालेर पेलिन्छ । यसलाई इन्सिनेटर भनिन्छ । कृष्णचन्दरले रामबहादुरलाई ढाडमा धाप मार्दै आश्वस्त पार्न खोजेको थियो ।
त्यस दिन रामबहादुरलाई फर्म हाउसका सबै कोठा र उसले गर्नुपर्ने काम पनि अराएपछि कृष्णचन्दर आफ्नो काममा लागेको थियो । तर रामबहादुरलाई भने कस्तोकस्तो भइरयो, दिगमिग लागिरयो र एक किसिमको डर पनि लागिर≈यो । रामबहादुरको जिम्मामा ती मानिसहरूलाई खाना खान दिने र उनीहरू बस्ने कोठा सफा पारिदिनुपर्ने थियो । ती मानिसहरूलाई खान एक किसिमको दाना दिइन्थ्यो । कुखुराले खाने दानाजस्तै किसिमको दाना उनीहरूलाई एउटा ठूलो प्लास्टिकको आरीमा हाल्दिनुपर्थ्यो र पानीचाहि प्लास्टिकका सिसीहरूमा भरेर राखिदिनुपथ्र्यो । प्रत्येक कोठामा सगै गासिएका शौचालय थिए र ती मानिसहरू शौचालयको कमोड प्रयोग गर्थे । कमोड प्रयोग गर्ने ती मानिसहरू फ्लस गर्न जान्दैनथे । त्यसैले हरेक पटक रामबहादुरले नै त्यहा पुगेर फ्लस गरिदिनुपथ्र्यो । रामबहादुरले इसारा गर्नासाथ ती मानिसहरू शौचालयमा प्रवेश गर्थे र उसले धारा खोलिदिन्थ्यो । र्झनाको पानीमा तिनीहरू केहीबेर नुहाउथे । हप्तामा एक दिन साबुनको फोहोरा पनि खोलिदिनुपथ्र्यो । जसले गर्दा उनीहरू सफासुग्घर देखिन्थे । रामबहादुरका लागि काम गाह्रो थिएन तर यस्तो अचम्मको र कहिल्यै सपनामा पनि नचिताएको काम गर्न भने उसलाई पटक्कै मन लागेको थिएन । ‘ठीकै छ एक वर्षत बस्नै पर्यो, त्यसपछि अर्कै काम गर्नुपर्ला’ बाध्य भएर रामबहादुरले निर्णयगरेको थियो ।
यसैबीच अचानक रामबहादुर बिरामी परेको थियो र बिरामी निको हुनासाथ रामबहादुर साहेबलाई छोड्न नसक्ने भएर साहेबको मायामा बाधिएको थियो । त्यसैले त्यसपछि रामबहादुरले यही काममा आफूलाई डुबाएको थियो ।
कोठा नम्बर तीनमा केटीहरू मात्रै राखिएका थिए । प्रत्येक केटीका ढाडमा नम्बर टासिएको थियो । तिनीहरूमध्ये नौ नम्बरकी चाहि रामबहादुरलाई असाध्यै राम्री लाग्थी । आफ्नी कमलीको शरीर पनि उज्यालोमा सम्पूर्ण नदेखेको रामबहादुर सुरुसुरुमा निर्वस्त्र आइमाईका शरीर देखेर लाजले भुतुक्क हुन्थ्यो । पाँच वर्षा केटीहरू पनि अठारबीस वर्षा जस्ता तरुनी थिए । यी मानिस विकासे कुखुराजस्तै हुन् आर.बी. । यिनको बुद्धि र तागत हुदैन । त्यसैले यी छिटोछिटो बढ्छन् रे । रामबहादुरको जिज्ञासाको जबाफ कृष्णचन्दरले नै दिएको थियो । यी कृत्रिम मानिस हुन् भन्ने जानेरै पनि नौ नम्बरकी केटीलाई देख्नासाथ रामबहादुरलाई भने कमलीको सम्झनाले आक्रान्त पाथ्र्यो । छोटो समयसम्म भए पनि कमलीसग भोगेको सुखको सम्झनाले उसलाई गाल्थ्यो । त्यसैले सबै कोठाको काम सक्नासाथ रामबहादुर तीन नम्बर कोठामा पुग्थ्यो र घण्टौसम्म नौ नम्बरकी केटीलाई हेरेर बस्थ्यो । पहिलेपहिले नाङ्गा मानिसहरू हेर्न नसकेर आखा चिम्लिने रामबहादुरलाई पछिपछि नाङ्गा मानिसहरू हर्ेर्ने अभ्यास भएको थियो । बुझयौ आर.बी., साहेबले उसको किताबमा गजबको कुरा लेखेको छ- प्रकृतिले बनाएका कुनै पनि जीवले कपडा लगाउदैनन् । मानिसले पनि कपडा लगाउन आवश्यक नै थिएन । सुरुमा एउटा मानिसले गरेको गल्तीका कारण मानिसले कपडा लगाउनुपरेको हो । मानिसको वास्तविक सुन्दरता नै कपडाले छोप्छ । संसारमा त्यसैले जीवजन्तुले यौनअपराध गरेको सुनिदैन तर असङ्ख्य मानिसहरू यौनअपराधमा संलग्न छन् । यो सबै मानिसले कपडा लगाएकाले भएको भन्ने उसको मान्यता छ । कृष्णचन्दरले एक दिन साहेबले लेखेको किताब पढेर रामबहादुरलाई अर्थ्याएको थियो । साहेबका कुरा ठीकबेठीक ठहर गर्ने क्षमता रामबहादुरसग थिएन तर नौ नम्बरकी केटीको सुन्दरतामा मोहित रामबहादुर दिनप्रतिदिन त्यस केटीप्रति लालयितसमेत भने हुदै गएको थियो ।
‘यो पनि त मानिस नै हो, साहेबसग यो केटी माग्नुपर्यो, बरु पैसा जति परे पनि तलबबाट कटाऊ भन्नुपर्यो । आखिर साहेबले बेच्ने नै भएपछि कसो मलाई नदेला र !’ धेरै दिनपछि एक दिन रामबहादुरले निर्णयगरेको थियो ।
हिजोआज रहदाबस्दा साहेब र उसका बीचमा सामान्य संवादका लागि कृष्णचन्दर नचाहिने भइसकेको थियो । साहेब प्रत्येक दिन बिहान सबेरै र बेलुकी गरेर दुई पटक र्¢ªम हाउस घुम्न आउथ्यो । त्यस दिन बिहान रामबहादुरले साहेबलाई आफ्नो इच्छा व्यक्त गर्ने निधो गर्यो । साहेबले एक नम्बर घुम्यो, दुई नम्बर पनि घुम्यो र तीन नम्बर कोठामा साहेब पस्यो । रामबहादुरको मुटु ढक्क भयो, तर पनि उसले आज साहेबसामु आफ्नो माग राख्ने नै निर्णयगरिसकेको थियो । साहेब ! रामबहादुर नौ नम्बरकी आइमाईको अघि पुगेर उभियो । के भयो यसलाई ? साहेबले आफ्नो भाषामा सोध्यो । होइन, यसलाई होइन, यो मलाई रामबहादुर अकमकायो र आफ्नो कुरा राम्ररी भन्नै सकेन । ह, के भयो यसलाई ? साहेबले आफ्नो घाटीमा झुन्डिरहेको स्टेथोस्कोपले नौ नम्बरकी केटीलाई जाँच्न थाल्यो । साहेब, मलाई यो राम्री लाग्छे रामबहादुरले दह्रो भएर भन्यो । अ, यो राम्री छ, मलाई पनि राम्री लाग्छ साहेबले नौ नम्बरकी केटीको शरीर र टाउकोसमेत सुमसुम्याउदै त्यसका गालामा च्वाप्प म्वाइ खायो । रामबहादुरलाई त्यसरी साहेबले नौ नम्बरकीलाई सुमसुम्याएको र चुम्बन गरेको पटक्कै मन परेन ।
साहेब, यसको पैसा मेरो तलबबाट काट्नुहोस् र यो मलाई दिनुहोस् । रामबहादुरले साहेबको मुखमा हेर्दैनहेरी कठोर भएर हतारहतार भनेको थियो । तिमी के गर्ने, यसको त पाठेघर मात्रै राम्रो छ, तिमीलाई काम लाग्दैन आर.बी. । साहेबले छक्क परेर रामबहादुरलाई हेर्दै भनेको थियो ।
म योसग बिहे गर्छु साहेब, यो मेरी स्वास्नी कमलीजस्तै छ । रामबहादुरले रुन्चे स्वरमा भनेको थियो ।
तिमी लैजाऊ, तर यो स्वास्नी हुदैन, मैले झूटा कुरा गरेको होइन । तिमी मेरो कुरा पत्याउदैनौ होइन ? ल लैजाऊ यसलाई । साहेबले नौ नम्बरकी आइमाईका पाखुरा समातेर त्यसलाई रामबहादुरतिर ल्याइदियो । त्यसको ढाडमा टासेको नौ नम्बर पनि झिकिदियो । आर.बी., म तिमीसग पैसा लिदिन तर तिमीलाई मन नपरे भोलि नै ल्याइदेऊ । तिमीले यसलाई क्वार्टरमा लैजाँदा यसको खाना पनि सगै लिएर जाऊ । यसले तिम्रोखाना खान सक्तिन । यसको स्वास्थ्यको हिसाबले पनि यसलाई यहाँको हावापानीबाहेकको प्राकृतिक हावापानीले बिगार्ने सम्भावना छ । एकैछिन पख, म यसलाई एउटा सुईलगाइदिन्छु, यो कोठाबाट बाहिर लैजाँदा यसलाई यो सुईलगाउनु पर्छ । बाह्र घण्टामा फेरि लगाउनु पर्छ साहेबले भनेको थियो । साहेबले भनेझै नौ नम्बरकी केटीलाई झट्टै उसले एउटा सुईलाइदियो ।
त्यस दिन आफ्नो सबै काम सकेपछि नौ नम्बरकी केटीलाई लिएर रामबहादुर आफ्नो क्वार्टरमा पुगेको थियो । परदेशिएको एक्लो रामबहादुरलाई आज यतिका वर्षछि उत्साह र उमङ्गले खपिनसक्नु भएको थियो । नौ नम्बरकीको नाउ उसले कमली नै राख्ने निर्णयगरेको थियो । एउटी कमली गुमाए पनि आज अर्की कमली पाउदा उसको हर्षो सीमै थिएन ।
क्वार्टरमा पुगेपछि रामबहादुरले आफ्नो बाकसबाट सारीचोलो र पेटीकोट निकालेको थियो । कमलीका लागि किनेका यी सामान बोकेर नेपाल जाँदा कमलीसग भेट नभएपछि उसले फाल्न पनि सकेको थिएन । कमलीकै लागि त्यसै बेला किनिएका लालीपाउडर र क्रिम पनि थियो उसको बाकसमा । उसले सबै कुरा पालैपालो नौ नम्बरकी केटी अर्थात् ऊद्वारा नामकरण गरिएकी कमलीलाई लगाइदियो । कमली चुपचाप बसिरही । शरीरमा लुगा परेपछि भने ऊ केही छटपर्टाई र लुगा खोल्ने प्रयत्नमा लागी । तर रामबहादुरले उसलाई इसारा गरेर लुगा लगाइरहन लगायो । प्रत्येक पटक ऊ भने लुगा फुकाल्न खोजिरहन्थी । लुगाफाटो र सिगारपटार सकेपछि रामबहादुरलाई नौ नम्बरकी केटी एकदमै ठयाम्मै कमलीजस्तै लाग्यो । उस्तै गोरो अनुहार, उस्तै आखा, उस्तै ओठ, उस्तै सम्पूर्ण बनोट । ‘कमली !’ रामबहादुरले आखाभरि आँसु पारेर त्यसलाई बोलायो । अगालोमा कसेर फेरि बोलायो ‘कमली ! कमली !’
ऊ भोकाइहोली भनेर रामबहादुरले सगै ल्याएको दाना दियो । उसले कपाकप खाई । बोतलमा पानी पनि दियो, घटघट पिई । यतिका वर्षछिको सुन्दरीको संर्सगले रामबहादुरलाई स्त्रीनशाले छोपिसकेको थियो । त्यसैले त्यसपछि उसले आफूले कमलीका रूपमा सिगारेकी केटीका कपडा खोलिदियो । कपडा खोलिदिदा त्यो केटी खुसी भई । त्यसपछि उसले त्यो केटीलाई नरनारीको भोगका लागि तयार गर्न खोज्यो । तर त्यो त भावशून्य थिई । उसले कुनै प्रतिक्रिया नै जनाइन । भावावेशमा रामबहादुरले आफूलाई पूर्ण पुरुषमा रूपान्तरित गर्यो तर त्यो भने आइमाई हुदैभइन । एउटा ढुङ्गाजस्तो चिसो शरीरसग खेल्दाखेल्दै रामबहादुर आफै शिथिल भयो । त्यो आइमाईसँग आइमाईको जस्तै शरीर थियो तर त्यो आइमाई भने थिइन । उसले जति नै प्रयत्न गर्दा पनि त्यो आइमाई नै भइन । र, आखिरमा रामबहादुर हार्यो । त्यो आइमाई केहीबेरमै निदाएकी थिई र रामबहादुर त्यही निदाएकी आइमाईलाई हेर्दै रोइरह्यो ।
भोलिपल्ट बिहान साहेब फर्ममा आइपुग्नुअघि नै रामबहादुरले तीन नम्बर कोठामा त्यो आइमाईलाई पुर्याएर त्यसका ढाडमा नौ नम्बरको प्याच टासिदियो ।
(स्रोत : Nai Prakashan)