~डिग बहादुर तामांग~
कोहि हाकिम सारै राम्रा आखांमा राखेनी हुने
कोहि हाकमि सारै खराब बांदरे चुटेनी हुने ।
कोहि हाकिम सारै असल काम अति नै जान्ने
कोहि हाकिम सारै खराब काम अति नै चोरने ।
कोहि हाकिम सारै असल काम अति नै गर्ने
कोहि हाकिम सारै असल अरुलाई पनि मद्दत गर्ने ।
कोहि हाकिम सारै असल दाया र मायां गर्न जान्ने
कोहि हाकिम सारै खराब, जे पायो त्यही भन्ने ।
कोहि हाकिम अति नै राम्रो अरुको इज्जत गर्न पनि जान्ने
कोहि हाकिम अति नै खराब, पायोकी त लातले हान्ने
कोहि हाकिम अति नै रामौ आफ्नो कर्तव्य पुरा गर्ने
कोहि हाकिम अति नै खराब पायो कि चोर्न पनि जाने ।
कोहि हाकिम अति नै असल घुसको नाम सम्म नलिने
कोहि हाकिम अति नै खराब घुसैघुसले आफ्नो भुंडी भर्ने ।
कोहि हाकिम अति नै असल, अरुको एक पैसा नखाने
कोहि हाकिम अति नै खराब पायो कि त अरुको मात्रै खाने ।
कोहि हाकिम अति असल परस्त्रीलाई आंखा सम्म नलाउने
कोहि हाकिम अति नै खराब पायो की पराई घरमात्र धाउने ।
कोहि हाकिम अति नै असल चाकरी चुप्लासी मन नपर्ने
कोहि हाकिम अति नै खराबी चाकरी र चुप्ली मात्र खोज्ने
कोहि हाकिम अति नै राम्रो न्यायोचित व्यवहार गर्ने
कोहि हाकिम अति नै खराब अन्याय अत्यचार मात्र गर्ने ।
कोहि हाकिम घरको काम छोडि पनि अड्डाको काम मात्रै गर्ने
कोहि हाकिम अड्डाको काम छोडेर घरको काम मात्रै गर्ने ।
मेरिल्याण्ड
(स्रोत : Nepalikavita.com)