खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ
हतार हतार पुगेछु दैलो ढप्कि सकेछ
बाटो बाटोमा तिम्रो पाईला खोजें
अश्रुको झरीले संभावना रुझे
धुनि तापि बसेका ए युगल जोडी
देखेनौ तिनीलाई सोंधे आश गरी
खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ
हतार हतार पुगेछु दैलो ढप्कि सकेछ
तिम्रो नाम लिंदै म चिच्याउंदै हिंडे
देख्ने सबैले मलाई बौलाहा भने
झ्याउंकिरी संगै विरह कराउने
जति सम्झ्यो उति मुटु चर्याउने
खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ
हतार हतार पुगेछु दैलो ढप्कि सकेछ
(स्रोत : Nepalikavita.com)