~यात्रा गुरुङ~
विश्व युद्दाको झल्को मलाई दिलाईरहेको छ बेला-बेलामा देशको गृहयुद्दले यद्दपी गृहयुद्द अलि पर पुगिसके । टेरेस!तिमी जिवित टेरेस बन्न कटिबद्द छौ,टेरेसको मार्ग समाल्नु भएकोमा सफलताको कामना ।हृदयको पानबाट नमेटिने अक्षरहरुमा “मदर टेरेस र फ्लोरेन्स नाइटुङ्ला “हुन ।यि शब्द भित्रको रसमा म हराउँछु,शब्दयिक अर्थ खोज्छु बृहद शब्दकोष झै फेला पर्छु । यि दुई महान नायिक मेरो हृदयमा मात्र नभएर विश्व इतिहासमा मानव जगतको परोपोकारीकी हस्ती हुन्,विश्व युद्दको घइतेहरुको मलाम हुन ,ममताकी देवी हुन , वा,निस्वर्थ स्वयसेविक हुन ।टेरेस तिमीले मलाई कुनै यात्री भनेर चिन्दा हुन्छ्,वा महमुर्खा भनेर चिन्दा फरक पर्दैन
।म १० बर्षे गृहयुद्दमा पसेको एकल यात्री हुन ,भलुभङ्,बेनि,जिरी घटना मेरै आगडी दृश्य घटना हुन ,जहाँ मानवताको भाव थिएन्,बमले नि:सङ्कोच पहाडलाई थरकाईरहेको थियो,मानवले मानवको छातिमा गोली बर्षैइ रहेको थियो,अशान्तिले शान्तिलाई लखेटिरहेको थियो उफ !मेरो यात्रामा उफ! मेरो देशमा !बम,बरुद र यम्बसले मानवको नास गरिरहेको थियो,लाग्थ्यो मानव अब मानबकै विनाश तिर लाग्यो ।आमाको आगडी छोरा डलेको दृश्य,आनन्दको संसरमा(घर)आगोको मुस्लो दन्किरहेको दृश्य ,बचाउँ!बचाउँ!!आवाजमा मैले मदर टेरेसालाई पुकारे,फ्लोरेङ्सलाई सम्झे,सायद तिमीलाई पुकाथ्थे होला तर मैले तिमीलाई चिनेको भर्खरै ३-४महिन जती मात्र भयो होइन र ?
महिन मानव भुगोल र मानव संरचनाको भु-बनोटबाट आज एउटा टेरेस उदयमान भए झै लाग्यो युद्दबाट थकित पाईलाहरु आज तिमीसंग बाँडन पाउँदा कत-कता आनन्दको से-फोक्सुन्डो र रारा यात्रा गरे झै लाग्यो ।यद्दपी तिमीले मलाई चिन्दैनो,मैले तिमीलाई चिन्दैनो,वंश! भाबनाको न्युट्रोनहरु ई-संसारको तारमा साटी रहेको छौ,कुनै दिन तिमीले मलाई चिनेछ,मैले तिमीलाई चिनेछ,त्यो दिन समाजले एकतर्फिले खुशीको ताली बाजाउँने छ,एकतर्फिले गालीको थपडी मर्ने छ यो निश्चित छ ।म तिमीलाई किन ढाँटु ?म एक मुर्ख कालिदास हुँ ,बाँदु पनि ,विद्दोतम जस्तो विद्दोषिबाट आपहेलित भई “काली “शरणमा पुगी जिवनलाई दास बनाएको कालीको भक्त पनि हुँ म ।हो!हाँगमा बसेर फेदा कटने मुर्ख कालीदास हुँ म
टेरेस!आज तिमीबाट आनन्दको गांग हृदयमा बगिरहेको अनुभुती भईरहेको छ मलाई,तिम्रो बोलाई,मुस्काई,हिडाई सर्वश्च लाग्न थलेको छ ,किन हो कुन्नी ?मलाई नै थाहा छैन्,मैले आफुले आफुसंग सोधे प्रतिउतर पाएन ।साँची टेरेस! तिम्रो मधुरो आवाज घना जंगलको कर्ण प्रिय चरिको आवाज झै मुटुमा कम्पित भएर संगितको धुनमा झङ्कृती हुन्छ आँखा आफै तिम्रो स्वरको सतहमा पुग्छ सरस्वती को बिणको धुनमा रुपान्तृत हुन्छ जबा तिम्रो बोली शुन्यता हुँदै जान्छ,मेरो नयन बिस्तारै खुल्छु,त्यती बेला मेरो आंखा आगडी मनमोहक सुन्दर गुलाफ फकृरहेको देख्छु,कुनै खोट छैन त्यो गुलाफ तिमी नै हो टेरेस ,मेरो दृश्यवाली तिमी नै हो टेरेस । तिमीबाट जुन आनन्द पाउँछु त्यो आनन्द सयाद यो ब्रहामन्डमा बिरलै होला ।तिमी प्रकृती झै लाग्छ ,विहानी उषाको ज्योती लिएर चाँदिको मोती झै टल्किछै हिमालमा साँझमा आस्ताउँछौ पनि,घरी पुर्णिमाको जुन झै शितल भएर आकाशमा उदाएर ताराहरु संग खेल्छौ,बसन्त ऋतुको पालुवामा उमृन्छौ झै लाग्छ ।साँची म ति पालुवाहरुसंग ,ति जुन र तारासंग रम्दा र खेल्दा म आफुलाई भुल्छु ।टेरेस! तिमी प्रकृतिको अप्सार हो,ईश्वरको वारदान हो,तिम्रा केशाहरुमा सुन फुलको सुगन्धा छ,तिम्रा केश फिजाउदा केशाबाट उत्पन्न मोतिका कर्णहरुबाट सत्तरङी ईन्द्र्णी देख्छु,मान्छे हरु पानी पर्दा र घाम लागेको मिश्रणबाट ईन्द्रेणिमा रम्छन म तिम्रै केशहरुमा ईन्द्रेणी देखी रहेको छु ,तिम्रै केशमा रन्मी रहेको छु ।तिम्रो सिउदो “तुक्सुस” पात झै समान्तार ।साँची टेरेस! तिमी झर्नबाट झरेको थोपा हुन ,पहाडी कल -कल बाग्ने खोली हुन ,जहाँ हेर्दा सतह स्पस्टले देखिन्छ ऐनामा अनुहार हेरे झै आफ्नो आकृती प्रस्ट देखिन्छ ति कल-कल बाग्ने खोलामा कती कन्चन!कती निश्चल !!मैले ३ दिन रात प्रकृतिका अनुपामको सौन्दयको जादुमा रमे,आकाश तिर आँखा टोल्याउछु,ताराहरु तिप्-तिप चम्किरहेको हुन्थे,चराको करुणिक आवाज पर-परा माधुर्यता मस्त हुन्थे,मेरो आगडी जुनकिनी तिप्-तिप भएर उडिरहेको हुन्थे,कस्तो बिचित्रको संसार !कती आनन्दाको संसार !म सपनाको संसार हुन्थे,चरचुरुङिको आवाजले ,खोलाको झन्कारले ,विहानिको शिताल हावाले मलाई उठउन्थे ।म उठ्थे,मेरो आँखा सेतम्या हिमालमा पुग्थे,म हिमालको आलौकिक दृश्यामा भुल्थे,बिस्तरै सुर्यको उषाको किरणले हिमाललाई स्पर्स गर्थे,त्यहाँ आलौकिक दृश्य देख्थे मानबा दुनियाँले ‘सन रंईस’ भन्दो हो ।हिमाल र सुर्यको किरणबाट उत्पन्न दृश्यले मलाई अनन्दित तुल्यायो ।त्यो विहानी तेस्रो विहानी थियो,वा अन्तिम विहानी थियो अथवा,तीन रातको आन्तिमा विहानी थियो ।मैले एक्लाईले तीन रात बिताए,त्यो रातहरु मेरो खोज थियो,त्यो जंगल यात्रा मेरो अनुसान्धन थियो आखिर बध्यात र कठोर जो भए पनि म सफल भए मेरो खोज र अनुसान्धनमा ।वास्ताम,त्यो ३ दिने यात्रा तिमी र प्राकृती बिचाको तुलात्मक खोज थियो हो,आखिर प्राकृतिबाट तिम्रो सबै गुण पाएँ,तिम्रो आवाज ,तिम्र मृगनयन ,झर्न सारी झरेको केश पाएं,तिम्रा मुस्कान सबै पाएँ ।यो मेरो यात्रालाई “टेरेस दृश्यवाली ” नामकारण गरेको छु, शयाद भबिश्यामा मैले पादयात्री रुपमा लाईजाने सोच बनाई रहेको छ ।यहाँ आउने पर्यटक थाह होस कि तिम्रो आवाज हरु,तिम्रो रुपहरु .. सयाद तिमीलाई प्रेम नगरेको भएं यि दृश्यबाट बन्चित हुने रहेछ म !३ दिन रातको बसाई पछी फर्कने क्रम वन भरी लाली गुराँस,चापँ चिलाले वनै राक्तम्या र सेतम्या देखिन्थ्यो ,गुराँसलाई हत्केलामा सजाउन खोजे,चाँपलाई शिरम सजाउन खोजे तर सजाउन सकेन ,यदी मेरो हातले स्पर्स गर्यो भने कालो दाग लाग्न सक्छ,सुन्दारतामा असुन्दारतले छाउने त्यो कुरा सत्यता थियो ।बश! मन भरी सजाएँ,आँखा भरी सजाएँ ।टेरेस!आउने बेलामा गुराँसको थुङालाई तिम्रो शिरमा सजाउनका लागि टिप्न लाग्दा,एक मनले सम्झाई हल्यो,फुल ओइलिएर जान्छ वास्तविक फुलको सौन्दर्या टेरेस देख्न सक्दैन त्यसैले फुललाई रम्न देउ जंगलमैम,फुल्न देउ जंगलमैमा ति फुलहरुलाई ….. ।
एक रात आमाको काखमा बिताएँ,भोली पल्टै शहरतिरै दौडियो ।आमा भन्नु हुन्थ्यो-”छोरा !२-३ दिन बसेर त जह ” ।के काम छ तेरो ?”म कस्लाई पन्छाई रहेको छु”मैले भाबुक रुपमा प्रस्तुत गरे ,”के तिमी पागल त भएको छैनो ?”आमाको झर्को स्वारमा मैले नम्ररता अपानाएँ “हो आमा! कस्सैको मायामा पागल भएको छु,हरतर्फ उसलाई खोजी रहन्छयो मन ले,तपाईं किन ढाँटु म,किन वनमा घुम्न गएँ,शयाद तपाइलाई थाहा छैन ,उस्कै खोजिमा वन गएको थियो ,पाए पनि ।”के म तिम्रो राजकुमारी नाम जान्न सक्छु” ?भलदमी पर प्रश्न गर्यो । मैले फुस्काई हल्ले”टेरेस” ।भावुकतामा मैले प्रथाम पटक मेरो आमाको आँखमा आँशु देखे,त्यो प्रेमको आँशु थियो,आमाले मप्रती गरेको प्रेम,मैले तिमी प्रती गरेको प्रेम आँशु थियो टेरेस अथाव तृकोणत्माक प्रेमको आँशु थियो ।एक छिन पछी आमाले सोधे:-”के तिम्रो टेरेसलाई मेरो आँखले देख्छु” ? आमा हजुर पनि!मैले जबाफ अन्तै मोडे ।टेरेस! त्यो क्षण आमासंग छुटिने बेलाको थियो ।तिमी प्रती मेरो आमाको आँखामा प्रेमको आँशु थियो,त्यो आँशुलाई पछौरी पुछ्दै थियो,म आमाबाट बिदा भएँ,वनबाट शहर म तिमी खोज्न हिडे ।
म शहरको कोलहलमा छु ।वनको शान्त र शहरको कोलहलमा बिचामा तिमीलाई उभ्याउदैछु तर ति कोलहलामा मैले तिमीलाई पाउन सकेन,ती भिडाभडामा तिम्रो आवाज सुन्न सकेन ,तिम्रो आकृती भेट्न सकेन्,लागि रहेको छ मेरो दास्रो अनुसान्धन फलदायक देखिरहेको छैन ,म शहरको कुन कुनमा तिमीलाई खोजिरहे ।म भिडबाट उछिटिए,एउटा गल्ली तिर लागे ।म टक्क रोकिए,आर्ट क्यालरिमा ।म आर्ट क्यालरी भित्र पसे,चित्र सबै कलत्माक थियो ।पर कुनमा चित्रकार पेन्टिङ गरेको देखे म त्यतै झुमिए ।पेन्टिङ गरेको चित्र कलत्माक थियो ।म उसको समु उभिरहे,म बोले-”क्षमा गर्नु होला,म तपाईंले पेन्टिङ गरेको चित्रमा केहि बोल्न सक्छु” ?अबश्य!मन्दा आवाजमा जवाफ फर्कयो ।तपाइले पेन्टिङ गरेको चित्रको शिर्षक ?मैले प्रश्न गरे ।”टेरेस” उस्ले जवाफ दिईहाल्यो ।”टेरेस” मानबा जगतको परोपोकारी हुन ,ममतको खानी ..।चित्रकारले उस्को तर्फबाट टेरेस गुन गाएँ ।म यो चित्रलाई…..! म आड्किए ।मैले तपाईंको कुरालाई बुझ्न सकेन नि,चित्रकारले मलाई सोध्यो ।मेरो अर्थ, म चित्र प्रती सौखिन ब्यक्ती हुन,तर न मसंग रंङको ज्ञान छ्,न ब्रासको ।यो चित्रमा मेरो जिवनको अर्थ लुकेको छ,यो चित्रमा मेरो जिवन छ ।फेरी चित्रकारले मलाई सोध्यो:-तपाईंको कुरालाई बुझ्न सकेन नि ?चित्रकार महाशय!म जिवित टेरेसलाई प्रेम गर्छु मेरो आशाय यो हो कि,तपाइको यो चित्रलाई म खारिद गर्न सक्छु ?अबश्य!खरिदा गर्न सक्छ ।तपाईंको प्रेम प्रती मेरो सानो सहनुभुती ।अहँ साँचि!तपाईंको नाम ?कालीदास । तपाईंलाई धन्यबाद किन कि मैले शहरबाट टेरेस पाएँ ।
म चित्रलाई लिएर आर्ट क्यालारी बाट बहिरा निस्किएँ ।टेरेस !त्यो आर्ट क्यालरिबाट प्रमाणित भयो कि म जस्तै करोडौले माया गर्ने रहेछ तिमीलाई यो ब्रमान्डममा ।यो चित्र लिएर म कोठमा आएँ,रात भरी त्यो चित्रमा घुलिरहे,हातले कहिले केशम,कहिले ओठमा स्पर्स गर्दा मलाई छुटै आनन्दले उचली रहेको हुन्थ्यो ।अर्को कुरा,मैले त्यो चित्रलाई तिम्रो जन्म दिनमा उपहार स्वरुप दिउँला भनेर सोचेको थियो तर समय अर्कै भैइ दियो तिमी अध्यानको शिलशिलमा नेपाल बहिरी सकेछ,मैले भागवनलाई पुकारे,मनलाई सम्हाले भेट्ने सानो झिनो आशाभित्र अल्झिरहे ।
टेरेस!आर्ट क्यालरिबाट ल्याएको चित्रलाई जातनले राखेको छु,मेरो दृदयको दराज थन्काएर राखेको छु,भागवनले हात दिए,समयले साथ दिएँ कुनै दिन यो चित्र लिएर तिम्रो जन्म दिन उपस्थित हुने छु
उहि तिम्रो साथी
कालिदास ।
म मोनिङ वार्क गरेर स्टेशानरी पस्दा स्थानिय पत्रीका “सुनौलो किरण” दैनिकी ले टेरेसको बारेको मुख्य पेजामा छापेको थियो । वास्ताम त्यो लेखा र समाचार नभई एउटा आत्मा कथा र प्रेम पत्र जस्तो देखिन्थ्यो ,गृहयुद्दको आवाज जस्तो पनि ,प्रकृती र मानव सतहमा प्रेमको खोजी जस्तो पनि देखिन्थ्यो बश!त्यो मेरो दृश्टिकोण थियो । त्यो लेखामा सबैको आँखा टेरेस पर्थ्यो,ममा कौतुहल सिर्जन भयो,म “सुनौलो किरण”को कार्यालय तिर लागे ।म “सुनौलो किरण”को सामचार कक्षमा पुगे,म देखेर सम्पादक,रिपोटर्स सबै जना आचर्श्य चाकित भयो ।सम्पादकले म आउनुको कारण सोध्यो ।मैले मेरो कौतुहललाई प्रस्तुत गर्यो ।के तपाईंहरुले “कालिदास”लाई चिन्नु हुन्छ ?हजुरा !किन र ?कालीदास लाई चिन्छु,बेला-बेलामा लेखा लेख्नु हुन्छ हाम्रो पत्री- कमा ।आज विहान टेरेसको बारेमा मुख्य पेजामा छाप्नु कारण ?किन र! तपाईंको नाम ? सम्पादकले मैले सोध्यो ।म गृहयुद्दको बिरोधी हुँ,मैले जवाफ फर्काएँ ।अनी तपाईंको नाम ? “यात्रा ” छोटकारिमा जवाफ दिएँ ।हेर !यात्रा ,टेरेस संसारको मामतकी खनी हुन ,आज २१औ शत्पधि,विश्व आशान्तिले आस्त-ब्यास्त छ,ईजरेल होस या,ईराक आफगानिस होस या,ईजिब्ट यि हाम्रो आँखको बिम्ब हुन ।अहिले ति देशहरु टेरेसको खाँचो छ,त्यही हो हाम्रो मुला उद्देश्य मुख्य पेजामा छ्प्नु कारण ।के म कालीदासलाई भेट्न सक्छु ? किन र !खसै केहि होइन सधारणा मान्छे हो कालीदास बेला-बेलामा हाम्रो पत्रीकामा लेखा दिनु हुन्छ ।सम्पादकले मलाई भन्यो ।म समाचार साखका सबै जनाको मुहारमा निल्याछु मुद्र भाव थियो,अनुहारमा पिडाको नसाहरु देखिन्थ्यो हो!देशमा पात्रकारिता माथिको आक्रमणले त्यो दृश्य देखिनु स्वाभविक थियो । तपाईंहरुले प्रकाशन गरेको लेखाबाट म प्रभावित छु,अथाव कालिदासको लेखाबाट प्रभावित छु,मैले दोराई-तेराई पढे,धित्त मरेन अनि म निर्श्कषमा पुगे ,कालिदाससंग भेटन ।मेरो मनोदस सुनेपछी नोटबुकबाट कालीदासको मोबाल नम्बर दियो मैले टिपे,खुशीका साथ हात मिलाएर म समाचार कक्षबाट बहिरिएँ ।
करिबा ३-४ बजेको साझ तिर हुनुपर्छ मैले कालीदासको बोबईला नम्बर डयाल गरे,नेटवर्कले जोड्यो क्यारे हाम्रो आत्मियातलाई ।”हेलो कालीदास जि!मैले सुरुवात गरे हाम्रो वातचितलाई ।”हेलो नमस्ते,हजुरलाई मैले चिन्न सकेन नि ?”त्यो कालिदासको आवाज थियो ।कालिदास जि ,म यात्रा,बिहान तपाईंको लेखाले मेरो हृदय चित्रङकन गर्यो,के म तपाईं संग प्रत्यक्ष रुपमा भेटन सक्छु ।मैले प्रश्न गर्यो ।किन र!त्यस्तो के छ र ?कालीदासले जवाफ फर्कायो ।हेर!कालीदास जि,म तपाईं संग छलफल गर्न चाहन्छु ,विशेषगरी “टेरेस”को बारेमा ।हुन्छ,त्यसो भए कहाँ भेटन सक्छु ?मैले जवाफ फार्काएँ “मनको रिसोर्ट”मा हुन्छ भनेर दुवैको वातचित तार चुडयो ।
म”मनको रिसोर्ट”तिर लागे ।बेला-बेलामा त्यो रिसोर्टमा गईरहन्छु,शहरबाट अलि टाढा छ ,नदिको किनरमा छ,मानवा बस्तिबाट न्युन छ,हारियालिको पछौरिले ढाकेको छ ।
म रिसोर्टको गेटमा उभिरहेको थियो ।१०-१५ मिनेट पछी २५-२६ बर्षे जावन केटो आएको देखे,लामो-लामो कपाल ,भाबुक पराको ।उस्को र मेरो १०-२० मिटरमा हुँदा हामी दुबै जना अलमल पर्यौ,मैले “नमस्ते!कालिदास जि” फुस्काई हाले ।”नमस्ते!नम्स्ते!!यात्रा जि”कालीदासले पनि फर्कैहल्यो ।दुबै जना हात जोडयो आंगलो मार्यौ ।
हामी दुबै जना रिसोर्टमा छिर्यौ,रिसोर्टको पल्लो छेउमा नदिको सतहदेखी झन्डै २० मिटरको दुरिमा हामी बस्यो ।साझको मन्दा पवन बहिरहेको थियो,नदिको सङगितक धुन,प्रकाशको ज्यातिहरु तंरङित थिएँ ,बिस्तारै हाम्रो आवाज पनि नदिको धुनमा बहन थाले ।हाम्रो आगडी केही पेयपदार्थ थियो,दुबै जना ति पेयपदार्थ घुलिन थाले,शरिरमा तापक्रम बढन थाल्यो ।कालीदास जि!जिवन के जस्तो लाग्छ ? मैले प्रश्न तेर्सेएँ ।यात्रा जि,मैले जिन्दागिको यात्रा गर्न धरै बाँकी त्यसैले जिन्दागी त्यो नै हो भनेर एकिन गर्न सकिरहेको छैन ।मेरो प्रश्नको उतर थियो ।अनी प्रेम ?”प्रेम अमुल्य बस्तु हो,म जता ततै प्रेम खोजी रहन्छु ,त्यो प्रेम बाट अमृत झै सेवन गर्छु” ।मैले बुझ्न सकेन नि कालिदास जि तपाईंको आशय ? के म सुन्न सक्छु “टेरेस”र तपाईंको प्रेम कथा ?फेरी मैले दुई प्रसङ जोडिहाले ।”यात्रा जि,प्रेम आत्माबाट हुदो रहेछ र आँखाबाट देख्दो रहेछ,म “टेरेस”लाई आत्माबाट प्रेम गर्छु,आँखाले हेर्छु, प्राकृतिसंग खोज्छु पाउदो रहेछ यो मेरो यर्थात हुन ।मैले भौतिकतसंग प्रेम खोजेन किन कि भौतिकता विलासी हुन्छ,प्रेम विलासी होइन ।अर्को कुरा,”टेरेस”मेरो अंङहरुमा अंङ्कित छ्न ,स्पान्दन,आँखा,आत्मामा स्वणिम अक्षरले लेपिएको छ,”टेरेस”मेरो आश हो, मेरो दरोहर,मेरो पर्वतमाला,मेरो स्वर्श हुन्” ।कालीदासको यो कथा सुने मेरो आँखा गिलासमा पर्छु,दुबैको गिलास रिती सकेको थियो,फेरी थप्न मलाई जांगर पनि चलेन्,कालीदस को विचार चही के थियो कुन्नी मैले बुझ्न सकेन ।कालिदास जि!म पनि कस्लाई प्रेम गरी रहेको प्रेमी हुन ।उसको प्रेममा डुबिरहेको एक प्रेमी हुन,तपाईंको “टेरेस”जस्तै छे,गुणमा ,विचारमा ।
म-कालिदास अर्धबेहोसिमा थिए,तर पनि दुबै जना प्रेमको दुनियाँ हराई थियो,कुनै उतेजानमा आउन सकेन ।
बिहान भईसकेछ,म कोठामा कसरी आईपुएँ थाहा भएन्,यातउती कालीदास खोज्छु कालिदास थिएन ,मेरो सिरानिमा कागजको टुक्रा देख्छु अनि हेर्छु,त्यहाँ लेखेको थियो :-
निष्ठुरी नभन्नु यात्रा,टेरेसलाई भेटन जादैछु
एक्लाई छोड्यो नभन्नु यात्रा,टेरेसको जन्म दिन्म जादैछु !!
यो हरफले मेरो आँखा बाट आँशु झर्यो ।म रिसोर्टबाट नदी किनरा तर्फ लागे ।वर-पिपलको पातमा टोकरी बनाई तेल राखेर दियो जलाई नदिको किनरामा बगई दिएँ ।एक छिन किनरामै तैरिरहे,केहि छिन पछी नदिको बिचतिर बढ्यो,बिस्तारै नदिको सतह माथि बढदै गयो र नदी सगै बग्न थाल्यो ।म र दियो दुरी दुर हुँदै गयो,म त्यो दियोको दृश्यमा कैद भई रहे ।पर -पर सम्म मैले त्यो दियोलाई हेरी रहे,मेरो आँखाबाटै बिलिन हुन नपाउदै सुर्य भएर उदायो यो संसारमा ,त्यो दुई दियोहरु ।