कथा : उत्थान र पतन

~हिरामणि दुःखी~Hiramani Dukhi

चौतर्फी सडक जाम भइरहेको छ । ट्राफिकले साइड दिन छोडेर चर्को स्वरमा कराइरहेको आवाजतिर नजर च्यातिरहेका छन् । कोही बुझेर हाँसेजस्ता देखिन्छन् । कोही अरू हाँसेको देखेरै हाँसोमा हाँसो मिसाइरहेछन् । सहरका कुल्लिहरू, रिक्सावाल र मजदूरहरू अनि दूरदराजबाट सहर पसेका दुब्ला, पातला र ख्याउटे अनुहारहरू निकै गम्भीर देखिन्छन् । पलभरमा सहरको अति व्यस्त चौक मान्छेको भीडले पुरिएको छ । यहाँ के हुँदैछ ? एउटाले अर्कोलाई प्रश्न सोध्छ । कसैले कसैको न त प्रश्न नै सुन्छ न त जवाफ नै दिन्छ । पहिले आएकाहरू एकाग्र भएर कसैको भाषण सुनिरहेछन् । पछि आउनेहरू परपरबाट टाउको सकिनसकि तन्काएर अगाडिको दृश्य हेर्ने कोसिस गरिरहेछन् । मान्छेहरूको बीचभागमा केही ठाउँ खालि छ । जहाँ एउटा ठूलै पर्दा टाँगिएको छ ।

पर्दामा घरिघरि चलचित्रका जस्तै फुटेजहरू देखिन्छन् । कहिले सादा र रङ्गिन फोटाका दृश्यहरू आउँछन् त कहिले भिजुयोल सहितका दृश्यहरू । ह्याण्ड माइक पकडेको मान्छेले ती दृश्यहरूको धाराप्रवाह वर्णन गर्दैछ । मानिसको भीड स्तब्ध छ । एकाग्र भएर उसको कुरा सुनिरहेछन् । दृष्यहरूको वर्णन निकै रोचक छ ।

ऊ भन्दैछ–
“ऊ त्यो दृष्यमा देखिएको घर छविको हो । उसको घरमा एउटा मान्छे नियमित आउँथ्यो । उसलाई चिन्नेहरूले प्रेम भन्थे । उसको र छविको घर वल्लोपल्लो गाउँमा थियो । तराईको कुनै एउटा जिल्लामा । क्याम्पस जीवन सकेर घर बसेको छवि, कुनै गतिलो अधिकृततहको जागिर त खानै पर्ने हो कि भन्ने मुडमा थियो । विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिक नसा लागिसकेको हुनाले ठोस निर्णय भने गर्न सकिरहेको थिएन । निम्नवर्गीय किसान परिवारको मान्छे, परम्परागत संस्कारमा हुर्केकी उसकी स्वास्नी । त्यसमा पनि बाहुन परिवार । छविलाई जसरी पनि जागिर खोज्नै पर्ने दबाब थियो स्वास्नी र बुबाको । आफ्नो सोच एकातिर घरपरिवारको सोच अर्कैतिर थियो । तालमेल मिलिरहेको थिएन ।

एकदिन उसको बुबाले भनेका थिए– ‘हेर बाबु पाहाडमा छँदा हामीलाई विहान–बेलुकाको छाक टार्न धौधौ पथ्र्यो । निमेक गर्न, काम पाइन्नथ्यो । त्यसैले तँलाई काखमै लिएर तराई झरियो । अहिले जेनतेन दुःख गरे भरपेट खान पुग्ने खेतबारी जुटाएको छु । तँलाई विएसम्मको पढाई पनि गराइम् । अब त तैँले एउटा गतिलो जागिर खोजेर परिवारको रेखदेख गर्न पर्च ।’ छविले चुपचाप टाउको हल्लाएर सहमति जनाएथ्यो ।

उता स्वास्नीको रडाको अर्कै हुन्थ्यो– ‘भैँसीलाई घाँस काट्न, मलसोत्तर गर्न तेसै छ । कठ्कुरामा दाउरा छैन । पानीथोपो, भातभान्सा सबै काम भ्याउनु पर्ने । काखमा भुराभुरी छन् । एक्लै गर्नुपर्ने मैले ?’ झर्किन्थी पोइसित ।

छविको मन मिल्ने साथी थियो प्रेम । ऊ छविको घरमा आइरन्थ्यो । ऊ आएर आफ्नो पोइसित केके कुरा गरेको र कहिलेकाहिँ आफ्नो पोइलाई पनि आफैसित लिएर गएको पटक्कै मन पर्दैन्थ्यो छविकी स्वास्नीलाई । ‘किन आइरन्च कुन्नी !’ च्याँट्ठीएको अनुहार लाउँदै मनमनै झर्किन्थी ऊ । जब प्रेम र छवि पटाङ्ग्रिमा बसेर कुरा गरिरहन्थे त्यसबेला छविकी स्वास्नी झर्किंदै आउँथी र पोइलाई हकार्दै भन्थी– ‘भकारामा भैँसी कराइरा’छ, मल फाल्नु त्यसै छ, भरे खाना पकाउने दाउरा चिरेको छैन, खेतमा गएर एक डोको कुरो गोडेर ल्याए पनि हुन्थ्यो, कति पिँढिमा बसेर गफ चुटिरा’होला ।’ यति भनेर फनक्क फर्किएर मुन्टो बटार्दै भुन्भुनाउँदै जान्थी ‘केही काम पाउने रैन्च, अनि यहाँ आएर अर्कालाई बरालेर बस्च, बेकामे लफङ्गो’ । उसलाई लोग्नेले कतै जागिर नखाएर ऊजस्तै बरालिएर पो हिँड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो । बेलुका लोग्नेलाई काँचै खाउँलाझैँ गरेर हकार्थी ।

‘हिँड छवि ! खेतमा जाउँ र उतै अँकरा गोर्दै कुरा गरौँला ।’ हत्तपत्त आँगनमा घोप्टो पारेर राखेको डोको नाम्लो टिपेर खेततिर जान तम्सिन्थ्यो प्रेम । घरमा आएको पाहुना खेततिर घाँस काट्न हिँडेपछि छविलाई पनि हिँड्न कर पथ्र्यो । काम पनि हुने कुरा पनि हुने, ठिकै त हो । भरे स्वास्नीको कचकच पनि सुन्नु पर्दैन भनेर लाग्थे दुबैजना खेततिर । प्रेमको त्यहाँ आउने क्रम झन्झन् बाक्लिँदै गयो । पछि त उसले कहिले भैँसीको मल सोहर्ने, कहिले दाउरा चिरिदिने । कहिले बारीका घाँसका बुटा झारिदिने काम नियमित गर्न थाल्यो । यसो गर्दा छविको स्वास्नीका मुखबाट गालि पनि सुन्नु नपर्ने, छविलाई कतै लिएर जान पनि सजिलो पर्ने । उसले त्यसै गर्न थाल्यो । यति गरेपछि छविकी स्वास्नी रिसाउन त छाडि, घरै छोडेर अन्त जाँदा भने रिसाइहाल्थी– ‘कुरा गरेपनि घरै बसेर गरे हुँदैन, घरै छोडेर हिँड्न पर्च ?’
दिन महिना गर्दै वर्षौं विते । प्रेम र छवि केही दिन गायव हुने र घरमा आउने क्रम बाक्लिँदै गयो ।

पहिला त उनीहरूले केके कुरा गर्छन्, कसैलाई था’ हुन्नथ्यो । कुराकानी गर्दा कतिखेर गम्भीर हुन्थे, कतिखेर हाँस्थे । घरपरिवारले खासै भेउ पाउन्नथे । कसैले कुराको बारेमा सोधनी पनि राख्दैनथे ।

एकदिन अचानक खागी वस्त्रधारी दुईजना डण्डा समातेका तन्नेरीहरू छविको घरमा आए । उनीहरूले छविकी स्वास्नी र बाबुसँग निकैबेर कुरा गरे । यहाँ एकजना जनजाति मूलको गोरो वर्णको ठिटो आयो भने हामीलाई जानकारी दिनू भनेर हिँडे । संयोगबस त्यसदिन प्रेम र छवि दुवै घरमा थिएनन् । घर छोडेको दुई दिन भा’थ्यो । कहाँ गएका थिए, कसैलाई थाहा थिएन ।

तेस्रो दिन छवि वेलुकापख घर आयो । झोलामा धेरै किताव र केही पर्चा पनि ल्याएको थियो । बुबाले अघिल्लो दिन पुलिस घरमा आएको र उनीहरूले भनेको कुरा वेलिविस्तार लाए छोरासित । कुरैकुरामा ससङ्कित पनि भए बुढा– ‘बाबु ! तिमेरु कतै राजाका विरुद्धमा लागेका त छैनौ ? त्यसै भन्थे पुलिसले । यहाँ आउने तेरो साथीलाई त निकै खोजेका छन् रे । अब तँ ऊसित उठबस नगर !’

छवि अलि चनाखो भयो । सतर्क भएर पाइला चाल्नुपर्ने योजना सोच्न थाल्यो । त्यसपछि प्रेम छविको घरमा अक्सर रातमा आउन थाल्यो । एक कान दुई मैदान हुँदै छवि र प्रेम कम्युनिस्ट पार्टीमा लागेर जिल्लातहका नेता भएको कुरा गाउँभरि फैलियो । गाउँबाट सहरतिर र सदरमुकामतिर पनि फैलियो त्यो हल्ला । जिल्ला प्रशासन कार्यालयमा राजकाज अपराधमा लागेका मान्छेहरूको लिस्टमा छवि र प्रेमको नाम पनि दर्ज भयो । अब उनीहरू वारेण्टेड भए ।

सदरमुकामबाट पुलिस उनीहरूको घरमा पटकपटक जान थाल्यो । संयोगवस पुलिस जाँदा उनीहरू कहिल्यै पनि घरमा भेटिन्नथे । गाउँमा गुप्त सङ्गठन विस्तार भइसकेकाले पुलिस पसेको हल्ला उनीहरूको कानमा आइपुग्थ्यो र केही समयका लागि कतै गायव हुन्थे । यो कुरा जागिर खानुपर्छ भन्ने छविको बुबालाई पटक्कै मन परेको थिएन । स्वस्नीले त झनै फुटेको आँखाले पनि हेर्न सक्दिन भन्दै झगडा गरिरहन्थी । ‘तपाइँ यसै गरेर बरालिने र पुलिसको निगरानीमा पर्ने हो भने म तपाइँका छौँडाछौँडीलाई यहीँ छोडिदिन्छु र माइतिमा गएर बस्चु’ भन्दै घुक्र्याउँथी ।

आखिर उनीहरू भूमिगत भए । त्यतिबेला क्षेत्रीय तहका नेता थिए उनीहरू । आफ्नै जीवनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने उनीहरूको ध्यय र लक्ष्य थियो । क्रान्तिको सपनाले उनीहरूको मष्तिष्क निकै चङ्गा थियो । तातो र रातो रगत शरीरमा उम्लिरहेकाले पनि पार्टी र क्रान्तिको काम भनेपछि उनीहरूलाई घरको चिन्ताले डाँडो काटिसकेको हुन्थ्यो । घरमा आउने क्रम महिनाबाट वर्षको अन्तराल पर्दै जान थाल्यो ।

पार्टीमा छविको छवि निकै तेजिलो गतिमा फैलिरहेको थियो । पुरानातहका नेताहरूको भन्दा पृथक र भिन्न शैलीमा उसले आफ्ना भनाइहरू राख्ने गथ्र्यो । हरेक पटकका बैठकहरूमा उसले केही न केही नयाँ प्रस्ताव अघि साथ्र्यो । कतिपय अवस्थामा त उसले आफ्नो कुरामा सबै नेताहरूलाई कन्भेन्स पनि गथ्र्यो । सङ्गठनमा क्रियाशीलता निकै बढाएको थियो । युवा भएकाले उसमा जोस, जाँगर र उर्जा निकै उच्च थियो । पार्टीभित्र प्रखर वक्ताका रूपमा आफ्नो परिचय बनाएको थियो । पुराना तहका नेताहरू उसको चलाखिपन, तीक्ष्ण बुद्धि र समस्यालाई छिट्टै चिन्न र त्यसको समाधानको उपाय खोज्न सक्ने क्षमताबाट लोभिन्थे पनि । नेतृत्वमा हुनुपर्ने गुणहरूको विकास उसमा भइरहेको थियो ।

पार्टीको सम्मेलन चल्दै थियो । त्यहाँ पार्टीका प्रमुख नेताको चर्को आलोचना भइरहेको थियो । उनलाई एक दर्जन बढि सांस्कृतिक विचलनका आरोपहरू लागिरहेका थिए । सप्रमाण लगाइएका आरोपहरूको खण्डन गर्न ती नेतालाई फलामको च्युरा चपाउनु सरह भइरहेको थियो । नेताका बारेमा आरोप लागेपछि पार्टीमा दुइटा गुट बने । एउटा पक्षले नेतालाई तथानाम आरोप लगाउन पाइँदैन, उनलाई कार्वाही त झनै गर्नै हुँदैन भन्थ्यो । यिनलाई कार्वाही गर्ने हो भने पार्टी पनि चल्दैन र क्रान्ति पनि हुन्न भन्थे उनीहरू । अर्को पक्षले यस्तो नेताबाट क्रान्ति पनि हुन्न र पार्टी पनि चल्दैन भन्थे । तर्क ठिक विपरित थिए । ‘साँस्कृतिक विचलनमा लिप्त भएका र पार्टीलाई सामन्ती शैलीमा चलाउने मान्छे सर्वहारा पार्टीको नेता हुन सक्दैन । यिनलाई कार्वाही गर्नै पर्छ र पार्टीलाई नयाँ धारबाट अघि बढाउनु पर्छ ।’ अर्काथरीले आफ्ना तर्क जोडदार रूपमा राख्थे ।

‘यी नेताका फगत कमजोरी मात्रै हैनन्, यो उनको वैचारिक विचलनता हो’ छविले सम्मेलनमा निकै जोडदार रूपमा आफ्ना तर्क पेस गरेको थियो ।
‘यिनमा सामन्ती संस्कार छ ।’ अर्कोले कुरा थप्यो ।
‘यी नेता फ्रायडवादी हुन् ।’ हलको चर्को आवाज आयो ।
‘क्रान्तिकारी लफ्फाजी देखाउने तर क्रान्तिको कार्यक्रम कहिल्यै नल्याउने यिनी जड्सुत्रीय संसोधनवादी हुन् ।’ सारसङ्क्षेपमा पुराना नेता अजयले आफ्ना तर्क प्रस्तुत गरे ।
‘यिनलाई अब कुनै पनि हालतमा नेता बनाउन हुँदैन ।’ शेरजङ्गले दह«ो आवाज उठाए ।
‘हो, ठिक हो’ बहुमत स्वर एकसाथ गुञ्जियो ।
‘अब यिनलाई कार्वाही मात्र हैन, पार्टीले क्रान्तिको नयाँ कार्यदिशा तय गर्नु पर्छ र देशमा जनवादी क्रान्ति सुरु गर्न पर्छ ।’ नयाँ जोसका साथ पहिलो पटक सम्मेलनमा उपस्थित भएका छवि, प्रेम, कान्छा, प्रतिक, वर्षा, अनुकूललगायतका युवाहरूको चर्को स्वर आयो ।

यसरी कुनैबेला नायक भनि चिनिएका नेता सम्मेलनमा अल्पमतमा परेका थिए । त्यो गरमागरम बहसमा पहिलो पटक छवि र प्रेमले भाग लिएका थिए । अन्त्यमा, सम्मेलनले उनलाई कार्वाही ग¥यो र अजयलाई प्रमुखमा चुन्यो । सबैमा निकै उत्साहको सञ्चार फैलियो । बल्ल देशको कम्युनिस्ट आन्दोलनले सच्चा, इमान्दार, क्रान्तिकारी र सिद्धान्तनिष्ट नेताको नेतृत्व पायो भनेर निकै हौसिए ।

त्यसको केही समय वित्न नपाउँदै कार्वाहीमा परेका नेताले सङ्गठनलाई टुक्राएर आफ्ना नातागोता भरेर अर्को छुट्टै दल बनाए । सम्मेलनमा उनलाई कार्वाही गर्नु हुन्न भन्नेहरू सबै उनको पछि लागे । कार्वाही गर्नु पर्छ भन्ने बहुमत पक्ष मूल सङ्गठनमै बसे ।

यता केन्द्रको नेता भएपछि छविले आफ्नो नाम बदलेर निर्माण राख्यो । त्यसयता उसलाई छवि होइन निर्माण भनेर बोलाइन्थ्यो ।
वर्षहरू वित्दै गए । पार्टीले आफ्नो नीतिअनुरूप पञ्चायतका विरुद्धमा सङ्घर्षका फाटफुट कार्यक्रमहरू गर्न थाल्यो । निर्माणले आफ्नो कार्यक्षेत्रको कामलाई घनिभूत बनायो । सङ्गठन निर्माण र विस्तारमा उसले निकै जोड लगाएको थियो । सैद्धान्तिक र वैचारिक अध्ययनलाई पनि उसले सँगसँगै लगेको थियो । छोटै समयमा आपूmलाई परिपक्व सावित गर्दै गयो । युवा पुस्तामा त उसको हाइहाइ नै थियो । पुराना पुस्ताका नेताहरूलाई केही न केही नयाँ काम गरेर देखाउनु पर्छ भन्ने जोस र उमङ्ग थियो उसमा । क्रमशः उसलाई पार्टीले फौजी सङ्गठनको जिम्मा पनि दियो । उसमा नेतृत्व क्षमताको पनि विकास भइरहेको थियो । नेतृत्व क्षमताको विकास भएपछि नेताहरूमा अलिकती महत्वाकाङ्क्षा बढ्नु कम्युनिस्ट आन्दोलनको रोगजस्तै बनेको थियो, जसले निर्माणलाई पनि प्रभावित नगर्ने कुरा भएन ।

‘अब बुढाहरूले क्रान्तिको नेतृत्व गर्न सक्दैनन् । विनासित्तै पद ओगटेर बसेका छन् ।’ निर्माणले आफ्ना सहयोद्धाहरूको विचार बुझ्न खोज्थ्यो । ‘मलाई पार्टी नेतृत्वको जिम्मेवारी दिन प¥यो, म क्रान्ति गरेर देखाउँचु ।’ उसले पुराना पुस्ताका केही नेताहरूसँग भन्ने गथ्र्यो ।

‘के साँच्चै तपाइँले नेतृत्व गर्नुन्छ त ? कि ख्यालठट्टा हो ?’ एकदिन शेरजङ्गले उसलाई सोधे ।

‘हो, किन नसक्ने, बनाएर त हेर्नुस् ।’ जवाफ फर्काएको थियो उसले । त्यसपछिका दिनहरूमा निर्माण कहिले शेरजङ्ग र कहिले काजीको सम्पर्कमा निकै धाउन थालेको थियो । शेरजङ्ग र काजी पार्टीका शीर्षतहका नेता थिए । शेरजङ्ग त एकपटक पार्टीका प्रमुख नेता बनिसकेका थिए । त्यसैले पनि निर्माण उनीसँग आपूmलाई नेतृत्व दिलाउनका लागि निकै आग्रह गथ्र्यो । उसको यो आग्रहलाई सिनियरतहका नेताहरूले उत्ताउलोपन भनेर आपसमा टिप्पणी गर्थे ।

यता निर्माणले मुखै खोलेर पार्टी नेतृत्वको विरोध गर्न थालेको थियो । आफ्ना दौँतरीदेखि तलसम्म यी बुढाहरूले देशमा क्रान्ति गर्ने हैनन् अब हामीले सङ्गठनको नेतृत्व गर्न पाउन पर्च र मलाई त्यो जिम्मा दिनपर्च भन्दै क्याम्पिङ गर्न थालेको थियो ।

एकदिनको कुरा हो, समितिको बैठक बसिरहेको थियो । जुन बैठकमा निर्माणले आफूलाई नसोधी गरिएका फौजी कार्वाहीको कुराका बारेमा चर्को विरोध ग¥यो । केही वर्ष पहिले गरेको कारवाहीलाई निहुँ बनाएर नेतृत्वले राजिनामा दिनुपर्छ र आफूलाई नेता बनाउनु पर्छ भनेर माग ग¥यो । पार्टीमा निकै गरमागरम बहस भयो । यो कुरा पुरानो पुस्ताको ग्रिपलाई त्यति सहज लागिरहेको थिएन । ‘किन यसरी निर्माणले अनावश्यक कुरालाई बहसमा तानिरहेका छन् ?’ एकापसमा निर्माणको टिप्पणी गर्थे । नेता हुने कुरा के ख्यालठट्टाको विषय होर भन्दै थिए उनीहरू । यता भर्भराउँदो उमेरको निर्माणलाई भने एउटा जुग काटेका यी बुढाहरूले क्रान्ति गर्ने होइनन् विनासित्तै पद ओगटेर बसेका छन् भन्ने परिरहेको थियो । उसको दिमागमा नेतृत्वको भुत सवार भइसकेको थियो ।

‘मैले त सम्मेलनमै अरूलाई नेता बनाउँ भनेकै हो । म पार्टीमा राजनीतिक वैचारिक काम गर्छु, नेता अर्कोलाई बनाउँ भनेर त्यतिवेला हामीले कमरेड विजयलाई सबैको सर्वसम्मतले अघि सारेकै हो । अल्पमतवालाहरूले नमानेपछि म अघि सरेको हुँ । अब अरू कुनै नयाँ कमरेड तयार हुनुहुन्छ भने म सहर्ष पद त्याग गर्न तयार छु । केको वेप्रसङ्गको कुरालाई उछालेर राजिनामाको कुरा गर्नु प¥यो । मलाई पदको भोक होइन क्रान्तिको भोक छ ।’ अजयले आफ्नो कुरालाई जोड दिँदै भने– ‘क्रान्ति गर्न हामीले होइन रोकेको । रोकेको त तिनै विचलनवादी नेताले हो । तिनीसँग धेरैपटक वैचारिक लडाइँ लडेको हुनाले नै अहिले आएर हामीले क्रान्तिकारी पार्टी बनाउन सफल भएका छौँ । आफूले पनि नगर्ने अरूलाई पनि गर्न नदिने गरी पार्टी अँठ्याएर बसेका त तिनै मुखिया हुन् । अब त हामी क्रान्तिको बाटो हिँड्न फुक्का भएका छौँ । लौ आउनुस् कमरेडहरू ! क्रान्तिको बाटो खन्न सुरु गरौँ ।’ यति भनेर आफूले नेतृत्व छोडेको घोषणा गरे उनले ।

बैठक हलमा केहीबेर सन्नाटा छायो । अजयले पदबाट हट्ने निर्णय गरेकोमा पुराना र पाका नेताहरूले आपत्ती जनाए । अहिले यसो गर्नु भूल हुन्छ भने । पार्टीको प्रमुख नेता बन्ने कुरा ख्यालठट्टाको विषय होइन, यति हल्का पाराले पद छोड्नु जरुरी छैन भन्ने तर्क जोडदार रूपमा उठ्यो । प्रमुख नेताले आपूmले पद छोड्ने घोषणा गरिसकेकोले अब नेता फेरौँ भन्दै बैठकमा प्रस्ताव ल्याए । निकै गम्भीर मन्थनपछि पार्टीको नयाँ नेता चुनियो । निर्माण पार्टीको नयाँ नेता बन्यो । परन्तु पार्टीमा विचारको नेतृत्व पुरानै नेताले गरिराख्ने सहमति पनि भयो ।

यसरी निर्माणमा केही वर्षदेखि असामान्य तरिकाले मौलाएको महत्वाकाङ्छाले मूर्त रूप पायो । ऊ गदगद भयो । भर्भराउँदो युवा उमेरमा पार्टीको मुख्य नेता भएकोमा प्रफुल्ल छ ऊ । क्रान्तिको सपना देख्न थाल्यो उसले । बैठक सकियो । सबै आआफ्नो कर्मक्षेत्रमा हिँडे ।

हिँड्नेबेला शेरजङ्गले अजयसित भने– ‘खै निर्माणलाई नेता त बनायौँ, यसले क्रान्ति गर्ने हो कि पार्टीलाई कतै भीरबाट फालेर हिँड्ने हो, म त यसै भन्न सक्तिन । दुईतीन वर्षदेखि मलाई रातदिन आफूलाई नेता बनाऊ भन्दै हैरान पारेको थ्यो । बाहुन ठिटो हदैसम्मको चलाख ठहरिन्छ । क्रान्ति त गर्ला । आफ्नो स्वार्थ पूरा भए यो बीचैमा धोका दिएर अर्कै बाटोमा हिँड्न पनि सक्छ । यस्ता चरम महत्वाकाङ्छीहरूको भर हुँदैन । तपाइँले उसलाई नजिकैबाट वैचारिक र सैद्धान्तिक कमान गरिराख्नु पर्छ है कमरेड । यस्ताले त आपूmलाई सोरेक पर्ने कुरालाई यही हो माक्र्सवाद भन्न पनि बेर लाउँदैनन् है ।’

‘तपाइँको कुरा त मनासिवै हो, तैपनि जोसिलो ठिटो छ, हामी सबैले सहयोग गरे ठिकै होला ।’ सन्तुष्टीसूचक जवाफ दिए अजयले ।

‘तपाइँ तेसो भन्नुहुन्छ । मलाई त त्यसको हुटहुटी देख्दा शङ्कै लाग्छ ।’ शेरजङ्ग अझै विश्वस्त हुन सकिरहेका थिएनन् ।

‘हरेकलाई एकको दुईमा विभाजन गर्दा शङ्का र विश्वासको द्वन्द्ववादले त हेर्नु पर्छ कमरेड । तर पनि शङ्का भन्दा विश्वास प्रधान हो भन्ने तपाइँलाई पनि त थाहा छ ।’ अजयले आश्वस्त पार्दै निर्माणको वचाउ गरे ।

केही वर्षको अन्तरालपछि देशमा साँच्चिकै क्रान्तिको विगुल फुकियो । युद्धको नगरा बज्यो । आकाश थर्कियो । धर्ती हल्लियो । सुतेकाहरू जागे । जागेकाहरू उठे । र, उठेकाहरू हातहातमा घरेलु औजार लिएर युद्धमैदानमा हिँडे । एकपटक फेरि इतिहासमा घटित् नालापानीको दुन्दुभी मच्चियो । देशभर नयाँ जनवादी क्रान्तिका लागि सशस्त्र सङ्घर्षको थालनी गरिएको पर्चाहरू छरिए । केही ठाउँहरूमा फौजी सङ्घर्षहरू गरिए । पुलिस चौकीहरू कब्जा भए । गाउँका सामन्त, सुदखोर, भ्रस्टचारी र व्ययभिचारीहरू कार्वाहीमा परे । जनताका वर्गवैरीहरूले गाउँ छाडे । पुरानो सत्तामा धावा बोलियो । देशभर प्रतिक्रियावादी सत्ताले धरपकड मच्चायो । हत्या, आगजनी गरेर गाउँलाई खरानी पारेर क्रान्तिकारीहरूलाई समाप्त पार्ने योजनामा सरकार लागिप¥यो । त्यसले त झन् सलाईको काँटीले सिङ्गो जङ्गल डढेलो लगाएझैँ क्रान्तिको मशाल देशैभरि फैलियो । मान्छेहरू मर्ने र मार्ने काम तीव्रतामा भयो । राज्यआतङ्कले आकाश छुन थाल्यो । जताततै हलचल मच्चियो । गाउँहरू क्रान्तिको लम्बेयात्रामा सामेल भए । जताततै क्रान्तिको लहर छायो ।

क्रान्तिले जवानीको रङ चढाउँदै गएपछि निर्माणको सानसौकत अर्कै हुन थाल्यो । उसले आपूmलाई दिब्य शक्तिमान ठान्न थाल्यो । उसका अघिपछि फौजको लावालस्कर लाग्ने भयो । अत्याधुनिक हतियारले सुजज्ति फौजले उसको गाथगादिको सुरक्षा गर्न थाले । आपूm अब एउटा खोपीको मात्र नभएर यो भूवनकै नायक घोषणा गर्न पार्टीमा प्रस्ताव राख्यो । उसको प्रस्तावमा निकै छलफल र विचारमन्थन भए । मजस्तो नायक अब भूवनमै जन्मन कठिन छ भन्ने तर्क जोडदार रुपमा अघि सा¥यो उसले । पार्टीको सम्पूर्ण अधिपतिको मालिक आफै हुन थाल्यो । उसका हरेक वाक्यहरू ब्रह्मवाक्य हुन थाले । आफ्ना महावाणीहरूले देशभर भित्ता रङ्गाउन निर्देशन दियो । उसका फोटाहरू जताततै छ्याप्छ्प्ती पारिए । पार्टीका हरेक कार्यक्रमहरूमा उसका महावाणी र फोटाहरू नटाँसेमा ती कार्यक्रमहरू अवैधजस्ता हुने भए । पार्टीमा ऊ सर्वशक्तिमान भयो ।

दिनहरू विते । महिनाहरू गुज्रिए । क्रान्तिले वर्षको गणणा पार गर्दै गयो । गाउँहरू मुक्त भए । त्यहाँ जनताले आफ्नै सत्ताका अभ्यास गर्न थाले । क्रान्तिले राष्ट्रिय सीमा नाघ्यो र अन्तर्राष्ट्रिय चर्चा पाउन थाल्यो ।

राष्ट्रिय स्वाधीनताको लडाइँ मुख्य हुन थाल्यो । संसारका मिडियाहरूले क्रान्तिले पारेको प्रभावको चर्चा गर्न थाले । विश्वका गरिखाने वर्गका जनताले खुसियाली मनाउन थाले । क्रान्तिले दिब्य बाह«वर्ष पार ग¥यो । निर्माणको प्रभाव झन्झन् बढ्दै गयो ।

क्रान्तिले जवानीको रङ्ग चढाइरहेको वेला पार्टीका वैचारिक राजनीतिक नेता अजय विदेशमा गिरफ्तार भए । अर्का पुराना नेता विजय र क्रान्तिको हुर्हुराउँदो आगोको ज्वालाबाट जन्मिएका एकलङका युवा नेताहरू दर्जनौँको सङ्ख्यामा चपाचप छोपिए विदेशमा । गोठ जलाएर घर जलाउने नीति लियो छिमेकीले । पार्टीभित्रका एकलङका जोदाहा नेताहरू एनान, विरही, अभ्यास, आले, यादव, महेश, तारालगायतका नेताहरू भकाभक छिमेकीले पकडेर जेल हाल्न थालेपछि निर्माण निकै आत्तियो । छिमेकीकै ठूलाठूला सहरहरूमा आरामी जीवन विताएर क्रान्तिको नेतृत्व गरिरहेको निर्माणको निद्रा भङ्ग भयो । ऊ प्रवासमा रहेको आफ्नो दलवल सहित स्वदेश फर्कियो ।

स्वदेश छिरेपछि क्रान्तिका प्रमुख किल्लामा आफ्नो हेडक्वार्टर खडा गरेर बस्यो । त्यहिबेला दुश्मनले उसको बासस्थान वरिपरि बमवर्षा गर्न थालेपछि उसमा मृत्युको भय सवार भयो । देशमा क्रान्ति सम्पन्न गरेर विश्वनेता बन्ने महत्वाकाङ्छा कतै धरापमा पो पर्ने होकि ?¤ भयभित हुन थाल्यो ऊ । अब क्रान्तिको बाटो बदल्नुपर्छ भन्ने प्रस्ताव पार्टीमा ल्यायो । ‘कमरेडहरू ¤ हाम्रो कार्यनीति दुश्मनले थाहा पायो । यही तरिकाले क्रान्ति गर्नु भनेको जानिजानि पहरामा टाउको ठोकेर मर्नु जस्तै हो । त्यसैले अब हामीले क्रान्तिको बाटो बदल्नु पर्च । त्यसका लागि हामी हिजोका बैरीहरूसँग मिलेर जानुपर्च ।’ निर्माणलाई देउतै ठानेका तल्लो तहका नेताहरूलाई उसको प्रस्ताव ठिकै लाग्यो ।

पार्टीले क्रान्तिको बाटो छोडेर चुनावी बाटो रोज्यो । चुनावमा निर्माणको दलले ठूलो दलको मान्यता पायो । संसदमा संविधान लेख्ने विषयमा निकै चर्काचर्की वहस भए । सबैले आफ्ना आफ्नै दलका अडान राखिरहे । निर्माणले आफ्नो दलको नीति छोडेर विरोधीहरूसँग सम्झौता गर्दै गयो । पार्टीमा क्रान्तिको दिशाका बारेमा निकै गरम वहसहरू हुन थाले । सुरुसुरुमा निर्माणलाई अति विश्वास गरेका क्रान्तिकारी नेताहरूले निर्माणले क्रान्तिलाई धोका दिन थालेको चाल पाए । विवाद बढ्दै जान थाल्यो । जनवादी क्रान्ति गर्ने बाटोका विषयमा मतभेदहरू बढ्दै गए । निर्माणले सङ्गठनभित्रकै बुद्धिजीवी नेताले लिएको लाइनको समर्थन ग¥यो । ती बुद्धिजीवी नेता छिमेकीको इसारा बमोजिम चल्थे । वर्गसङ्घर्षको बाटो त्याग गरेर वर्गवैरीहरूसँग हातेमालो गरेर जाने नीति अङ्गाल्यो उसले । त्यो कुरा सङ्गठनका अरू नेता कार्यकर्ताहरूलाई मन परेन । उनीहरूले सर्वहारावर्गको पार्टीले वर्गसङ्घर्षको बाटो परित्याग गर्न सक्तैन भन्ने कुरालाई निकै जोडका साथ उठाइरहे । सङ्गठनको प्रमुख भएको निर्माणले उनीहरूको यो कुरालाई स्वीकार गरेन ।

शक्तिमा पुगेपछि पाएको सम्मान र आलिसान वङ्ग्लाको जीवनले उसको सोचमा परिवर्तन ल्यायो । बेरोकटोक हप्तौँ र महिनौँपिच्छे विदेश घुम्ने अवसर, राजसी सुरक्षाको भव्य र अकल्पनीय सानसौकतको जीवन विताउन थाल्यो उसले । कठिन र जोखिमपूर्ण बाटोमा हिँड्ने साहस वैलायो । परिवार, नाता कुटुम्ब, इष्टमित्र, भाइबन्धु उसका सल्लाहकार र सहयोगी भए । क्रान्तिकालमा उसलाई साहस र सौर्य थपिदिने सहिद परिवार, निश्चल र कञ्चन मन भएका जनता, इमान्दार र जोदाहा कार्यकर्ताहरू उसका लागि घाँडो बन्दै गए । ठूल्ठूला भूमाफियाहरू, तस्कर र दलालहरू उसका प्रिय मित्र बने । ठेकेदार र कमिसनखोरहरू, भ्रष्ट कर्मचारी र लुटेराहरूको लस्कर उसको हेडक्वार्टरमा बाक्लिँदै गयो । विदेशी खुफिया र माफियाखोरहरू उसका सूत्रधार बन्दै गए । उनीहरूले निर्माणलाई भेट्न जाँदा अकल्पनीय नजरानासमेत लिएर जान थाले । दिन दुगुना, रात चौगुनाले उसको वर्गउत्थान भयो । क्रान्तिकालका खलनायकहरू उसका आदर्शपात्रमा बदलिए ।
करिश्मामय तरिकाले शक्तिमा पुगेको निर्माण अकूत सम्पत्ति र राजसी वैभवको पाहाडमा पुरियो । हेर्दाहेर्दै सिनेमाको पर्दामा उदाएको नायक खलनायकमा परिणत भयो । एउटा अध्याय समाप्त भयो ।”

दृष्यहरूको वर्णन गरिरहेको मान्छेले आफ्नो बृत्तान्त समाप्त ग¥यो ।

पर्दामा अझैपनि दृष्यहरू देखिएकै थिए । एउटा ठूलै भीडबाट अर्को मान्छे उठेर भाषण ग¥यो । उसले भन्यो– ‘साथीहरू ! हाम्रो यात्रा जारी छ । केही कायर, गद्धार र धोकेवाजहरूको भ्रममा नपरौँ । आउनुहोस् नयाँ मोर्चा कसौँ र अघि बढौँ ।’ भाषण गरिरहेको मान्छेलाई धेरै मान्छेले जुरुक्क उचाले । लामो लस्करसहित अर्को नयाँ यात्राको विगुल फुके । अब हामीले सच्चा नायक पाएका छौँ । जुलुस गगनभेदी नारा उराल्दै अघि बढ्यो । बढि रह्यो । भीड निकै ठूलो थियो । जुलुस छितिजसम्म पुग्यो । पर्दा खस्यो ।

२३ भदौ ०६९ तुलसीपुर, दाङ ।
जलजला मासिक वर्ष–११, अङ्क–६, पुस २०६९ मा प्रकाशित

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.