~जीवन देवान ‘गाउँले’~
लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना
टिपाएँ ।
सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए त के होला !’
सुमनको अनुहारमा रिसराग देखिन्थेन । अस्पष्ट स्वारमा बोल्यो सुमन – ‘अव ऊ सँग मिठो बोल्नुको औचित्य के रह्यो र ?’
ब्लाङ्केट खुट्टादेखि टाउकोसम्मै छोपेर सुमिना पलङ्गमा पल्टेकी थिईन । सुमन र म भएर सामान प्याक गर्दा पनि सुमिनाले वास्ता गरिन । त्यो त थाहा भएकै कुरो हो कि सुमिना निदाएकी छैन तर भुस निन्द्रामा भएको स्वाङ् गर्दैछे । मेरो मन बोल्यो – ‘नारी हृदय पनि कठोर हुदो रहेछ ।’
हर्न बज्यो । ट्याक्सी आईपुगेछ भन्दै सुमन लगेज सुम्सुम्याउन थाल्यो । कोठाबाट निस्कने बेला मैले भने – ‘सुमन ! सुमिनालाई गएँ भन्दैनौ ?’
‘सुमिना ! यो परदेश हो आफ्नो ख्याल राख्नु । ल म गएँ ।’- ढोकाबाट निस्कदा
निस्कदै सुमनले यति भन्यो र ढोका ढप्काईदियो ।
एक वचन बोलिन सुमिना । शायद सुमनको उपस्थितिमा सुमिना निस्सासिएकी हुन
सक्छ ! नत्र जबरजस्ती श्वास दवाएर निदाएजस्तो गर्नुको के अर्थ ?
हामी बसेपछि ट्याक्सी गुड्न थाल्यो । सुमिनाले चाल मारेर चियाई होली ! म
अड्कल काट्छु । अनुमान लगाउछु – हामी हिडेको पक्का भएपछि खुल्ला आकाशको अनुभुित मिश्रित सन्तोषको लामो श्वास फेरिहोली जो बलजफ्ती थुनेर राखेकी थिई ।
गुड्न थालेको केहिछिनमै ट्याक्सीले हाईवेको गति पकड्यो । पछाडिको सीटमा सुमन
एक्लै थियो । म ड्राईभरको छेउमा बसेको थिए । एकसय बीस कि.मि. प्रतिघण्टाको वेगमा
निक्लेको आवाज वाहेक ट्याक्सीभित्रको वातावरण एकदम शुन्य थियो । चालु ट्याक्सी भन्दापनि तेज गतिमा शुन्यतालाई चिर्दै कर्कस आवाज गुञ्जयमान भयो – ‘वेश्या ! धोकेवाज आईमाई ।’
आवाजसँगै पछाडि फर्केर हेरे । अस्पष्ट स्वरमा सुमन अरु के – के गुनगुनाउदै थियो
। के भयो ? भन्ने ड्राईभरको प्रश्न नजर म माथी पर्यो । मैले पनि साङकेतिक उत्तर नै दिए ‘खै थाहा भएन ।’
अलकत्रे सडकलाई जाग्राम राख्न जडान गरिएको विजुलीवत्तिको मधुरो प्रकाश
ट्याक्सीको सिसालई बलात्कार गर्दै हामीसम्म अलिअलि परेथ्यो । त्यही उज्यालोमा मैले देखे सुमनका धमिलिएका अनुहारबीच सजल दुई आँखा । लाग्यो सुमनको क्रोध आँधी – तुफान बीचको आर्तनाद हुनुपर्छ । जो सुमनले थाम्दाथाम्दै पनि चट्याङ बनेर फुस्क्यो, रुद्रघण्टीले पनि छेक्न सकेन । ढडस दिनलाई म सँग बाँकी शब्द थिएन । जे जति थिए ती सबैको तारतम्य मिलाएर पहिला धेरै पटक सम्झाउने कोसिस गरेथे । स्पष्ट थियो – उकुसमुकुसको दहमा डुबेको सुमन वर्षाको खहरेजस्तै गड्गडाउदै उर्लिन चाहन्छ । त्यो स्थीतिमा तारजाली हालेर पनि रोक्न नसकिने भेललाई सान्त्वनाको काँचो ईटाले पर्खाल हालेर छेक्न खोज्नु बुद्धिमता कम मुर्ख बढि जस्तो लाग्यो मलाई र मौनता साँध्नमै वेश ठाने ।
मेरो आँखामा त्यो दिनको झल्को झल्कियो । जुन दिन ठीक उस्तै समय तर विलोम
वातावरणबीचको रोमन्चकतामा एयरपोर्टतिर हुईकिदै थियौ । सुमिना आगमन हुने दिनको
उडान निश्चित भएदेखि नै सुमन औधि पुकलित भएको थियो । यहाँसम्म कि म कचल्टिएको निन्द्राले आँखा पोलेर खपिनसक्नु भएर ट्याक्सीभित्र निदाउन खोज्दा पनि सुमन मलाई धर दिदैनथ्यो । पछाडिबाट कहिले कपाल तान्ने कहिले कान तान्ने गथ्र्यो भने त्यतिबेलाको मेरो क्रोधलाई ऊ हाँसीमजाकको प्यालामा घोलेर आनन्दको घुट्को पिउँदथ्यो । अझ आगमन कक्षमा भेटहुन साथ पश्चिमे शैलीमा उनीहरुले साटासाट गरेको आत्मीयताको दृश्य सम्झिदा अझै पनि मलाई लाज लाग्छ । सम्भवत ः त्यतिबेला मेरो ठम्याई यस्तो रह्यो – ‘प्रेमको तरलतामा डुबेर विवाहमा परिणत भएको सम्वन्धले उनिहरुबीचको सानिध्य चिरकालसम्म पनि रसमय हुनेछ ।’
मेरो यो ठम्याई सिर्फ यही कारणले मात्र बलियो हैन यो सुमनले मसँग हृदय खोल्दाको सानो उदाहरण मात्र थियो । सुमन भन्ने गथ्र्यो ः- ‘सुमिना विनाको ऊ काठको मुढासमान हो रे जहाँ जीवन नै हुदैन ।’
‘जल्नु अनि जल्नु र जल्नु अन्तत ः सिद्धिनु’ बिना जीवनको नियती । यही नियती भोग्न सुमिनाको यादलाई नशामा घोलेर सुमन रित्तो बोतल र शीशीहरुका चाङ लगाउदै सम्झनाको अथाह सागरमा डुबुल्की हाल्थ्यो । सुमिनाको कल्पनामा जीवन खोज्न सुमन धुँवामा कति हराउथ्यो भन्ने त एस्ट्रेभरि चुरोटको ठूटोको रास देखेपछि थाहा हुन्थ्यो । साच्चि नै सुमिनाको वियोगमा सुमन यति तड्पिन्थ्यो कि उस्तै मान्छेलाई माया – प्रेमप्रति वितृष्णा पैदा हुन सक्थ्यो । कति चोटी त मैले नै साथ दिएको छु सुमनलाई तालमा ताल मिलाउन । यस्तो कि्रयाले सुमनलाई सन्तोषको एउटा उत्कर्षमा त पुर्याउँथ्यो होला तर असलमा म उसको वर्वादी देख्थे । एउटा सही मित्र भासको दलदलमा फसेर छट्पटिदा म रमिते मात्र हुन सक्दिनथे र नै मैले सुमिनालाई पनि आफूजस्तै विद्यार्थी भिषामा बोलाउन सुझाएको थिए । मेरो सुझाउ यस अर्थमा पनि सान्र्दभिक थियो कि मलेसियामा विद्यार्थी भिषा बनाउनलाई त्यति ठुलो कसरत गर्नु पर्दैनथ्र्यो र सुमनमा जीवन भर्न सक्ने सुमिना जो थिई ।
सुमिना मलेसिया प्रवेशपछिका सुमनका दिनहरु यस्तो थियो – दिनमा ठाँटिएर लोग्नेस्वास्नी कलेज जानु, बँचेको समय सुमिनालाई नयाँ ठाउँ घुमाउनु, चिनाउनु र रात्रीको
समय डिउटी जानु । अर्थात सोझो अर्थमा भन्दा सुमनको ब्यस्तता सुमिनाकै वृतिमा केन्द्रीत
थियो ।
अभावमा केवल स्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर त एकोहोरिन सक्ने मान्छे जव
सुमिनाको अंगालोमा बेरिन पुग्यो सुमनको आँखामा पर्दा लाग्यो र उसले सुमिनाबाहेक अरु
कसैलाई देखेन । सुमनको परिवर्तित ब्यवहारको बाछिटाले नराम्ररी छ्याप्यो मलाई पनि । अिन
जीवनसाथी र साथीबीचको सम्बन्ध बोध भयो मलाई । मैले मात्रै एकतर्फी मित्रताको जलप
लाएर सुमनको निकटतामा टाँसिन चाहिन । त्यसपछि सुमन र म बीचको मित्रताको दुरी
लम्बियो ।
दिनहरु वित्नेक्रमसँगै मलाई लाग्यो जीवनसाथीको विकल्प नै छैन होला । शायद
जीवनसाथी साथमा भएको दिन मेरो ब्यवहार पनि दुरुस्तै सुमनको जस्तै होला तव मलाईमहसुस होला त्यो पतिस्थितिको । यस्तै ठानी ‘कोतारायाको भिडबाट शुरु भएको हाम्रो मित्रता कोतारायाकै भिडमा बिसर्जन भयो’ भनेर मन बुझाँए ।
तर चार महिनापछि अकास्मत सुमनले फोन गर्यो मलाई र भेट्न आग्रह गर्यो ।
सुमनको भेट्ने आग्रहलाई म ठाडै ईन्कार गर्न सक्थे तर मृत्युपराजित आत्माबाट फुस्कने
आवाजजस्तो बोलाईले गर्दा नाई भन्न सकिन । सुमनको बोलीमा प्रष्ट थियो – ‘ऊ आपतको भूमरीमा छ ।’
सन्ध्या खस्ने बेलामा म सुमनलाई भेट्न भनेर निस्के । मैले ठानेको थिए सुमनले
आफ्नै कोठामा लान्छ होला । तर सिधै बारमा लिएर गयो मेरो अनुमान विपरित । अक्कल -झुक्कल बाहेक उतिसारो नछुट्टिने जोडीबाट उछिट्टिएको एक्लो सुमनलाई देख्दा आश्चार्य लाग्यो र सोधे – ‘सुमिना खै त ?’
‘कोठामै होला ।’ सुमनको जवाफमा सुमिनाप्रतिको लापरवाही प्रष्टिन्थ्यो ।
मैले हाम्रो विगतलाई कोट्याउदै भने – ‘सुमन पहिला पो सुमिनाको विकल्पमा
रक्सि पिउथिस् तर अहिले तँसँग तेरी सुमिना छे फेरी नशाको सहायता किन लिनुपर्यो ?
मित्रको जरुरत किन ?
पुष-माघको हुस्सुमा डुबेको तराईजस्तो अनुहारले आफ्ना गल्ति सकार्यो र खलातीको हावाले आरनमा गोल निलेर फलाम गाले जसरी मेरो मन पगालेर सुमन बाल्यो – ‘आईमाईलाई काँधमा बोक्यो भने पुर्पुरोमा दिसा गरिदिदोरहेछ । मेरो भाग्य !’ धारे हत्केलाले निधार ठटायो र रक्सिको प्याला स्वाट्ट पार्यो ।
गाईगुई हल्ला सुनेको थिएँ सुमिनाको लसपस एक बंगाली केटोसँग छ रे शायद यही
हल्लाले सुमनको कानमा बतास लागेको हुनुपर्छ । मनमा शंकाको सिरेटो पस्यो र सोधे – ‘तेरो ईसारा कतै सुमिनापट्टि त हैन ?’
‘हो म त्यही विडम्वनाको पात्र हुँ ।’ सुमनले रक्सि प्यालामा खन्याउदै भन्यो ।
‘यदि म गलत छुईन भने हावा कुराको लहैलहैमा लागेर तैले भड्काव मनस्थिति बनाउनु हुन्न । यस्तो सोच्नु मात्रै पनि अग्निसाक्षी राखेर अपनाएको जीवन संगीनीमाथीको पाप हो । विश्वासको हत्या हो । भरोसाको मृत्यु हो ।’
म अलि कड्किएछु । अर्को प्याला पनि स्वाँट्ट पारेपछि सुमनभित्रको गुम्सिएको ठोस रक्सिको तरलतामा घुलिएछ क्यारे, ऊ बग्न थाल्यो । भन्दै थियो – ‘म पनि तैले जस्तो सोचाई बनाएर हल्लालाई बेवास्ता गर्दै थिए तर जब हल्लाले मेरो कान भरियो सुमिनाको ब्यवहारमा पनि परिवर्तन आभाष हुन थाल्यो । त्यसपछि सुमिनाको विश्वासमाथी म भित्र शंकाको विजारोपण भयो ।’
शंकालाई पूर्णता दिने सुमिनाको ब्यवहारिक आधार कोट्याउदै सुमन बोल्यो – ‘सधै
झै रात्री डिउटी सकेर म कोठामा फर्किदा सुमिना सुति राखेकी थिई । अरुबेला म कोठामा
पस्नसाथ शरीरमा स्फुर्ति आँउछ भन्दै तात्तातो कफि पिउन दिन्थी र मायालु अंगालोमा कस्दै मलाई फ्रेस बनाउन खोज्थी । यतिविघ्न मेरो ख्याल गर्ने मान्छे एक्कासी ओछ्यान
पर्दा मुटु चर्कियो । म धेरै डराएछु आत्तालिएछु र सुमिनालाई अंगालो हाल्न पुगेछु । त्यसबेला पो सुमिना बिउँझिछे र भनि – ‘नचल्नु न यहाँ आफ्नो निन्द्रै पुगेको छैन ।’
के के नै भयो होला भनेर अत्तालिएको सुमनलाई उल्टै सुमिनाले रुखो बचन गरेर नुन छर्किछे । त्यसपछि सँधै शरीर थाक्नु र निन्द्रा नपुग्नुले सुमिनामा निरन्तरता पाईरहयो भने सुमनको लागि शंका गर्न यही कि्रयाकलाप काफी भयो ।
सुमनले अप्रत्याशित घट्नाको घैला फुटाउदै भन्यो – ‘आफ्नो प्यारलाई कोठामा एक्लो छोडेर डिउटीको रात जागै कटाउनुपर्दा मलाई एकरात बिताउन एक जुग विताउनु परेको जस्तो हुन्थ्यो । तर त्यही रात सुमिनाको लागि एकबिताको जस्तो हुन्थेछ । मलाई रातभरिको डिउटीको अनिदोले गलाउँथ्यो तर सुमिना थाकेर लोत छु भन्थिन् । कोठामा एक्लै छाडेको सुमिना थाकेर लोतै हुने गरि के गर्थिन खै ! सुमिनाको यस्तो ब्यवहारबाट म आजित भैसकेको थिए । तैपनि उसको विश्वासमा म भित्र शंकाको छाल चल्न थालिसकेको छ भन्ने अनुभुति गराउनलाई भने – सुमिना ! तिमीलाई यो हालतमा छाडेर म साचले काम गर्न सक्दिन । त्यसैले अव म काम छोडिदिन्छु ।’
मेरो काम छाड्ने कुराले सुमिना हड्बडाई र भनि – ‘काम किन छोड्नु पर्यो ? तपाईले काम छाडेपछि कोठाभाडा के ले तिर्ने ? खाने के ? फेरी मलाई त्यस्तो के भाको छ र ?’
‘तिमी आफैमा यत्रोविधि भैसक्दा पनि तिमी आफैलाई थाहा नहुनु तिमी समान छ तर म अव थाके । बस्नै परे भोकै बसुँला तर एक दुई तीन म कामचाँहि गर्दिन बरु नेपाल नै
फर्कौला ।’
मेरो नेपाल जाने कुराले सुमिना च्याँठिदै बोली – ‘म मा पनि पोरख गरेर खाने तागत छ । तपाईले काम नगर्दैमा मेरो पेट भोको हुदैन, तपाई फर्के फर्कनु तर एक दुई तीन
म नेपाल फर्कन्न ।’
सुमिनाको यस्तो फुर्तिले मलाई झन स-शंकित बनायो । त्यसपछि नेपथ्यमा मञ्चन
हुने नाटकको पर्दा उघार्न सुमिनाको चियोचर्चो गर्न थाले । यही क्रममा एक दिन साविक झै
सुमिनालाई कोठामा छोडेर डिउटी जान भनेर निक्ले । म कोठाबाट हिडेको त्यस्तै पौने
घण्टापछि मोवाईलमा कुरा गर्दै बंगाली केटो मेरो कोठातिर पस्यो । त्यो बंगाली केटो त्यही
थियो जोसँग सुमिनाको नाम जोडिएको थियो । मैले यी सब मेरो कोठाभन्दा केहीपरको
कफिसपबाट हेरिरहेको थिए । ऊ पसेको आधाघण्टासम्म पनि नबाहिरिएपछि म नै कोठातिर
अघि बढे । जब म कोठाको ढोकामा पुगे कामकेलिको घम्साघम्सीमा हारजीत हुनेबेलाको
रतिकुजित मेरो कानमा पर्यो । त्यसपछि …।
सुमनले यसो भनिरहदा सुमिना एक पराकिया आईमाई भईसकिछे भन्ने पुष्टी हुन्थ्यो ।
जसलाई आफ्नो मुटुको टुक्रा मानेर हृदयभित्र राखिन्छ उ नै लुठी आईमाई बनेर
विश्वासमाथि छुरी चलाउछे भने त्यो भन्दा ठुलो आघात अरु के होला ? त्यही नियतीको
शिकार भयो सुमन ।
यो त राम्रो भयो कि सुमिनाको हर्कतको प्रत्यक्षी सुमन आफै भयो । नत्र समाजमा
सुमनको बलात्कार बाराम्बार भईरहन्थ्यो । अक्सर यस्तो खाले करतुतको परिणतीमा सुमिनाले मृत्यु बेहोर्नुपथ्र्यो जुन सम्भावित पनि थियो । यदि सुमनको ठाउँमा अरु कोही भैदिएको भए ! जसले क्षणिक आवेसमा होस गुमाउन सक्थ्यो । तर सुमन जस्तो लाग्ने पाउनु नै सुमिनाको भाग्य भयो ।
आफ्नै जिन्दगीले स्वयं जीवनमाथि तुषारापात गर्दा पनि सुमनमा संयमता नटुट्नु
विशाल हृदयको नमुना हो । सुमिनामा आफूले गरेको गल्तीको महसुस आफै होस् भन्ने
मनशायले साक्षत घट्नाको भण्डाफोर सुमनले गरेन कहिल्यै । तर साध्वीको पगरी ओढेर
आफूभित्र उब्जिने यौनकुण्ठालाई दबाएर राख्नु हुन्न भन्ने मानसिकताको उपज थिई सुमिना । स्वतन्त्र रुपमा यौन तृष्णा तृप्ती गर्नलाई सुमिना आफ्नो नैसर्गिक अधिकार ठान्थी । अन्तत ःटुक्राटुक्रा भयो ।
ड्राईभरले घच्याक्क ब्रेक हानेपछि तत्काललाई मेरो पुनरावृतिको पर्दा खस्यो । ट्याक्सी
क्वालालम्पुर अन्तराष्ट्रिय एयरपोर्ट अगाडि रोकिएको थियो । म ट्याक्सीबाट उत्रेर ट्रलिमा लगेज हाल्न थाले । सुमनले भाडा दिएपछि हामी प्रस्थान कक्षतिर लाग्यौ । हिड्दा हिड्दै सुमनले मलाई भन्यो – ‘तलाई लागेको होला की म एक्लो फर्केको देखेर समाजले सुमिनाको बारेमा सोधीखोजी गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । म पनि पहिला पहिला अरुको यस्तो मनोदशा देखेर तसर्िन्थे । तर के गर्ने आफैमाथि खनिएपछि बेहोर्नुपर्दो रहेछ । खैर ! केही छैन परिस्थितिले सासै फेर्न नहुनेगरी अठ्याएर र्याख्र्याख्ती पारेछ भने त्यतिबेला मेरो परिवारमा नै दाग लाग्ने सुमिनाको ककर्मको भेद खोल्ने साहस जुटाउँला ।’
तथ्य त त्यो हो कि आज नभए भोली अर्थात एक न एक दिन सुमनले सत्यसँग
साक्षात्कार गर्नु नै पर्नेछ । त के जुन समाजको गवाहीमा सिन्दुर पोते पहिर्याई दिएको
अर्धाङ्गिनी परपरुषसँग सहवास गर्दै गरेको आफ्नै आँखाले देखेको तथ्य त्यही समाजलाई भन्नु सुमनको लागि सहज होला ? तर सत्य त्यही थियो ।
जीवनदान पाउने विश्वास भएको जीवनसंगीनीबाट मृत्यु उपहार लिएर सुमन त्यही
काठको मुढाजस्तै विनाजीवन मुलुक फर्कदै थियो । आफ्नै जीवनबाट पराभूत भएको आत्माले विदाईको हात हल्लाउदै सुमन हवाईजहाज चढ्ने यात्रुहरुको हुलमा मिसियो । आत्माघाती प्रेमको भोगाई बेहोर्ने पात्रलाई मैले पनि विदाईको हात हल्लाई दिए डेक नचली ।
समाप्त
बोधे – ९ धनकुटा
हाल – मलेसिया