मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो ताकि उ यसमा भब्य दरबार बनाउन सकोस्। उ एक बर्षको काम दुई बर्ष लगाएर गर्थ्यो। कहिलेकाहीँ त तीन वर्ष पनि लगाउँथ्यो। यदि जग कमजोर भयो भने घर कसरी मजबुत हुन सक्थ्यो र?
म उ भन्दा कान्छो थिएँ। उ चौध बर्षको थियो र म नौ बर्षको थिएँ। उ मेरो दाजु भएकोले उसले मलाई गाली गर्ने र नियन्त्रणमा राख्ने गर्थ्यो। तर म उसको यस्तो कडा व्यबहारलाई मन पराउदिनथें।
उ साँच्चिकै मिहनेति थियो। उसको साथबाट किताब कहिल्यै छुट्दैनथ्यो। सायद दिमागको आरामको लागि उ जे मन लाग्यो त्यही कोर्ने गर्थ्यो। कहिलेकाहीँ चरा, कुकुर, बिरालोको चित्र बनाउने गर्थ्यो। कहिलेकाही कुनै नाम वा शब्द मात्र लेख्ने गर्थ्यो भने कहिले चाँही एउटै वाक्य धेरै पटक लेख्ने गर्थ्यो। कहिले भने उ कविताका हरफहरु राम्रा अक्षरमा सार्ने गर्थ्यो। उ प्राय अरुले नबुझ्ने कुरा लेख्ने गर्थ्यो। उसले लेखेका कुराको कुनै अर्थ हुँदैनथ्यो। एक चोटि मैले उसले लेखेको कुरा कापीमा देखें जुन यस्तो थियोस् विशेष, अमीना, वास्तवमा, दुई दाजु(भाइ, एक घण्टा भित्र, राधेश्याम, श्री राधेश्याम र साथमा एउटा मान्छेको चित्र हुन्थ्यो। उसले लेखेका कुराहरुको म अर्थ खोज्ने प्रयास गर्थें। तर म केही बुझ्दिनथें। न त म उसलाई यी कुराहरुको अर्थ सोध्न हिम्मत नै गर्न सक्थें। उ नौ कक्षामा पढ्थ्यो र म पाँच कक्षामा पढ्थें। उसको लेखाइ बुझ्ने हैसियत ममा आइसकेको थिएन।
मलाई पढ्नमा कत्ती पनि रुची थिएन। मलाई किताबसँग एक घण्टा बिताउनु भनेको ठुलो पहाड फोर्नु बराबर थियो। म मौका पाउने बित्तिकै छात्रबासबाट बाहिरिन्थें। कहिले गुच्चा खेल्थें कहिले कागजको पुतली बनाएर उडाउथें। यदि मैले साथी भेट्टाएँ भने मेरो खुशीको सिमा नै रहदैनथ्यो। कहिले हामी पर्खाल चढ्थ्यौं र जमिनमा हाम्फाल्थ्यौ, कहिले गेटमा झुन्डिएर कारमा चढेको आनन्दको अनुभुती गर्थ्यौ। तर जब म घर फर्किन्थें, म मेरो दाईको अनुहारको भाव भङगीमा देखेर डरले लुगलुग काम्थें। सधैं उसको पहिलो प्रश्न हुन्थ्योस् ुकहाँ गको थीसरुु सधैं एउटै प्रश्न एउटै लवजमा सोध्ने गर्थ्यो। अनी मेरो उत्तर हुन्थ्यो नबोलिकन शिर निहुराएर बस्नु। म किन भन्न सक्दिनथें कि म बाहिर खेल्न गएको थिएँ भनेर। मेरो मौनतालाई दोषको एउटा कारक ठानेर दाइले मलाई भरमार गाली गर्थ्यो। तेरो यस्तै चाला हो भने तैले जिन्दगीभर अङ्ग्रेजीको एउटा शब्द पनि सिक्दैनस। अङग्रेजी सिक्नु चानचुने कुरा छैन। सबै मानिस अङग्रेजीमा दक्ष हुन सक्दैनन। अङग्रेजी सिक्न लगाव चाहिन्छ, मेहनेत गर्नु पर्छ। हामीले कडा मेहनेतका साथ दिन रात किताबहरु पढ्ने गर्नु पर्छ। यती धेरै मेहनेत गर्दा पनि हामीलाई राम्रोसँग पढ्न आउँदैन। धेरै बिद्वानहरुले राम्रोसँग अङग्रेजी लेख्न समेत जानेका हुँदैनन्। बोल्न जानेका हुँदैनन्। तँलाई त म मुर्ख भन्छु किनकी तैले मेरा किताबबाट अलिकती भएपनी केही त सिक्नु पर्थ्यो। तँलाई राम्रोसँग थाहा छ कि म कती कडा मेहनेत गर्छु। यती कुरा पनि तँ बुझ्दैनस् भने तँ मुर्ख मात्र होइन अन्धो पनि होस्। यहाँ कती धेरै कार्यक्रमहरु भइरहन्छन् तैलें म कुनै कार्यक्रमा गएको देखेको छस्रु क्रिकेट र हक्की दिनदिनै खेलिन्छन् तर म कहीं पनि जाँदिन। म हरसमय पढिरहन्छु। अझ एउटै कक्षा दुई वा तीन बर्ष लगाएर पढ्छु। यस्तो पाराले तँ कसरी पास हुन्छस् कहिल्यै सोचेको छस्रु मैले त एउटै कक्षामा दुई तीन बर्ष मात्र बस्नु पर्यो तैले त जिन्दगी भर बिताउने छस् एउटै कक्षामा। यसरी नै समयको बरबाद गर्ने भए जा घर गइ हाल, उतै गुली डन्डा खेलेर बस्नु। बाले दुस्ख गरेर कमाएको पैसा खेर नफाल्।
यसरी म दाजुको हप्काइ खाएर सधैं आँशु झार्थें। म केही पनि जवाफ फर्काउन सक्दिनथें। दाजुले मलाई प्रहार गरेका तिखा बचनले म घायल हुन्थें र मलाई यो संसार बिरानो लाग्थ्यो। पढ्नु मेरा लागि फलामका चिउरा चपाउनु सरह झैं लाग्थ्यो र म निराश भएर सोच्थें कि यहाँ बस्नु भन्दा त घर जानु राम्रो। आफ्नो बुता बाहिरको काम गर्न खोजेर म किन आफ्नो जीवन बर्बाद पाँरु। यसरी म कडा मेहनेत गर्न पनि सक्दिनथें र आफ्नो यो अवस्थाप्रती सन्तुष्ट रहन पनि सक्दिनथें। यस्ता बिचारले मलाई चिन्तित बनाउथ्यो। एक दुई घण्टापछी फेरी म आफ्नो अध्ययनलाई तन, मनका साथ अगाडि बढाउने प्रण गर्थें। तुरुन्तै मेरो समय तालिका बन्थ्यो। कुनै पूर्व तयारी बिना नै म कसरी आफ्नो काम शुरु गर्न सक्थें ररु समय तालिकाले मलाई एकदम बिजी बनाउथ्यो। एकाबिहानै उठ्यो, हात मुख धोयो, खाजा खायो र छ बजे पढ्न बस्यो। छ देखी आठ अङग्रेजी, आठ देखी नौ अंकगणित, नौ देखी साँढे नौ सम्म इतिहास, त्यसपछी खाना खाएर स्कुल गयो। स्कुलबाट आएपछी साँढे तिनमा आधा घण्टा सम्म आराम गर्ने, चार देखी पाँच सम्म भुगोल, पाँच देखी छ सम्म व्याकरण, त्यसपछिको आधा घण्टा होस्टल अगाडि टहलिने, साँढे छ देखी सात सम्म अङग्रेजी निबन्ध, बेलुकाको खाना पछी आठ देखी नौ सम्म अनुवाद, नौ देखी दश सम्म हिन्दी, दश देखी एघार सम्म बाँकी रहेका बिषयहरु र त्यसपछी सुत्ने।
समय तालिका बनाउनु एउटा कुरा र त्यसै अनुसार चल्नु अर्को कुरा। शुरुमा म तालिका अनुसार चल्न अनेक कोसिस गर्थें। तर प्रयास गर्दा गर्दै पनि धेरै कुराले मलाई आकर्षण गर्थ्यो। शान्त हरियाली चौरले, मन्द एवं सुस्त रुपले चल्ने हावाको झोकांले, भकुन्डोको उफ्राइले र कब्बडिको चलाखिपनले मलाई मोहनी लगाउथ्यो। जब म सबै कुराहरु बिर्सिन्थें तब म त्यो समय तालिकालाई पनि बिर्सिन्थें, आफ्ना किताबहरु सबै बिर्सिन्थें, बाँकी केही चिज पनि म देख्दिनथें। म मात्र यती कुरा सम्झिन्थें कि दाईले फेरी मलाई उपदेश दिन मौका पाउने भयो।
म उसको छायाँ देखी पनि डराउथें र सकेसम्म उसको छेउ नै पर्दिनथें। कोठामा जाँदा म बिस्तारै चाल मारेर जान्थें ताकी दाइले मेरो उपस्थितीको केही भान नपाओस्। तर उसले मलाई देखी हाल्थ्यो अनी ठुलो ठुलो आँखा पारेर हेर्थ्यो। म डरले मर्थें। मलाई यस्तो लाग्थ्यो मेरो टाउको माथि धारिलो हतियार छ। यती धेरै गाली खाएर पनि म खेल्न र बरालिन छोड्दिनथें। मानिसले जतीसुकै अफ्ट्यारो परिस्थितीको सामना गर्नु परे पनि आफुले गर्न चाहेको कुरा गरी छोड्छ।
बार्षिक परिक्षामा दाई फेल भयो, म पास मात्र भइन कक्षामा प्रथम पनि भएँ। अब हामी दुई बिचको पढाईको अन्तर दुई बर्षमा घटेको छ। अब मलाई दाईसँग सोध्न मन लाग्यो कि तँलाई तेरो आदर्शले कहाँ पुर्यायोरु मलाई हेर म कती खुशीका साथ खेल्छु, डुल्छु, रमाउँछु र पनि म कक्षामा प्रथम हुन्छु। दाईसँग यस्ता कुरा गर्ने मुडमा थिएँ म। तर उ निराश थियो अनी चिन्तित पनि थियो। मलाई दाईप्रती दया जागेर आयो र उसलाई मैले केही पनि भनिन। मलाई केही घमन्ड आएको थियो र आत्मबिश्वास पलाएको थियो। अब दाइको मलाई उपदेश दिन सक्ने हैसियत रहेन। म निस्फिक्री खेल्न जान थालें। अब फेरी पनि दाइले मलाई जान्ने पल्टेर सिकाउन थाल्यो भने म पनि मज्जाले भनिदिन्छु ूके पाइस् तैले आफैले आफुलाई दुस्ख दिएररु मलाई हेर दाई म हरबखत खेलिरहन्छु र पनि प्रथम हुन्छुू। यी सब कुराहरु भन्नलाई मेरो हिम्मत थिएन। मेरो चाला देखेर दाईले पनि म माथि हैकम जमाउने हैसियत गुमाइसकेको थियो। जुन दाइलाई प्रस्टसँग थाहा थियो। दाई एकदम चङख थियो एक दिन बिहानै जब म गुली डन्डा खेलेर घर फर्किदैथे उ म माथि तलवार लिए झै गरी जाइ लाग्न थाल्यो। उ भन्न थाल्यो ू म देख्दै छु तँ निक्कै मैमत्त हुँदैछस्। कक्षामा प्रथम भएँ भनेर होला तर तेरो घमन्ड एक दिन चकनाचुर हुनेछ। तैले ईतिहासमा पढेको हुनु पर्छ रभानालाई के भयो भनेर। उसको चरित्रबाट तैले के पाठ सिकिस्रु राम्रोसँग पढ्न त पढेको छस् तैले त्यो पाठरु परिक्षामा पास हुनु मात्र ठुलो कुरा होइन। दिमागी बिकास हुनु मुख्य कुरा हो। पढेको कुरा बुझेर त्यसलाई मनन गर्न सक्नु पर्छ। रभाना यो संसारकै मालिक थियो। एउटा शासक थियो। उसलाई चक्रबर्ती भनिन्थ्यो। आजको दिनमा ब्रिटिशको ठुलो साम्राज्य छ तर हामी यसलाई चक्रबर्ती भन्दैनौ। धेरै देशहरु ब्रिटिश साम्राज्यलाई मान्न इन्कार गरिरहेका छन्। आज सबै देशहरु पूर्णरुपले स्वतन्त्र छन्। तर रभाना एउटा चक्रबर्ती राजा थियो। संसारका सबै राजाहरुले उसलाई मान मनितो गर्दथे। भगवानहरु पनि उसका दास जस्ता थिए। अग्नी देवता, जल देवता उसका नोकर चाकर जस्ता थिए। यती हुँदा हुँदै पनि उसको अन्त्य कसरी भयोरु उसको घमन्डले उसलाई सखाप बनायो। उ यो धर्तीबाट बिलिन भयो। मानिसले जतिसुकै खराब कार्य गरे पनि उसलाई घमन्डी बन्न दिनु हुँदैन, उक्साउनु हुँदैन। यदि उ घमन्डी बन्दै गयो भने उसले भौतिक र आध्यात्मिक संसार दुवै गुमाउनेछ। तैले सतानको बारेमा पनि पढेको होलास्। सतान आफु जत्तिको ठुलो भगवानको भक्त अरु कोही छैन भन्ने कुरामा घमन्ड गर्थ्यो। अन्त्यमा उ स्वर्गबाट नर्कमा धकेलियो। एक पटक रोमको शासक पनि घमन्डले चुर भयो। उ पनि आखिर भिखारी भयो र मर्यो। यदि तलाई एउटा कक्षा पास हुँदैमा तेरो प्रगती सुनिश्चित भयो भन्ने लागेको भए मेरो कुरा सुन(तँ मेहनेत गरेर पास भएको होइन तँलाई भाग्यले साथ दिएको हो। सधैं भाग्यले साथ दिदैन। कहिलेकाही गुलीडन्डा खेल्दा कसैले मौकाले छक्का प्रहार गरेर खेल जित्दैमा उ सफल खेलाडी कहलाउदैन। सफल खेलाडी त्यो हो जसले कमजोर बलिङलाई चौका वा छक्कामा परिणत गर्न चुक्तैन। मेरो असफलता पछाडि तँ नलाग। जब तँ मेरो कक्षामा पुग्छस् अनी थाहा पाउँछस् कती कडा परिश्रम गर्नु पर्छ भनेर। बिजगणित, ज्यामिती र अङ्ग्रेजी ईतिहास तलाई फलामका चिउरा चपाउनु सरह लाग्नेछन्। राजाका नामहरु सम्झिन पनि सजिलो छैन। आठ वटा त हेनरी मात्र छन्। कुन हेनरी कुन घटनासँग सम्बन्धित छन् के यो सम्झिन सजिलो होला भन्ठानेको छस्। हेनरी सात लेख्ने ठाउँमा हेनरी आठ लेख् अनी तैले कत्ती पनि अंक पाउदैनस्। शुन्य पनि पाउदैनस्। तैले कहिल्यै यो सोचेको छस्रु त्यहाँ दर्जनौ जेम्स छन्, विलियम छन्, चार्लसका स्कोर छन्। दिमाग घुम्छ, ति सब सम्झेर रिङ्गटा लाग्छ। बिचरा ब्रिटिशहरुले नाम पनि राख्न सकेनन्। दोश्रो, तेश्रो, चौथो र पाँचौ भनेर राखेछन्। मलाई सोधेको भए म लाखौं नामहरु भन्दिन्थें। ज्यामिती झन् उस्तै गाह्रो छ। एसीबी लेख्ने ठाउँमा एबिसी लेखिस् भने सबै अंक काटिन्छ। ति निर्दयी परीक्षकलाई सोध्ने कोही हुँदैन कि एबिसी र एसिबीमा के फरक छ र यती महत्वहिन कुरामा किन परीक्ष्यार्थीलाई दुस्ख दिइन्छ भनेर। दाल र भात खाए पनि, रोटी र भात खाए पनि र दाल र रोटी खाए पनि यसले के फरक पार्छ र। के तिनिहरुले पुस्तक बाहिरका कुराहरु पढाउन सक्दैनन्रु उनिहरु हरेक शब्द शब्द कन्ठ गर्न लगाउछन्। यसरी शिक्षाको नाममा विद्यार्थीहरु जबर्जस्ती लादिन्छन्। यदि एउटा रेखामा स्तम्भ बनाइयो भने आधार स्तम्भको दुई गुना हुन्छ। यसमा न त फेद छ न त टुप्पो छ यस्ता कुरा पढेर केही गर्न सकिदैन।
कसैले सोध्न सक्छ यो कहाँ काम लाग्छरु यसको आकार दुई गुना होस् कि चार गुना होस् वा आधा मात्र होस् मलाई के मतलबरु तर यदि परिक्षा पास गर्नु छ भने जसरी पनि यो अल्छि लाग्दो बिषय पढ्नै पर्छ। समयपालन बारे चार पन्ना निबन्ध लेख्नु पर्ने हुन्छ। कसले जानेको छैन समय पालन गर्नु राम्रो कुरा हो भन्नेरु यसले मानिसको जिबनमा अनुशासनको पाठ सिकाउँछ। अरुले आफुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पार्छ। तर यती सानो बिषयमा चार पन्ना निबन्ध कसरी लेख्न सकिन्छ ररु एउटै वाक्यमा सम्पूर्ण कुरा भन्न सकिन्छ भने चार पन्ना निबन्ध लेख्नुको के अर्थ छ ररु म यसलाई वाइहात मान्छु। बेकारका कुरामा अल्झिएर समयको बर्बादी गर्नु राम्रो काम होइन। जे भन्नु छ सो कुरा छिटो भन्न सक्ने मान्छे हामीलाई चाहिन्छ। तर यहाँ त जसरी भए पनि चार पन्ना रङगाउनु नै पर्छ त्यो पनि फुलस्केप पन्नामा। के यो विद्यार्थीलाई दिएको कठोर सजाय होइन ररु अझ हाँसउठ्दो कुरा त के छ भने सङक्षिप्तमा उत्तर लेख भनिएको हुन्छ। छोटो निबन्ध लेख पनि भन्ने अनी चार पन्ना नघटाइ लेख पनि भन्ने। सङक्षिप्त निबन्धको मतलब चार पन्नाको निबन्ध रहेछ। होइन भने त हामीले एक शय वा दुई शय पन्नाको निबन्ध पो लेख्नु पर्ने रहेछ। यो त छिटो दौड र बिस्तारै दौड भनेको जस्तै भयो। के यो बिबादास्पद छैन ररु यती सानो कुरा एउटा बच्चाले पनि बुझ्न सक्छ तर यी शिक्षकहरुले बुझेनन्। जब तँ मेरो कक्षामा पुग्छस् हेर भाई सबै यथार्थ कुरा थाहा पाउँनेछस्। तँ कक्षामा प्रथम भएको छस् त्यसैले छाती फुलाएर हिंडेको छस्। मेरो सल्लाह मान्। म शयौ चोटि, हजारौ चोटि फेल हुँला तर म तँ भन्दा जेठो छु तेरो भन्दा बढी अनुभव छ, तैले भन्दा बढी संसार देखेको छु। यो कुरा ख्याल राख भाई नत्र दुस्ख पाउँछस्।ू
धन्न स्कुल जाने बेला भयो र मात्र उसको यो प्रवचन टुङगियो। मेरो खाना मलाई मिठो पनि लागेन। म पास भएर पनि मैले यस्तो हप्की र दप्की सहनु पर्यो यदी फेल भएको भए त मेरो के हालत हुन्थ्यो होला। दाईले भनेको जस्तो उसको कक्षाको डरलाग्दो तस्विर देखेर म डराइरहेको थिएँ। कम से कम म यी सब कुराहरु सुनिसके पछि पनि स्कुल पढ्न छोडेर घर गइन। तर यती धेरै अर्ती र उपदेश सुनीसकेपछी पनि म मा कुनै परिवर्तन आएको थिएन। अझै मलाई पढ्नमा रुची थिएन। खेल्न भने पछी हुरुक्कै भइहाल्थें। मौका पाउने बित्तिकै खेल्न गइहाल्थें। म पढ्न त पढ्थें तर ज्यादै थोरै समय मात्र पढ्थें। गृहकार्य गरेर अली अली बोक्रे बोक्रे मात्र पढ्थे ताकी भोली कक्षामा लज्जित हुनु नपरोस्। म मा भरिएको आत्मबिश्वास फेरी हरायो र म फेरी एक चोटि आवारा भएर हिंड्न थालें।
फेरी वार्षिक परिक्षाको नतिजा आयो। भाग्यले साथ दिएको भन्नु पर्छ म फेरी पास भएँ दाई फेल भयो। मैले त्यती धेरै मेहनेत पनि गरेको थिइन र पनि कक्षामा प्रथम म नै भएको थिएँ। म आँफै पनि छक्क परेको थिएँ। दाई दिलोज्यान दिएर लागि परेको थियो। उसले पुस्तकका हरेक कुराहरु कन्ठ पारेको थियो, राती दश बजेसम्म पढ्थ्यो। पढ्दा पढ्दा उ मरन्च्याँसे भएको थियो र पनि पास हुन सकेन। उ फेल हुँदा मलाई दुस्ख लाग्यो। जब नतिजा घोषणा भयो उसले आँखा भरी आँसु पार्यो। मेरा आँखा पनि रसाए। मेरो सफलतामा म हुनु पर्ने जती खुशी भएको थिइन। बरु म पनि फेल भएको भए दाई यती बिघ्न चिन्तित त हुने थिएन। तर भाग्यलाई कसले छेक्न सक्छ ररु
अब दाई र म बिच पढाईको अन्तर एक बर्षको मात्र भयो। अब म भित्र खराब सोचाइ आउन थालेको थियो। यदि अर्को बर्ष दाई फेल भयो भने त हामी दुवै बराबरीका हुनेछौ। अनी त कुन जगमा उभिएर मलाई प्रवचन दिदो रहेछ हेर्छु म पनि। तर म यस्ता निर्दयी सोचाइहरु तत्कालै मनबाट हटाइदिन्थें। तर जे भए पनि उसले मेरै भलाइको लागि गाली गरेको हो। उसले दिएको सल्लाहले गर्दा नै म राम्रो अंक ल्याएर पास हुँदैछु।
अब भने दाई धेरै लचिलो भइसकेको थियो। धेरै चोटि उ मलाई गाली गर्ने बहाना खोजिरहेको हुन्थ्यो। तर केहीछिन मै उ मथ्थर भइहाल्थ्यो। सायद उसले कुरा बुझ्न थालेको हुनुपर्छ कि मलाई गाली गर्ने अधिकार उसमा घट्दै गइरहेको छ। म पनि दिन प्रतिदिन आफुलाई स्वनन्त्र भएको महसुस गर्दै थिएँ। उसको लचिलोपनाको फाईदा म उठाइरहेको थिएँ। मैले पढे पनि नपढे पनी म पास हुन्छु भन्ने कुरामा विश्वस्त थिएँ। भाग्य मेरो पक्षमा थियो। यसरी मैले पढ्न छोडिदिएँ। दाईको डरले अली अली पढे जस्तो मात्र गर्थें। मलाई चङ्गा उडाउने रहर जाग्न थालेको थियो र म धेरै जसो समय चङ्गा उडाएर बिताउने गर्थें। यती हुँदा हुँदै पनि म दाईलाई सम्मान नै गर्थें। म लुकी छिपी दाईले नदेख्ने गरी नै चङ्गा उडाउने गर्थें। चङ्गा प्रतियोगितामा भाग लिने, अरुको चङ्गा चेट गर्ने, चङ्गा किन्न जाने जस्ता कामहरु पनि म गोप्यरुपमा गर्थे। मैले दाइलाई गर्ने आदर र सम्मानमा कमी भएको महसुस म दिलाउन चाहन्नथें त्यसैले म यी सब कुराहरु गोप्यरुपमा गर्थें।
एक साँझ छात्रबास नजिकै म चेट हुन लागेको चङ्गा टिप्न तछाँड मछाड गर्दै दौडिरहेको थिएँ। मेरो आँखा खस्न लागेको चङ्गा हेर्न आकाशतर्फ मोडियो, म बिस्तारै जमिनमा दुई बल्ड्याङ खाएँ। सबै आर्मीका छोराछोरीहरु पनि कोही हातमा लठ्ठी लिदै कोही बाँस बोक्दै चङ्गाकै पछी दौडिरहेका थिए। कसैलाई केही कुराको वास्ता थिएन वरिपरी के छ, के भइरहेको छ केही पर्बाह थिएन। सबै जना आकाशको चङ्गामा केन्द्रित भएका थिए। उनिहरु यसरी चङ्गाको पछी दौडिरहेका थिए कि त्यहाँ केही पनि छैन न त कार छ न त बस नै छ,न त ट्रेन नै छ।
अचानक मैले मेरो दाइलाई देखें। सायद उ बजारबाट फर्किरहेको थियो। उसले मेरो हात च्याप्प पकड्यो र रिसाएर भन्न थाल्यो ुयी फोहोरी केटाकेटीसँग एउटा जाबो चङ्गाको पछि लाग्न तँलाई लाज लाग्दैनरु अब तँ सानो छैनस् भन्ने कुरा हेक्का छ कि छैनरु आठ कक्षामा पुगिसकिस, म भन्दा एक कक्षा मात्र तल छस्। आफ्नो हैसियत त बिचार गर। पहिले पहिले आठ कक्षा पास गरेको मान्छेले क्लर्कको जागिर खान्थें। मलाई थाहा छ कोही त जिल्ला न्यायधिशको रुपमा पनि काम गर्थें अनी कोही चाँही निरिक्षक भएर पनि काम गर्थें। आठ कक्षा पास गरेका हाम्रा धेरै नेताहरु छन्, समाचार पत्रीकाको सम्पादक छन्। धेरै बिध्वान मानिसहरु उनिहरुको अन्डरमा काम गर्छन्। यस्तो कुरा थाहा पाएर पनि तँ चाँही यी फुच्चे केटाकेटिसँग एउटा चङ्गाको पछी दगुर्छस् होइनरु तेरो यस्तो चाला देखेर म दिक्क भइसकें। तँ जान्ने छस्, चलाख छस्, कुनै शङका छैन तर यसै गरी बरालिदै हिडिस भने तेरो त्यो चलाखीपनको के अर्थ भयो। तँ पक्कै पनि सोच्दै होलास् दाई भन्दा म एक कक्षा त पछाडि छु नि दाईलाई यी सब कुराहरु मलाई सिकाउने कुनै अधिकार छैन। हो यहीनेर तँ गल्ती गर्दै छस्। तँ भन्दा म पाँच बर्षले जेठो छु। यदि हाम्रो परिक्षा प्रणाली यस्तै रहने हो भने निसन्देह अर्को बर्ष तँ र म एउटा कक्षामा हुनेछौ अनी फेरी अर्को बर्ष म भन्दा तँ अगाडि हुनेछस् तर तेरो र मेरो पाँच बर्षको जुन फरक छ त्यो भगवानले पनि मेटाउन सक्दैनन्। म सधैं तँ भन्दा पाँच बर्षले जेठो रहिरहनेछु। तैले एम ए नै गरे पनि पि एच डि नै गरे पनि यो जिबन र जगतप्रतिको मेरो अनुभव, बुझाई तैले म जत्तिको बुझ्न सक्दैनस्। हाम्रो आमा निरक्षर हुनुहुन्छ, बाले पाँच कक्षा भन्दा बढी पढ्नु भएको छैन र पनि वहाँहरुले हामीलाई सधैं मार्गदर्शन दिइरहनु हुन्छ, हामीलाई हौसला, सरसल्लाह दिनुहुन्छ। हामी जती सुकै जान्ने, सुन्ने, बुझ्ने भए पनि वहाँहरुको अर्ती उपदेशले हामीलाई जिवनमा अघी बढ्न मद्दत गर्छ। वहाँहरुले हामीलाई जन्म दिएको भएर मात्र होइन वहाँहरुले हामीले भन्दा धेरै कुरा देख्नु भएको छ, धेरै कुराहरु भोग्नु भएको छ। अमेरिकामा कस्तो प्रकारको सरकार छ, हेनरी आठले कती पटक विवाह गर्यो, आकाशमा कती वटा ग्रहहरु छन्(यस्ता प्रश्नका उत्तरहरु बा आमालाई नआउन सक्छ तर हजारौ यस्ता कुराहरु छन् जुन हामीलाई भन्दा वहाँहरुलाई बढी थाहा हुन्छ। तैले हजुरबालाई पठाएको चिठीको बारेमा केही बिचार गरेको छैनस्। यदि तेरो ठाउँमा हजुरबा भएको भए वहाँ कसैलाई पनि चिठी पठाउनु हुन्नथ्यो न त चिन्ता नै लिनुहुन्थ्यो। यदि वहाँ बिरामी पर्नु भयो भने सके सम्म आँफै उपचार गर्नु हुन्थ्यो केही गर्दा निको भएन भने मात्र डाक्टरकोमा जानु हुन्थ्यो। हामी दुइलाई त यो पनि थाहा छैन कि महिना भरिको खर्च कसरी चलाउने भनेर। हामीलाई हजुरबाले पठाइदिएको पैसा हामी बिस एक्काइस दिनमै सक्छौ र चाँडै मगन्ते हुन्छौ। हामीले हाम्रो खर्च कटौती गर्नु पर्छ। खाजा खाने पैसा, धोबीलाई तिर्ने पैसा, कपाल काट्ने पैसा हामीले जोगाउनु पर्छ। हामीले अहिले गर्ने खर्चको आधा हिस्साले हजुरबाले राम्रैसँग जिबन चलाइरहनु भएको छ। नौ जनाको परिवार पाल्नु भएको छ। हाम्रै हेडसरलाई हेरौ न, के उनी एम ए हैनन् र त्यो पनि अक्स्फोर्डको एम ए। उनले त्यत्रो पैसा कमाउछन् र पनि उनको घर परिवार उनकी आमाले चलाउछिन्। हेड्सरले त्यत्रो पढेको केही काम लागेन। उनले घर परिवार चलाउन पनि सकेनन्। पहिले पहिले उनी आँफै घर ब्यबहार चलाउथें तर कहिल्यै पैसाले पुग्दैनथ्यो। ॠण मात्र लिनु पर्थ्यो। तर जब उनकी आमाले घर व्यबहार चलाउन थालिन् सबै थोक ले पुग्न थाल्यो। घरमा लक्ष्मीले बास गरे जस्तै भयो। त्यसैले भाई दिमागबाट यो कुरा निकाल्दे कि तलाई जे गर्न पनि छुट छ। म हुन्जेल यसरी लफङगा भएर हिंड्न पाउदैनस्। यदि भनेको मानिनस् भने तलाई म बेस्सरी चड्कन लगाउँछु। मलाई थाहा छ तलाई यी कुराहरुले मन दुख्यो होला तर मैले तेरै भलाईको लागि यी सब कुराहरु भनेको हुँ।
उसको यो व्यबहार देखेर म नतमस्तक भएँ। म साँच्चिकै दाईप्रती कृतज्ञ भएँ। मैले आँखाभरी आशु पारेर भनेँ ू हैन दाई तपाईंले जे जती भन्नु भयो एक दम सही कुरा भन्नु भयो। यसरी मलाई गाली गर्ने पूर्ण अधिकार तपाईंलाई छ।ू दाइले मलाई अंकमाल गर्दै भन्नु भयो ूअब देखी म तलाई चङ्गा खेल्न छुट दिने छैन।ू संयोगले ठीक त्यही समयमा चङ्गा हाम्रो टाउको माथि झर्यो। चङ्गा झर्दै थियो चङ्गाको पछी एक हुल केटाकेटी तँछाड मछाड गर्दै दौडिरहेका थिए। दाई अग्लो थियो। दाइले उफ्रिएर चङ्गाको धागो समायो र छात्रबासतर्फ दौडियो। म पनि त्यतै दौडिएँ।
यो कथा चर्चित भारतीय लेखक प्रेमचन्दको कथा माइ इल्डर ब्रदरबाट अनुवाद गरिएको हो।
(स्रोत : Setopati.com)