~एस. वि. विवेक~
समर्पण
समर्पण छ मित्रलाई
जसले –
देश र जनताको मुक्तिको निम्निर्
वर्गशत्रुसँग लड्दा लड्दै
अमूल्य जीवन बलिदान गर्यो ।
दुई शब्द
यहाँहरूको लागि ‘आँधी-तुफान’ दोस्रो उपहार हो । तर अचम्म लाग्ला पैलो खै त !- समस्यै समस्याले जकडिएको विद्यार्थी जीवन, पैलो उपहार टक्रयाउन ठूलो सङ्र्घष्ा गर्नु पर्यो । तैपनि सीमित, अत्यन्तै कम, उपलब्ध भयो । चाहनाको महल भत्कियो, नैराश्य र निर्रथकताको बादल मडारियो । तर केही समयको अन्तरालपछि ‘आँधी-तुफान’ आयो । ‘व्रि्रोहको छाल’ छिट्टै ल्याउने संकल्पमा । गल्ति भए सुझाव पाउने छु । शुरुका पाइलाहरू लरवरिन सक्छन् । तैपनि साहस, पे्ररणा र सहयोग दिएमा अडिग हुनेछन् । अहिलेलाई यत्ति ।
नव वर्ष शुभकामना
नव वर्ष
तिमी आउनै पथ्र्यो
आयौ राम्रै भयो
तर सूर्योदयको आभासँगै आउनु पथ्र्यो
कालो रात लिएरै फर्किएछौ,
तैपनि तिमीलाई
अँध्यारोको निर्मूल गर्दै
सुनौला युगको निर्माण गर्ने
शभकामना छ यही मेरो ।
एशियाली मापदण्ड
जब जब सङ्र्घष्ाको लहर उठ्छ
तब तब मीठो नारा लाग्छ
संविधान सुधार, भूमिसुधार
जनमत सङग्रहको नाटक पछि
एशियाली मापदण्ड को विज्ञापनले
सरकार सडेर तुहेझैँ लाग्छ ।
माली
निर्जन खेतमा, शुष्ख ऋतुमा बोकी कोदाली काँधमा,
आभा सुनौला, नयाँ प्रभात, धोवीनी चरीको साथमा
नदी किनारा, स्वच्छ समीर, विक्षिप्त हृदय हँसाउन,
निर्झरी थलमा, वाटिका वीचमा सुन्दर पुष्प फुलाउन
राज्य निशाको, पामर कीटको गर्नर् विनास जगमा
माली उठेछ सम्झी वीरका गाथा सहसा न्रि्रामा ।
सडकदेखि सडकसम्म
उसले भन्छ सडकदेखि सदनसम्म
हाम्रा आवाज पुगिसके
तर मैले भन्छु सदनदेखि सडकसम्म
उसका आस्था विकीसके ।
नरेन्द्रदाइलाई सन्देश
मान्छेको रगत र आँसुमा खडा भएको दर्वारभित्र
चौघेरे काँडेबार र सङ्गिनको घेराभित्र
बन्दी बनेका नरेन्द्र दाइलाई भनिदिनु
दाइ नआत्तिए हुन्छ मुक्ति अवश्य मिल्ला
मेरो विचारमा
कित मार्कोशझैं माल्दिभ्स वा
जारशाहीझैं फाँसीतिर
दर्ुइमा एक त अवश्य नै रोज्नै पर्ला ।
पर्यावर्तन
चारैतिर अँध्यारो छ कोलाहल, अत्याचार
कति ढले योद्धाहरू लड्दा लड्दै सबैतिर
तर पनि अहिलेसम्म पर्यार्र्वर्तन भएन खै
गरिवको नयाँ दिन,
भगाउँदै अन्धकार पाखार्-पर्वत हँसाउन ।
जीवन
जीवन सङ्र्घष्ाको निम्ति हुन्छ
जीवन उन्मुक्त उड्नु पर्छ
तर जीवनलाई सम्पत्तिमा दाँज्नेलाई
पुन ः भन्न मन लाग्छ
त्यस्तो जीवन त
टाँगामा सिंगारिएको घोडाको जस्तो हुन्छ ।
भन्सारै पर्खनु पर्ला
महँगीले नेटो काटिसके छ
तलव बल्ल फेँदीमा आयो
ज्याकेटको मोल सातसय रहेछ
आफ्नो कमाई त बल्ल पाँच सयमा पुग्यो
नभन्दै अहिले पनि भन्सारै पर्खनु पर्यो ।
नवोदित प्रदीप
पराधीन भै जिउनु भन्दा
स्वतन्त्र भै मर्न सिकाऊ
प्रतिगामी रात हैन
अरुणिमाको आकाश देऊ
निशामुखको प्रतिबिम्ब हैन
शारदी नवोदित प्रदीप देऊ ।
कोठे क्रान्तिकारी
कोठामा बसेर गफ, क्रान्तिको बिगुल फुकने
घोकेर ठेलीका ठेली, साहित्य निकै छाँटने
सङ्र्घष्ा भएको बेला जुलुुस वीचमा कतैर्
पर्छ कि लड्न र भिड्न लग्छ कि मलाई भनी
छलेर सबैका आँखा मिलिक्क कतै फुत्किने
तैपनि चाहिने पद, र प्रतिष्ठा केन्द्रको सबै ।
ज्यूँदै मरेको मान्छे
त्रि्रा अतीतका भावनाहरू, वचन, प्रतिज्ञा र सङ्र्घष्ाहरू
अनन्त क्षितिजमा हाँसिरहेछन् हर्ेर्दै जिउँदो लासलाई
क्रान्तिको बिगुल फुक्ने तिमी नोटको विटोमा बिकेको देख्दा
नयाँको निम्ति लड्ने तिमी जर्ीण्ा सत्तामै लुकेको देख्दा
यहाँको माटो समेतले धिक्कारीरहेछ ज्यूँदै मरेको तिमीलाई ।
देश जर्जर बनेको छ
हाम्रा दुवै काँधहरूमा महान् जिम्मा देशको छ
हाम्रा दुवै हातहरूमा श्रमको ठूलो मुहान छ
हाम्रा विशाल छातीहरूमा साहसको नदी छ
जाउँ भिडौं वैरीसँग देश जर्जर बनेको छ ।
किल्ला ध्वस्त हुन्छन्
तेरा प्रत्येक सङ्गिनहरू निर्भीक भएर निलिदिन्छु
तेरा प्रत्येक फाँसीहरू हाँसी हाँसी थापिदिन्छु
झुक्नु कायरता हो जिन्दगीको
क्रान्ति जीवनको र्सवस्व हो
त्यसैले स्वाधीनताको निम्ति खुसीसाथ मर्न सक्छु
तर याद गर
तेरा प्रत्येक किल्लाहरू म मरे पनि ध्वस्त हुन्छन् ।
आँधी-तुफान
आँसु, पसिना चुसी रमाई खुनमा होली खेल्नेलाई
पर्दाभित्र नाटक रची मातृभूमि बेच्नेलाई
आँधी-तुफान आउँदै छ यिनको अन्त्य गर्नलाई
अँध्यारोको नास गरी नयाँ युग फर्ेनलाई ।
व्याधा
ग्रीष्म ऋतुको शुष्क दिनमा पखेरु पानी खोज्दै छ
खरायो भोकले आकुल हुँदै यताउता डुल्दै छ
गुँड बनाई फुल पार्न ढुकुर व्यस्त देखिन्छ
बन्दुक ताकी व्याधा खडा चारै दिशाहरूमा ।
तँ
जा तँ जा,
तँ भाग्छस् भने मेरो भन्नु केही छैन
तँ उद्देश्यहीन भै यात्रादेखि मात्र हैन जीवनदेखि नै भागिस्
वास्तवमा तँ मबाट मात्र हैन तँ बाट नै भागिस् ।
अन्तर्वार्ता
अन्तर्वार्ता लिउँ भनी मन्त्रीज्यूलाई प्रश्न सोधेँ
शोषण र भ्रष्टाचार ज्यादा भयो भन्ने जनगुनासो छ
मन्त्रीज्यूले वीचमै भने
शोषणविहीन समाजको परिकल्पना संविधानमा उल्लेखै छ
स्वतन्त्रता किन मिलेन त्यो पनि संविधानमै स्पष्ट छ ।
रोगी घोडा
मुटुमा क्यान्सर रोग, छालामा किर्ना र जुम्रा
अनेकौं रोगले सडिसकेको घोडाम चढी
विश्वको भ्रमण गर्ने आँट भो कसरी त्रि्रो
लाग्दथ्यो नयाँको खोजी गर्दैछौ तिमीले पनि
आत्तियौ अहिले सायद, नहुँदै नयाँको जीत वृद्ध भै सकेछु भनी ।
जूनकीरी
सबै नै गरिव थिए, शोषित, पीडित थिए
घुम्दथे चील र ब्वाँसा घुम्दैछन् जसरी यहाँ
अँध्यारो देशका दीप, रविझैँ भएर बले
हर्टाई निशाको राज अहिले उज्याला भए
बन्दछ सहस्र थोपा मिलेमा महासागर
हुनेछ उज्यालो छिट्टै बलेमा सब जूनकीरी ।
महाभुकम्प
ढोगेरै भए पनि लुते गोडा, मन्त्रीज्यू भै हालें
कर्ुर्सर्ीीाको कति भो र – महल समेत खडा गरें
टुहुराको भाग्य धुरीमा भए बषर्ा-खडेरी ठूलै पर्ला
पर्ुर्पुरोमा लेखेको भए महाभुकम्प ठूलै जाला ।
म नेपाली हुँ
मलाई भन्न मन लाग्छ म नेपाली हुँ
सायद अतीतको, खेदिएको र तीतो सत्य
म शरणार्थी हुँ
घरबारविहीन, गास र बासविहीन
धोती र टोपी खोसिएको सायद म हरुवा हुँ
तर पनि मलाई भन्न मन लाग्छ म नेपाली हुँ ।
कलोदारी
जो जो भुक्छ भुक्दै जाओस, काले भुकोस सेते भुकोस
एउटाका दर्ुइ खुट्टा छन् एउटाका चारोटा छन्
तर दुबै निशाचरी
अनि दुबै कलोदारी
लाग्छ मेरो विचारमा यिनी दुबै बराबरी ।
(समाप्त )
प्रकाशक : एस.वि.विवेक
संस्करण : प्रथम, चैत, २०४४
मुद्रक : कृष्ण प्रिन्टिङ प्रेश
र्सवाधिकार : लेखकमा
मूल्य : रू. १।-