डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ । कस्तो भने यही बेला रेल छुट्ला कि भन्ने हतार पनि छ । हिउँमाथि डोब छाड्दै म दौडँदै छु । धन्न, बेल्जियमको राजधानी ब्रसेल्सबाट ९७ किमि टाढा रहेको युरोपको पुरानो ऐतिहासिक सहर ब्रुज जाने रेल पक्रन भ्याएँ । बरफ तथा हिउँले बनाएको कला प्रदर्शनी हेर्न जानका लागि हिउँ छिचोल्दै म हिंडिरहेको थिएँ ।
बरफमा कँुदिएको कलाले धेरैपटक मेरो मन छोएको छ । अझ पहिलोपटक हेर्दा त त्यसले नसोचेको कौतुहलता र शिल्पकारतिाको झल्को दिन्छ । एक बिहे समारोहमा बरफमा कुँदिएको एक कलात्मक आकृतिमा मेरो दृष्टि पर्žयो । त्यो यति सुन्दर र आकर्षक थियो कि त्यसमा परेको प्रकाशले गर्दा सिंगो भुइँ हिराझैं चम्किरहेको थियो । अझ रंगीन बत्तीका झल्याकझुलुकमा रंग बदलिँदो हिउँ झनै अचम्म लाग्ने !
बरफमा कुँदिने यस्ता कलाको सुरुवात प्राचीन समयमा चीनबाट भएको मानिन्छ । धेरै वर्षअघि प्राचीन चीनमा चिनियाँ माझी रातको समयमा माछा मार्न जाँदा हावाले बत्ती निभाएर हैरान भए । त्यसपछि हावाले बत्ती ननिभाओस् र, उज्यालो पनि आओस् भन्नाका लागि बरफको ढिकोलाई खोक्रो बनाएर लालटिनमा शिशा लगाए झैं प्रयोग गर्न थाले । त्यहींबाट बरफ र हिउँमा कुँदिने कलाको सुरुवात भएको मानिन्छ । सन् १९३२ मा अमेरकिामा आयोजना गरएिको ओलम्पिक प्रतियोगितामा हिउँमा विभिन्न आकृति बनाएर प्रदर्शनीमा देखाएपछि हिउँ-कला फैलिएको हो ।
पश्चिमा मुलुकमा व्यापारकि प्रतिष्ठानले बैठक वा प्रदर्शनीमा कम्पनीको लोगो, हिउँबाट बनाएर राखेका हुन्छन् । लामो समयसम्म प्रदर्शनीमा राखिने यस्ता कलालाई वातानुकूलित ढङ्गमा राखिएको हुन्छ ।
पैंतालीस मिनेटको यात्रापछि म चढेको रेल अहिले ब्र्ुज सहरमा रोकिएको छ । रेल स्टेसन नजिकै रहेछ प्रदर्शनीस्थल । हिउँमा कुँदिने कलाको यो छैंटो शृङ्खला रहेछ । यसपटकको प्रदर्शनीलाई हिउँकी रानी नाम दिइएको छ । हिउँकी रानीको बरफको दरबारभित्र बरफका मनमोहक आकृतिबाहेक केही थिएनन् ।
हिउँकी रानी नाममा एउटा कथासंग्रह डेनमार्कमा जन्मिएका विश्वप्रसिद्ध लेखक हान्स क्रिश्चियन एन्डर्सनले लेखेका हुन् । यसपटकको प्रदर्शनी उनै साहित्यकारको सम्मानमा उनकै प्रसिद्ध कथासंग्रहको नाममा राखिएको हो । प्रदर्शनीका कतिपय वस्तु उनका कथासंग्रहमा वणिर्त पात्र थिए ।
नौ युरोको टिकट काटेर लाइन बसेको झन्डै एक घन्टापछि पालो आयो । अहो, कस्तो भीड । आयोजकका अनुसार प्रदर्शनीको तेस्रो सातासम्ममा ७५ हजार दर्शकले हेरसिकेका छन् । अवधिभरमा करबि १ लाख २५ हजार दर्शकले प्रदर्शनी हेर्ने अनुमान छ । दरबारको अग्रभागमा पूरै प्रदर्शनी
स्थललाई बरफका अग्ला-अग्ला पर्खालले घेरएिको रहेछ । त्यहाँ पुग्नेबित्तिकै सुदूर उत्तरको हिउँले ढाकिएको जंगलमा पुगेको अनुभूति भयो । छेउमै अजंगको हिउँभालु प्रसन्न मुद्रामा स्वागत गर्न बसेको देखिन्थ्यो । हिउँभालुको छेउमा बाह्रसिङेले हिउँमा तान्ने गाडी गुड्न तयारी अवस्थामा रहेको थियो । हिउँ रानी उन्मत्त घोडामाथि सवार भएको करबि बीस फिटको बडो कलात्मक बरफको मूर्ति प्रमुख आकर्षण रहेछ ।
दरबारको भित्री भागको प्रवेशद्वारमा दुई हतियारधारी सिपाहीले पहरा दिइरहेका थिए । दरबारभित्र प्रवेश गरेपछि रानीको शुकला-कोठामा पुगिन्छ । त्यस कोठामा पुग्दा मध्ययुगका राजा-महाराजाको वैभवताको झझल्को आउँछ । हिउँ रानी सुत्ने ठूलो कोठा, झ्यालमा बरफको साह्रै राम्रो पर्दा, कलात्मक पलङ, त्यसमाथि बुट्टेदार तन्ना, सिरानी छेउमै ड्रेसिङ टेबल सबै बरफले बनाएको । कस्तो अद्भूत कलाको कल्पना ।
त्यस कोठाको ठीक सामुन्ने एक ढोका छ । त्यसबाट भित्र पसेपछि सीधैं बरफ बारमा पुगिन्छ । जहाँ बरफको कुर्सी—टेबल राखिएका छन् । बरफको कुर्सीबाट सीधैं चिसो नआओस् भन्नाका लागि त्यसमाथि बाह्रसिङेको छाला ओछ्याइएको रहेछ । बरफ बार जतिखेर पनि खचाखच भरएिको देखिन्थ्यो । त्यहाँ बरफको कुर्सीमा बसेर बरफले नै बनेको गिलासमा चिसो भोड्काको स्वाद लिन पाइदोरहेछ । भोड्का नपिउनेहरू भने आइस कफीमा रमाउन सक्ने रहेछन् ।
ब्ाारका अगाडि मध्ययुगका नाट्यशालाको झझल्को दिने उस्तै भेषभूषामा हिउँले बनेका एक जोडी बडो प्रसन्न मुद्रामा नाचिरहेको देख्न पाइन्छ । जहाँ प्रदर्शनी हेर्न आउने दर्शकहरू पनि संगीतको तालमा आ-आफ्ना जोडीसँग नाचिरहेका थिए । ब्ाारको ठीक अगाडि बरफले बनेको अग्लो टावर रहेछ । टावरबाट पूरै दरबारको मनोरम दृश्य देख्न पाइयो । साँझपख जाडोमा धरहराबाट झिलीमिली काठमाडौं हेरेजस्तै एकैछिन्
स्वदेशको याद दिलायो । त्यहाँबाट तल र्झन बरफको चिप्लेटी पनि बनाएको रहेछ । बरफकै चिप्लेटीबाट मानिसहरू चिप्लेटी खेल्दै तल सुलुलु झररिहेका थिए ।
बरफको दरबारको अर्को आकर्षण प्रयोगशाला रहेछ । जादुगरहरू आफ्नो प्रयोगशालामा विभिन्न औषधि तथा पेय पदार्थ बनाइरहेका देखिन्छन् । मध्ययुगका जादुगरहरू विभिन्न धातुहरूलाई कसरी सुनमा परविर्तन गर्न सकिन्छ भनेर विभिन्न प्रयोग गर्थे रे । एक वस्तुबाट अर्कोमा कसरी रुपान्तरण गर्नेजस्ता विषयमा सोध गररिहेका जस्ता लाग्ने ती जादुगरहरूको अस्तव्यस्त प्रयोगशालाले मध्ययुगीन प्रविधिको झझल्को दिलायो ।
प्रयोगशालाको अगाडिको कोठाबाट एकैचोटी शाही भान्साघरमा पुगियो ।
माइनस सात डिग्री सेल्सियसभन्दा कम तापमान भएको बरफको दरबार घुम्दाघुम्दै एक घन्टा समय बितेछ । दोहोर्žयाएर प्रदर्शनी हेर्ने इच्छा हुँदाहुँदै चिसोले सिंगो शरीर चिसिएको थियो, हातखुट्टा कक्रिसकेका थिए । लुगलुग काम्दै म हिम दरबारबाट फुत्त बाहिर निस्केँ ।
साभार: कान्तिपुर कोशेली, १४ जनवरि,२००६
(स्रोत : Nepalisahitya.webs.com )