~मणी नेपाली पनेरु~
हे आमा हे आमा पवित्र तिम्रो काख
तिरेर तिरिन्न बन्दना सय लाख
कलेजाको टुक्रा सरी छातीमा लुकाउँथ्यौ
मेरो लागी आसुँ झार्थ्यौ आत्मालाई सुकाउँथ्यौ
ममताको नदी बगाई अशीषको झरी
रक्षा गर्थ्यौ देवी सरी छोपी वरीपरी
अव, संसार नै जिते पनि कस्को लागि लड्नु?
कसको लागी जागीर खानु? कसको लागी पढ्नु
शक्ति घोप्टी पोखिएछ, वैरी पनि छक्क
प्रभू तिम्रो लीला कस्तो, परेँ हक्क बक्क
घरै चीरा परिहाल्यो, उख्ल्यो मुल रूख
भत्क्यो महल सपनाको, भागीहाल्यो सूख
शत्रूलाई नी नपरोस है, यस्तो दुख्ने दु:ख
मणी नेपाली पनेरु
बर्क्ली, क्यालिफोर्निया, यु एस ए
(कविको ममतामयी आमा डिल कुमारी खनालको यही मार्च १९, २०१४मा क्यान्सर रोग बाट ७५ बर्षको उमेरमा देहान्त भएकोमा दिवङत आत्मा प्रति श्रद्दान्जलीको रुपमा अर्पण)
(स्रोत : Nepalbritain.com)