माधवले फोनमा बासुलाइ कृष्ण ब्रिटेनबाट अर्को महिना नेपाल आउन लागेको कुरा बतायो। उनीहरुले कृष्ण नेपाल आउने विषयमा सल्लाहा गर्न भेटेरै कुरा गर्ने सल्लाहा गरेर पुलचोकमा चर बजे भेट गर्ने भए।
माधावको कार सोल्टी रेष्टुरेन्टको कारपार्कमा रोकिएपछि उ कार बाहिर निस्कन भन्दा पहिला नै बासुको मोटरसाइकल पनि आइपुग्यो।
रेस्टुरेन्टभित्र दुबैजना छिरेपछि बासुलाई बियर र माधवलाई कोक अर्डर गरे। एकछिन उनीरुका बीचमा स्कूलमा पढ्दाका दिनका कुरा हुन थाले। कुरा तानिँदै तानिदैँ कृष्णको समय क्रम र उसको ब्रिटेन बसाइका कुरासम्म पुगे। आखिर उनीहरुको भेट पनि कृष्णको नेपाल आउने कुराले नै जुराएको थियो।
स्कुल पढ्दा उनीहरुको पाँचजनाको टोली चाहिँ खुवै मिल्ने समुह थियो। स्कुल पछि भने विस्तारै विस्तारै उनीहरुको भेटघाट पातलियो। सम्पर्क पनि विरलै हुन थाल्यो। सवैका आ–आफ्ना पेसा। आ–आफ्नै पारिवारिक जाल। आ–आफ्नै संसार।
तर, माधवले मास्टरको जागिर छाडेर ठेक्का पट्टाको काम थालेर आफ्नै सहरमा बस्न थाले पछि हाडवेरको दुकान समेत गर्न थालेको बासुसंग भने नङ र मासु कै सम्बन्ध हुन थाल्यो। दुबैजनाको पेसाले गर्दा पनि सम्पर्क निरन्तर हुनै भयो। अरु साथीभने जागिरे भएपछि कहिले कहाँ त कहिले कहाँ सरुवा हुने हुनाले पनि सम्पर्क त्यति हुन पाएको थिएन।
वास्तवमा स्कूले जीवनको त्यो निस्वार्थ साथित्व अहिले पुरै फेरिएको छ। कृष्ण नेपाल आउने विषयले गर्दा उनीहरुको यो भेट भएको भए पनि त्यो पुरानो ममता र भावनाले भेट गराएको होइन्। माधव र बासुको मनमा कृष्णसंग पाउन सकिने फाइदाको स्वार्थ मिलेको कारणले भेट भएको हो। हुन पनि स्कूलका ती पाँच जना खुब मिलने साथी मध्ये माधव र बासु बाहेक तीनै जना विदेश बस्न थालेपछि सम्पर्क निकै कम हुनु त स्वभाविकै हो। फेसबुक (इन्टरनेट)ले स्कूलका ती साथीहरुलाई लामो समय पछि फेरि सम्पर्कमा ल्याएको हो। त्यही फेसबुकबाट कृष्ण नेपाल आउने कुरा थाहा पाएपछि उनीहरुको भेटपनि जुर्यो।
माधावले चिसो कोकको घुट्की निल्दै बासुसंग कृष्णसंग कति पैसा छ भन्ने कुरा बुझ्ने कुराबाट मुल विषयमा कुरा सुरु गरे। कृष्णले फेसबुकमा नेपाल आउन थालेको कुरा लेखेपछि बासुले कृष्णलाई फोन गरेर थुप्रै कुरा गरेको थियो। फोनमा कुरा गर्दा बासुले औपचारिकताका लागि स्कूलका कुरा र परिवारका कुरा गरे पनि वास्तवमा फोन गर्नुको मुल ध्याउन्न भने कृष्णलाई कुन जग्गा वा कुन घर किनाएर कति पैसा कमाउन सकिन्छ भन्ने ब्यापारिक भावनामा आधारित थियो। केही वर्षदेखि माधव र बासुले संयूक्त रुपमा जग्गाका प्लटहरु किन्ने र प्लटिङ गरेर बेच्ने गर्न लागेकाले कृष्ण उनीहरुका लागि राम्रो ग्राहक हुने उनीहरुको भित्री भावना थियो।
बासुले कृष्णसंगको फोनमा कुरा भएको आधारमा कृष्णले पचास लाखसम्मको घडेरी किन्ने कुरा खोल्यो। कम्तिमा पाँच वर्ष जति अझै नेपालमै बस्ने गरी अउने विचार भने कृष्णको रहेन छ। कृष्णकी छोरी भरखर यूनिभर्सिटी पढ्न थालेकी र छोरोले अझै स्कूल पढ्दै गरेकाले छोरा–छोरीको यूनिभर्सिटी पढाई पुरा नभई कृष्ण नेपाल नफर्कने कुरो बासुले माधावलाई बतायो। तर पनि पछिलाई चाहिन्छ भनेर एउटा घडेरी किनेर छाड्ने, पछि नेपाल फर्केपछि घर बनाएर बस्ने कृष्णको मनसाय रहेको बुझेपछि माधावले बासुलाई कृष्णसंग त खासै धेरै पैसा रहेन छ भन्ने बुझई प्रकट गर्यो। उनीहरुको बुझाईमा कृष्णले बिदेश गएर पनि खासै कमाउन नसकेको निश्कर्ष रह्यो। तै पनि आफ्ना ब्यापारका लागि प्लटिङ गरिएका घडेरी मध्ये एउटासम्म घडेरी कृष्णलाई भिडाउन सकिने कुरामा दुवैको सल्लाहा मिल्यो।
> ****************************************
कृष्ण काठमाण्डौ आइपुगेको पर्सीपल्ट डोमेस्टिक फ्लाइटमा त्यहाँ आउने भए। माधवले कृष्णलाई एयरपोर्टबाट पिकअप गरेर पुलचोकको रेष्टुरेन्टमा ल्याउने र बासुपनि त्यहीँ आइपुग्ने र भेटेर गफ गर्ने सल्लाहा भयो। कृष्ण नेपाल आईपुगे पछि आउँदाका दिन र भोलिपल्ट काठमा48डौमै ससुरालीमा बसेर पर्सीपल्ट त्यहाँ आउने हवाई टिकट पनि माधवले मिलाई दिएको थियो। टिकटको पैसा चाहिँ एयरपोर्टमै प्लेन चढ्ने बेला तिर्ने गरी सवै ब्यवस्था माधवले मिलाएको थियो। कृष्ण त्यहाँ आइपुग्ने दिन नै माधवको एउटा टेन्टर हाल्ने दिन परेको थियो। उसले टेन्डर हालेर उतै बाट एयरपोर्ट पुगेर कृष्णलाई पिकअप गरेर पहिलेको सल्लाहा अनुसार पुल्चोकको रेष्टुरेन्टमा पुग्यो। साँझ कृष्णको घरसम्म पनि माधवले लगेर छोड्ने कुरा भयो। त्यहीँ बस्ने कृष्णका बुवालाई माधवले तीन वर्ष पहिला कृष्ण नेपाल आएको समयमा नै भेट भएदेखि भेटेको पनि थिएन्।
रेष्टुरेन्टमा तीनजना साथीबीच कुराकानी सुरु भयो। पहिला त विदेशको कुरा सुना! के गरेको छस्? कस्तो छ? भन्ने प्रश्न कृष्णसंग माधव र बासुले सोध्दै गए। कृष्णले पनि सवै कुरा बताउँदै गए। कमाइको सम्बन्धमा पनि कमाएको रकम नेपालीमा हिसाव गर्दा गुप्रै हुने तर खर्च पनि स्थानीय मुद्रा (पाउण्ड)मै हुने भए पछि बचत चाहीँ नहुने बताए। घर परिवारमा एकजनाको मात्र कमाइले नपुग्ने बताए पछि माधाव र बासुले विदेशमा भन्दा नेपालमै मज्जा भन्ने आसयका गफ झक्न थाले। ठेक्कापट्टामा कमिसन बाँड्यो इन्जिनियर, ओभरसियर र एकाउन्टेन्टलाई कमिसन दिएर राम्रो कमाइ हुने र परिवारलाई काममा नलगाई करोडौ सम्पत्ती जोडेको फुर्ति नजानिँदो पाराले लगाउन थाले। कतिपय ठेक्कामा माधव र बासु दुबैको साझेदारी हुने त्यसमा पनि बासुको हार्डवेर पसलकै सामान ठेक्कापट्टामा पनि काम लाग्ने हुनाले दुवैको कमाइ चाहीँ उस्तै थियो। फुर्ति पनि बेग्लै। बिदेश गएर मेहेनत गरेर खानेलाई त उल्लु सम्झने उनीहरुको मानसिकता भैसकेको बुझेर कृष्णलाई भने मन खल्लो हुन थाल्यो। तर बर्षौपछि भेट भएका साथीको कुरालाई त्यत्तिकै काट्ने कुार पनि भएन्। कुरा लम्बिँदै गयो। साथीहरुले नेपाल मै खुब कमाएको रवाफ जमाएको देखेर अव आफु पनि नेपालमा केही लगानी गरेर मेसो–पेसो मिलाउन पाए नेपाल फर्कने कुरा कृष्णले गर्दा माधव र बासुको रवाफ झन बढ्न थाल्यो। तर, दुवै जनाले एउटा घडेरी भए पनि कृष्णलाई भिडाउनका लागि उनलाई भड्कन भने नदिने भित्रि मनसाय राखेर गफ अगाडि बढाउँदै लगे।
कृष्णले मनमनै आफु नेपाल बस्दाका दिनलाई अहिलेका साथीका गफसंग तुलना गर्दै गए। जुन निस्वार्थ ममता, स्वच्छता र इमान्दारिता नेपाली समाजमा उसले भोगेको र देखेको थियो त्यो सवै हराएको देखेर उसलाई निरासा जाग्यो। साथीहरुको कुराले ती दुई जना साथीको भावनामात्र होइन पुरै समाजको भाव प्रतिनिधित्व गर्दै थियो। विदेशमा गएर मेहेनत गर्ने र पासिनाको कमाइमा बाच्नेलाई उनीहरुले मुर्ख ठान्दारहेछन्। इमान्दारिता र स्वच्छता प्रति कुनै कदर नभएका साथीका कुराले कृष्णलाई वितृष्णा जगाउँदै गयो। तीन वर्ष पहिला आउँदासम्म पनि ती साथीहरु त्यत्ति बढी स्वार्थी भैसकेको जस्तो उसलाई लागेको थिएन। तर तीन वर्षको बीचमा पनि निकै परिवर्तन भैसकेको रहेछ उनको आफ्नो समाज। जहाँ अरुलाई ठग्नु झुक्याउनु, कमिसन खाने जस्ता दिनचर्यालाई घृणा गरिन्थ्यो त्यही समाजमा अहिले तीनै कुराका आधारमा फुर्ति लाउने साथीहरुको भावना झन् पछि झन् उदाङ्गो हुँदै गयो। साथीहरुले फुर्ति लगाउँदै गए। कृष्णले आफ्नो त्यो पुरानो सुन्दर समाज कति विग्रंदै गएछ भन्ने बुझ्दै गए।
साथीहरुले कुार बढाउँदै लगेर कृष्ण परदेश जानुलाई कायर भएर भागेर विदेश गएको र आफुहरुले कमिसन बांडेर र घुस खुवाएर समाज विगारेरै भए पनि धन जम्मा गरेकेामा फुर्ति लागउँदै गए। साथीहरुको गफले पैसाको लागि जे पनि गर्न सक्ने भैसकेछन् साथीहरु भन्ने कृष्णले बुझे। कृष्णको मन भने विदेश गएदेखि झन इमान्दार बन्नु पर्ने, झुट नबोल्ने, अरुलाई नठग्ने र परिश्रमको कमाइमा बाच्ने प्रबृत्तिबाट समाज अग्रगमन तिर लम्काउने भावनामा दृढ हुँदै गएको थियो। साथीहरुको कुराले उनमा निरासा जगायो। अहिले नेपालको भ्रमणमा घडेरी किनेर छाड्ने र केही वर्ष पछि नेपालमै सधैकालागि बुस्न आउने भावनामा परिवर्तन गर्ने सोँच पलाउन थाल्यो।
हुन पनि विदेशमा गएपछि पहिला केही वर्ष त कृष्णले निकै मेहेनत पनि गरे। दिनमा सोह्र घ48टासम्म काम पनि गरे। तर परिश्रमको कमाइ उनलाई प्यारो लाग्दै गयो। जहाँ बस्यो त्यहीँको समाजमा घुलमेल हुँदै गए। माया र ममता शुद्धता र निस्वार्थ ममतामा लोभिँदै गए।
तर उनले आफ्नो देश र जन्मे हुर्केको त्यो आफ्नो समाज कति स्वार्थी हुँदै गएको रहेछ भन्ने चाहिँ उनका साथीहरुको कुराले दर्साइसकेको थियो। बैमानी र ठगीलाई घृणामात्र गर्ने आफु हुर्केको त्यो वातावरण गुण्डाका भरमा रवाफ जमाउने संगति बनिसकेको रहेछ। बनाउन कति धेरै समय लाग्छ तर वितेका तीन वर्र्षमै आफ्नो मसाज कति विग्रिएछ भन्ने उसले देखे। तर पत्याउनै नसक्ने गरी विग्रिएको सामाजिक परिवेश प्रति उनलाई निरासा जाग्यो। विदेशमा बस्ने आफु र आफ्ना साथीभाइहरु बीचमा नेपाल देश सुधार्न र बनाउन योगदान दिन सकिन्छ भनेर हुने सल्लाहा गफलाई आफ्ना हृदयी ठानिएका साथीहरुका भावना र गफसंग तुलना मनमनै गर्न थाले कृष्णले।
त्यो परिवेशले जगाएको चिन्ताले गर्दा कृष्ण कम बेल्न थालेपछि माधव र बासुले पनि कृष्णलाई घर पुर्याइदिने भनेर रेष्टुरेन्टको बसाइ टुङ्गाउने र उठ्ने निधो गरे। रेष्टुरेन्टको बील पनि विदेशबाट कमाएको सित्तैको कमाइ हो भन्ने जस्तो भाव देखाउँदै कृष्48लाई नै निर्त लागए। नेपाल बस्ने साथीले सित्तैमा करोडौ कमाएको फुर्तिको मर्म पनि त्यो रेष्टुरेन्टको बिल तिर्ने बेलामा पनि कृष्णले भोगे। रेष्टुरेन्टको पैसा तिर्न त कृष्णले हृदयबाटै तिर्ने मनसायले तिरेका थिए तर साथीहरुको त्यो खोक्रो फुर्ति र पैसा अरुलाई तिराउने उनीहरुको ब्यवहारले कृष्णलाई अर्को चोट पुर्यायो। तर मनमा लागेका चोटले मन घायल भए पनि साथीहरुलाई उनले केही भनेनन्।
रेष्टुरेन्टबाट घरसम्म पुग्दा पनि कृष्णको मनमा तिनै कुरा खेल्दै गए। माधवले उनीहरु चढेको मोडर गुडीरहेको बोटो पीच गर्ने ठेक्का आफुले पाएको र गत वर्ष पीच गरेको बतायो। त्यत्तिकैबेला बाटोको खाल्टोमा कारको चक्का परेर कार असन्तुलित भयो। त्यो बाटो पीच गर्दा आफुले साठी लाख कमाएको भन्दैगर्दा कारबाट आवाज आएकोले माधवले कार बाटो छेउँमा लगेर रोक्यो। बाटोको खाल्टोमा चक्का पर्दा कारको स्प्रीङ्ग भूइँमा ठोक्किएर ठाउँ छोडेकोले आवाज आएको रहेछ।
कृष्णको मनमा माधावले नाफा कमाउन बाटो बनाउँदा गरेको बदमासीको परिणाम माधव आफैले भोग्दै गरेको देख्यो भन्ने पर्यो। तर माधवलाई त्यो चेत थिएन। उ त जसरी भए पनि कमाइ भयो भन्नेमा मख्ख थियो। तर कृष्णले त्यो कुरा पनि मन मनै दबाएर राखे, माधवलाई केही भन्न सकेनन्। माधवलाई ती कुराले केही गर्नेवाला छैन भन्ने कुरा कृष्णले माधव र बासुका त्यत्तिवेरसम्मका कुराबाट बुझसकेका थिए। आफ्ना साथीहरुले गरेको कमाइले देश र समाज झन् विगारेको खुला आँखाले देख्दै थिए कृष्णले। घुसको भरमा त्यस्तै ठेकेदारहरुसँग गलत काममा सहभागी हुन नसकेर जीवन कस्टकर भए पछि कृष्ण विदेश जान बाध्य भएका थिए। ठेकेदारहरुसँग कमिसन लिएर ठेकेदारको हेराफेरि गरेको गलत काम गर्ने जमातमा मिसिएका भए कृष्णलाई पनि विदेश जान पर्ने थिएन। घुस नखाने उनको स्वाभिमानले गर्दा उनलाई विदेश जाने वितावरण सिर्जना भएको थियो। त्यही गलत परम्पराको एक हिस्सेदार बन्न सकेका भए कृष्णलाई पनि जीवन यापनका लागि विदेश धाउन पर्ने थिएन। आफ्नो माटो कसलाई प्यारो लाग्दैन र? आफ्नो प्यारो माटो छाडेर टाढा जन कसको मनले पो मान्छ र? तर समाज विगार्ने हिस्सेदार बन्नु भन्दा आफ्नो छुट्टै संसारमा इमान्दारिता खोज्नु कृष्णको बाध्यता थियो। त्यसैले त बुढा हुँदै गएका बुवा र अमालाई नेपाल छाडेर आफु विदेश गएका थिए। भावनामा बुढा बावु आमाको सेवा गर्ने इच्छा हुँदाहुँदै पनि केही सेवा गर्न नपाउँदै तीन वर्ष अघि आमा वितेको समयमा कृष्ण नेपाल आएका थिए। परम्परागत काजकृया सकेर फेरि फर्केका थिए। त्यस पछि यस पल्ट मात्र नेपाल यात्रा जुट्यो। तर साथीहरुका कुराले तीन वार्ष अघि आमाको देहावसानले दिएको दुःख भन्दा झनै बढी दुःख पुर्यायो। साथीहरुले नेपाल आमालाई मृत्यू तिर डोर्याईरहेको देखेर कृष्णको मन छियाछिया भयो। माधवले बाटो पीच गर्दा गरेको बदमासीको परिणाम त्यहीँ अगाडि थियो। तर, माधवलाई त्यसको मतलव थिएन्। माधवलाई त अव फेरि त्यही खाल्टो परेको बाटेमा मरम्मत गर्ने टेन्डर हातपार्ने इच्छा जाग्यो। कृष्ण विदेश नगएर यहीँको सडक विभागको इन्जिनियर भै दिएको भए सजिलै त्यो सडक मरम्मत गर्ने काम हात पार्न सकिन्थ्यो भन्ने कुरा माधवको मनमा आयो। माधवले कृष्णलाई विदेश नगएर नेपालमै बस्न र मिलिजुली ठेक्का पट्टामा करोडौ कमाउने सल्लाहा दिन थाल्यो। तर त्यो कुराले कृष्णलाई निकै चोट पुग्यो। तर कृष्णले मनैमनमा ‘यही बदमासीको हिस्सेदार हुन नसकेर त विदेश जान पर्यो’ भनु कि भन्ने सोँचे तर यो बदमासी हो यसो नगर भन्न भने सकेनन्। तेरा यीनै काम तथा कृयाकलापले हाम्रो राम्रो देश भताभुङ्ग भैसक्यो अव यो कर्म रोक भन्न सकेनन्।
माधव कृष्णलाई घर पुर्याएर गयो। बुवालाई ढोग गरेपछि केही बेर बाबु–छोराका गफ भए। हुन त विदेशैबाट भए पनि चाहिने सवै कुरा कानी त फोन र इन्टरनेटमै भैराखेकै हुन तर पनि भेट भएका समयमा कुरा गर्ने कुराको कमि भने भएन। राति अवेर भैसकेको र सुत्ने बेला भैसकेकोले कृष्ण पनि विस्तरा तिर लागे। तर कृष्णलाई धेरै बेरसम्म निद्रा लागेन। साथीको भावना र आदर्श विग्रेको देखेर भन्दा पनि यीनीहरुले देश कतिसम्म विागर्ने भए भन्ने पीरले उनको निद्रँ भगायो। उनलाई साथी विग्रिएछ भन्ने पीरले होइन देश विग्रिएछ भन्ने पीरले सतायो। यस्तै बदमासहरुले इमान्दारहरुलाई देशमा टिक्न नदिएकाले परिश्रमी यूवा जति विदेश जान बाध्य भएका छन् भन्ने कुराले उनलाई आक्रोसित बनायो। यो बदमास जमात विरुद्ध अव केही नगरे यीनैका पकडमा मात्र देश पर्ने भयो भन्ने पीर गरेर भएन अव यीनका विरुद्ध विदेशबाटै भएपनि केही कदम थाल्नुपर्छ भन्ने विष्कर्षमा कृष्णको मन पुग्यो। देश विगार्ने यस्ताबाट अव भागेर नहुने भयो, यीनका विरुद्ध केही गर्न सके देश बचाउन सकिन्छ कि! भन्ने सोँच्दा सोँच्दै कृष्ण निदाए।
(स्रोत : Nepalisandesh.com)