जसरी जून र ताराहरू
लुक्छन् आकाशको छातिभित्र
सुनसान रातमा,
त्यति बेला कहाली लाग्दो निस्सार
समयको एउटा पाटो बन्छ,
त्यसैगरि, तिमीले औंसीका रातहरू
उपहारमा दिएर गयौ ।।
त्यसैले
अचेल म हररात बिल्कुलै
निस्सासिएको छु,
जीवनका उकालि ओरालीहरूमा
सँगै हिडौला भनि
चोखो कसम खाएको थिए।।
आस्था, भरोसा र त्यागको त्रिवेणीमा
मेरो वर्तमान र भविष्य
विना संझौता
उसैको नाममा जोडकी थिएँ।।
तिमीप्रति निश्चल भावनामा
समर्पित हुनु, बदलामा पिडा मात्र
अनयासै आज मलाई
आभास भएको छ मुकबोधक पात्र ।।
मेहनेती काधहरूले पाएनन्
अटुट साथहरू
कता कता जीवनको गोरेटोमा
लर्रबराएका छन् आँटहरू ।।
(स्रोत : mylovelysansar1 Blog)
This poem is very nice so I like it so much…