~शरद ढकाल~
साइकल – १
‘ओम जय जगदिश हरे…..’ हरेक दिन झैँ नोकियाको मोबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो शुक्रबारको रमाइलो जीउमा अझै नि हल्कामहशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास दुध खाइ-नसक्दै नौ बजिसकेकोले जुत्ताका तना कसि कोठा लक गरेर हस्याङफस्याङ गर्दै elevator तिर हानियो उ। अस्ति भर्खरै यहि तलामा सरेकी एउटी केटीसँग जम्काभेट भयो त्यहीँ निर। काली, अलिक मोटी, डोरी जस्तो तर हल्का रँगाइएको कपाल अनि ठुला-ठुला आँखा, उचाइमा झन्डै उ जत्री नै होली, त्यसैसँग खिसिक्क हाँस्दै एलभेइटर भित्र पस्यो उ पनि।
फोनको घन्टी बज्यो, माइकले गरेको रैछ। जो पहिले पुग्छ यार्डसेलमा, त्यसैले अर्कोलाई फोन गर्ने भनेर कुरा गरे अनुसार फोन गरेको रैछ। आखिर शनिबारै त पर्यो, जति लामो फोन कुराकानि गरे पनि भैहाल्यो। फुर्सदैले डेबीसँग नाम आदान-प्रदान गरिसके पछि चाँहि अलि हतारिँदै लम्कियो उ, साथी त्यहाँ पुगिसकेकोले होला।
मान्छेहरु त्यतिसारो आउन थालिसक्या रैनछन्, अथवा भनौँ बेच्न बसेकाहरु आउनेहरुलाई कुर्दै, सामान मिलाउँदै चियाको चुस्की लिँदै बसिरा रैछन्। माइक र कृस (यता सबैले उसलाई कृष्णको साटो यहि नामले बोलाउछन्, कसैकसैले चाँही ‘क्रृस्न्या’ पनि भन्छन्, कृष्ण भन्न नजानेर) दुवै जना यार्डसेलमा साइकल पनि छ नि भनि आँखा घुमाउन थाले। यस्ता सेलहरुमा समरमा अन्त जाने बिध्यार्थीका सस्ता गतिला साइकल पनि कहिले-काँहि भेटिन्छन्। जस्तो भेटिए नि टिप्ने बिचारले गएका दुवै १५-१५ डलर मा काम चलाउ साइकल पाएर दंग परे। हिजै बेलुका किनिराख्या नयाँ हेलमेट नि झोलाबाट निकालेर लाउन अब कुनै संयमता अपनाइराख्नु परेन।
केन्याबाट आएको माइकसँग कृष्णको भेट statistics को क्लासमा भएको हो। statistics दुबैको मेजर बिषय नभए’नि असाइन्मन्टहरु गर्ने क्रममा साथी बन्न पुगेका थिए। साइकलमा चढ्दै दुवैजना साइकलसँगको आफ्नो अनुभव सम्झन थाले। माइकले उसको देशमा गर्मीमा ४-५ किलोमिटरको दुरी साइकलबाट आउने जाने गरेको अनि त्यसले हात-खुट्टा र ढाडको पनि राम्रो कसरत हुने र बस टिकटको खर्च बचाउने गरेको भनेर सुनाइरहँदा कृष्ण भने उ नौ-दशबर्षको छँदा बुवाले जोगवनीबाट ल्याइदिनु भएको तीन पांग्रे साइकल र केहि बर्ष पछि सात क्लासको फाइनल जाँचमा पहिलो हुँदा बिराटनगरमै किनीदिनु भएको रातो रंगको दुई पांग्रे ‘हिरो’ ब्रान्डको साइकल संझिदै थियो। तीन पांग्रेको ब्रान्ड वा रंग केही नसम्झे पनि पुजासँगै स्कुलबाट फर्के पछि खाजा खाएर साँझ पालै पालो चौरमा उसैको साइकल कुदाएको, अनि केहि दिन पछि पुजाको बुवाले उसलाई नि साइकल किनिदिए दुवै जनाले सँग-सँगै साइकल गुडाएको संझेर आनन्दित हुन थाल्यो।
यतिन्जेल सम्म त घाम पनि चर्किन थालिसकेको थियो। फराकिलो सडकमा दुवै आइपुगेका मात्र के थिए, डेबी पनि त्यही यार्ड सेलतिरै आउँदै रहिछे। समरको लागि काम लाग्ने केहि पाइन्छ कि यार्ड सेलहरुमा भनेर यतै आएकी रैछ। माइकले डेबीलाई छुट्टीने बेलामा सोध्यो –‘socialize गर्नलाई आज बेलुकालाई फुर्सद छ?’। पहिला त “भैगौ आजलाई, I’ve got to do a bunch of stuff to do” भन्दै थिइ उ, तर पछि सहमत भई। कृसकोमा भरे भेट्ने टुँगो भो अनि हुईकिए केटाहरु त्यहाँबाट साइकलमा………………
साइकल -२
शनिबारको दिन – बाटोमा गाडीहरु अलिक कम नै थिए। छोटा-छोटा ह्याफ प्यान्ट्स लगाएर jogging गर्दै गरेका युवतीहरु बाटोमा छिन-छिनमा आज पनि भेटिँदै थिए नै। यिनीहरुसितको आजको भेटाइ हिजो अस्तिको भन्दा भिन्न लागिरहेको थियो कृस र माइक दुवैलाई। कारमा गुड्दा धेरै सँग भेट त हुने तर छोटो समय मात्र भेट हुने, अनि बाटोमा हिँड्दा भने धेरै बेर भेट हुने तर थोरै वटी सँग मात्रै हुने, त्यसै माथि सँधैभरि आँखाले खोजेजस्ता र मनले चाहेजस्ता मोरीहरु भेट नहुने। आज भने दुवैलाई बुद्धले भने जस्तै ‘ The Middle Way’ – अर्थात् ‘neither of the extremes’ अलि-अलि बुझ्न थाले जस्तो लागिरा’थ्यो। १५ डिग्री celcius को तापक्रम हुँदो हो, अनि बाटोको दुवैतिर बढेका हरिया रुखहरुलाई छिचोल्दै उनीहरुलाई नै स्पर्श गरिरहेको शितल हावासँगै रमाउँदै गुडिरहे उनीहरु।
अघि साइकल बेच्ने मोटी दिदीले भनेको संझियो कृसले- “मेरो छोरो र उसको साथी हप्ता दिन अघि भ्यान्क्युभर गए देखि नै यि साइकल कसैले नि प्रयोग गर्या छैनन्, त्यसैले हावा भर्ने बेला नि भए जस्तो लाग्छ”। कुदाउँदै गरेका दुवै साइकललाई हेर्दै उसले माइकलाई भन्यो -“साँचै हावा नि भर्दै जाउँ है tire मा”। नजिकैको gas station मा रोकिए उनीहरु हावा भर्नलाई।
“टन्न हावा भरेर साइकल कुदाउनको मजा नै छु्ट्टै छ यार”- tire मा हावा भरिसकेर साइकलमा चढ्दै कृसले भन्यो। टाउको हल्लाएर सहमति जनाउँदै माइकले भन्यो- “तिमीलाई थाहा छ कृस, किन होला साइकल नचलाइ थन्क्याएर राख्दा tire को हावा हप्ता दिनमा सकिन्छ, अनि त्यै साइकल दिन-दिनै चलाउँदा भने दुई हप्ता भन्दा बढि नि चल्छ?” कृसले जवाफ दियो – “साइकलको tire लाई नि घरमा थन्किनुपर्दा भन्दा बाटो तिर गुड्न पाउँदा नै रमाइलो लाग्छ होला, त्यै भ’र घरमा थन्क्याएर राख्दा रिसाउने होला नि ”। दुवै हाँसे गललल।
“ओइ, साँचै हामी कहाँ जान लाग्या हँ?”
“अब यि साइकलहरुको स्याहार सुसार नि त गर्नै पर्यो, पहिला ‘Canadian Tire’ मा गएर lubricant किनौँ, अनि त्यसपछ grocery गर्न सुपरस्टोर नि जानु छ। साँचै भरेलाई के-के को ब्यवस्था गर्ने हँ?
“डेबीले नि के ल्याउँछे कुन्नी?”
“ल ल तेतै जाउँ, सुपरस्टोर तिरै decide गरौँला नि त”।
थोत्रा साइकललाई cycle-stand मा पार्क र लक गरेर दुवै ‘Canadian Tire’ मा पसे। Lubricant खोज्न चार आँखा चारै दिशातिर दौडाउदै गर्दा त्यहीँ काम गर्ने एउटा केटो नजिकै आएर भन्यो – “Do you guys need any help?” माइकले भन्यो – “ya, sure, we’re looking for bicycle lubricants”। “Right there !” भनेर देखाइदिँदै दुबैको धन्यबाद बटुल्दै गयो त्यो केटो। ९ डलर ९९ सेन्टको lubricant मन परे पनि मुल्य अलिक बढि नै ठानेर एउटै मात्र लिएर दुबैले त्यसबाटै काम चलाउने बिचार गरे। आखिर कारले gasoline खाए जस्तो गरि खाने हैन क्यारे साइकलको चेनले lubricant लाई, उहि हप्ता-दुईहप्तामा यसो अलि-अलि चुहाए जस्तो गर्नु पर्ने त हो।
सुपरस्टोरमा शनिबार हुने भिडले कृसलाई मोरंग-सुनसरीका हटियाहरुको संझना गराउँछ। त्यसो त हटिया भन्न अवश्य पनि मिल्दैन सुपरस्टोरलाई, कारण चाहेको सामान यसमा पाउन बिशेष बार नै कुरिराख्नु पर्दैन हटियामा जस्तो। जहिले सामान चाहिन्छ गयो, डेबिट कार्ड वा क्रेडिट कार्ड swipe गर्यो, किन्यो, लियो। उहि कार्डमा पैसो अथवा क्रेडिट (पछि तिर्न सक्ने छ्यमता) हुनु पर्यो।
मानिसहरु भन्छन्- “फुर्सदमा grocery, shopping गर्नुको मजा नै छुट्टै छ”। यहि मजा लिन भनेरै होला शायद त्यतिका मान्छेहरु शनिबारको दिन त्यहाँ झुम्मीएका। Parking lot पनि त्यै भ’र होला भरिभराउ झैँ देखिन्थ्यो। हेर्दा हेर्दै रहर-लाग्दा दुई जोडी केटाकेटी छत नभका (अथवा भनौँ, summer लाई भनेर छत निकालिएका) कारमा पार्क गर्न हान्नीएर आइपुगे। यो देखेर अरु केही गर्न नसके नि माइकले भन्यो – “अर्को समरमा त म नि विश्वविध्यालयको पढाइ सकिएपछि एउटा राम्रो जागिर खाँदै यस्तै कारमा यसै गरि मेरी गर्लफ्रेन्डसँग आएर कार पार्क गरेर grocery गर्छु।”। “sounds like a good plan” – कृसले थपिदियो।
साइकल पार्क गरेर दुबै जना स्टोर भित्र पस्न मात्र के लागेका थिए पछाडि बाट एउटा आवाजले बोलायो।
“hey Mike”
“hey Julie !, how are you doing?” आवाज आए तिर फर्किँदै माइकले भन्यो।
“not much” भन्दै जुली उसँग हाँसी।
माइकले जुली र कृसको परिचय गराइदियो। उपत्यका बाहिरबाट काठमान्डुमा पढ्न आउने बिध्यार्थीहरुले परिचय गर्दा प्रयोग गर्ने अनि यहाँ अन्तराष्ट्रिय बिध्यार्थीहरुले नि परिचय गर्दा प्रयोग गर्ने cliché प्रश्न “where are you from?” आदान-प्रदान गरिसकेपछि बल्ल थाहा भो- कृसले जुलीलाई चाइनिज होली भनेर सोचेको अनि जुलीले उसलाई इन्डीयन वा अरेइबियन होला भनेर सोचेको दुवैको अनुमान गलत परेछ। भिएतनामबाट आ’की रैछ जुली।
“को को छन् नि तिम्रो यहाँ क्यानडामा?” कृसले सोध्यो।
“आमा, बुवा, र भाई” जुलीले बताई।
जुलीको बोलीमा कनेइडियन अँग्रेजी एयाक्सन्ट नभएको र सपरिवारै यहिँ बस्ने भनेको सुनेर कृसलाई अनुमान गर्न गार्हो परेन। तैपनि यकिन गर्नलाई सोधिहाल्यो-“तिम्रो बुवाले क्यानडाको पि. आर. लिनु भएपछि तिमीहरु सपरिवार यता बसाँइ सरेको हो?”
“हो, तर तिमीले कसरी त्यो अनुमान गर्यौँ?
“अरु देशहरुबाट पनि पि. आर. लिएर सपरिवारै यतै बस्ने गरि आएका केहि परिवारहरु भेटेको छु, त्यस्तै त्यस्तैबाट अनुमान गरेको नि ”
“यो अनुमान चाँहि तिम्ले मज्जाले मिलायौ। अनि तिम्रो इंलिस पनि मेरो भन्दा धेरै राम्रो छ। कहाँ, कसरी सिक्यौ? तिम्ले कहिले देखि इंलिस बोल्न थालेको? मलाई पनि सिकाउ न।”
जुली प्रभावित भ’को देखेर कृस नि दंग पर्यो। नपरोस् पनि किन, जुलीको बाले Alberta मा जागिर पाएकाले उसका बा-आमा दुवै उतै बस्छन् रे अनि यहाँ Halifax मा चाँहि उ र उसको भाई बस्छन् रे। अनि माइकसँग उसको चिनजान चाँहि दुवैको apartment एउटै building मा भ’को भ’र भ’को रे। कृसले जुलीलाई बेलैमा निम्तो दिइहाल्यो – “भरे बेलुका मेरोमा बिशेष मान्छेहरुको बिशेष जमघट छ, यदि तिमीलाई आफु बिशेष मान्छे हो भन्ने लाग्छ अनि फुर्सद छ भने तिम्ले नि आफुलाई त्यहाँ पाउन सक्छ्यौ। लौ, जुली पनि सामेल हुने भइ भरेको gathering मा।
किनमेल सकिसके पछि दुवैलाई “ bye ” भन्दै साइकलमा आफ्नो ओडारतिर लाग्यो कृस। माइक र जुली एउटै building मा बस्ने भए पनि बसमा आ’की जुली बसमै गइ अनि माइक पनि त्यही बसको पछि पछि लाग्यो, साइकलमा……….
साइकल – ३
हेर्दा हेर्दै साँझ पनि पर्न थाल्यो। सुकिसकेका लुगाहरु laundry basket बाट निकाल्दै पट्याएर राख्न थाल्दा पो घुँडा अलि-अलि दुखेको महशुस गर्न थाल्यो कृसले। “आठ-दश बर्ष पछि साइकल चलाउँदा यस्तै त हो नि, आ… अहिले साथीहरु सँग बसेर पिएपछि सबै दुखाइ हराइ भैहाल्छ”- मनमनै आफूलाई फकायो उसले। माइक त उसको apartment मा सँधै आउने जाने गरेकै छ, त्यसै भएर त्यै अघि दिउँसो कुरा गरेका दुइटी केटीहरु नै वास्तबिक guest हुने भए उसका लागी। फेरी कस्तो संयोग, डेबी चाँहि कृस बस्ने यहि building मै बस्छे; अनि जुली चाँहि माइक बस्ने building मा।
सबै लुगा पट्याएर राखिसके पछि hibernate गराइराखेको ल्यापटपलाई जगाएर windows media player मा आफुलाई मन पर्ने गीतहरु राखी बनाएको ‘My Best English songs’ नामको playlist छान्यो उसले। Chris Brown को ‘With You’ गीतमा volume अलिक बढाएर जीउ मच्चाउन मात्र के थालेको थियो, ढोकामा ढक-ढक आवाज आयो।
माइक र जुली सँगै आएछन्। अघि दिउँसो भन्दा झनै राम्री देखिएकी थिइ उ अहिले – सेतो फुलका बुट्टा भएको अनि घुँडा भन्दा निकै तल सम्म लामो निलो कुर्ता र सेतो सुरुवाल जस्तो लुगामा। यो लामो कुर्ता सुरुवाल जस्तो लुगालाई उनीहरु ‘ao dai’ भन्दा रैछन्। माइक पनि दारी काटेर चिटिक्क परेर आको रैछ। डेबीकै लागि होला यति राम्रो भ’र आको, आखिर उसैले त हो अघि बिहान डेबीलाई निम्तो दिएको ।
नभन्दै एकै छिनमा डेबी पनि आइपुगी। पहिलो चोटि कृसको कोठामा आएका दुवै केटीहरु कोठामा के के रहेछन् भने आँखा घुमाउन थाले।केटीहरु यसमा केटा भन्दा निकै छिटा हुन्छन् यस बारेमा। जुलीसँग परिचय गरिसकेपछि laptop मा बजिरहेको ‘you can stand under my umbrella’ नामको गीतमा जिउ हल्लाउँदै कृसको कोठाको एउटा कुनामा रहेको basketball लिन गई डेबि।
“ए कृस, तिमीले यस अघि त भनेको थिएनौ नि बास्केटबल खेल्छु भनेर?”
“संगत मात्रै गर्दै जाउ न, धेरै कुरा थाहा पाउँदै जान्छ्यौ”, कृसले संयमित जवाफ दियो।
“back home पनि तिमी basket-ball खेल्थ्यौ कि यहिँ आए पछि खेल्न थालेको?” डेबीले फेरी सोधी।
नेपालमा क्याम्पस पढ्दा class का साथीहरु कोही table-tennis त कोही cricket, त कोही soccer, अनि कोहि चाँहि केटीहरु पट्याउन volleyball, badminton आदि खेले पनि आफू चाँहि basket-ball court मै झुन्डीएर समय बिताएको अनि केही प्रतियोगिताहरु पनि जितेको कुरा बताउँदै उसले भन्यो – “तर डेबी हेर, म यि भन्दा बढी प्रतियोगिता जितेको कुरा गर्दिन अहिले, किनकी यो मेरो साथी माइक पनि राम्रो खेलाडी हो। शायद हामी साथी हुनुको कारण त्यो last semester को statistics class भन्दा पनि हामीले साँझमा गर्ने गरेको basketball practice नै हो जस्तो लाग्छ”।
“I agree” भन्दै माइकले जुलीसँग भैरहेको उसको बार्तालापबाट डेबीतिर हेर्दै टाउको हल्लायो।
डेबी पनि के कम्ती थिइ र, आफू पनि basketball को राम्रो खेलाडी भएको अनि आफुले पनि ladies team बनाएर practice गर्न चाहेको कुरा गरेर माइकको ध्यान सम्पुर्ण रुपमा आफूतिर खिँची।
“हुन त Los Angeles Lakers र Kobe Bryant को खेल पनि मन पर्छ, तर मेरो best team भन्नु पर्दा Boston Celtics नै हो। अघिल्लो बर्षको झुर खेललाई बिर्साउँदै यसपाली हेर न कस्तो उत्कृष्ट लयमा फर्केको है।” माइकले थप्यो।
“मलाई नि त्यस्तै लाग्छ, यो बर्ष Celtics ले बास्तबमै राम्रो खेल्यो”-डेबीले सहमति जनाई।
माइकलाई अरु के चाहिन्थ्यो र, 2008 को NBA champs को बारेमा थाहा भए जति र गर्न सक्ने जति सबै प्रशंसा गरेर सुनायो डेबीलाई, आखिर फाइनल खेल हेरेको पनि केहि दिन मात्रै भएको थियो।
“Celtics को बिजय शायद माइक र डेबीको मिलन हुनको लागि पो भको हो कि क्या हो?” – कृस र जुलीका आँखाले एक अर्का लाई यहि प्रश्न गरे, एक चोटि, एक निमेशका लागि।
आँखा जुधाईबाट सम्हालिन नचाहे नि जुलीका आँखा त्यस पश्चात कोठाको भित्तामा राखिएको एउटा ग्रुप फोटोमा गए। ताइक्वान्दो खेलाडीहरुको त्यो हुलमा कृसलाई ठम्याउन नसकेर उसले सोधी – “ Are you also in this picture?, Which one?”। जुलीले कृसलाई त्यसमा चिनोस् पनि कसरी – करीब आठ बर्ष अघि र अहिलेको उसको अनुहार र शरीरमा धेरै बदलाव आइसकेको छ, स्वभाविकै हो। ब्ल्याक-बेल्ट पाएको दिन गुरु र साथीहरुसँग खिचेको त्यो फोटो कृसलाई नेपालको झन्डा जत्तिकै प्यारो लाग्छ, र त कोठामा नेपाल र क्यानडाको झन्डासँगै झुन्ड्याएर राखेको छ।
“ए यो पो रैछौ है तिमी, कृस तिमी कति cute देखिएको यो फोटोमा, अनि तिमी कस्तो बच्चा जस्तो टाँसिएर बसेको नि coach सँगै”। जुलीले मस्किँदै भनि।
साँचै भनेकी भएपनि, जिस्किनलाई एत्तिकै भनेकी भएपनि धन्यबाद दिँदै कृसले स्पष्टीकरण दियो – “cause I was one of her best ever student”.
“त्यस्तो आफैले आफैलाई best student भनेर धाक दिनेले मलाई नि सिकाउ न त ताइक्वान्दो। हेरुम् म पनि कतिको आउँदो रैछ तिमीलाई। अनि थाहा छ तिमीलाई, मैले नि करिब छ महिना जति त खेलेकी थिएँ नि सानो छँदा ताइक्वान्दो, एक जना कोरियन गुरु सितै सिक्थ्यौँ हामी”।
“अनि किन खेल्न छोडेकी त बिचमै?” कृसले कुरा लम्ब्याउनलाई सोध्यो।
“कृसलाई अवको ताइक्वान्दो गुरु बनाउनलाई होला जस्तो लाग्छ मलाई त” – जुलीले बोल्न नपाउँदै माइकले भनिदियो।
जे सुन्न चाहेको थियो कृसले, माइकले त्यहि भनिदियो। सबै जना हाँसे गललल। दंग पर्दै छोटकरी मै लामो जवाफ दियो कृसले जुलीलाई – “that would be my pleasure, I’m ready whenever you are.”
Meeting मात्रले कहिले, कहाँ पो भको छ र? eating पनि त चाहियो। अनि eating शुरु गर्न लाई drinking पनि त चाहियो नै। स्न्याक्स सबै तयार नै थियो। केटाहरुका बियरका बोतल र केटीहरुका जुसका गिलास चियर्सका लागि तयार भए। थोत्रा साइकल किनेको अनि नयाँ साथी बनाएको त्यो दिन उनीहरुले कहिले पनि बिर्सिएन् रे।
समाप्त
(स्रोत : Sharad’s Blog)