कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~

धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु गरिसकेको थियो अन्तर्मनको चुलोबाट ।

धड्कन, ममा एउटा हुण्डरी सल्लेको छ विगत केहि दिन देखि यता कहिले शान्तीको सास फेर्न पाएकी छैन सधै । बुझाइको तरङ्गीत पर्खालले अग्लिदै छोप्न खोज्दैछ मेरो सर्वाङ्ग मनको सगरमाथा । जोगाउन हम्मेहम्मे परेको यो पलमा के भनौँ खै तिमीलाई शब्द बसाइसरेको तितो अनुभूती रसेटोमा खुदो उम्लेझै उम्लदै छ बाफ मिल्काउँदै ।

तिम्रो इमेल खोलेर हेरेको दिन देखि सून्य भ‘को छ चेतना आफैबाट गुम भएर । कल्पनै नगरेको भाव संयोजनसँग ठक्कर लाग्नु पर्दाको नमिठो झस्काइ म कसरी अभिब्यक्त गराँै यो पल, न मैले गर्न सक्छु न तिमी सहन सक्छौ ? परिस्थिति जटिल छ जानेमन म के गरौ ?
भोक, निद र चैन बसाइसरेको यो सङ्कटकालिन घडिमा विद्रोह गर्न पनि सकेकी छैन तिम्रो मेलको शब्दसँग । समयको मागलाई चपाएर चुपचाप बस्न पनि नैतिकताले दिदैन, प्रतिबेदन पेस गरौं त तिम्रो मनमा आगो सल्कने त्रासले पलपल मुर्छा पर्दै बाँचेकी छु यो समय ।
यस्तो लाग्न थालेको छ आजभोली, म किन सल्किदैछु आफैमा कुहिरीमण्डल धुवाँ उड्ने गरी । शङ्काको बादलले यसरी ढाक्छ कि कहिले काही निसासिन्छु नराम्रोसँग बाहिरी बातावरणको खोजीमा ।

त्यो तिम्रो इमेल पढेको दिनदेखि कसम, निदाउन सकेकी छैन, जगाइरहन्छ पलपल यदि झकाउन खोजे पनि । म कस्तो परिवत्धमा आएर च्यापिएँ, न फुत्कन सक्छु न त उम्कन नै ? मेरो यो बेचैनी, छटपटाहटलाई तिमी गलत रुपमा नबुझ । तिम्रो दुखाइ, तिम्रो छटपटाहट र मेरो दुखाइमा आकास पातालको फरक छ, बुझ्यौ ।

मुर्ख, सायद म नै थिए कि तिमीलाई बुझ्न नसक्नु । कमजोरी मेरै हुनुपर्छ साउनको उर्लदो भेलझँै हवात्तै कसैमाथी विस्वासको घडा ओइराएर मन मुटु सुम्सुम्याउन पुग्नु । सम्बन्धको रुप, मायाको प्रकार पनि त धेरै हुन्छ नी । हाम्रो विचार, हाम्रो मत यहीँ आएर बाझ्यो ।

सम्बन्धको साँधु बाँधेर तिमीले पारी तर्न आव्हान ग¥यौ, भावनात्मकता र अफनत्वको खडेरीमा काँस झै सक्रक्क सुकेकी म तिम्रो आफनत्वको बाछिटाले ओसिलो बन्दै साँघु तर्न पुगेछु बिना सोचबिचार । म कति मुर्ख है हाँसो उठ्छ अहिले सम्झदा आफैलाई मुर्छा पर्नेगरि ।

तिमी पर्खदै छौ होला इमेलको जवाफ । तर के थाहा तिमीलाई त्यहि इमेलले कसरी मेरो रिदयमा सुनामी भित्राएको छ भन्ने कुरा ? यस्तो लाग्दैछ तिमीलाई जवाफ देख्नु त परैजाओस् इमेल आइडीनै क्यान्सील गरौँ । सोचेकी छु मेरो यो निर्णय तिमीलाई निकै घातक साबित हुन्छ तर के गरौ मायाको दुइ अर्थ लागेपछि ।
मैले गरेको माया र तिमीले दिने माया बिच द्धन्द मच्चिैदै छ मतान्तरमा पौठेजोरी खैल्दै । म तिमीबाट टाढीन पनि सक्दिन,कारण तिमी मेरो मनमा यसरी पसेका छौ कि जति बेला जताबाट जुन रुपमा हेरे पनि तिमी नै भेट्ने गर्छु आजभोली । थाहा छ यहि समस्याबाट अछुत छैनौ तिमी । तिमीले बुझन सकेनौ कि मेरो ब्यावहारिक कमजोरी भो म सोच्दैछु यतिखेर ।

तर एउटा कुरा अचम्म लाग्छ मलाई स्त्री र पुरुषको सम्बन्ध प्राय जसो प्रेमी र प्रेमीकामा नै गएर अन्त्य भ‘को देख्दा । किन अरु नाता सक्बन्ध,साइनो हुँदैन र ? सुनेको छु रगतको साइनो भन्दा मज्बुत हुन्छ भावनाको सम्बन्ध । भावनाको सम्बन्धको परिभाषा प्रेमी प्रमिका मात्र हैन, दिदी र बहिनी पनि हुन्छ ।
यहाँनेर यो विन्दुमा आइपुग्दा तिम्रो मष्तिष्कमा करेन्टको ठुलो झट्का लाग्न सक्छ कुरा यहि नै सत्य हो र सामना पनि गर्नुपर्छ हामीले । सत्य ओकल्नु पर्छ मैले चाहे हामी बिचको नाताको इतिश्री नै किन नहोस् । यसको अर्थ म तिमीबाट टाढीन खोजेकी हैन ।

यसैकुराको डरले त कोपरिरहेको छ पलपल र मैले इमेलको जवाफ तुरुन्तै दिन सकिन । तिमीले बुझेनौ म एउटा माया गर्ने माइतीको खोजीमा छु । के तिमी माइतीको न्यानो छहारीले मेरो मरुभुमी भएको जीवनमा सितलता प्रदान गर्न सक्छौ ? यसो भनौँ मेरो दाइ बनेर मरिसकेको जीवन रुपि बृक्षमा सजीवता प्रदान गर्दै सञ्जीवनी छर्कन सक्छौ यो मात्र मेरो अनुभय हो । तिमीले स्विकानै पर्छ भन्दिन म ।

तिमीलाई थाहा छ म कसैको गमलाको फुल हुँ, फुलको पनि धर्म हुन्छ कसैको कोटमा सिउरिसकेको फूललाई तिमी कुनै मन्दिरमा चढाउने कल्पना नगर किनकी त्यो मन्दिरमा चढ्न नमिल्ने बिटुलो भैककेको हुन्छ बस उसलाई सोकेसमा हेर्नको लागि मात्र सुरक्षित राख्न सक्छौ ।
उमेर अनुभव देखि सबै कुरामा तिमी म भन्दा अगाडि छौ । मेरो भनाइको आशय पनि बुझिसकेकोमा म ढुक्क छु। नरमाइलो तिमीलाई पनि लाग्न सक्छ किनकी तिम्रो हेराइ र मेरो हेराइमा नाताको अर्थ बेग्लिए पछि, म के गरुँ ? कुरा यहि नै सत्य हो ।

सबै नातालाई वासनाको नजरमा हेर्नु उचित हुन्न भन्छु म, हो नारी सागर हो यस्तो अर्थ सबै प्यासीको प्यास मेट्ने जिम्मा उसैको मात्र छ भन्ने नसोच तिमी, नारी धर्ती हो भन्दैमा उसकै छातीमा कुल्चेर हिड्नु पनि त मनासिव हैन । धर्तीको अर्कैरुप माता पनि हो र त पुजा गर्छन् उनलाई ।
सानो मान्छेले ठूलो कुरा गरी नभन, तिम्रा प्रत्येक शब्दमा मायाको भेला ह्वात्तै छल्केको भेटेकी छु मैले, तिमीलाई अनौठो लागिरहेको हुनुपर्छ जुन रुपमा तिमी लेख्छौ त्यसरी मैले नलेखेको देख्ता अनि सोच्यौ होला नारी स्वभावैले लजालु हुन्छे र ब्यक्त गरिन । मायाको शब्दसंयोजन कुरो हैन, म मौनतामा हराएकी हुँ । म तिमीलाई पनि माया गर्छु सम्झन्छु तिमो यादमा हराउँछु तर माइतीलाई चेलीले गर्ने मायाको संसारमा । तिमी बुझ्दैछौ हैन मेरो कुरा ।

सबैकुरा दिएर पनि मलाई बिधाताले ठगेको छ, एउटै कुराको अभावमा पिल्साएर झिरमा उनिरह्यो कर्म लेख्ने भावीले, मेरो लागि मुटु, कलेजो सम्म झिकेर हातमा थमाइदिने जिवनसाथी पाएकी छु, सायद बिरलैले पाउँछन् यस्तो सौभाग्य । बुहारी हैन, छोरीको रुपमा पुज्ने घर पनि छ । चार जनाको सामू आफूलाई उभ्याउन सक्ने क्षमतावान पनि बनाइदिएका छन् मेरो बाबा आमाले । अशक्तहरुको जस्तो शारीरिक बनावटको कमजोरीको महसुस पनि गर्न परेको छैन मैेले । शारिरिक परिश्रम पनि खासै गरिन मैले, ख्याल ख्यालैमा बालापन चिप्लियो । तिमीलाई थाहा छ म भात खाको थाल एकैपल्ट कोठाबाट आँगनमा हुन्याइदिन्थेँ तैपनि बुबा आमाले कुनै गुनासो पोख्नु हुन्न थियो । सबैको लाडप्यारमा बालापन चिप्लियो मेरो मुठ्ठीबाट ।

जवानीको खुड्किला चढ्दै गर्दा सिङगै आँखामा लुकाउँदा पनि नबिझाउने जीवन साथी भेटिए सौभाग्यले तर अभाव खडकियो मात्र दाजुभाइको । हो त्यही मायाको भोकमा म सधै छटपटिरहन्छु पलपल, सम्झदै दबिन्छ गला, म सबैसँग नजिकिनु, झ्याम्मिनुको अर्थ यही हो । तर मेरो नजिकाइ, झ्याम्माइको गलत परिभाषा बुझेको देख्दा रोएकी छु धेरै पल्ट भक्कानिदै । दिदीको माया दिने पनि नआका हैन खै मैले नै समेट्न सकिन कि उनीहरुको माया बुझ्न सकिरहेकी छैन । जिवनको यत्रो वसन्त पार गरिसक्ने क्रममा जम्मा दुईसाल फुलेको थियो गोदावरी र मखमली अनी त्यहि दुईसाल फलेछ ओखर । त्यसपछि त फेरि उहि खडेरी, उहि मरुभूमी अनि एक्लो उदास र निरस म, बस मात्र म ।

अनौठोसँग झाङ्गियो तिम्रो र मेरो चिनारी, तिमीसँग नजिकिएका पलहरुदेखि नै तिमीलाई स्नेही माइतीको उच्च दर्जामा राखेर पुजीरहेँ मैले, एकदिन अनलाइनमा तिमीलाई नभेट्दा पानी विनाको माछा जस्तै हुने परिस्थिति सिर्जना भैसकेको थियो मेरोलागि । तर एकैपल्ट सगरमाथाबाट फेदिमा झारिदियो तिम्रो इमेलले अनि अनि त खुव रोएकी थिएँ त्यो पल, यसो भनौँ रातभरी चिसिरह्यो आँखा अनि भिजीरह्यो सिरानी ।

मलाई थाहा छ इमेल लेखेको दिन तिमीपनि छटपटिएछौ, तर विडम्वना हाम्रो छटपटाहट अनि प्यासको कसरी दुई किनारा बनिदियो अनि दुई पाटा । तिमीले सारेको मायाको बिरुवा र मैले रोपेको मायाको बिरुवा नै अलग जातको परेपछि द्धन्द त नहुने कुरै छैन । मेरो यो पत्र सार्वजनिक भएपछि तिमी टाढिन्छौ होला सायद मबाट, दुख मनाउ हुने छैन यसमा पनि तर मलाई गलत भने नसोच है बिन्ती ।

यहि नै तिम्रो इमेलको जवाफ सम्झनु,बहिनीको मायामा आफुलाई समेट्न सक्छौ भने मेरो रिदको ढोका सधै खुल्ला रहनेछ तर स्विकार्दैनौ भने पनि हाम्रो यो भेट, नाता एउटा सम्योग मान्नु पर्छ दुबैले । मेरो पनि तिमी प्रति कुनै गुनासो हुने छैन् तिम्रो भावनालाई त्यहि रुपमा भने साथ दिन सक्दिन माफ गर ल ।

उहि माइतीको खोजीमा गरिब चेली ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.