~बिजु सुवेदी “विजय”~
धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियोे कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी छैन । मभन्दा सुखी दुनियाँको नजरमा अरु कोही छैन तर मेरो नजरमा म जत्ति दुःखी अरु कोही छैन । त्यसैले यस्ता इच्छा–आकाँक्षाको यो साँसारिक असीमित सुखबाट म टाढा जान चाहन्छु ”भनी सबै राज्य , सन्तान , सम्पत्ति त्याग गरी नाङ्गै जङ्गलमा तपस्या गर्न गएको थियो । राजालाई अरुले चिन्लान भनेर खरानी शरीर तथा अनुहारभरी दलेर बसेको थियो । तपस्या गरिरहेको समयमा दुइजना त्यहाँका जनताहरु कुरागरिरहेको राजाले सुनेको थियो । उनीहरुले भन्दै थियो ः– “ हाम्रो रघुराजा कत्ति महान हुनुहुन्छ उहाँले आपूmसँग संसारकै सबैभन्दा धेरै सम्पत्ति भएतापनि त्यागेर जानुभयो । उहाँजति त्यागी अरु कोही छैन । शायद भगवान पनि छैन । ” यो कुरा आपूmलाई चिन्लान भनेर खरानी घसेर रुपै बेरुप पारेर बसेका राजा रघुले सुनेको थियो र तत्कालै राजाले प्रतिकार गर्दै उनीहरुलाई भनेको थियो ः– “ हेर शुरुमा रघु राजा थिएन , ऊ पनि तिमीहरुजस्तै मानिस थियो । उसले आफ्नो बलबुताले राज्य विस्तार गर्यो र संसारकै सबैभन्दा धनी व्यक्ति बन्यो । तर त्यो धन पहिले उसको थिएन । अरु कसैको थियो । यदि ती सम्पत्तिहरु उसको भएको भए उसले त्याग्न सक्थ्यो ? अझ उसले जन्मदै खाली हात लिएर आएको थियो तर ऊ नमर्दै सबै खाली हात भएर गयो । योनै वास्तवीक तथ्य हो । तिमीहरुले भनेको मिलेन आइन्दा यस्तो कुरा नगर । ” भनेर सन्यासीरुपी फकीर रघुराजाले उनीहरुलाई भनेको थियो । उनीहरुले सन्यासीलाई रघुराजा भनेर चिनेका थिएनन् ।
यस्तो रघुराजाको प्रारम्भिक इतिहास देखि उक्त राजाका सन्तानहरुलाई रघुकुलका व्यक्तिहरुको उपमा अद्यापी दिइँदै आएको पाइन्छ । भनिन्छ यस्तो महात्यागी रघुराजाको तपस्याबाट प्रभावित भएर भगवान विष्णुले पनि रामको रुपमा रघुकुलमा जन्म लिन आउन विवस हुनुभएकोे थियो ।
(स्रोत : Bijay’s Blog)
लेखकको भनाई :
मेरो हजूरबुबा स्व.पं. धरणीधर शर्माबाट मैले सुनेका यी चार लघुकथाहरु यहाँ सम्प्रेषित गरेको हुँ । हजूरबुबा पं. धरणीधर शर्माज्यूले सप्ताह मात्रै भत्रुभएर भक्तपुर जिल्ला भरी प्रसिद्धि कमाउनु भएको थियो र उत्यन्तै चकमत्र अनुहारको धनी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई “तिमीला बाजे ” ( नेवारीमा तिमिलाको अर्थ पूर्णिमाको जून ) भनेर भक्तपुर जिल्ला वासीहरुले अद्यापी सम्मनसाथ सम्झने गर्दछन् । ती उहाँले सप्ताह गर्दा प्रकट गरेका भावनाहरु यी चार लघुकथाहरुमा पनि प्रष्ट रुपमा झल्किन्छन् । त्यसर्थ मैले पनि उहाँको स्मरण स्वरुप यो लघुकथा उहाँमा समर्पण गरी यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।