बाल-कथा : लोभ

~उद्धव उपाध्याय~

कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । सहर नजिकै भए पनि सहरको सुख सुविधाबाट उनीहरू टाठा नै हुन्छन् । त्यो माझीको बस्तीमा पनि एउटा अति नै गरिब माझीको परिवार थियो । ऊ यति गरिब थियो कि उसले माछा पक्रन नयाँ जालसमेत किन्न सकेको थिएन । जताततै प्वालै प्वाल परेको र सिउँदा पनि उघ्रेर जालमा परेका माछा फुत्केर भाग्थे । उसको आङमा कमिज नपरेको धेरै भइसक्यो, लुङ्गी लगाएर दिन बिताउँछ । उसकी श्रीमतीको सारी पनि धेरै ठाउँमा फाटेर टालिएको थियो । दस वर्षो छोरा पनि स्कुल जाँदैनथ्यो, बुबालाई माछा पक्रन सहयोग गथ्र्यो । ऊ पनि साधारण कटूमा हिंडिरहन्थ्यो । अरू माझीले झै उसले धेरै माछा पक्रन सक्दैनथ्यो, दुर्भाग्य नै भनौ उसको पुरानो जालमा धेरै माछा पर्दैनथ्यो । एकदिन माझीको छोराले भोक लाग्यो भनी आमालाई पिर्न थाल्यो । घरमा अन्नको दाना र माछा पनि थिएन । आगो बाल्न सलाईसमेत सकिएको थियो । आमाले छोरालाई तिमीहरू बाबुछोरा समुद्रमा गई केही माछा पक्रेर ल्यायौ भने मात्र म खुवाउन सक्छु भनिन् । माझीले पुरानो जाल बोक्यो र समुद्रतिर हिँड्यो । माछा हाल्ने टोकरी लिएर छोरो पनि पछिपछि लाग्यो । उनीहरू समुद्रमा पुगेर जाल हाले । माझीलाई पक्का छ कि धेरै माछा जालमा पर्दैन किनभने उसको अनुभव नै यस्तै छ । छोरोचाहि कति माछा जालमा पर्ला भनी उत्सुक भई जालतिर हेर्दैछ । माझीले जाल तान्यो । दुईचारवटा ससाना माछाहरू परेछन् जालमा । छोराले भन्यो, “यति त मेरो एक गाँस पनि पुग्दैन । आमाले के खाने -” माझी बोलेन । छोराको कुरा नसुनेझै गर्‍यो उसले । उसले भगवान्को स्मरण गर्दै जाल फेरि समुद्रतिर मिल्कायो । दुवै चुप छन् । अब के हुन्छ भन्ने मुद्रामा छन् । माझीले जाल तान्यो । जाल गह्रौ थियो । ऊ मनमनै खुसी भयो । उसले जालमा धेरै माछा परेको सङ्केत छोरालाई दियो र जाल तान्न मद्दत माग्यो । छोरो खुसीले बुर्लुक्क उफ्र्यो र जाल तान्न बल गर्‍यो । बाबुछोरा मिलेर जाल ताने ।

आर्श्चर्य ! जालमा त एउटा अजङ्गको माछो पो रहेछ । अति राम्रो सलक्क परेको चम्किला आँखा, सुनकाजस्ता चहकिला कत्ला । माछालाई किनारमा ल्याएर उनीहरू त्यो माछाको सुन्दरतालाई हेर्न थाले । त्यो माछोले मान्छेको भाषा बोल्यो । उसले भन्यो, “म यो समुद्रको रखवाला हूँ । मलाई जान देऊ । मलाई केही नगर । तिमीहरूले अब जाल हाल्दा धेरै माछा पर्ने छन्, आजदेखि तिमीहरूले दुःख पाउनु पर्दैन ।” माझीले माछाले भनेको मान्यो । तर छोराचाहिँ जालमा परेको माछो गुमेकोमा दुःखी देखिन्थ्यो । र बोल्ने माछा देखेकोमा चाहिँ आर्श्चर्य चकित भएको थियो । माझीले फेरि जाल हाल्यो । ठूलो माछोले भनेझैं थुप्रै माछा परे जालमा । छोराले लगेको छोटकरीमा पनि माछाहरू अटाएनन् । यति धेरै माछा आजसम्म उसको जालमा परेको थाहा नै थिएन, उसलाई । उनीहरू खुसी हुँदै घर गए । माछाको थुप्रो देखेर माझीकी श्रीमती पनि खुसी भइन् । आज केही खाएर बाँकी माछा बजारमा बेच्न पनि पाइने भयो र केही पैसाको मुख देख्न पाइने भयो भन्न थालिन् । छोराले आफ्नी आमालाई बोल्ने माछोको विषयमा बेलिविस्तार लगायो । पहिले त पत्याइनन् । माझीले त्यो कुरा सत्य हो, आज धेरै माछा जालमा परेको पनि त्यही माछोको कारणले हो भनी संझायो । माझीकी श्रीमतीले पनि आफ्नी आमाको मुखबाट समुद्रमा परीहरू हुन्छन्, तिनीहरूले जे पनि वरदान दिन सक्छन् भनी सुनेकी थिई । आज उसले ती पुराना कथाको सम्झना गरी । उसले उत्साही बन्दै भनी, “त्यो त परी माछो हो, उसँग जे मागे पनि पाइन्छ । लौ तिमीहरू अहिले नै जाओ र परी माछासँग नयाँ घर मागेर आओ ।” माझीले पत्यायन र समुद्र जान अनकनायो । तर श्रीमतीको जिद्दीको अगाडि उसको केही लागेन । पकाएको अलिकति माछा खाएर समुद्रतिर हिँड्यो । माझीका बाबुछोरा समुद्रको किनारमा उभिएर ठूलो माछोलाई बोलाउन थाले । नभन्दै परी माछो किनारमा आई र किन बोलाएको भनी सोधिन् । माझीले भन्यो, “हामी ज्यादै गरिब छौ, मेरी श्रीमतीले नयाँ घरमा बस्न मन गरेकी छ ।

के तिमीले हाम्रो इच्छा पुर्‍याइदिन्छ्यौ -” परी माछाले हुन्छ, तिमीहरूको इच्छा अवश्य पूरा हुने छ भनिन् । माझीका बाबुछोरा घरतिर र्फके । छोराले आफ्नो सानो झुप्रोको स्थानमा राम्रो घर ठडिएको देख्यो । ऊ बुबा हाम्रो घर भनी चिच्यायो । नयाँ घरमा बस्न पाएकोले सबै खुसी भए । केही दिनपछि माझीकी श्रीमतीले भनिन, “घर मात्र नयाँ भएर के गर्ने, यसको सजावटको लागि फर्निचर, ओछ्याउने गलैंचा, लगाउन राम्रा राम्रा कपडाका लुगा, सुनचाँदीका भाडावर्तनको आवश्यकता छ । परी माछासँग अनुरोध गरेर आउनु होस् ।” माझीले भन्यो, “हामीलाई यतिले पुगेकै छ, किन त्यस्ता कुरा माग्ने – परी रिसाइन भने – के होला ।” श्रीमतीले भनिन्- “परी रिसाउने कुरै छैन, उनले बोले पुग्छ, आफ्नो दिनु पर्ने होइन ।” माझी फेरी समुद्रको किनारमा गएर “ए परी माछा, ए परी माछा” भनी बोलाउन थाल्यो । परी माछा देखापरिन् । माछा पहिलेको भन्दा अलि ठूलो देखिएको थियो । माझीले आफ्नो कुरा भन्न आँटेको मात्र थियो, माछाले भनिन्, “मलाई त्रि्रो श्रीमतीको चाहनाको विषयमा थाहा भइसक्यो । ती इच्छा पूरा हुनेछन्, सन्तोषपर्ूवक घर जाऊ । ” माझी घर फक्र्यो । आफूले भनेको कुरा पाउँदा माझीकी श्रीमती झनै खुसी भइन् । सानो परिवारलाई केही दुःख थिएन । माछाको व्यवसाय राम्रै चलेको थियो । माझीकी श्रीमतीलाई अझ अरू बढ्ता पाउने इच्छा भयो । उसले यसपटक माझीलाई परी माछासँग राजाको जस्तो विशाल सुन्दर महल माग्न अह्राइन । माझीले यसपटक त श्रीमतीको कुरा नमान्ने निधो गरेको थियो । तर दिनरात एउटै कुरालाई श्रीमतीले दोहर्‍याइरहेकीले ऊ पनि दिक्क भयो । ऊ समुद्रको किनारमा गएर परी माछालाई बोलाउन थाल्यो । परी माछा देखा परिन् । उनको आखाँ पहिलेका भन्दा ठूल्ठूला थिए, कत्लाहरू पनि बडेमानका देखिन्थे । माझीले आफ्नो कुरा बतायो । परी माछाले भनिन्- “तिमीहरूको लोभले सीमा नाधिसक्यो । भोलि तिमीहरूले मलाई चन्द्र र्सर्ूय चाहियो भन्न पनि बेर मान्दैनौ । अहिले दिएको पनि बढी भयो । लोभी स्वभावका कारणले तिमीहरूले पाएका सबै सुविधा हराउने छन् । अब आफ्नै पुरानो जीवनमा चित्त बुझाउने कोसिस गर ।” यति भनी माछा समुद्रमा बिलायो । माझी दिक्क भई घर फर्क्याे । श्रीमती पहिलेकै अवस्थामा थिइन्, घर त्यही झुपडी थियो । एउटाले गरेको लोभको परिणाम सबैले भोग्नै पर्छ ।

माझीले छोरालाई भन्यो, “ए छोरा, त्यो पुरानो जालले त, तुनतान गरी समुद्रमा जाल थाप्न जानु पर्‍यो ।” -लोककथा पनर्कथन) शिर्षक  के हो – बागमती थापा बिरानो ठाउँमा अपरिचित अनुहारहरूसँग घुलमिल हुन ललितको लागि चुनौती र अवसर दुवै थियो । ऊ गत हप्तामात्र पढ्नको लागि गाउँबाट सहर आएको थियो । गाउँका साथीभाइ र आमाबाको सम्झनाले बेलाबेलामा उसलाई सताइरहेको थियो तर सहरमा पढेर ठूलो मान्छे बन्ने सपनालाई विपनामा उतार्ने अठोट लिएर ऊ सहर आएको थियो । सहर आउनुअघि उसले सहरी जीवनका बारेमा राम्राभन्दा नराम्रा कुरा धरै सुनेको थियो । सहरका मानिसहरू एकदमै स्वार्थी हुन्छन् गाउँबाट आएका मानिसहरूलाई त पाखे भन्छन् । यी र यस्तै कुरा उसको मनमा गुन्जेका थिए । गाउँमा निम्न माध्यमिक विद्यालयभन्दा माथि उच्च शिक्षाको व्यवस्था भइदिएको भए ऊ सहर आउने थिएन । काका र काकीको सहयोगमा ऊ राजधानीको एक सरकारी स्कुलमा कक्षा ७ मा भर्ना भयो । भोलिपल्ट काकासँग ऊ स्कुल गयो । सरकारी स्कुल भए पनि त्यो स्कुल गाउँको स्कुलजस्तो थिएन । नौलो परिवेशमा नौला साथीहरूसँग सुरुमा त घुलमिल हुन उसलाई अलि असजिलो लाग्यो । बिहान प्रर्थना सकिएपछि कुन सेक्सनमा बस्ने भन्ने दोधारमा थियो ऊ । भर्ना हुने बेला नै सरले कक्षामा दुईवटा सेक्सन हुने कुरा बताउनुभएको थियो तर आफू कुन सेक्सनमा बस्ने थाहा थिएन । सबैजना कक्षाकोठाभित्र जान थालेपछि ऊ पनि कक्षा न्ाौ का विद्यार्थीहरूको पछि लागेर एउटा कक्षाकोठाभित्र प्रवेश गर्‍यो । अप्ठेरो मानी मानी एकजना साथीलाई सोध्यो, ‘मैले कुन सेक्सनमा बस्नुपर्ला’ ‘त्रि्रो रोल नम्बर कति -‘ साथीेले सोध्यो । ‘८४’ अलि अकमकाउँदै उसले भन्यो । त्यसो भए तिमी सेक्सन ‘बी’ मा पर्‍यौ । किनकि ४० रोल नम्बरसम्म सेक्सन ‘ए ‘ त्योभन्दा माथिका सेक्सन ‘बी’ मा । त्यसैले ऊ तलको कक्षाकोठाभित्र जाऊ । साथीले यति राम्ररी बुझने गरी बताइदिएपछि ललित सेक्सन ‘बी’ मा गएर बस्यो । कक्षामा सर नआउञ्जेलसम्म अन्य साथीहरूसँग उसको परिचय भयो । “हाम्रो कक्षामा एकजना नयाँ साथी थपिएछ, त्रि्रो नाम के हो -” सँगैको बेन्चमा बसेको साथीले उसलाई माया गरेर सोध्यो ।

‘ललित’ सबैले सुन्नेगरी उसले भन्यो । नाम सुनेपछि सबैजना उनको नजिक आएर हात मिलाउन थाले । हलो मेरो नाम मदन, मेरो भैरव, म सुवास, म कविता यसरी नै ललितलाई धरै साथीहरूले आ-आफ्नो नाम बताए । त्रि्रो घर कहाँ हो – एकजनाले फ्याट्ट सोधिहाले । ‘ओखलढुङ्गा’ जवाफमा ललितले भन्यो । ‘ए त्रि्रो घर ओखलढुङ्गा मेरो पनि त त्यही हो नि,’ मदनले भन्यो । अर्को साथीले भन्यो, ‘मेरो चाहिँ सल्यान हो ।’ कविताले भनिन्, ‘मेरो घर गोर्खा हो ।’ यसरी सबैले आफ्नो घर राजधानीबाहिर भएको बताउन थालेपछि ललित खुसी हुनथाल्यो । ऊ मनमनै भन्न थाल्यो । कक्षामा पढ्ने आधाभन्दा बढी त गाउँबाटै पो आएका रहेछन् । एकछिनपछि सर आउनुभयो । सरले नेपाली पढाउनुभयो । सरले पनि नयाँ विद्यार्थी देखेर सोधिहाले, ‘तिमी नयाँ भर्ना भएका हौ -‘ ललितले विनम्रताकासाथ उठेर भन्यो, ‘हो सर ।’ सरले नाम र ठेगाना सोधेपछि उसले सबै कुरा बतायो । भोलिपल्टदेखि सबैजना उसका साथी हुन थाले । ललितले सोचेको भन्दा ठीक उल्टो भयो । सहरमा पढ्ने मान्छे त स्वार्थी हुन्छ भन्ने सुनेको कुरा झुटो पो रहेछ भन्ने कुरा उसले अनुभव गर्‍यो । उसको राम्रो व्यवहारका कारण सबैजना उसको मिल्ने साथी भए । एक महिनापछि ऊ सबैको मनपर्ने साथी भइसकेको थियो । अरूसँग राम्रो व्यवहार गर्ने व्यक्तिको सबैजना साथी हुन्छन् भन्ने कुरा उसले उदाहरण बनेर देखाइदियो । स्कुलका अन्य विद्यार्थी पनि ललितजस्तो असल साथी भेट्टाएकोमा खुसी थिए ।

(स्रोत : मुना )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.