~श्रीहरि फुँयाल~
हाम्रो घरको परेवा
उड्छ भुर्र भुर्र
गुँडबाट गर्छ कैले
माकुर घुर्र घुर्र ।
चारा छरिदिएपछि
ट्वाक्क ट्वाक्क ठुङ्दै
उसले आफ्नो पेट भर्छ
टप्प टप्प टिप्तै ।
आफ्नो सानो बच्चालाई
चारा लगिदिन्छ ऊ
चुच्चो चुच्चो जुधाएर
चारा ख्वाइदिन्छ ऊ ।
समाउन जाँदा खेरि
भुर्र भुर्र उड्छ
पर पर र्सर्दै फेरि
कुर्र कुर्र गर्छ ।
आइजो आइजो परेवा
सँगसँगै खेलौँ न
हाम्रो घरको आँगनमा
फननन घुमौँ न
हामी पनि बच्चालाई
माया गर्नुपर्छ
बालबच्चा खुशी भए
घर उज्यालो हुन्छ ।