~प्रकाश बाजारा~
हाल खबर के छ आज भोली गजलको
भन्नुहोस् न हजुर दिल खोली गजलको
धेरै भयो चौतारीमा देखिएन रुप रगं
भरी छ कि खाली नै छ झोली गजलको
सँधैभरी बर्षा मास जस्तो पार्नुहुन्थ्यो
हम्मे हम्मे पथ्र्यो तर्न खोली गजलको
हजुरको जिउ डाल रुप पनि गजलजस्तै
सुनौ सुनौ लागि राख्छ बोली गजलको
जहाँ जहु प्रेम बिछोड त्यहाँ त्यहाँ मात्र हैन
फेर्नुपर्छ अब साँच्चै चोली गजलको
प्रकाश बाजारा
साउने चउर ९ खोटाङ हाल काठमाण्डौं
(स्रोत : DCNEPAL.com)