~दीप हाँडिगाउँले~
आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?
अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?
आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?
तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।
(स्रोत : Sajha.com)