~दीप हाँडिगाउँले~
“सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर नगर त तँ — झन तँ आउँछस भनेर कुरीरा — जसरी भए पनि आईज” भन्यो।
“हिंजो आईहालेँ नी — धन्न आएको आएकै भएछ — नत्र आउनै नपाउने हेर् — बोर त बोरै भो नी — म पनि त अब भरे त्यैं आउने हो — फेरी मासु-भात गोदने अरु गफ लडाउने भन्या — के गर्ने अफिसको काममा आएको उनीहरुले भनेको नमान्ने कुरा पनि भएन –भोली त फेरी फर्किनु परीहाल्यो– अब अर्को चोटी आउँदा बस्छु नी फेरी — बरु तिमीहरु आओ न अब मेरो गाम तिर — है?” मैले कुरा सक्दै भनें।
सुरेसले धेरै कर गर्यो–नरमाईलो मान्यो मलाई थाह थ्यो तर मैले आफ्नो ईच्छालाई बिबसताको नाममा उभ्याईरहेँ –मेरो गाम तिर उनीहरु दुबै जनालाई आउन लगातार निम्ता दिदैं उस्काँ अहिले आउन नमिल्ने बाध्यतालाई किच्न खोजें। उस्ले मन नलागि नलागि मेरो असमर्थतालाई उभिने मौका दियो। म धन्य भएँ तर एक किसिमको अन्तरबोझले थिचिएँ पनि।
भोकले हैरान पार्दैथ्यो–सोचेँ अब भात त खानै पर्यो — देशी भोजनालय त होला यता कतै पक्कै पनि यत्रो ठुलो शहरमा भन्दै कम्प्युटरमा खोज्न थालेँ।
केही समय अघि मलाई दखिन तिरको एउटा राज्य जानु पर्या थ्यो कामको सिलसिलामा। पुरानो बिद्यालय देखिको एउटा साथि त्यतै घरजम गरेर बस्या थ्यो। बिद्यालय छोडे देखी भेट भएको थिएन उ संग भने हुन्छ। १२ पछि उ भारत तिर लाग्या थ्यो, म चैं समुन्द्रपार। पुग्या बेलाँ भेट गर्दिम न त भनेर बुझ्या धुनधान खुसी भो।
खान बस्न त हुटेल देकै छ कामले, तर म भेटघाट गर्न त पक्कै आउँछु भनेको मान्दै मानेन। “घर किन्या छु यार मैले यहाँ– अब तँ काँ हुटेल हुँदी बस्नी? हुँदैन कि हुँदैन” भनेर जोड गर्यो। लौ त भन्दें।
हवाईजहाज र उडान नम्बर अनि समय पनि भन्देँ। उ लिन आउने भो मलाई। उस्ले “ल अब यहीँ आएर कुरा गरम्ला” भन्यो।
अफिसबाट बिमानस्थल तिर जानै लाग्या थिएँ सुरेसको फोन आयो “बुझिस म तँलाई लिन आउने भन्या है तर म हैन देबदाई लिन आउँछन तँलाई एअरपोर्ट– त के लार आउनलाछस भन् त?”
मलाई असजिलो लाग्यो र भनें “हैन को देबदाई? तँलाई आउन मिल्दैन भने म आउँछु नी ट्याक्सीमा — अरुलाई किन दु:ख दिने बेक्कारमा?”
“म आउन नमिल्ने हैन — म नै आउँछु भन्या हो बुझिनस — तर एअरपोर्ट छ उता माथि उत्तरमा मेरो काम् चै यता दछिन तिर छ क्या अनि देबदाई त त्यै एअरपोर्टैमा काम गर्ने भने नी हुन्छ दुई मिनेट लाग्छ — हिँजो तँ आउने म लिन जाने कुरा सुनाको थिएँ उनले मिले म ल्याईदिम्ला भन्थे — अहिले फोन गरे मिल्छ रे–“
“को देबदाई?” मैले नी चिन्छु कि भनेर सोधें।
“देबदाई भन्या मैले मेरो घरमा बेसमेन्टमा राख्या छु क्या — भलादमी छन मान्छे — त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन तैले– तँ भरे त्यै ४:५३ मा आईपुग्ने हैन त? ” उस्ले भन्यो।
मैले हो भने
उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे– बाटो खाली नै थ्यो र पनि। उनी भन्दा धेरै अघिको ले ब्रेक लायो भने गालि गर्थे –त्यो ब्रेकले उनलाई केही असर नगरे पनि। मैले बिचार गरें उनलाई ब्रेक लाउन मन लाग्दैन रे छ क्यारे। हतपत ब्रेक लाउँदैन थे। “दिब्यदाईलाई ब्रेक लाउन मन लाग्दैन कि के हो?” एक चोटी त मैले सोधें पनि। अगाडीको मोटर नजिकै आईसक्यो दिब्यदाई चैं ब्रेक लाउनु सट्टा अगाडीको मोटर सराप्दै लेन सर्न खोज्दै थिए। सिमसिमे पानीमा उनको मोटर चलाईले मलाई अत्याउँदै थ्यो।
“हैन ब्रेक खिइया छ रे के मेरो — कुईं कुईं गर्छ — यसै त खिईया ब्रेक अनि त्यो पनि छिन छिनमा लाईरहेर हुन्थ्यो के त–तेसमाथि पाङ्ग्रा खिईया छन ब्रेक लार रोक्न खोज्यो भने त चिप्लेर झन् छिटो सुईकिन्छ।” उनले भनें।
उनको गाडी चलाई देखेर कता के मा जाक्ने हुन कि कुन चैले ठोक्ने हो भन्ने पीरमा थें म। कामले पैसा दिईहाल्थ्यो — बिनिसित्तीमा के झंझटमा पार्देको हो सुरेसेले भन्दै गम्दै थिएं। उनको घर कता हो नेपालमा त्यो सुनाए। मलाई सोधे मैले नी भन्दें। के काम गर्ने हो मैले — मेरो के स्ट्याटस हो त्यो पनि चाहियो उनलाई। घुमाउरो हिसाबले तलब पनि सोधे। कुरा गर्दै जाँदै थिम हामी।
लेन सर्दा उनलाई झ्यापझ्यापे बत्ती बाल्न मन लाग्दैन रे छ। त्यसै भन्थे। “यो झ्यापझ्यापे बत्ति–साईड लाईट क्या साईड लाईट बालेन भनेर यसै यसै मान्छे रीसाउँचन भन्या–म पनि अनि लौ त भनेर झन बाल्दै बाल्दिन–सुईँ सुईँ सर्दिन्छु लेन।” उनले गर्ब सँग सुनाए।बत्ति बाले ईज्जत जान्छ कि झै गर्थे।
त्यसै क्रममा जबर्जस्ति लेन सर्दा त्यो सर्या लेनमा बत्तेर आउँदै गर्या मोटरले ब्रेक लाउँदा नागबेली खायो रे भन्दै थिए उनी — नागबेली खानेले कानै खाने गरी हर्न बजायो। मैले त हेर्दा पनि हेरीन औलो देखीएला सित्तैमा भनेर।
“बत्ति नबाली लेन सर्दा फेरी पछाडीको ले देला नी दनक” मैले भनें।
“हैन पछाडीबाट दनक दियो भने त पैसा आउँछ रे — अस्ति एउटा त्यै म सँग काम गर्ने छ उता कता पस्चिम को — उस्को १५ सयमा किन्या मोटर रे एउटाले पछाडीबाट जोतेछ — १००० तिरायो। अब एक चोटी एउटाले छोईदे देखुन पैसा उठार नाफा नी हुन्थ्यो भन्थ्यो –खै आफ्नो त केही हुन्न –उनी एकोहोरो सुनाउँदै थिए।
मैले बत्ति त बाल्नु पर्छ दाई भन्या भएर हो कि किन हो बेला बेला एक चोटी पिलिक्क बाल्न खोज्थे तर बत्ति निभ्दा ननिभ्दै उनी त अर्को लेनमा पुगी सक्या हुनी–कैले त लेन सरीसके पछि बत्ती बाल्थे अर्को लेनमा जाने हुन कि झै गरी पछाडीकोलाई अलमलाउन। अहिले सम्म मोटर कसो ठोक्क्या रैन्छ यिनको भन्ठाने।
“मैले हैन –” उस्ले अनुहारमा खुसी देखाउँदै भन्यो।…
“अनि कस्ले त?” मैले सोधें।
“बुढीले — अरु कस्ले हुन्छ?” उस्ले दङ्ग परेर भन्यो।
उस्ले बिहे गरेको त मलाई थाह थ्यो तर श्रीमती आईसकेको चै थाह थिएन।
“कैले आ त भाउजु? अस्ति नै कुरा गर्दा त खै मिल्या छैन भन्थिस त –” मैले सोफामा ढल्किदै सोधें।
“धेरै भा छैन नी — खै यस्तै १५ दिन जति भयो होला –” उस्ले भन्यो।
“काँ रे तेरो ससुराली? ज्ञानेश्वर कि काँ रे?” ज्ञानेश्वर नै भने जस्तो लाग्थ्यो पैला त्यै पनि सोधें।
“हो ज्ञानेस्वर हो –” उस्ले भन्यो।
“बोला न त खै दर्शन गरम् भाउजुको– सालि त होलान नी तेरा हैन? कति जना छन?” मैले निर्धक्क सोधें।
“पख न भेट भै हाल्छ नी — मेरो पुरानो साथि आउने भन्या थें भान्छामा ब्यस्त छे –” उस्ले भन्यो।
अघिका डेभ दाई भित्र कोठामा संगै थिए अहिले फेरी कता लागेछन कुन्नी।
यत्तिकैमा ट्रेमा कफि लिएर राम्री एक जना आईन हामि भए छेउ। उमेरको सिढीं मा सुरेस र म भन्दा अलि माथिल्लो खुडकिलोमा देखिने उनलाई देखेर मैले सोचें सुरेसले उमेरको अनुभवलाई बिशेष ग्राह्यता दिएछ क्यारे।
मैले उठेर नमस्ते गरें उनले ट्रे नै अलिकति उठाएर नमस्ते फर्काईन।
“खै त उ?” उनलाई हेरेर सुरेसले सोध्यो।
म अलिकति अलमलिएँ।
“सन्चो भएन भनेर माथि जानु भो” उनले भनीन।
डेभ दाई त्यै बेलामा आई पुगे र कफि दिनेलाई मेरी बुढी भनेर चिनाए। सुरेस माथि तिर लाग्यो।
म कफी पिउँदै कोठामा यता उता हेर्दै थिएँ सुरेसको बिहेको फोटो ठुलो पारेर राखेको रहेछ। नियालेर हेरेँ — दुलही त दिब्या नै हो।
फोटो अझै नियाल्दै थिएँ सुरेस ओर्लियो एक्लै।
“भाउजुको नाम चै के नी?” मैले सोधें।
“दिब्या — ” उस्ले भन्यो र भन्दै गयो “थाकेर होला एक छिन ढल्किन गा रे छ माथि— आउँछे एक छिनमा–”
***************
(स्रोत : Sajha.com)