~दीप हाँडिगाउँले~
रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या जस्तो अनि टाउकाँ त्यै एक बोरा बालुबा जोख्या जस्तो भएर रन्थनिराथें। फोनको घन्टी बज्यो। त्यो पनि सेलको। हेर्छु नम्बर चिनजानको छैन। उठाउँ कि नउठाउँ गर्दै उठाएँ। “हेलो–“
“भिनाजु? हजुर त कस्तो बदमास होईसिदो रेछ” उता बाट तरुनीको आबाज आयो। स्वर सुन्दा चिने चिने जस्तो त लाग्यो तर बिहे नै नगर्या मान्छे लाइ भिनाजु भनेर सम्बोधन गर्नेले मलाई नै गरेको होला फोन भन्ने भ्रम पाल्नु निरर्थक थ्यो। तै पनि तरुनी को आबाज — यसै छुट्टीमा बसियो आज उसै–मनमनै सोचें–गर्दिम न कुरा — सितैमा आईलागेकी छे एउटी किन यस्तो मौकाँ बन्चरो हान्नु?
“म जस्तो सोझोलाई पनि यसै बदमास भन्दिने?” मैले नी भन्दें।
“हजुरको आबाज के भयो?” उस्को स्वरमा अलि सतर्कता पाएँ यस पटक।
“के हुनु नी –रुघाले खत्तम गर्यो” भाकै कुरा भनें यस पटक।
“त्यै भएर आज हजुर सानुमुवाकाँ सवारी नभा?” उस्ले सोधी।
“अनि के त? नत्र तिमी सँग भेट हुने–नआई बस्न सक्थेँ र?” जे त पर्ला भनेर बोल्दें। अब उ सानुमुबाकाँ गा था भै हाल्यो — म नी गा भे भेट त हुने रेछ नी यस्तो मिठो बोल्ने ठीटी सँग तर के गर्ने दशाको कुरा –रुघा मात्रै लाग्या भे त हुने नी –त्यो बोल्ने तरुनी को हो त्यै थाह छैन झन् सानुमुवा कता हो? — अनि त्यो नभाकी श्रीमती? मेरी बास्सै!”
“ल हेर यो भिनाजु त एकदम नहुने के — सुन्स्योस न हजुरलाई केही भनी दिज्युले हिंजोको बारेमा?”
“अहँ! किन र? तिमिलाई केही भनी?” मैले सोधें। हिजो केही त भएछ गाँठे! कस्ले के गर्यो नी नारन!
“आफुलाई चैं कस्तो डर लाग्यो अघि सानुमुवाकाँ–दीज्यु सँग दुई चोटी बोलें –झन खै भिनाजु भनेर पनि सोधेँ– उ त बोल्दै बोलिन –म त हिंजोको कुरा थाह पाईछ भनेर–झन्नै मरेँ।” उस्को आवाजमा केही राहत थ्यो अहिले।
उस्ले गुडीरहेको गाडीबाट कुरा गरे जस्तो सुनिन्थ्यो। त्यसैले मैले सोधें “अनि तिमी चैं कता सवारी नी अहिले? कि यहीँ आउन ला?”
“you wish” उस्ले भनी, अनि थपि — “अघि दिज्जु बोलीन अनि म त अब हिंजोको कुरा झिकेर तमासा गर्ने भै भनेर हिनें काम छ भनेर — हजुरले गरेर त हो नी” उस्ले हाँस्दै भनी।
यस पटक आवाज अरु चिने जस्तो लाग्यो। हुन त जुन तरुनीको फोटो देखे नी पैलेई देख्या देख्या जस्तो लाग्नी, कुनै भेलाँ सुन्दरीहरु देख्दा चिन्या चिन्या जस्तो लाग्नी -तरुनीहरु बोल्दा त्यो मिठो स्वर पैलेइ कतै सुन्या सुन्या जस्तो लाग्नी रोगले गाँज्न थाल्याथ्यो आफुलाई अचेल।
“हजुर घरमै हो त?” उस्ले फेरी सोधी–
“हो भन्या मरीजाम” तरुनीको आसाँ रुघा बिच्केला जस्तो भो –टाउको रन्न भो –कोठा बरीपरी हेरें र सोचें– मिलाउनु पर्ने भो त?
“ह्या—भिनाजु पनि — किन आउने त म उसो भए?” तरुनीले सोधी।
“किन र?” आफ्नो मनको डुङगामा पानी छिर्यो।
“अब हजुर मरीगए पछि मैले के गर्ने नी, एक्लै?” उस्को हाँसोमा मिसिएर एक हुल शब्दहरु आए।
“ल हेर — के के भन्या— आउन प्लिज कस्तो बोर भैरा छ आफुलाई यहाँ –” डुङ्गाबाट पानी फ्यालें बाहीर मैले।
“एक्कै छिनलाई मात्रै आउँछु है त?” तरुनीले भनी।
जिउ त आफ्नो गाँठे सिरिङ्गै भयो। तरुनी आउने भैइ –मन र ज्यान दुईटै जोस्सीए।
“एक चोटी तिम्रो दर्शन मात्रै गर्न पाए नी गति पर्थे म त –” भाकै कुरा भनेँ मैले।
उस्ले केही भनीन।
हेलो हेलो भनें — उताबाट केही सुनिन –यही बेलाँ पुल मुन्तिर छिरीछ क्यारे भन्दै हेलो भन्न छोडीन तर लाईन छिनी सकेछ।
बल्ल बल्ल तरुनी आउन ला थिइ फोनले धोका दियो भनेर फोन हुर्याईँदिएँ।
सम्झें–म त भिनाजु हैन नी — आफ्नो मन र ज्यानको के को सर्र र खर्र हो बुझिन। बिनिसित्तिको।
हुने बेलाँ अनेक अनेक हुने— अब त्यो भिनाजुलाई ल हेर चिट्ठा पर्या — मेरो गुन देख्ला के त? तरुनी बोलाको त आखिरी मैले हो नी
—
(स्रोत : Sajha.com)