~दीप हाँडिगाउँले~
दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ –”
निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?”
“काम् पर्यो के एउटा – ल ल उठ”
“के काम्? सक्दिन म”
मैले सक्दिन भन्या बाले सुनेछन् क्यारे– गरे सम्बोधन् “दीप!”
छुट्टीको दिन पनि हुलै बाधेर कराउन लागे भनेर रिसले मुर्मुरिदै भए पनि “हजुर्” चै नरम स्वरमै भनें।
“जा मामाघर गएर आइज –”
मामाघर जाने काम रे छ।
मेरो मामाघर बाङ्गेको नि नातेदार थिए – पुगेँ पातकी काहाँ जान्छ कि साथि भनेर – सुतिरा रे छ।
‘ए बाङ्गे, उठ।” भनें “ हिन त मामाघर पुगेर आउनु पर्यो एक चोटी –“
“काँ आधराताँ जानी ममाघर तिर” भन्छ बज्या त।
“के को आधारात? – नौ बज्न लाइसक्यो उठ” भन्या मानेन। उठ्दै उठेन। रिसले एक्लै हिनेँ।
माहाराजगन्ज जानु थ्यो – लामढुङ्गा हुदै भिम्सेन्थान् निस्किएँ अनि सिधै लागेँ बिशालनगर तिर फ्रेन्च राजदुतको निवास पछाडीको गल्लि हुदै। बिशालनगर बाट फेरि बालुवाटार तिर लागेँ अनि भाटभटेनि-माहाराजगन्ज बाटोमा देब्रे लागेर पुगेँ मामाघर।
दशैंको बेला भनिज आको भनेर दङ्ग परे। रमेशदाई, मामाको छोरा के त, पनि आ थे चन्डिगढ बाट – पन्जाब युनिवर्सिटी मा पाठ घोक्ने निउमा पुग्या थे उता तर कुरो सधै तरुनिकै गर्थे – भेटेर तरुनी पुराण सुन्नु पर्यो भन्या कता हो हिनिसकेछन् –
“भर्खर हि थ्यो – कता लागेछ — आउँछ एकछिनमा” माइजुले भनिन्।
के गर्ने के गर्ने अब त्यहाँ पनि – हजुरामाले सधै झै उहि राप अलापिन् – “खादैनस् कि के हो बाबु तँ त खै सधैँ दुब्लो देख्छु” – हजुरबा चै धन्न पशपतीबाट आइसक्या रैन्छन र मात्रै नत्र फेरी बनारसको कुरो झिक्थे — मलाइ नै कन्ठ भैसक्याथ्यो हजुरबाको गफ—सुन्दा सुन्दा।
कौसिमा च्या तान्दै थिएँ रश्मी आइ।
“ओहो दीपदाई – के छ हलखबर?
केइ न केइ – खै रमेश् दाइ? सोधें।
“खै कता जानु भयो ––साथि भेट्न गा होला नि–” भनि।
मामा पढाइको कुरा गर्नी माइजु भन्छामा ब्यस्त – रमेशदाई छैनन – अल्छि लाग्यो बस्न – जान्छु भनेको माइजु ले हुन्न भात नखाइ काँ जानी भन्न लागिन –
रश्मि पनि – “के को हतार दीपदाई? – तेइ बाङ्गे सङ्ग बरालिन त होलानी — ? भन्न थालि हासेर।
उस्ले पनि चिनेकै थिई बाङ्गेलाइ।
यत्तिकै मा एउटी तरुनि आइ – रश्मिकी साथी रैछे – कागलाइ बेल पाक्यो—तर त्यो खान नमिल्ने बेल पाकेर हर्ष न बिस्मात भन्या जस्तो भए पनि आफुलाइ त हर्ष नै लाग्यो ठीटी देखेर।
“दीपदाइ, मेरो फुपुको छोरा” भनेर चिनाई मलाई अनि उस्लाई चै “मेरो साथी प्रतिक्षा” भनेर चिनाई।
मुसुक्क हाँसि तरुनि – मुस्कान मात्रै पनि बाण बनेर मनमा वार पार भै सक्या थ्यो नयनको चुलबुलिले त झन हुरुक्कै पार्यो।
घर जाने बिचार हरायो अब भने। बाङ्गेले आफु नआएर मलाइ ठुलो गुन लायो। तरुनि एक्लौटी भै। हुन त भै तर रश्मि सङ्ग खै कता गै गै।
“दीपदाई, बोर भयो? हामि कहा आउने भए आउनुस्” रश्मिले मनको कुरो बुझे झैं गरेर भनी एक छिन पछी आएर।
उस्को कोठामा पुगेँ। प्रतिक्षाले कोठा जगमगाको रे छ।
“तपाईं पनि चन्डिगढमै पढ्नी हो?” प्रतिक्षाले सोधि।
मनमा छ्यास्स लाग्यो – दुखि भएर भनें “हैन म त यतै त्रि-चन्द्र मा छु”
“ए” मात्रै भनि – यो रमेशदाइ चन्डिगढ पढन गएर आफ्नो पर्न ला लभ पनि पर्नै नपाई भाँडदिने भए भन्ने पिर लाग्यो।
एक छिन यता र उताको गफ गरियो – तरुनि ओछ्यान बाट उठेर झ्यालमा पुगि—के के नियाल्दै थिइ उ बाटा तिर—रश्मि बिस्तारै म छेउ आएर अनि “दीपदाई, मलाइ त उस्लाई भाउजु भन्न मन लाग्छ” भन्छे बा प्रतिक्षा तिर संकेत गर्दै – मेरो त जिउमा करेन्ट लाग्या जस्तो भो। तेस्तीलाई पाए त ऐलेइ सिन्दुर हाल्दिन्थे जस्तो लाग्यो। जति बिस्तारै रश्मिले बोले पनि प्रतिक्षाले सुनिछ क्यारे – झ्यालबाट झट्ट हामी तिर हेरी – अनुहार त उस्को उदाउदो सुर्य झै भएछ –चम्किदो रातो!
मिलाई दे न त कुरा भनेर रश्मिलाइ भन्छु भन्दै थिएँ — रमेशदाई ढोका खोलेर कोठा भित्र छिरे —
ए दीप, कैले आइस? सोध्न त सोधे तर मेरो जवाफ् चाइया थेन क्यारे उनलाई – उन्का र प्रतिक्षाका आँखा जुधे –
रश्मिले मलाइ हेरि – खुसिमा चुर्लुम्मै थिई उ – उधारो खुसि मैले पनि खर्च गरेँ —
चिनियो भाउजु।
(स्रोत : Sajha.com)