बा,
एक दिन होइन
दुई दिन होइन
तीन दिन होइन
सधैंभरि
घरी– घरी
निहु“ खोज्नुहुन्छ
खाने बेलामा पनि सधैं
अरूलाई होस् कि नहोस्
आफूलाई घिउ खोज्नुहुन्छ †
अरूले खाए पनि के नखाए पनि के
बालाई मीठो–मीठो ख्वाउनै पर्छ
अरूले लाए पनि के नलाए पनि के
बाले राम्रो–राम्रो लाउनै पर्छ
अरूलाई ठूलो रोग लागे पनि के नलागे पनि के
बालाई अलिकति हाच्छिउ“ मात्र आयो कि
नर्सिङ होम कुदाउनै पर्छ
कोही मरिरहेछौं खान नपाइ
मतलब छैन बालाई
कोही आपसमा लड्न–भिड्न उद्यत छौं
मारिरहेछौं एकअर्कालाई
त्यो पनि मतलब छैन बालाई
बालाई त आफ्नो सुकिलो वस्त्रमा
अत्तर छर्किन पाए पुग्यो
बालाई त–
आफूले वरको सिन्को पर नसारे पनि
अरूले केही नगरेको भन्दै
झर्किन पाए पुग्यो †
हामी बालाई आफ्नो स्वार्थ
त्याग्न भन्दैछौं
हाम्रो घरझगडाको आगो,
कहिले निभ्ने हो ?
साह्रै खिन्नताका साथ
दिन गन्दैछौं †
ए बा †
भन्दै हुनुहुन्थ्यो गंगास्नान गर्न जाने
ठीकै छ जानुस्
तर गंगास्नान गर्दा
आफू भित्रका सबै फोहोरमैला पनि
पखालेर आउनुहोला
ए बा †
फर्किदा गंगाजल ल्याउनुपर्दैन हामीलाई
हाम्रो घरमा खसेको
विपत्तिको हल ल्याउनुहोला †
(हिमाल, खबरपत्रिका– १६ असोज– १५ कार्तिक– २०६२ दशैं अङ्क, रचनाकाल ः ०६१÷९÷१३)