कालीबाबू गाउँमा आउनुभयो ।
— कालीबाबू आउनुभयो !
…— कालीबाबू आउनुभयो !
सर्वत्र यही डङ्का…! सानो गाउँ, ससाना झुपडीहरू … थुप्रै ।
झुपडीहरूबाट मान्छेका टाउका उठे । आँखा तानिए । सबै कुदे झोपडपट्टिबाट ससानो महलमा । कालीबाबू ससानो महलमा विराजमान भइसक्नुभएको थियो । ।
— पाइलागूँ हजुर !
— प्रणाम !
— गोड लागैछिए सरकार !
कालीबाबू मन्दमन्द मुस्काउनुभयो ।
“केको सरकार नि । म मन्त्री बन्न सकेको भए पो सरकार… !” कालीबाबू ‘सरकार’ शब्दको अनुरागप्रति बेखबर चुपचाप रहिरहन सक्नुभएन, सो ओकलिदिनुभयो ।
कालीबाबू क्षणभरमै कल्पनामा समेत डुब्न चुक्नुभएन । उहाँ निकै अग्लो भएर भाषण दिइरहनुभएको छ । भाषण सुन्नेहरूले सर्वत्र ढाकेका छन् । तर सबै होचा छन् । पुड्का छन् । उहाँजत्तिको अग्ला कोही छैनन् ।
ससानो महलमा पनि ससानो सभाहल हुने क्षमताको हल–कोठा बनाउन कालीबाबूले बिर्सिएका थिएनन् ।
आच्चे, कालीबाबूले त होइन पो यो ससानो महल बनाएको— यो महल त उनका बाबुको पनि बाबुले पो बनाए हुन् । हो, जीर्णोद्धार भने कालीबाबूले गरेकै हुन् । जे होस्, जिम्दारी–प्रथामा बात मार्दा यो ससानो महलमा बनाइएको सभाहल ! सो प्रथालाई जीवन्तता दिइरहन सक्ने सामथ्र्यको वंशानुगत जीर्णोद्धार भने हुँदै बिँडो थाम्न सफल–सबल बनेकै छन् कालीबाबू !
— नेताजीकी— जय !
— कालीबाबूकी— जय !!
एउटा गाउँले ‘चम्चे’ ले कति बेला–कति बेला सभाहलमा प्रकट भएर नारा घन्काएपछि पो झल्याँस्स भए कालीबाबू !
“एइ ! तँ कति बेला आइस् ?” सहज र मिठासयुक्त बोलीले आफ्नो झोले कार्यकर्तालाई स्वागत गर्न बिर्सिएनन् कालीबाबूले ।
“हजुर ! यो पूरै गाउँमा अब अर्को पार्टीको एउटा मान्छी पनि छैन ।”
“ठीक !” कालीबाबू मुस्कुराए… ।
“हजुर ! पोहरके साल हाम्रो पार्टीले यस गाउँमा सेन्टपरसेन्ट भोट नल्याएमा पनि अब हुने चुनावमा सम्पूर्ण हाम्रो भोट मात्र खस्छ, ग्यारेन्टी !”
“गुड ।” कालीबाबू झन् मुस्कुराए ।
“हजुर ! मैले तेसको काम तमाम गरिदिएँ …!”
कालीबाबू झस्किए— “के भन्छ यो मोरा ?”
“होइन, होइन त्यस्तो केही कुरा होइन । मैले त उसको खुट्टा मात्रै भाँचेँ ।”
“कसको भन्छ यो मोरा ?!” कालीबाबूले अन्ठाएभैmँ गरी सोधे ।
“हे हजुर पनि कस्तो नबुझ्ने । त्यही धरमलाल छ नि… हजुरसित टक्कर लिने । अब सक्छ त्यसले टक्कर लिन ?!”
“बिस्तारो बोल् न मोरा ! यिनीहरूको अगाडि !”
“हे हजुर ! यिनीहरू त आफ्नो मान्छी हो । फेरि यिनीहरू त सोझा छ, के बुझ्छ हाम्रो कुरा !”
“लौ भैगो ! अब धेरै बकबक नगर् । यी गाउँका मान्छेहरूसित मलाई कुरा गर्न दे ।”
त्यसपछि झोले कार्यकर्ता पलेँटी मारेर तल हलको केही नओछ्याइएको चिसो सिमेन्टेड भुइँ (त्यो पनि जीर्ण भएर कहीँकहीँ उक्किएको) मा थचक्क बस्यो ।
कालीबाबू वरिपरि हलमा जम्मा भएका मानौँ कालीभक्तजनहरूपट्टि उन्मुख भए— “कि छे तोरा अर्के हालखबर ?”
“ठीके छे सरकार !” त्यसरी हालखबर ठीक भएको बताउँदा उनीहरूको हृदय भने रोएको बुझ्ने मान्छे त्यहाँ कोही भएको भए पढ्न सक्थ्यो ।
“अनि धान कट्नी–सट्नी सब ठीक छ न ?”
एक पटक सबैले झोले कार्यकर्तातिर फर्केर हेरे । अनि फेरि मरन्च्याँसे स्वरमा बोले— “ठीकै छ सरकार !”
“लौ त्यसो भए सबै ठीक छ । ठीक नभए मलाई भन्नू नि । म तिमीहरूको मालिक मात्र होइन नेता पनि हुँ । मलाई तिमीहरूले नै नेता बनाएका हौ । तिमीहरूको आँखामा आँसु…?” यति भन्दाभन्दै नेताको मानौँ गला अवरुद्ध भयो । तर पनि कुशल अभिनेताभैmँ भाषण गर्दै गए । फेरि दोहो¥याए— “तिमीहरूको आँखामा आँसु म पटक्कै देख्न सक्दिनँ । तिमीहरूको फाटेको आङ म झनै देख्न सक्दिनँ ।” नेताले एकछिन रोकिएर चारैतर्पm नजर दौडाए— कतै आङ फाटेकाहरू त छैनन् ?
भीडमा थुप्रै त्यस्ता जीर्ण पहिरनमा ‘जन’ हरू थिए जो नेताजीको भरिपूर्ण नेत्रबाट जोगिन सलबल–चलबल गर्दा भए ।
काली नेताका ती धेरै जनतामध्ये कतिले त मुखले ठूलो सास पेटभित्र तान्दै हुँडलेर ‘आफ्नो पेट खाली नभएको, भरिएको’ जनाउ दिने प्रयत्न पनि गरे ।
कालीबाबूले पनि अन्ठाएरै पेट ‘भर्ती’ भएको, आङ ढाकिएको मानिदिँदै भाषण जारी राखे— “एक दिन न एक दिन हाम्रो पार्टीको सरकार बन्छ अनि म तिमीहरू सबैलाई झोपडपट्टीबाट निकालेर मेरो जस्तै ससानो एकुन्टा महलमा सबैलाई हुल्नेछु ।”
“तालियाँ !” झोले नेताले ऐनमौकामा जोडले ताली पिट्यो । भीडमा सबैले ताली पिटे— टररर… ।
“ल म विश्राम गर्छु, अब जानू तिमीहरू ।” सबै गररर कुदे ।
कालीबाबू आउँदा पनि कुदे । भाषण सुन्दा पनि थपडी मारे । जे भन्छन् त्यसमा सहमति ठोके ।
मानौँ ती कालीबाबूका जनता मात्र होइनन् । मानौँ ती कालीबाबूका हरुवा–चरुवा मात्र होइनन् । मानौँ कालीबाबूका ती स्वामीभक्त दास मात्रै होइनन् । मानौँ ती कालीबाबूका भोटर मात्रै होइनन् । ती सबै कालीबाबूका यन्त्रमानव हुन् ।
सबै जनता कुदिसकेपछि सभाहल खाली भयो । झोले कार्यकर्ता ज¥याकुजुरुक उठ्यो ।
ससानो महलमा पनि सिजनल चाकरहरूको कमी थिएन । कमी भए पनि झोले नेताको के काम ?
आज धेरै दिनबाद कालीबाबूको मुखबाट पनि ¥याल चुहुन थाल्यो । सहरमा घरमा पर्दा हुन्छ । स्वास्नी हुन्छे । छोराछोरी हुन्छन् । पिउन पनि थोडाबहुत बन्देज हुन्छ । रङ्गरलियाँ गर्ने कुरा त टाढाको । यहाँ गाउँमा त आपैmँ राजा ! कसले छेक्ने ?
“एइ झोले ! छैन केही व्यवस्था ?”
“भइहाल्छ नि सरकार !”
झोले नेतालाई सिग्नलको मात्र दर्कार थियो । उसले तुरुन्त सिटी बजायो । झोलेका पनि सहायक झोले, उपझोले कार्यकर्ताहरू हाजिर भए । सब थोक आउन थाल्यो ।
कालीबाबू मन फुकाएर, दिल खोलेर पिउन थाल्नुभयो ।
झोले कार्यकर्ताले पनि मन फुकाएर दिल खोलेर साथ दियो । उसलाई त झन् कालीबाबू आउनु दसैँ आउनुजत्तिकै भएको थियो ।
रङ्ग चढ्दै गयो । दुवै बहकिँदै गए ।
“हजुर ! एउटा कुरा भनूँ ?” झोले गम्भीर हुँदै बोल्यो ।
“भन्भन् ! किन धक मान्छस् ? खुरुक्क भन् ।”
झोले मानौँ डराइरहेछ— यस्तै लाग्थ्यो । उसले भन्न चाहेको कुरा भन्न खोज्दा पनि ऊभित्र मानौँ डरको सञ्चार भइरहेछ । तर पनि रक्सीको नशामा उसले ‘डर’ लाई केहीबेरका निम्ति पर धकेल्यो— “हजुर ! त्यो लङ्गडा आजकाल गाउँमा छैन ।”
“काँ छ त काँ, सहरमा ?”
“होइन हजुर ! सहरमा पनि छैन ।” झोले झनै गम्भीर भयो ।
“त्यसो भए कहाँ छ ?” कालीबाबू पनि डराई–डराई बोले ।
“जङ्गलमा ।” यति भन्नासाथ झोले कालीबाबूलाई अँगालो हाल्न पुग्यो ।
“ए मोरा ! के गर्छस् हँ…?” उसलाई आपूmबाट अलग्याउन खोज्दै कालीबाबू स्वयम् काम्दै बोल्दै गए— “जङ्गलमा छ भनेको मतलब ?”
“माओवादी !” झोलेको मुखबाट यति शब्द के तल झ¥यो, कालीबाबूलाई त ब्रह्माण्ड घुमेझैँ लाग्यो । मानौँ तीन त्रिलोक चौध भुवन देख्दै छन् उनी… !
उनको नशा त झन् कहाँ हरायो–हरायो । आपूmले गरेको जालझेल, अन्याय, अत्याचार सबै एकएक गर्दै फलामका भकुन्डा बन्दै उनको टाउकामा बज्रिन आइपुगेझैँ लाग्यो उनलाई । अघि सभाहलमा सबैका आङ ढाकिएको देखेका थिए, अहिले निर्वस्त्र देखे । सबैको पेट भरिएको देखेका थिए, अहिले खुम्चिएको देखे ।
“झोले !” नेताजीले झोलेलाई अँठ्याउँदै चिच्च्याए ।
“भन्नोस् हजुर !”
“म सहर जान्छु ।”
“अनि परोग्राम ?”
“छाड्दे ।”
“अनि यो राति, बाटोमा फेरि… ! लङ्गडाले म एक दिन जरुर आउनेछु भनेछ अरे !”
“त्यसो भए म के गरौँ ? मलाई बचा झोले ! मलाई लुका ।”
“हजुर चिन्ता नलिनू, म हजुरलाई बचाउँछु । म हजुरलाई लुकाउँछु ।” यद्यपि झोले आपैmँ लगलग कामिरहेको थियो ।
“जङ्गल पसेको लङ्गडादेखि यति डराउँछन्, यस गाउँका यी मरेका मानिसहरू सबै उठे भने कालीबाबू र यो झोलेको के हुन्छ…?” उनीहरूको मनोदसा विचार गरिरहेकी कालीबाबूको रसरङ्ग कार्यक्रमका लागि उपस्थित गराइएकी एउटी विवश नारीको ओठ फुसफुसायो ।
राति चकमन्नता छाइरह्यो । कुकुर पनि भुकेन ।
बिहान फेरि कालीभक्तजनहरू दौडिए ।
फेरि नारा लगाए— कालीबाबू, जिन्दाबाद !
सानो महलको सानो सभाहलमा भेला भए र फेरि नारा घन्काए, नेताजीकी— जय !
तर अहँ ! नेताजी आउनुभएन । नेताजी उठ्नुभएन । झोले नेता खोइ ? झोले नेता पनि छैन ।
नेताजी— राति नै टाप !!
सहायक झोले कार्यकर्ता, उपझोले कार्यकर्ताहरूले केके कुरा सुनाए ! गाउँमा सर्वत्र डङ्का फिँजियो—
— कालीबाबूको महलमा भूतले बास गरेछ रे ।
— कालीबाबूलाई रातमा भूतले तर्साएछ रे ।
— कालीबाबूलाई राति भूतले लखेटेछ रे ।
— अबदेखि कालीबाबू नेता पनि नबन्ने रे ।
— अबदेखि कालीबाबू मन्त्रीको सपना पनि नदेख्ने अरे… ।