छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो
तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो
आकाशको परी हौ कि घरकी हाम्री छोरी
दङ्ग पा¥यौ – पीरै टा¥यौ मनै हाम्रो चोरी
उज्यालोमा तिम्रो माया हामीलाई गुन भो
रातैमा नि तिम्रो मुहार हेरिरहने जून भो
पुतलीको रूप–रङ्ग प्यारी छोरी नानी
हँसाइराख्ने बाबा–आमा तिमी कति ज्ञानी
यस्ती छोरीलाई नि कोही किन भन्छन् धेर भो
छोरी विना घरै रित्तो जिन्दगानी खेर गो
छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो
तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो