लघुकथा : कहिले आउला ?

~लीला रिजाल~Lila-Rijal

‘ दिपु अब तिमि ठुलो भइसक्यौ  अब काम गर्न पनि सिक्नु पर्छ |कमाएनौं भने खान कहाँ बाट आउछ ‘ दिनहुँ जसो बाबुको मुखबाट यो वाक्य सुनिरहन्थ्यो तर यो कुरा उसले बुझ्नै   सकिरहेको थिएन | उ सोच्ने गर्थ्यो   म कसरि ठुलो भैसकें ? जबकी म भर्खर १० /११ बर्षको मात्र त् हुदै छु |

उसको झुपडीको छेउमा एउटा क्लब थियो ,जसभित्र दिनहुँजसो साँझ परेपछि केहि महिला पुरुषहरुको झुण्ड झुण्ड भएर भित्र पस्दै निस्कदै गरेको देख्थ्यो | जिज्ञासाबस उसले बाबुलाई सोध्यो —“यी मानिसहरु साँझपरेपछि किन आउछन अनि  के गरेर जान्छन ?”

‘यी ठुला मान्छेहरु हुन् यहाँ भित्र खेल खेल्नका लागि आउछन ,यहाँ धेरै किसिमको खेल खेलेर जान्छन |”सायद बाबु जानकार थियो जस्तै– चेस, टेबुलटेनिस ,पुल, तास ,कसरत गर्न पनि आउने गर्छन |–बाबुले आफुले जानेको कुरा बतायो |

दिपकको कुरा सुनेर बाबु हैरान थियो उसको मौनता देखेर यो सब सुनिरहेकी उसकी आमाले लामो सास फेरेर भनिन –हेर बाबु दिपु उनीहरु ठुला मान्छेहरु हुन् यसकारण उनीहरुको खेल्ने उमेर हो | हामी जस्ता गरिबको त् खेल्ने उमेर नै आउदैन जन्मेर होस् ठेगानामा आउदा देखि नै काममा जुट्न थाल्नु पर्छ यदि काम गरेनौं भने भोकै मर्छौं |

यी ठुला मान्छेहरुको त् काम हुन्न यो उमेरमा  पनि नखेले त् रोग लागेर बिमार परिहiल्छन |

दिपकले यी सब कुरा ध्यान दिएर सुनिरहयो तर  दिमागमा केहि पनि घुस्नै सकेन अलमलमा परिरह्यो  | उ सोच्दै थियो– “मेरो खेल्ने उमेर कहिले  आउला ? “

समाप्त

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.