‘‘बुभ्mनुभयो जो अमेरिका जान्छन् नि, आफ्नो देशलाई बिर्सिएर सबै अराष्ट्रिय हुन् बुभ्mनुभयो…..!’’
‘‘तर मलाई त त्यस्तो लाग्दैन….!’’
‘‘लौ किन नलाग्नु नि ! पढ्नुभा’छैन– जिउँदै म¥यो त्यो जसले बिर्सियो देशको माटो…।’’
‘‘हो, बिचरा विदेशिनेहरू जिउँदै मरेझैँ छन्, पैसै कमाए पनि….!’’
‘‘बिचरा होइन, माटो बिर्सिने निचोरा….।’’
‘‘भाँडा माभ्mदा हुन्, भारी बोक्दा हुन् बिचरा ।’’
‘‘बिचरा होइन निचोर तिनलाई ।’’
‘‘अनि देशमा बसेर देशलाई लुट्नेहरू चाहिँ के नि तपाईंका नजरमा ?’’ मात लागेको आँखाले उसले मेरो मुखमा हे¥यो ।
मैले फेरि भनेँ– ‘‘ठूला–ठूला पदमा बस्ने, करोडौं, अरबौं भ्रष्टाचार गर्ने के हुन् नि तपाईंका नजरमा….?’’
जवाफमा उसको ओठ लर्बरियो । बोली प्रष्ट बुझिएन ।
‘‘अराष्ट्रिय त ती हुन्, जो देशमाथि चढेर देशलाई कोपर्दछन् । इमान नबेचेर पसिना चुहाउने, पसिनाको कमाइमा रमाउने नेपाली, संसारको जुनै कुनामा बसे पनि केको अराष्ट्रिय….?’’
भन्सारमा काम गर्ने छोराले घिचाएको कुकुरको मुतमा मातेर उफ्रिने बूढा मेरो भनाइले आहत भएर भागे । वादविवादमा मसित टिक्न सकेनन्, हारे ।
अनायाशै म छोरालाई सम्झन पुगेँ जो भर्खरै अमेरिका गएको छ । ‘‘दुःख गर्दैछु बुबा ! साँझ बिहान काम गरेर पढ्ने खर्च निकाल्दैछु । मेरो चिन्ता नलिनु बुबा ! सकेँ भने अलि पछि–पछि पैसा पनि पठाउँला….!’’ फोनमा उसले बोलेको सम्झिन्छु । मन भारी हुन्छ ।
बालख छोरा ! कति दुःख होला, कति सम्झँदो होला हामीलाई…! परदेशमा एक्लै कति कल्पिँदो होला… मलाई नरमाइलो लाग्छ । मेरो छोराको अगाडि भन्सारमा काम गर्ने बूढाको त्यो भ्रष्ट छोरा मलाई देशद्रोही लाग्छ, राक्षस लाग्छ…..!
(“महँगी, भोक र सार्वभौमसत्ता” शीर्षक लघुकथासङ्ग्रहबाट)