नियात्रा : ग्रेटवालको ग्रेट अनुभूति

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई एक वर्षतुल्यायो । गतसाल अगष्टको अन्तिम सप्ताह, होटेल हे जिङ्ग फु बेइजिङबाट बिहान ७ः३० बजे ब्रेकफास्ट लिएपछि दिउँसोको खानाको प्याकिङ, पानीका बोतलहरू, बियरका क्यानहरू र क्यामरा बोकेर म हाम्रो लागि पर्खिरहेको बसमा पुगेँ । मलाई लाग्यो, आज म ठूलो समरमा हिँडिरहेको छु, विश्वका थुप्रै आर्श्चर्यहरूमध्येको गे्रटवाललाई चुम्दैछु । ‘करिब ३ घण्टाको तूफानी बसयात्रापछि हामी ग्रेटवालको आधार शिविरमा पुग्नेछौँ, त्यसपछि ३/४ घण्टाको उकालो चढ्नुपर्नेछ ।’ कार्यक्रम संयोजक रेन चाओ याङ्गको अभिव्यक्तिले मैले रेसुङ्गाको उकालो, र्स्वर्गद्वारीको उकालो, मनकामनाको उकालो, नागार्जुनको उकालोलगायत दर्जनौँ यात्राहरूको सम्झना गरेँ र बाल्यकालमा पढेको डा. तारानाथ शर्माको घनघस्याको उकालोलाई सम्झिएँ । ‘रविन ! मलाई उकालो चढ्न साह्रै गाह्रो लाग्छ, कृपया साथ नछोड्नु है !
थाइल्याण्डकी अन्तरंग मित्र सेनीले हिमालपुत्र हुनुको जिम्मेवारीबोध गर्राई । यात्रामा हामी विभिन्न देश, विभिन्न संस्कृति र विभिन्न अनुभवको रापले पाकेका साथीहरू थियौँ । मेरो ठट्टाका हास्यपात्रहरू, जे बोले पनि ठट्टा सम्झिने श्रीलङ्काका कालीसुन्दरीहरू भन्दै थिए- ‘रविन ! उकालो चढुञ्जेल जोक गरिरहनु है ।’ संस्कृति एवं रहनसहनको सामीप्यले होला, मेरो जोकले श्रीलङ्काका साथीहरूलाई निकै मनोरञ्जन दिइरहेको थियो, बेइजिङ बसाइको अवधिमा । बेलारुसका प्राध्यापक सिभाकोभले रसियन गीत गाएर यात्रालाई तताउँदै थिए । फिलिपिन्सकी जेमा, युक्रेनकी ओल्गा र नतलिया, मङ्गोलियाकी जेना र वटेसी, इजिप्टका होडा र फामेद -जसलाई हामी जुँगेदाइ भन्थ्यौं), सुडानका सादी, भेनेजुएलाका अलेन्द्रो -जसलाई हामी बूढोबच्चो भन्थ्यौँ), क्यामरुनका सैनिक पोसाकमा सजिएका गामिनी र नागसेनी, प|mान्सेली मेलेश पालैपालो गीत गाए । बेइजिङकी ली र सिडीको अनुरोधमा मैले पनि एउटा नेपाली गीत गाएँ-बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्सधैं सधैं यी हातले नेपाल लेख्न पाइयोस्…।

प्रचण्ड गर्मीमा पनि वातानुकूलित साधनले हाम्रो यात्रालाई सहज तुल्याएको थियो । सफा एवं चौडा सडक, सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैंचाहरू, कलात्मक गगनचुम्बी भवनहरू, हर्ेर्दै आनन्द आउने आकाशे नागबेली पुलहरू पार गर्दै हामी ६ वटा चक्रपथका पत्रहरू पार गरी ग्रेटवालको आधारशिविर पुग्यौँ ।’नि हाओ ! -नमस्ते) ग्रेटवाल क्याप, ग्रेटवाल भेस्ट, ग्रेटवाल हाते पङ्खा, ग्रेटवाल मर्ूर्ति, ग्रेटवाल लकेट….।’ चाइनिज व्यापारीहरूले हामीलाई घेरे । सामानहरू चित्ताकर्ष थिए, किनौँ-किनौँ लागिरहेको थियो तर नाकै ठोक्किने उकालोमा शरीर त बढी भइरहेको थियो, कसरी सामान लैजाने – नजिकैको क्याफेमा गई एक कप ‘स्नेक सुप’ खाएर हामी उकालो लाग्न थाल्यौँ । वरिपरि हरियालीको बीचमा सिँढीयुक्त उकालो जति चढ्यो अर्को उकालो चुनौती बनेर उभिन्थ्यो । फिलिपिन्सकी भीमकाय शरीरकी लिन्डा उकालो चढ्न नसकेर आधारशिविर फर्किइन् । पछि थाहाभयो- उनी केवलकार चढेर हामीभन्दा छिटो ग्रेटवाल पुगिसकिछिन् । उकालोमा हाम्रो शरीरका रोमकुपहरूबाट पसिना भेल बनेर बग्यो । पाइलाहरू गतिहीन भइरहेका थिए, स्याँ ˜ स्याँ ˜˜ र फ्वाँ ˜ फ्वाँ ˜˜ गर्दै खुट्टा चालिरहृयौँ । यात्रामा जहाँ पायो त्यहीँ सुत्ने मेरो बानी त्यहाँ पनि लागू भयो । एक घण्टाको उकालो चढेपछि छेउको समथर हरियो गलैंचाजस्तो ठाउँमा म सुतेँ । सेनी, जिङमिङ, थाङ्ग चाओलगायतका साथीहरू पनि त्यही चौरमा बसेर मेरो जागरणको प्रतीक्षा गरिरहे । पाँच मिनेटमै प|mेस भएर म उठेँ र सुरुभयो- पुनः यात्रा । सेनी थाकेकीले उसले मेरो पछाडिको बेल्ट समाएर हिँड्न थाली, जिङमिङले सेनीको बेल्ट समाई । यसरी लामो स्त्रीलिङ्गी पुच्छर जोडेर म पुलिङ्गी उकालो लागिरहेँ ।

‘रविन ! आइस टि पिउने -‘ सेनीको प्रस्तावले मेरो शरीरमा प्राण भरियो । त्यसपछि त यति फर्ूर्ति आयो कि म नजिकैको रुखमा चढेँ र सेनीलाई फोटो खिच्न लगाएँ । साथीहरू पनि के कम थिए र – पालैपालो रुखमा चढेर फोटो खिचे । यसरी हामी साथीहरूलाई भेट्दै, छोड्दै, साथै हिँडाउँदै ग्रेटवालमा पुग्यौँ । करिब ३० फिट चौडा र २५ फिट उचाइ भएको ग्रेटवालको पर्खाल अभेद्य चट्टानले बनेको रहेछ । सिँढीयुक्त ग्रेटवालको करिब ५०० मिटरको प्रत्येक दूरीमा चारैतर्फझयाल भएका ‘वाच टावर’ बनाइएका छन् । ती घरजस्ता ‘वाच टावर’मा बसेर थकाइ मेट्दै पुनः यात्रा गर्दा प्रत्येक क्षण नौलो अनुभव हुन्थ्यो । ग्रेटवालको चुचुरोमा पुगेपछि मैले महसुस गरेँ- चढ्नुको अघिल्तिर शिखर स्वयं ओह्रालिएको हुँदोरहेछ । ग्रेटवाल चुमेको उत्तेजनाले हाम्रो थकान हामीबाट अलग भइसकेको थियो । सबै साथीहरूका झोलाबाट क्यामराहरू बाहिर निस्किए र सुरु भयो- फोटो खिच्ने लहर ।

‘उफ ! रविन तिमी साह्रै खतरा छौँ ।’ जेमाले कानैखाने गरी चिच्याई । म ग्रेटवालको पर्खाल चढेर टुप्पोमा बसेर फोटो खिचाउँदै थिएँ । त्यो चढ्नुको उन्माद थियो, सन्तुलन ब्रि्रेमा कहालीलाग्दो भीरले पनि काँध थाप्नेवाला थिएन, न त राम राम नै भन्थ्यो । त्यसैबेला हाम्रो सहयोगी ली आइपुगी र कनिकुथी चिनिया लवजको अङ्ग्रेजी भाषामा ‘हाउ टु से’ दोहोर्याउँदै ग्रेटवालको इतिहास बताउन थाली र्।र् इशापर्ूव तेस्रो शताब्दीमा चीनको उत्तरी सिमाना सुरक्षित गर्न ग्रेटवालको निर्माण सुरु भयो । सि हुवाङ छी -२२१-२१र्०र् इ.पु.) चीनको प्रथम राजाले यो निर्माण कार्य सुरु गरेका थिए । पछि सोह्रौँ शताब्दीमा मिङ्ग डाइनेस्टीले चाङ्गचेङ्ग -लामो पर्खाल) बनाइ मङ्गोलियालगायतका देशहरूको चुनौतीबाट बच्न २४०० कि.मी. लामो पर्खाल बनाए । मिङ्गको देहान्तपछि सिङ्ग डाइनेस्टीले पनि यो अभियानलाई अघि बढाए । उन्नाइसौँ शताब्दीमा यो पर्खाललाई ‘लामो पर्खाल’ भनिन्थ्यो । पछि पश्चिमी पर्यटकहरूले यसको भव्यतादेखि ‘ग्रेटवाल’ भन्न थाले । यसरी बीसौँ शताब्दीदेखि लामो पर्खाललाई ग्रेटवाल भन्न थालियो । यो पर्खाल पर्ूवमा वो हाइको खाडीदेखि पश्चिममा गान्सु प्रोभिएन्ससम्म फैलिएको छ । ग्रेटवालमाथि सैनिकहरू परेड खेल्ने र बीचका ‘वाच टावर’ मा बस्ने गर्दथे । माओ-त्सेतुङ्गले सांस्कृतिक क्रान्ति शुरु गरेपछि परम्परागत संस्कृति एवं संरचनालाई ध्वस्त बनाउने अभियानमा ग्रेटवालको धेरै भाग ध्वस्त भयो, बाँकी भाग रुग्ण अवस्थामा रहृयो । सांस्कृतिक क्रान्तिको राप र ताप सकिएपछि चीनमा राष्ट्रियताको लहर आयो र सन् १९९० देखि ग्रेटवालको पर्ुनर्संरचना सुरुभयो । भनिन्छ- ६ हजार कि.मी. भन्दा लामो र बज्रजस्तो बलियो ग्रेटवाल बनाउन लाखौँ चिनियाहरूका विभिन्न पुस्ताले आजीवन रगत र पसिना बगाएर इतिहासको निर्माण गरेका थिए ।

ग्रेटवालको भव्यतामा त्यहाँबाट तल तथा वरिपरि देखिने मनमोहक पहाडी शृङ्खलाहरूले सुनमा सुगन्ध दिइरहेका छन् । ठूलाठूला पहाडका खोँचमा कलात्मक बस्तुहरू देख्दा कसलाई लोभ नलाग्ला र – ‘नि हाओ ! -नमस्ते) कृपया हामीसँग फोटो खिच्नुहुन्छ -‘ एक हूल चिनियाँ षोडशीहरूले मलाई तानेर लगे । चीनको पाँचतारे रातो झण्डा बोकाएर पालैपालो उनीहरूले मसँग फोटो खिचे । कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही मेरो काखमा बसेर, बेकार मलाई पसिना छुटाए र र्फकन थाल्यौँ । बाटोमा वाल्मिकीको तपस्या भङ्ग गर्ने खालकी युरोपियन वामलोचना ओल्गाले मलाई पर्खेर बसिरहेकी थिई । ‘रविन ! ओह्रालो मलाई गाह्रो लाग्छ, साथ देउ है -‘ ६ फुटकी अग्ली, सिनित्त परेकी, पारदर्शी एवं छोटा कपडा लगाएकी ओल्गाले चिसो हातले मेरो घाँटी बेरी । अजिङ्गरको आहारा दैवले पुर्याउँछ भनेझैँ म पनि ग्रेटवालको ओह्रालो ओल्गाद्वारा बेरिएर र्झन थालेँ, आधार शिविरतर्फ। आधार शिविरमा साथीहरू सामान किन्दै थिए । ‘नि हाओ ! ग्रेटवाल र्सर्टिफिकेट -‘ एउटा अपाङ्गले पित्तलको पत्तामा ग्रेटवाल चढेको र्सर्टिफिकेटमा नाम लेखाउन पिछा गर्यो । ‘तो साओ – -कति पर्छ -) उसले जवाफ दियो- र्सर्टर्ीीुआन -३० युआन) । उसलाई उछिन्दै अर्की थेप्ची आइपुगी । ‘ग्रेटवाल, टिर्-र्सट, फिफ्टी युआन -‘ मैले दस युआन दिने बताए । घटाउँदै १५ युआनमा उसले ग्रेटवाल टिर्-र्सट भिर्डाई । विचरा साथीहरूलाई अर्कै नेप्टीले ३० युआनमा त्यही टिर्-र्सट भिडाएर टाप कसिछे ।’क्यामेल -ऊँट) चढेको दस युआन -‘ फुच्चेले मलाई तानेरै लग्यो । दर्ुइ जुरे ऊँटको पीठमा बसेर एकछिन के घुमेको थिएँ, दस युआन सकिएछ । त्यसपछि थकित शरीरमा चीसो बियरको इन्धन भरेर हामी बस चढ्यौँ ।

‘वाह ! स्याको बगैंचा -‘ साथीहरूले चिच्याउँदै गाडीलाई रोके र हामीहरू स्याउको बगैंँचातिर लाग्यौँ । सयौँ वर्ग कि.मी. क्षेत्रमा फैलिएको उक्त बगैंचा राता स्याउहरूले ज्रि्रो मात्र होइन मनै लोभ्याउने खालको थियो । निगालोको घारोको टुप्पामा स्याउ खस्ने जालिदार झोला बाँधेको एक/एक वटा लौरा हामीहरूले पायौँ । त्यसपछि बगैंचाभित्र पसेर स्याउ झार्दै कपाकप खान थाल्यौँ । केही साथीहरू भने खान बिर्सिएर फोटो खिच्नमै मस्त भए । र्फकने बेलामा साथीहरू स्याउ टोक्दै, हातमा, झोलामा स्याउहरू लिएर गेटमा आए । ती साथीहरूको होसहवास तब उड्यो जब एउटा स्याउको ५ युआन -रु.४५।-) तिर्नुपर्दोरहेछ । मैले त ४/५ वटा स्याउ चाखेर रित्तै फर्केको थिएँ, टण्टै साफ ! स्याउको बगैंचा घुमेपछि बसमा बसेर केही साथीहरूले गीत गाएर रमाइलो गरे । म भने स्याउजस्ता राता गाला भएकी मङ्गोलियन सुन्दरीको उन्नत वक्षस्थलको खोल्सोमा टाउको राखेर मस्तले सुतेँ ।

– गुल्मी, हाल ः पो.ब.नं.१३१४२, काठमाडौँ ।
साभारः मधुपर्क

(स्रोत : Nepalisahitya.webs.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.