कथा : मुद्दा

~कृष्ण कुसुम~Krishna Kusum

आकाश डम्म थियो । माघेसंघ्राँतीको एकदिन अघि हुँदो हो सायद । खास जाडोको त्यति अनुभव त भएकै छैन यसपटकको हिउँदमा । तैपनि बिहान बेलुका अति चिसो तर दिउँसो भने चैत झैं भैसकेको थियो काठमाण्डौको मौषम । बढ्दो जलवायु परिवर्तनको असर हो भन्थे विज्ञहरु यसलाई । हुनपनि सरकारी जम्बो टोलीले कालापत्थर देखि कोपनहेगन सम्मको यात्रा यसअघि नै तय गरिसकेको थियो ।जलवायु परिवर्तनको असरले नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यान खिच्न भनेर ।

बिहान पत्रिका हेर्दै थिएँ । हाँसो उठ्ने प्रकारका खबरहरु आइरहन्थे पत्रिकामा आजकल नियमित जसो । यस अर्थमा पत्रिका पढ्नुको मजा बेग्लै हुन्थ्यो, खबर कम हाँस्य बढी पाइने हुँदा । पत्रिकाको सबै प्रमुख खबर नेताहरूको भाषण नै हुन्थ्यो र नेताहरूको भाषण चटकेको बोलीजस्तो ।
देशमा नयाँ संविधान बन्ने र देशले नयाँ काँचुली फेर्र्र्ने कुराको मात्र चर्चा हुन्थ्यो जताततै । सबैजना आ–आफ्ना माग र अधिकारका लागि उठ्दै गरेको बेला । स्वास्थ्य, शिक्षा , रोजगारी जस्तै व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको अधिकार जस्ता शब्दहरुले व्यापकता पाइरहेका थिए । भलै ती शब्दहरुको अर्थ सबैले थाहा पाउन् वा नपाउन् । हरेक मानिसले आफु अनुकुल व्याख्या गर्ने छुट भने नपाएका हैनन् ।

“नमस्कार ”
एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडी दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई उ ।
बाहिरको मौषम जस्तै अँध्यारो चिर्न सोधें “बस किन आयौ एकाबिहानै ?”
भनि “एउटा लडाँइ लड्नुप¥यो ।”
“कस्तो लडाइँ ?”
“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”
उ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकि हो थाहा थिएन मलाई ।
अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।
“त म के गरुँ ?”
“सहयोग ।”
आजभोलि माओवादीहरु पनि यसैगरि सहयोग माग्न आइरहेका हुन्छन् राष्टियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पुरापुर मिलेको ठानें ।
अब अलि सतर्क भएँ र जिज्ञासा राखें— “के सहयोग खोज्दैछौ मसंग ?”
“एउटा मुद्दा लडिदिनु पर्यो मेरो पक्षमा” उ एकै सासमा बोली “मेरै लोग्नेको बिरुद्धमा ।”
अन्यौलमा परें म मैले सोचे भन्दा बिल्कुलै फरक उसको अपेक्षाको कुरा सुन्दा ।
एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले । तर खुसी हुन सकिन म । घोर अचम्ममा परें बरु । अचम्ममा पनि किन नपर्नू र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यहिपनि विदेशमा रहेको मान्छेसँग ।
भनें —“मुद्धा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छौ ?”
“हैन आईसक्यो” उसले बताई “एक महिना भो फर्केको ।”
“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरुको सम्बन्ध सुधार्ने मनसायमा बोलें । पछि भेट्ने सर्तमा उ फर्किई ।
हुनत मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडि मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनुँ वा संवेदनशिलताले जित्यो फेरि एकपटक । एक दुई पटक मैले यसैगरि मुद्धा लड्न आएकालाई मिलाएर पठाईसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरू समय समयमा जिस्काउँथे –“तपाईं म्यारीज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनुस् यो वकालत गर्ने पेशा ।”

दुई दिन पछि आयो उसको श्रीमान् मेरो घरमा । कुनै टि.भी. च्यानलमा आईरहेको संविधान सभा सम्बन्धि बहस हेर्दै थिएँ । उ विस्तारै बिरालोको गतिमा भित्र छि¥यो र टुसुक्क छेउमा बस्यो । आधा घण्टाको बहस नसकुन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिन । बिचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौं त्यो आधा घण्टा हैन आधी महिनाको समय हो ।  एकपटक पुलुक्क उसको अनुहार हेरें पहिरोले खाएको वस्ती जस्तै उजाड थियो उसको मुहार । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आईरहेको बहस सकिएपछि यसरी लामो सास फे¥यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् उ । टि.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरें । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।
सोधें कैले “आयौ विदेशबाट ?”
“एक महिना भो ।”
“बिहे गरेको तिन बर्ष भो । दुई बर्ष त विदेशमै बितायौ , अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढंगले प्रस्तुत भएँ म ।
“हैन म डिभोर्स चाहन्न ।”
“तिम्री श्रीमती चाहन्छिन डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ?”
कागति निचोरेको जस्तै भयो उसको अनुहार । र मलिन स्वरमा भन्यो— “मेरो केहि गल्ती छैन । डिभोर्स गर्न चाहन्न र एक्लो बाँच्न पनि सक्दिन म ।”
म वास्तविकता जान्न उत्सुक भएँ । किन पुगिन उसकि श्रीमती डिभोर्स गर्ने निर्णयमा ? जो उ चाहँदैन ।
“के कारणले विग्रह आयो तिमीहरुमा ?”
“बढि माया गर्दा र बढि बुझक्कड बन्दाको परिणाम हो यो । यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दाे रहेछ  ।” फेरि मुख फा¥ेयो –“मेरो माया अलि बढि नै भएछ सायद ।”
“बढि मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”
“हावादारी हैन, कुरा त्यस्तै छ ।”
“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”
“हो हजुर मैले प्रेम पूर्वक श्रीमती दिएको उपहारले नै मलाई यो गतिमा पु¥यायो ।”
“अचम्म । के दियौ र त्यस्तो उपहार जो तिमी भन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ?”
“सेक्सटोयज ।”  उत्तरमा बोल्यो उ ।
“ह्वाट ?”
“एस सेक्सटोयज । म अघिल्लो पटक नेपाल आउँदा ल्याईदिएको थें मेरी श्रीमतीको लागि । म नहुँदा मेरो अनुपस्थितीले नपीरलोस् भनेर ।” अब धारावाहिक रुपमा प्रस्तुत भयो उ — “ ३,४ बर्ष अघि देखिको प्रेमलाई विवाहमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन , एउटाबाट २ वटा भईसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसंग । १,२ बर्षपछि त छोरा छोरी पनि होलान् झन् कसरी गर्जाे टार्ने हो ? यस्तै सोचाईले सताई रहन्थ्यो । घरपरिवार बाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पयो हाम्रो । त्यसैले विवाह गरेको १ बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविश्यको खुसीको लागि भनेर ।” उ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो । “एकसाँझ दुइजना यहि र यस्तै विषयमा कुरा गर्दै थियौं । ” उ फेरि अगाडि बढ्यो —“यसरी कमजोर नबन अमन । अभावसंग÷समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केहि समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केहि न केहि उपाए चलिहाल्ला नि । बरु साथीभाइहरुसंग सरसापट गरेरै भएपनि १,२ बर्ष विदेशतिर जाउ केहि कमाइ गरेर फर्केपछि बसौंला नि सुखले । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाईन्छ भने केहि समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्नू ?”उनको यस्तो सल्लाहले पनि उर्जा थप्यो म मा । र त मन मुटु यतै छोडेर शरिर लिएर गएको हुँ त्यो पराई ठाउँमा ।
अनि ? अनायासै फुत्कियो मेरो मुखबाट यो शब्द । ‘ समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहीत यौवन अबस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको १ बर्षमै २ महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितीले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याईदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौेटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘ जुनु तिम्रो लागी मैले विदेशबाट स्पेशल गिफ्ट ल्याईदिएको छु । लौ लिउ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । शुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘ आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु प¥यो । सब ठिक हुन्छ कि कसो ?’ यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’
‘मैले अघि नै भनें नी’ फेरि प्रसंग जोड्यो उसले ।
–‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध विगार्ने कारण ।’
र्
विदा सकिएर गए पछि दैनिक जसो भएको फोनको कुृराकानीमा खुब खुशी पाउथें म उनलाई । झन् बढेको थियो प्रेम, विस्वास र समर्पण एक अर्काप्रति ।’
म तिनछक परें–‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ।’
भनें– ‘तिमीले भनेको प्रेम, विस्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्न चाहना झुट ?’
‘त्यही त हजुर भन्दै छु नी’ उ किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो ‘पोहोर आउदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपाली ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासी आधीँवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरु ………..।’
–‘ के भो र चार पाच दिनमै त्यस्तो ?’
कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै विग्रेपछि कि लुकाउनु ? क्लह शुरु भो आएकै भोलिपल्ट बाटै । दुई÷चार दिन पछि उग्र रुप नै लियो त । आएको रात व्यापार व्यवसाय सन्तान आदि लगायतको विषयमा भविष्यो योजना बनाइयो । एक बर्ष पछि आफ्नो प्रिय मान्छेसंग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो एक अर्काभित्र । भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु प¥यो । उनी म प्रति असन्तुष्ट थिइन । यो कुरा मुखै खोलेर भनिन् ‘ अब त जुन प्लेजर मैले भाईव्रटरबाट पाएको थिएँ । त्यो तिमीबाट पाउन सकिन ।’ अब मलाई पहाडले थिचे जस्तो भयो । संसार सबैतीर अध्यारोले मात्र ढाके जस्तो भयो । मलाई उनको कुराले अनकन्टार ठाउको भीरको टुप्पाबाट खसेजस्तो भयो । भर्खर मार हानेको खसी जस्तो छटपटाईरहेको थिएँ, के गरुँ, कसो गरुँ ? भैरहँदा एकदम अशान्त थियो मन । त्यही बीच मेरो दिमागमा झिलिक्क आइडिया फू¥यो र तत्कालै केन्द्रिय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें ।
‘सेक्सटोयस विगारीदिनु नेपालमा मर्मत गर्ने  ठाउ छैन’ भन्ने परामर्श पाए पछि त्यसै गरें ।
र्
ए………।’र्
त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।’
‘कसरी नी ?’
‘सेक्सटोयस विगारीदिए पछि खुब रिसाईन् उनी मसंग । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्न प¥यो रे । भनिन्–‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’
यसरी नै उठको हो विवाद हामीविच जुन हजुरसम्म आइपुग्यो । छोडपत्रको कागजसम्म तयार भयो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’
‘हुन्छ केही उपाय गरुँला, तर दुई÷चार दिन समय देउ मलाई ।’ मैले आश्वसनको भाषा बोलें । उ मसंग ठूलो आशा राखेर फक्र्यो ।
केहिदिन पछिको एक दिउँसो न्यूरोड खिचापोखरी तिर हिड्दै थिएँ । एक्कासी कुनै नारी स्वरले बोलायो । यताउती फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु । ‘दि कण्डम हाउस’ को मूलगेटतिरबाट हात हल्लाउदै बोलाउँदै रहिछ ।
‘कता गएर ?’
‘यहीँ सम्म’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियोृ र आको ।’
उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । उ त्यहाबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली–‘ के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।’ उ निर्देशन दिए झैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ  र उसलाई पनि संगै लिएर गएँ ।
मेरो घरमा दुबैजना आइपुगे । मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।
‘के चाहन्छौ?’
‘प्रेम, विश्वास र समर्पण सहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।
‘तिमी नी ?’ जुनुतिर संकेत गरे ।
‘स्वतन्त्र जिन्दगी । त्यसको लागी डिभोर्स ।’
‘उ त डिभोर्स चाँहदैन नि । सुनेनौ अमनको कुरा ?’
‘सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरि ।
मैले केहि नबोल्दै फेरि बोल्न थाली ‘म आफ्नो जिन्दगी स्वतन्त्रता पूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हर सुख दुःखमा साथ दिन्छु भनेको पनि हो ।

तर त्यो बाचा कसम त्यतिबेला नै तोडियो जतिबेला उसले मलाई केहि नभनी सेक्सटोयज बिगारी दियो । उसले मेरो बिश्वास त्यहिँ गुमायो । अबिश्वासै अबिश्वासमा एक अर्कालाई सधैँ शंकाको नजरले हेरेर कसरि सकिन्छ सँगै बाँच्न ? कसरि बन्छ सुदृढ सम्बन्ध ? के हामी नारीको चैँ हरेक चाहना पुरुषको चाहना पुरा गर्न अधुरै छोड्नुपर्छ भन्ने छ ? अलिकति पढे बुझेका भनेका हामी जस्ता केहि पात्रहरू त समर्पणको नाउँमा आफ्नै खुशीको हत्यारा बन्न बाध्य छौँ भने अन्य यवद पात्रहरूको हालत के होला ? उ नरोकिईकन बोली नै रही, खुलामञ्चमा कार्यकर्ताको तालीले हौसिँदै भाषण गरिरहेको नेता जस्तै धारावाहिक रुपमा । “मलाई घृणा छ ती पुरुष मानसिकता प्रति, जो आफ्नै इच्छालाई सर्वोपरि ठान्छ र आफ्ना कुरा मात्त लाद्न खोज्छ । आफुँ अनुकुल भए आफुँप्रति समर्पित सोच्छ र अरुको भावना कुल्चेर हिँड्न नपाउँदा सशंकित हुने गर्छ । झन् यो यौनको मामिलामा त हरेक पुरुष नालायक लाग्छन् मलाई । कहिल्यै कुनै पुरुषले सोध्छ यौनको मामिलामा ? यौटा पुरुष दिनभर भट्टीमा पिउँछ र राति हल्लँदै आउँछ । दिनभरको कामको थकाईले लखतरान भएकी श्रीमतीलाई बिना सोधखोज । र टोकिदिन्छ ठ्वास्स गन्हाउने मुखले ओठमा, गालामा र अन्य ठाउँ कुठाउँ । उसकी श्रीमती बाध्य हुनु पर्छ उसको यौन तिर्खा मेट्नलाई । उसको भारी ज्यान चढाइदिन्छ पुरै र मच्चीरहन्छ आफुँ खुशी । त्यसमा पनि मरेको लास झैँ बनिदिनु पर्ने रे नारीले चुपचाम, बस् समर्पणको नाममा । तपाईँले कुनैदिन सोध्नुभएको छ आफ्नी श्रीमतीसंग मानसिक रुपमा तयार छौ कि छैनौ यौन सम्पर्कका लागि भनेर ? के नारीको चैँ यौन चाहना बुझ्न जरुरी छैन पुरुषले ? हाम्रो चैँ यौन अधिकार नहुने ? म कसरि सन्तुष्ट हुन्छु तेसरी सन्तुष्ट हुन पाउने कि नपाउने ? तेसैले वकिल साब म आफ्नो अधिकार सहितको जिन्दगी जिउन चाहन्छु । अरुको दास बनेर बाँच्न मञ्जुर छैन मलाई । ” उ अझै आक्रोस पोख्दै थिई —“आफ्नो जिन्दगी आँफुले चाहे जसरी बिताउन पाउनु पर्छ । म उ सँग अब खुसी रहन सक्दिन । म चाहन्न उ सँगको सम्झौताको जिन्दगी बिताउन । यी हेर्नुस मेरो ब्यागमा, मैले भर्खरै कृतिम यौनांग किनेर ल्याएकी छु । जसले मलाई पूर्ण रुपमा यौन सन्तुष्टी दिन्छ । म सक्दिन रक्सीले मातेर चढाउने शरिरको बोझ थाम्न । र चाहन्न बलात्कार शैलीको यौन सम्बन्ध । मैले धेरै भोगेको छु उ सँग यस्ता सम्बन्ध । उसको कमजोरीको कारण उ तुरुन्त स्खलित भैदिनाले असन्तुष्ट म श्वैतभैरवी बनेर छट्पटिएरै काटेकि छु कैयन रातहरू…..। ” बल्ल सकि उसले अधिकार गुमाएको कुराको तर्क ।

यी दुबै पात्रको कुरा सुनिसकेपछि म घोर अन्यौलमा परेँ । अमन बिरुद्धको उसकी श्रीमतीको स्वतन्त्रताको लडाईँमा साथ दिउँ कि नदिउँ भनेर ।

****

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.