~सुन्दरप्रसाद शाह ‘दुःखी’~
राजा महेन्द्र सिकार खेल्नमा ज्यादै सोखिन थिए। आममानिसको तरकिाभन्दा राजा/महाराजाको सिकार खेल्ने तरिका नितान्त भिन्न हुन्थ्यो। उनीहरूले आममानिसले जस्तो कहाँ बाघ पाइन्छ भनेर जंगल चहार्दै हिँड्ने कुरा हुँदैनथ्यो। सहयोगीहरूको समूहले बाघ घेरामा पारेपछि त्यसका बारेमा राजाकहाँ सूचना पठाउँथे। त्यस्तो खबर आएपछि राजा महेन्द्र जस्तोसुकै अवस्थामा भए पनि जुरुक्क उठेर जान उद्यत हुन्थे, चाहे राती होस् या दिन। उनी सिकार खेल्ने मौका मिल्यो भने कुनै पनि हालतमा गुमाउन चाहँदैनथे।
प्रसंग, विसं २०२५ मा राजा महेन्द्र सिकार खेल्न कैलाली गएका बेलाको हो। रूखमाथि मचान बनाएर बाघको प्रतीक्षामा बसिरहेका बेला उनलाई एक्कासि हृदयाघात भयो। कीर्तिनिधि विष्ट सँगै थिए। राजा महेन्द्रका हल्दर थरका निजी डाक्टर पनि मचानमै बसेका रहेछन्। तुरुन्तै औषधी दिइयो। उनले त्यही अवस्थामा विष्टलाई ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भनेको हामीले सुनेका हौँ। उनको त्यो भनाइ निकै प्रचलित पनि भयो। पछि कीर्तिनिधि विष्टले नै त्यो कुरा सार्वजनिक गरेका थिए।
हृदयाघात भएको केही समयमै त्यहाँबाट ‘तुरुन्त डाक्टरको बन्दोबस्त गरी कैलाली पठाउनू’ भनेर मलाई खबर आयो। त्यो एक किसिमको ठाडो उर्दी थियो। जसरी पनि त्यो काम गर्नुपथ्र्यो। दायाँबायाँ गर्ने कुरै भएन। राष्ट्रप्रमुखको सवाल थियो।
त्यसबेला पञ्चायत मन्त्रालय अन्तर्गत झापा, चितवनको रामपुर, दोलखाको जिरी आदिमा अमेरकिी सहयोग अन्तर्गत कार्यक्रमहरू सञ्चालित थिए। त्यही अन्तर्गत उनीहरूले स-साना एक इन्जिनका स्टोल विमान राखेका थिए। कामविशेषमा जाँदा हाम्रा स्टाफहरूलाई समेत ती उपलब्ध हुन्थे। बैठक, देश दौडाह आदिमा जानुपर्यो भने निःशुल्क रूपमा हामी पनि तिनको उपयोग गथ्र्यौं। मैले पनि धेरैपटक ती विमान प्रयोग गरेको थिएँ। ज्यादै साना र जहाँबाट पनि उडान भर्न सकिने र अवतरण गराउन मिल्ने तिनको विशेषता थियो।
त्यस्तो विमान चलाउनेमध्ये जिम बुरेल ज्यादै कुशल पाइलट मानिन्थे। उनीसँग मेरो राम्रो चिनाजानी र दोस्ती भएको थियो। ज्यादै साहसी र क्षमतावान् पाइलट लाग्थे मलाई ती। मैले झट्ट उनैलाई सम्झेँ।
मनमा लाग्यो, ती पाइलटलाई भनेर डाक्टरहरू पठाउन पाए समयमै राजाको उपचार हुन्थ्यो कि ! मैले यही कुरा दरबारमा खबर गरेँ। त्यही अनुरूप तुरुन्त काम गर्न निर्देशन पनि आयो। मैले तुरुन्त काठमाडौँमा रहेको अमेरकिी अन्तर्राष्ट्रिय विकास नियोग -यूएसएआईडी)का डाइरेक्टरलाई फोन गरेर सम्पूर्ण कुरा बताएँ। उनले नाइनास्ती गरेनन्। तर, उनले के पनि भने भने, ‘अमेरकिीहरू ड्युटी आवरभन्दा फरक समयमा व्यक्तिगत रूपमा स्वतन्त्र हुन्छन्। म जान्न भन्ने स्वतन्त्रता उनीहरूसँग हुन्छ। त्यस्तो बेलामा मैले करबल गर्न मिल्दैन।’ उनको यस कुराले म झसंग भएँ। के गर्ने, कसो गर्ने भन्ने अन्योल कायमै रहेकामा उनले पुनः फोन गरेर भने, “शाहजी ! तपाईंको त पाइलट बुरेलसँग राम्रो चिनाजान छ। एकपटक अनुरोध गरेर हेर्नूस् न !”
त्यसपछि मैले राहतको सास लिएँ। बुरेलको खोजी गर्दै जाँदा उनी सोल्टी होटलको क्यासिनोमा रहेको थाहा भयो। म सरासर सोल्टी होटलमा पुगेँ। उनी त मजाले छुट्टी मनाइरहेका रहेछन्। रम पिएर मजाले जुवा खेलिरहेका।
सुरुमा मेरो कुरा उनले मानेनन्। तर, राजाको चिन्ताजनक अवस्था रहेको र पछि यस कामको उचित कदरस्वरूप तक्मा दिलाइदिने आश्वासन दिएपछि उनी तयार भए। त्यसपछि दुई डाक्टर -मृगेन्द्रराज पाण्डे र सच्चेकुमार पहाडी)लाई कैलालीसम्म पुर्याएर राजा महेन्द्रको उपचार गराइयो। यदि त्यसमा कतै चूक भएको भए अवस्था कहालीलाग्दो नै हुन्थ्यो। त्यो अहिले कल्पना नगरौँ। तर, आफ्नो त्यो कामले मलाई अहिलेसम्मै सन्तुष्टि दिइरहेको छ।
केही समय राजा महेन्द्रको कैलालीमै उपचार भयो र लामो समयसम्म उनी टीकापुरमै आराम गरे। कणर्ाली नदीको पश्चिम किनारमा रहेको टीकापुर बृहत् उद्यान अहिले पनि राजा महेन्द्रको नामसँग बिर्सनै नसकिने गरी जोडिएको छ। धेरै मानिस टीकापुरको नाम लिनासाथ त्यो घटना सम्भिmहाल्छन्। टीकापुरको हावापानीले पनि राजा महेन्द्रको स्वास्थ्य उपचारमा सघाउ पुर्याएको बताउनेहरू पनि कम छैनन्। टीकापुरबाट फर्केपछि उनी उपचारका लागि बेलायत गए र स्वास्थ्योपचार गरी फर्किएका थिए। ईश्वरी ज्ञवाली
(स्रोत: Nepal Weekly)