संस्मरण : मैले कसरी नेपाली सिकें ?

~सरुभक्त~

म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका घर थिए । नेवारहरू घरमा पसल थापी बस्थे । हाम्रो घरमा पनि सानो किनारा पसल थियो । बा-आमा बिहानदेखि रातिसम्म व्यापार गरी बस्नुहुन्थ्यो ।

टोलमा हाम्रो घरभन्दा चार पाँच घर पर चिउरेका घरहरू थिए । उनीहरू बिहान उज्यालो हुनुभन्दा पहिलेदेखि नै ढिकीमा चिउरा कुट्थे । चिउरा कुटेको आवाजले प्रायः म बिउँझन्थें । सधैँ चिउरा कुटेको आवाज सुन्ने ।

नेपालप्रेमी प्रसिद्ध भूगर्भविद् टोनी हेगनले कतै भनेका छन्- मैले विश्वका धेरै सुन्दर स्थलहरूको भ्रमण गरें तर मलाई पोखराजस्तो सुन्दर अरू कुनै स्थल लागेन । उनले यो कुरा आजभन्दा कम्तीमा साठी, सत्तरी वर्षअघिको पोखरा देखेर भनेका थिए । शौभाग्यवश म त्यही पुरानो पोखरामा जन्मेको थिएँ जहाँ घरहरूभन्दा अग्ला अग्ला रूखका हरियालीहरू धेरै थिए । जहाँ खोलाहरू, तालहरू, झरनाहरू, फाँटहरू, वरपरका डाँडाकाँडाहरू आफ्ना प्राकृत स्वरूपमा अस्तित्ववान् थिए, जहाँ नजिक टाढाबाट देखिने अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, धौलागिरि, नीलगिरि, हिउँचुली, गंगापूर्ण, मर्दी र लमजुङ हिमालहरूलाई कुनै आयातित ग्लोबल वार्मिङ’ को राँके भूतले लखेटेका थिएनन् । सायद इकाईं कावागुचीले पनि पोखरालाई यस्तै देखेका थिए, वा यसभन्दा सुन्दर देखेका थिए ।

म जन्मेको समयको पोखरा साँच्चै नै सुन्दर थियो, शान्त थियो अनि धेरै सम्भावनाहरूले भरिपूर्ण थियो । म सानो छँदा म जन्मेको टोल बगरमा केही घरहरू मात्र थिए । ती घरहरूमध्ये अधिकांश नेवार जातिका थिए । एक दुई गुरुङ, तामाङका घर थिए । नेवारहरू घरमा पसल थापी बस्थे । हाम्रो घरमा पनि सानो किनारा पसल थियो । बा-आमा बिहानदेखि रातिसम्म व्यापार गरी बस्नुहुन्थ्यो ।

टोलमा हाम्रो घरभन्दा चार पाँच घर पर चिउरेका घरहरू थिए । उनीहरू बिहान उज्यालो हुनुभन्दा पहिलेदेखि नै ढिकीमा चिउरा कुट्थे । चिउरा कुटेको आवाजले प्रायः म बिउँझन्थें । सधैँ चिउरा कुटेको आवाज सुन्ने अभ्यस्तताले होला, म त्यसमा एक प्रकारको सङ्गीत भेट्थें । मलाई त्यो सङ्गीत मन पथ्र्याे ।

अधिकांश व्यक्ति नेवार भएकाले सबै नेवारी भाषा बोल्थे । त्यसैले स्वाभाविक रूपले मैले आफ्नो मातृभाषाको रूपमा नेवारी भाषा नै बोल्न सिकें । घरमा, टोलमा कसैले पनि मलाई नेपाली भाषा बोल्न सिकाएनन् । मैले नेपाली भाषा जान्न पाइनँ । कहिलेकाहीँ बा-आमालाई भेट्न आउने मानिसका मुखबाट बा पसलमा सामान किन्न आउने मानिसका मुखबाट म नेपाली भाषा सुन्थे । त्यस्ता बेला बा-आमा पनि तिनीहरूसित नेपाली भाषामै बोल्नुहुन्थ्यो । म पक्क परी कुरा सुन्थें अनि बुझ्ने चेष्टा गर्थें । पछिपछि अलिअलि बुझ्न पनि थालेको थिएँ । तर बोल्न भन्ने सक्ने थिइनँ ।

म पाँच-छ वर्षको भएपछि बाले मलाई सिलोटमा कखरा पढाउनुभयो । केही कालपछि विद्यालयमा भर्ना गरिदिनुभयो । विद्यालयमा गुरुहरू नेपाली भाषामा पढाउँथे, मलाई बुझ्न गाह्रो पथ्र्याे । बाहुन, क्षत्री र अरू जातिका साथीहरू नेपालीमा कुरा गर्थे, मलाई बुझ्न गाह्रो पथ्र्याे । म सबैका कुरा ध्यानपूर्वक सुन्थें मात्र । आफ्नोतर्फबाट केही बोल्नका लागि मसित भाषिक क्षमता थिएन । यसले मलाई गुरुहरूसित कुरा गर्न र साथीहरूसित घुलमिल गर्न अप्ठ्यारो पार्‍यो । म अन्तरमुखी हुँदै गएँ ।

विद्यालयका साथीहरूमध्ये दुईजना साथी घनिष्ठ भए । एकजना बिन्ध्यवासिनीतिरको बाहुन साथी थियो ।

विद्यालयका साथीहरूमध्ये दुईजना साथी घनिष्ठ भए । एकजना बिन्ध्यवासिनीतिरको बाहुन साथी थियो । अर्काे नदीपुरतिरको दमाई साथी थियो । उनीहरूसित म कहिले जयमूलमा पौडी खेल्न जान्थें, कहिले बाटोको वनमा कटुस टिपी खान्थें । कहिलेकाहीँ घरबाट पैसा चोरेर सिनेमा पनि हेर्न गइन्थ्यो । एकपल्ट साथीहरूसित मस्तीका साथ सिनेमा हेर्दे गर्दा मध्यान्तरमा बाले कान समातेर मलाई घरसम्मै दगुर्‍याउनुभएको थियो । म मकैबारीको बाटोभरि डाँको छोडेर रोएको थिएँ ।

बाहुन र दमाइसाथीहरूसितको मेरो संगत अध्ययनको थिएन, बदमासीको थियो । तर यसले मेरो नेपाली भाषाको ज्ञानलाई केही विस्तारित पारिदियो ।

पुरानो टुँडिखेलस्थित विद्यालयमा कक्षा ६ को जाँचमा अनुत्तीर्ण भएपछि बाले मलाई लामाचौरस्थित बोर्डिङ स्कुलमा कक्षा पाँचमा भर्ना गरिदिनुभयो । घरबाट टाढिनुपर्दा म झन् अन्तर्मुखी भएँ तर टुटुफुटेको नेपाली भने बोल्न सक्ने भएँ । मलाई सम्झना छ, म पाँच कक्षामा हुँदा गोर्खाबाट कुलबहादुर खड्का भन्ने एकजना अग्ला सिनेमाका नायकजस्ता गुरु केही समय हामीलाई पढाउन आएका थिए । उनी हामीलाई पढाउँथे पनि, हामीसित खेल्थे पनि । जब जब म साथीहरूसित नेपाली बोल्थें, प्रत्येकपल्ट ‘त’ उच्चारण गर्नुपर्ने ठाउँमा ‘ट’ उच्चारण गर्थें, ‘ट’ उच्चारण गर्नुपर्ने ठाउँमा ‘त’ उच्चारण गर्थे । मेरो त्यो कमजोरीलाई कुलबहादुर गुरुले च्याप्प समाइहाल्थें अनि प्रत्येकपल्ट मैलेझैं तटमट गरी बोल्दै मलाई खिज्याउँथे । त्यसले मेरो नेपाली भाषा बोल्ने उत्साहमा भयानक असर पार्‍यो । मैले संकोचले लगभग बोल्न नै छोडिदिएँ । भाग्यवश कुलबहादुर गुरु पाँच, छ महिनाभन्दा धेरै समय विद्यालयमा बसेनन् । उनी गोर्खातिरै र्फकेपछि मेरो नेपाली सिक्ने उत्साह पनि अलि अलि गरी र्फकन थाल्यो ।

म कक्षा ६ मा पुगेपछि दार्जिलिङबाट शान्ति सुब्बा गुरु हामीलाई पढाउन आइपुग्नुभयो । उहाँ युवक नै हुनुहुन्थ्यो । भर्खरै स्नातक तहको परीक्षा दिनुभएको थियो । उहाँले सुरुमा नेपाली र अरू केही विषय पढाउनुभयो । मलाई सम्झना छ, उहाँले लिनुभएको नेपालीको पहिलो मासिक परीक्षामा म पहिलो भएको थिएँ । उहाँले दशमा आठ नम्बर दिनुभएको थियो । यसभन्दा पहिले म कहिले पनि नेपालीको परीक्षामा पहिलो भएको थिइनँ ।

नेपालीको मासिक परीक्षामा पहिलोपल्ट पहिलो भएपछि त्यसले मेरो उत्साह ह्वात्त बढाइदियो । ए ! मैले पनि चाहें भने नेपाली जान्न बुझ्न सक्दोरहेछु, लेख्न पनि सक्दोरहेछु मलाई यस्तै अनुभूति भयो । म अरू मेहनत गर्नतर्फ लागें ।

शान्ति सुब्बा गुरुले हामीलाई कक्षामा पढाउनु मात्र हुन्थेन, फुर्सदका समयमा अरू पनि धेरै कुरा सिकाउनुहुन्थ्यो । उहाँ हामीसित फुटबल, भलिबल खेल्नुहुन्थ्यो, क्यासिस क्लेको बक्सिङका कुरा गर्नुहुन्थ्यो । न्युज विक्, टाइमजस्ता अङ्ग्रेजी पत्रिकाहरू पढेर तिनमा भएका कतिपय कुरा सुनाउनुहुन्थ्यो । यही क्रममा एकपल्ट उहाँले छात्रावासमा हामीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ सस्वर वाचन गरी सुनाउनुभयो । हामी मन्त्रमुग्ध भयौं । कति दिनसम्म प्रभावित भइरह्यौं । एक दिन त्यही अन्तपर््रेरणाले मैले कापी र कलम समातें अनि एउटा कविता रचना गरें । कविता रचना गरेपछि मैले त्यसलाई जतन गरी लुकाइराखेको थिएँ, साथीहरूले थाहा पाएछन् । साथीहरूले मेरो कविता खोजेर सुनाइहाले । मैले लज्जित भएर आफ्नो कविता सुनें र भित्र कतै आनन्दित भएँ ।

मैले कविता लेखेपछि कक्षाका साथीहरूमा पनि कविता लेख्ने लहर चल्यो । अब हामी आ-आफ्ना कविता सुनाएर हाँस्न र रमाउन थाल्यौं । कहिलेकाहीँ मन परेका गुरुहरूलाई छेड हानेर पनि कविता लेख्न थाल्यौं । कक्षाका दसजना सहपाठीमध्ये म, पूर्णलाल कायस्थ, विक्रम गुरुङ, तिलक गुरुङ, विष्णु परियार आदि कविता लेख्थ्यौं । अरू सुन्थे ।

कक्षा सातमा पुग्दा भोजराज न्यौपाने गुरु हामीलाई नेपाली पढाउन आउनुभयो । उहाँ बेला बेला कक्षामा छन्दका मीठा कविताहरू सुनाउनुहुन्थ्यो जसमध्य केही उहाँका आफ्नै हुन्थे, केही अरूका हुन्थे । त्यसले पनि नेपाली भाषामा कविता लेखन गर्न मलाई अरू ऊर्जा दियो । त्यही समय मैले एकजना गुरुको आवासमा महाकवि देवकोटाको ‘मुनामदन’ र गोपालप्रसाद रिमालको ‘मसान’ नाटकका किताब भेटें । मैले सुटुक्क ती किताबहरू अध्ययन गरें ।

यसरी क्रमशः मैले नेपाली भाषा सिक्दै गएँ । नेपालीमा कविता रच्दै गएँ । सम्भवत परिस्थितिजन्य कारणले गर्दा म नेपाली भाषाप्रति बढी आकृष्ट हुँदै गएँ, क्षमताले भ्याएसम्म मैले आफ्नो भाषिक कमजोरीबाट मुक्ति चाहें । तर सम्पूर्ण मुक्ति मैले कहिले पनि प्राप्त गर्न सकिनँ । अहिले पनि मलाई बोध हुन्छ, मेरो साहित्यमा धेरै भाषिक कमजोरी छन् । गहिरिएर हेर्दा म आपmना कति भाषिक कमजोरी आफैं पनि देख्न सक्छु । तर कमजोरीहरू मात्र चिन्तन गरी बस्ने हो भने म कहिले पनि साहित्य रचना गर्न सक्दिनँ । मलाई भाषिक शुद्धतामा चिन्तित भई बस्नुभन्दा साहित्य रचना गर्नु बढी महत्त्वपूर्ण लाग्छ । यसोभन्दा म भाषिक अशुद्धताको पक्षपाती वा भाषिक शुद्धताको विरोधी भन्ने अर्थ नलागोस् ।

मलाई थाहा छ, मैले सकेसम्म नेपाली भाषा शुद्ध बोल्न सक्नुपर्छ र नेपाली भाषामा सकेसम्म शुद्ध लेख्न सक्नुपर्छ । तर नेपाली मेरो दोस्रो भाषा हो । त्यसैले नेपाली पहिलो भाषा भएकाहरूले झैं म ‘विशुद्ध’ बन्न सक्दिनँ । यसको पछाडि मेरा जातीय र मातृभाषीय स्वरूपका सदियौं पुराना संस्कार र वैशिष्ट्यहरू छन् जसलाई मैले उत्तिकै माया र सम्मान गर्नुपर्छ ।

कति जाति जनजातिका मातृभाषाका संस्कार र वैशिष्ट्यहरू अरू भाषामा कमजोरी बन्न पुग्छन् भन्ने कुरा मैले आफ्नो जीवनमा नेपाली भाषा सिक्न खोज्दा बुझेको छु । मेरो बाल्यकालीन गुरु कुलप्रसादजस्तालाई कहिले पनि बुझाउन सकिँदैन, नेवारका छोराछोरीले किन ‘त’ को ठाउँमा ‘ट’ उच्चारण गर्छन्, गुरुङका छोराछोरीले किन ‘अ’ को ठाउँमा ‘आ’ उच्चारण गर्छन् ।

म जन्मले नेपालीभाषी होइन कर्मले नेपाली भाषी हुँ । मजस्तो कर्मले नेपाली भाषीलाई नेपाली भाषामा अधिकार प्राप्त गर्न जन्मले नेपाली भाषीलाई भन्दा कम्तीमा दुई गुणा बढी मिहिनेत गर्नुपर्छ । यो कुरा नबुझेर वा बुझ्न नचाहेर कति अन्य राष्ट्रियभाषीहरू राष्ट्र भाषा भनिएको नेपाली बोल्दा वा लेख्दा खिसीट्युरीको सिकार बनिरहेकै छन् । यो स्थितिमा सुधार नआए मजस्तो नेपाली सिक्न र प्रयोग गर्न चाहने अरू जातिका मानिसहरूमा वितृष्णा उत्पन्न नहोला भन्न सकिन्न । नेपाली भाषा नेपाली मातृभाषा भएकाहरूको दम्भबाट मुक्त हुनु आवश्यक छ ।

दीपुरतिरको दमाई साथी थियो । उनीहरूसित म कहिले जयमूलमा पौडी खेल्न जान्थें, कहिले बाटोको वनमा कटुस टिपी खान्थें । कहिलेकाहीँ घरबाट पैसा चोरेर सिनेमा पनि हेर्न गइन्थ्यो । एकपल्ट साथीहरूसित मस्तीका साथ सिनेमा हेर्दे गर्दा मध्यान्तरमा बाले कान समातेर मलाई घरसम्मै दगुर्‍याउनुभएको थियो । म मकैबारीको बाटोभरि डाँको छोडेर रोएको थिएँ ।

प्रकाशित मिति: २०६९ चैत्र १० ०३:३३

(स्रोत: Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.