स्थान परिचय : प्यूठान जिल्लाको इतिहास

प्यूठान जिल्लाको भौगोलिक स्थिती

नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी देशान्तर र २७.५५˚ देखि २८.२५˚ उत्तरी अक्ष्ाांंशको बीचमा फैलिएको छ । यसको मानचित्र हेर्दा उत्तर दक्षिण लम्बिदै गएको छ र पूर्व पश्चिम साँगुरो बन्दै गएको देखिन्छ । समुद्र सतहबाट ३०५ देखी ३६५९ मिटरको उचाइमा अवस्थित यसको क्षेत्रफल १३६५ वर्गकिलोमीटर रहेको छ । दक्षिणपटि   को भित्रीमधेशबाट क्रमश ः उत्तर तर्फ अग्लिदै गएको यस क्षेत्रको बार्षिक औषत तापक्रम अधिकतम २४ सेल्सीयस र न्यूनतम १४ सेल्सीयस छ । यहाँ श्रावण भाद्र महिनामा वर्षा बढी हुनेहुदा वार्षिक ८० प्रतिशत भन्दा बढी दुई महिनामा परी हिउँदमा कम पानी पर्छ । मध्येकालीन प्यूठानको मानचित्र वर्तमान समयको भन्दा ठुलो देखिन्छ । वर्तमान प्यूठानको पूर्वमा गुल्मी, पश्चिममा दाङ र रोल्पा, उत्तरमा रोल्पा र बाग्लुङ तथा दक्षिणमा दाङ र अर्घाखाँची जिल्ला पर्दछन् ।  मध्यकालमा बाईसी र चौबीसी राज्यहरु चौहदीको रुपमा रहेको तथ्य विभिन्न विद्वान्हरुले उल्लेख गरेका छन् । मध्येकालमा पूर्वमा धुर्कोट र गुल्मी, पश्चिममा दाङ, फलावाङ , खुँग्री र गजुल, उत्तरमा पर्वत –मलेवम) तथा दक्षिणमा अर्घा, खाँची, पाल्पा राज्य पर्दथे । भिँग्री राज्यको अस्तित्व भने छुटै पुष्टि हुन नसकेकोले यो प्यूठान राज्य भित्रै नै समावेश भएको तथ्य प्राप्त ऐतिहासिक सामग्रीहरुले पुष्टि गरेका छन् ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहले कालु पाँडेलाई लेखेको पत्रमा तनहुँका राजा हरकुमार दत्त गुल्मी वा प्यूठान गएको तथ्य उल्लेख गरेका छन्  र कर्कपेट्रिकले बिभिन्न क्षेत्रको दुरी औल्याउँदा पिउठान (पुरथान) बाट धुरकोट ३२ धुरी, बाँदीकोट भिंग्रीकोट ३० धुरी भन्ने उल्लेख गरेकोले प्यूठानको राजधानी भित्रीकोटबाट प्यूठान राज्यको सीमान्तसम्मको दुरी निर्धारण गरिएको बुझिन्छ । उनी नेपालमा वि.सं. १८५० तिर राजदुतको रुपमा नियुक्त भई आएकोले उनको भनाइ बढी विश्वसनीय मान्न सकिन्छ । गुल्मीबाट प्रबेश गरिने मार्ग धुरकोट पुर्व उत्तर, बाँदीकोट पुर्व, माडीखोला पश्चिम र सेरा उत्तरी खण्ड पर्ने हँुदा व्यवस्थित ढङ्गले दुरी कायम गरिएको देखिन्छ । २९ धुरी १ दिनको यात्रा हुन्थ्यो भने २२.५ मिनेटमा १ धुरी भ्रमण गर्न सकिने हुँदा वर्तमान अवस्थामा पनि भित्रीकोटबाट वाँदीकोट सेरा, माडीखोला र धुरकोटसम्म १ दिनमा पुग्न सकिने हुँदा प्यूठान राज्यको भौगोलिक क्षेत्रबारे यथोचित ढंङ्गले मूल्याङ्कक गरेको देखिन्छ । सल्यान र पाल्पा राज्य भैm यसको पनि समतल तराई भएकोले आर्थिक दृष्टिले महत्वपुर्ण सावित भएको छ । संभवतः मधुचनले कब्जामा लिएको कपिलवस्तुको पश्चिमी भाग (शिवराज तराई ) मानिक चनको पालामा दाङ्ग सवारीका थपाला भीममर्दन सिंहले प्यूठानीबाट खोसेको देखिंदा समय समयमा यसको रुप फेरिदै गएको देखिन्छ । प्यूठान धर्मावती, माण्डवी, राप्ती नदी र यिनका सहायक खोलाहरु (गर्तङ, लुङ, खपे्रङ, मरन्ठाना, छापे, जुंम्री, लुंग्री ) ले सिंचित भु भाग भएकोले घना बस्ती थियो । राजधानीमा ४०० घर धुरी र प्यूठानमा चौध हजार वा बाह्र हजार संख्या भएकोले  र प्यूठानमा चौध हजार वा बाह्र हजार संख्या भएकोले छब्बीस हजार पाल्पा, आठ हजार पर्वत भने भैm प्यूठानलाई चौध हजार भनिन्थो ।

प्राकृतिक बनावट

धरातलको हिसाबले प्यूठान राज्यलाई निम्न लिखित क्षेत्रमा बाँड्न सकिन्छ :

क) लेकाली भाग

ख) पहाडी भाग

ग) बेसी भाग

क) लेकाली भाग

२,१३४ मिटर भन्दा अग्लो, हिउँदमा निकै जाडो हुने हिउँ पर्ने गे्रनाइट, स्लेट, ढुंगा, दर्शन ढुंगायुक्त चट्टान भएको यस भागमा स्याउलीबाङ, कोठीलेक, तिनपोरे धुरी, स्वर्गद्वारी लेक, पँुजाको लेक, पन्चासेको लेक जस्ता लेकहरु पर्दछन् । यहाँ वर्षाको याममा बादल र कुहिरोले ढाकेको हुन्छ । कम बसोवास भएको यस क्षेत्रमा अन्न उत्पादन निकै कम हुँदा पशुपालनमा भेडा, बाख्रा, चौरी आदि पाल्नृ गरिन्छ । आलु, मकै, फापर, कोदो मात्र उत्पादन हुने यस क्षेत्रमा सल्लो, गुँरास, धुपी, खर्सु, बाँझ आदी बिरुवा पाइन्छन् । यस क्षेत्रमा अधिकांश मगर बस्ती छन् ।

 ख) पहाडी भाग

९१५ देखी २,१३४ मिटर सम्मको भू भाग यसमा पर्दछन् । घनावस्ती भएको यस भागमा मकै, धान, कोदो, आलु उत्पादन गरीन्छ । पाखोवारीमा सिंचाईको व्यवस्था नहुँदा वर्षाको पानीमा भर पर्नु पर्दछ । तुषारा, नारीकोट, लिवाङ्ग, खवाङ, धुवाङ, कोचिवाङ आदि गाउँठाउँको पाखो मलिलो एवं उर्वरा छ । यस भेकका जंगलमा कटुस, चाँप, ओखर, चिउरी, पिपल, टिमुर, चिलाउने, साल आदिका रुख पाइन्छन् । यस भेकमा गुरुङ, बाहुन, मगर, ठकुरी, सन्यासी, कामी, दमै र सार्की आदी जातका मानिसहरु बसोवास गर्दछन् ।

 ग) बेसी भाग

९१५ मिटर भन्दा हाचो धर्मावती (झिम्रुक), माण्डवी (माडी) राप्ती र यिनका सहायक नदीको आसपासका समतल भु भागहरु यस अन्तरगत पर्दछन् । यस क्षेत्रमा गर्मीमा बढी गर्मी र हिउँदमा न्यानो हावापानी कायम हुन्छ। धान, मकै, गहुँ, जौ, आलु, तरकारी, आँप, केरा, नासपाती, भुइँकटहर, कटहर आदी अन्न तथा फलफुल उत्पादन हुने पांगो तथा मलिलो फाँट यसमा पर्दछ । झिम्रुक तथा सहायक नदीहरुले सिंचाइ गरिने हुँदा एक वर्षमा तीन खेती समेत गर्न सकिन्छ । यहाँ साल, सिसौ, आँप आदि विरुवा पाइन्छन् । यस भागमा ब्राहमण, क्षेत्री, सन्यासी, नेवार, कामी, दमै, सुनार, सार्की, कुमाल आदि जातिको बसोवास छ । यस भेकमा बाग्दुला, पुण्डेखोला, बिजुवार, क्वाडी, रातामाटा, खैरा, माडिखोला, झिम्रुकखोला, गुरीगाउँ, चिसावाङ, पिडाल्ने, पाडावाङ, देवीस्थान, बाङ्गेसाल आदि घना वस्ती भएका गाउँहरु छन् । जनघनत्व तथा उत्पादन दृष्टिले यो भाग निकै महत्वपुर्ण छ । मध्यकालमा शिवराज समेत यसैमा पर्दथ्यो ।

बनजंगल र पशुपंक्षी

देशको अन्य भागमा झै प्यूठानको पनि आर्थिक जीवन कृषिको साथसाथै पशुपालन र इन्धन, काठपात आदिको परिपुर्ति गर्न बन जंगलमा आधारित छ । हावापानी र उचाइको भिन्नताले लेक, पहाड र बेसीमा भिन्न भिन्न जातका बोटविरुवा तथा पशुपंक्षीहरु पाइन्छन् । लेकमा सदावहार जातका धुपी, निगालो, गुराँस, बाँस, बेतवाँस, बाँझ, अँगेर आदि नरम जातका काठ पाइने हुँदा कागज सलाई तथा बेतबाँस उद्मोग सञ्चालन गर्न सकिन्छ । तर यतातिर सम्वन्धित क्षेत्रको ध्यानाकर्षण भएको पाइदैन । यहाँ भालु, कस्तुरी, खरायो, मृग, घोरल, डाँफे, मुनाल, मयुर, कालिज, राते, चौडा, चिल, गिद्ध आदि जातका पशुपंक्षी पाइन्छन् । पहाड तथा बेसीमा प्रायः शीतकालमा पात झर्ने खालका वोटविरुवा पाइन्छन् । कटुस, चिलाउने, चाँप, ओखर, गुराँस, चिउरी, पिपल, टिमुर, साल, सल्लो, सिसौ, बाँझ, काफल, चौतारी, सिमल, धाइरो, खरघुर्रो, दालचिनी आदि बनस्पति तथा वन पैदावर पाइन्छ । यहाँ बाघ, भालु, बदेल, कालिज, ढुकुर, लुईचे, खोलीहांस, तित्रा, सुगा, वकुल्ला, दुम्सी, आदि पशुपंक्षी पाइन्छन् । बढ्दो जनसंख्या र घट्दो बन जंगलको कारण यस्ता पशुपंक्षीहरु लोप हुँदै गएका छन् ।

नदीनाला र खनीज पदार्थ

प्यूठानमा धर्मावती, माण्डवी र राप्तीसमेत मुख्य तीन नदी छन् । धर्मावती नदीको उद्गमस्थल बाग्लुङको खरअर्खा पर्वतमा पर्दछ । प्राकृतिक गाईको मुखबाट पानीको धारा निक्लिएको दृश्य हुँदा गौमुखी नदी भनिन्छ । यसका सहायक खोलाहरु गर्तङ, लुङ, चुँदरी, छापे, काँत्रे आदिले समेत ठुलो भु भाग सिंचाइ गरेका छन् । गौमुखी वा झिमरुक नदीले धेरै जमिन सिंचाइ गरी उत्पादन बढाएकोले यसलाई धर्मावती नामकरण गरिएको हो । माण्डवी नदीको उद्गमस्थल कालाशेष पारिवाङ गाउँमा पर्दछ । लुंग्री, खुंग्री, अरुण, दंगाल, घोरा आदि सहायक खोलाहरु भएकोले माण्डवी (माडी) नदीको आसपासमा सिंचाइमो प्रवन्ध छैन । आसपासको भु भागको तुलनामा गहिरिएर बगेको हुँदा सिंचाइको लागि अप्ठारो परेको छ । धर्मावती र माण्डवी नदीको संगम ऐरावतीमा भए पश्चात् राप्ती नामले चिनिन्छ । राप्तीको पानीले प्यूठान क्षेत्रमा सिंचाईको व्यवस्था गर्न सकिएको छैन । वाङ्गेशाल जस्तो समतल भु भागमा पनी सिंचाइको अभाव छ । राप्ती अञ्चल पनी यसै नदीको नामबाट राखिएको छ । खनिज पदार्थहरुमा आरनेटा (वर्जिबाङ) वाँदीकोट, दम्ती आदि स्थानमा फलाम, खारखोला र ठुलासिममा तामाखानी, फोप्ली र डाम्रीमा स्लेट खानी छन् । खप्रेङखोलामा कोईला, तुषारामा अभ्रक, विजुवार भौकामा पेट्रोल र लुङ्ग्रीमा सुन खानी भएको अनुमान गरिएको छ । भु गर्भमा छोपिएका खानीहरुको अन्वेषण उत्खनन् तथा उपयोग गर्नुको सट्टा सञ्चालित खानीहरु समेत बन्द भएका छन् । खास गरी भारतबाट आयातित धातुहरुको दाँजोमा यी महङ्गा सावित भएकोले धातु निकाल्ने काम बन्द छ । यहाँ तामाका गाग्री, खडकुलो, ताउलो, लोटा आदि अद्यापि बढी उपयोग गरिदैछन् । खलंगा र वांदीकोटमा बन्दुक, कारतोस् बनाउँनुको साथै तरवार पनि बनाइन्छन् । फलाम र तामाको काम गर्ने कामी र टोमटाहरुको वस्ती विभिन्न क्षेत्रमा अद्यापि कायम देखिन्छ ।

जातजाति

मध्यकालमा १४,००० र कतै १,२०० घर संख्या देखाईएको प्यूठान राज्य चौबीसीमध्ये दास्रो स्थानमा पर्दथ्यो । समतल तथा मलिलो फाँट भएकोले बेसीमा घना बस्ती थियो । वि.सं. २०२८ को जनगणनामा ६६,६१७ पुरुष र ७०,७२१ महिला गरी जम्मा १,५७,३३८ जनसंख्या थियो । वि.सं. २०३८ सालको जनगणनानुसार यहाँको जनसंख्या १,५७,६६९, वि.सं. २०४८ मा स्थानीय गा.वि.स. का सचिव लगायतका कर्मचारीहरुलाई घरघरमा पठाई गरिएको तथ्याङ्क अनुसार कुल जनसंख्या १,८७,३८३ देखिएको छ । वि.सं. २०५८ सालको गणनामा २,१२,४८४ जनसंख्या तथा जनघनत्वप्रति किलोमीटर १६२ जना रहेको छ । यहाँ मध्यकालमा ब्राहमण, क्षेत्री, मगर, गुरुङ, ठकुरी, सन्यासी, टोमटो, कामी, सुनार, सार्की, थकाली, वादी, कुसुन्डा, तामाङ आदी जातिका मानिसहरु बसोवास गरेका छन् । वि.सं. २०४८ र २०५८ को तथ्याङ्कमा क्रमशः मगरहरुको संख्या३१.१४ र ३१ प्रतिशत देखिन्छ । उनीहरु चन वंश भन्दा अघिका पुरातन बासिन्दा हुन् भन्ने तथ्यलाई यसले समर्थन गर्दछ । भित्रीकोटको आसपासमा गुरुङको अतिरिक्त मगर बस्तीहरु छन् । यहाँको अधिकांश पहाडी क्षेत्रमा मगरहरुका घना बस्तीहरु अद्यापि विद्यमान छन् ।

राजनैतिक इतिहास

परिचय

विभिन्न इतिहासकार तथा ग्रन्थहरुमा बिभिन्न नामले संबोधित प्यूठान शब्दको उत्पति बारे भिन्न भिन्न मतहरु छन् । कर्कपेट्रिकले प्रथना, हृयामिल्टनले पुजुठान, ओल्डफिल्डले प्रर्थाना, योगी नरहरि नाथले प्लुथान आदि नामले उल्लेख गरिएको प्यूठानलाई सामान्यत प्रतिष्ठान र प्यूठानको रुपमा साहित्यिक तथा पुरातात्विक स्रोतहरुमा उल्लेख गरिएको छ । गोरखाली राजा पृथ्वीनारायण शाहले पनि विभिन्न पत्रहरुमा पिउठाना वा पिउठानी भनिएको पाइन्छ । भारतको प्रतिष्ठानपुरको विकृतनाम पैठन धनधान्य सम्पन्नलाई पीव स्थान भन्ने क्रममा प्रतिष्ठान वा पीउठान हुन सक्ने सम्भावना छ । यहाँका गाउँठाउँ, खोलानाला, वनपखा आदिको नामकरण मगर (खाम) भाषामा गरिएको हुँदा यस राज्यको नाम पनि सोहि अनुसार राखिएको बुझिन्छ । खास गरी शान्ति सुुरक्षाको लागि पीउठ बस्ने ठाना भएकोले पीउठानबाट संवोधन गर्दै जाँदा प्यूठान भएको तर्क स्थानीय बासिन्दाहरुको रहेको छ । भित्रीकोटको पूर्वपट्टि ठानाचौर र पश्चिमपट्टिको ठानाकोट नामक स्थानहरुले पनि यस भनाई समर्थन गरेका छन् । प्यूठानी चन वंशी राजाहरुका अभिलेखहरुमा पनि प्यूठान ( पिउठान ) नै उल्लेख छ ।

प्राचिनता

यँहाको भौगोलिक अवस्थाले दक्षिणपट्टिको महाभारत सृङ्गला र झिम्रक, माडी र राप्ती नदीको आसपासका मलिला फाँटहरुमा पाषाणयुगीन मानवको बसोवास भएको हुन सक्ने सम्भावना देखिन्छ । त्यसैगरी हाल हँुदै गएको अन्वेषण, उत्खनन र अनुसन्धानबाट पूर्व पश्चिम राजमार्गमा पर्ने चन्द्रौटादेखि लमही खण्डमा प्रचिन अवशेष प्राप्त हुनु, बाग्दुला तालमा पाषाणयुगीन गुफा पाइनु, भित्रिकोटको गोरखनाथ पूजास्थल र रक्तेपोखरी नजिक पनि प्राकृतिक गुफाहरुको अस्तित्व फेला पर्नाले पाषाणयुगीन सभ्यता र विद्यमान रहेको प्रतीत हुन्छ । तर यस क्षेत्रको वेज्ञानिक ढङ्गले पाषाणयुगीन सभ्यता र संस्कृति बारे अध्ययन तथा अनुसन्धान भइनसकेकोले अन्य तथ्य बारे स्पष्ट आधार उपलब्ध छैन । प्यूठानका विभिन्न ओडार वा गुफाहरुमा कोरिएका चित्रात्मक आकृति, मानव अस्थिपिन्जरको अस्तित्वसमेत कालान्तरमा हावा, घाम, पानी, मानव, पशुपंक्षी आदिले समाप्त पारेको देखिन्छ । उदाहरणार्थ बाग्दुला तालको गुफामा पुरानो स्वरुप र अस्तित्व मेटिई साधु शिवानन्दले आफ्नै कलाले सजाएका छन् । यस क्षेत्रको प्रचिनता तथा साधु सन्तको क्षेत्र भन्नाले अतीतको पुनर्जीवनको लागि स्थानीय जनताले समेत सहयोग गरेको देखिन्छ । यस क्षेत्रमा पाषाणयुगीन सभ्यता बारे बैज्ञानिक अन्वेषण, उत्खनन तथा अनुसन्धान गरेमा पुष्टि हुने सम्भावना छ । प्रथम ऐतिहासिक कालको रुपमा रहेको लिच्छवि कालमा भने नेपालको पश्चिमी सीमाना वर्तमान सीमानाकै हाराहारीमा थियो भन्ने तथ्य ऐतिहासिक सामग्रीहरुले पुष्टि गरेबाट प्यूठानमा शासन सञ्चालन गर्न पनि सामन्त खटाइएको बुझिन्छ । मानदेव प्रथम चाँगुनारायणको अभिलेखमा ( शक संवत् ३८६ ) पश्चिम पट्टिको सीमा गण्डकी प्रदेशसम्म उल्लेख, जुम्लाको लामाथाडा गुफाका माटाका चैत्यमा लिच्छवि लिपि अङ्कित र बाग्लुङ्गमा मानाङ्क मुद्रा प्राप्त गरिनु जस्ता सन्दर्भहरुले प्राचीन लिच्छवि राज्य अन्तरगत् समावेश भएको स्पष्ट हुन्छ । पुर्व मध्यकालमा काठमाण्डौ उपत्यका भित्र गुहारयुगे राजनीतीको प्रभाव परेबखत केन्द्रबाट टाढा टाढाका प्रदेशहरुमा विषयपतिहरु नियुक्त भई यहाँको शासन चलेको तथ्य गुल्मीराज्यलाई “गण्डीगुल्म विषय” भनिएबाट जानकारी हुन्छ । किनभने गुल्मी, अर्घा, खाँची, इस्मा मुसीकोट सरह प्यूठान राज्य मध्येको भौगोलिक क्षेत्रमा अवस्थित राज्य हो । अतः यहाँ पनि विषयपति खटाई शासन गर्थे भन्ने स्पष्ट हुन्छ । नेपाल उपत्यकाका शासकहरु आपसी युद्ध र बैमनुष्यताले कमजोर हुँदा बखत वि.सं. बाहृौ शताब्दीतिर कर्णाली प्रदेशमा नागवंशी राजाले र सिम्रौनगढ क्षेत्रमा कणीटकवंशी शासकहरुले हैकम चलाएका थिए । कर्णाली प्रदेशका जितारी मल्ल, आदित्य मल्ल आदि राजाहरुले तथ्य प्राप्त अभिलेखहरुले पुष्टि गरेका छन् । अभय मल्लका उत्तराधिकारी कमजोर प्रकृतिका भएको हुँदा राज्य सहयोगी वर्मनहरुले शक्ति विस्तार गर्दै जाँदा बखत विक्रमको पन्ध्रौ शताब्दीको उत्तराद्र्धमा खस राज्य टुक्रिदै बाईसी र चौबीसी ठकुराईहरु अस्तित्वमा आए । यस क्रममा प्यूठानको अस्तित्व पनि स्वतन्त्र राज्यको रुपमा देखाप¥यो । विभिन्न विद्वान्हरुले यसलाई चौबीसीको सुचीमा समावेश गरेका छन् ।

बाईसी र चौबीसीको उत्पत्ति र नामाकरण

 विक्रम बाहृौ शताब्दीको पूर्वाद्र्धमा कर्णाली प्रदेशमा नागराजाले स्थापना गरेको खस राज्य अभय मल्ल पछि कमजोर हुँदा वि.सं. १४५० मा सामन्त मेदिनी वर्माद्वारा जारिगरिएको ताम्रपत्रमा ”महामण्डलेश्वर“ भनिनु तथा वि.सं. १४६१ मा वलीराज र मेदिनी वर्माले संयुक्त रुपमा महाराजाधिराज घोषण गरी ताम्रपत्र जारी गरिनु जस्ता सन्दर्भहरुले पन्ध्रौ शताब्दीको उत्तराद्र्धतिर खस राज्यको कमजोर अवस्थाबाट फाईदा उठाई विभिन्न थुम र दरामा स साना ठकुराई स्थापना भएको देखिन्छ । कर्णाली प्रस्रवण क्षेत्रमा पैmलिएका राज्यलाई बाईसी र गण्डकी प्रस्रवण क्षेत्रलाई चौबीसी भनिएको छ । यिनको नामाकरण बारे मतान्तर छ । जुम्ला राज्यलाई एघार पर्वतले बनेको आधारमा “बाइसपाखा” जुम्ला भनिदा पछि बाईसी हुन गएको धारणा सूर्यमणि अधिकारीको छ । त्यहाँका कागजातमा समेत ”बाईस पख्याली“ भनिएको सन्दर्भ समेत मनन योग्य छ । त्यसैगरी टेकनाथ गौतमले ब्राहमण २७ थर, खस २२ थर, गुरुङ, ६ थर वा घर, सन्यासी दशनामी, नाथयोगी ब्राहृपन्थी, मगर अठार पन्थी, थारु चौध जात आदि उल्लेख भएकोमा जथाक लेक पश्चिम बाईस थर खसको बाहुल्यता भएकोले बाईसी र जथाक पूर्व गण्डकी नदी प्रस्रवण क्षेत्रमा १८ पन्थी मगर, ४ थर वा घर गुरुङ समेत २४ थरघरको बसोबास क्षेत्र हुँदा चौबीसी भनिएको तथ्य ट्टढता साथ व्यक्त गरेका छन् । गोरखामा द्रव्य शाहकै पाला ( वि.सं. १६१६ ) मा षड्का तथा मगरको प्रभाव रहेको र चौबीसीमा नपर्ने तथ्य पृथ्वीनारायण शाहको वि.सं. १८२८ माघ ८ को पत्रमा कालु पाँडेलाई …………. उप्रान्त चौबीसीका मानिस भनिएकोबाट आफु यस गुठमा समावेश नभएको स्पष्ट हुन आउँछ । आधुनिक कालको पूर्वाद्र्धमा समेत बाईसी र चौबीसी राज्यहरुको अस्तित्व स्वीकारिएको छ ।

चौबीसीमा प्युठान

कर्णाली प्रसवण क्षेत्रमा वाईसे तथा गण्डकी प्रश्रवण क्षेत्रमा चौविसे राज्यहरुको अस्तित्व रहेको तथ्य विभिन्न विद्वान तथा इतिहासकारहरुले उल्लेख गरेपनि यसको निश्चित सिमांकन गर्न भने सकेको छैन । यस परिवेशमा प्युठान राज्यलाई वाईसेले छोएको भनिएको छ भने दुवै गुठमा यसको नाम देखा पर्दछ । तुल्सी राम वैद्यले महाकाली देखि भेरी सम्म वाईसे र भेरी देखि त्रिसुली सम्म चौविसे राज्यहरु विस्तारित भएको उल्लेख गरेका छन भने वावुराम आचार्यले गोरखा देखि पश्चिम पट्टी प्युठान सम्म रहेका राज्यहरुलाई चौविसे र खसीको लेक देखि उत्तर पश्चिम पट्टीमा राज्यहरुलाई वाईसे राज्य मानेका छन । मध्यकालीन खस र मगरहरुको सिमान्त जलजलाको लेक भएको हुँदा त्यसको पश्चिम पट्टी वस्ने वाईसथरका खसको वाईसे र पूर्वपट्टी गुरुङ हरुको क्षेत्र चौविसे भएको तथ्य पनि उल्लेख छ । प्युठान राज्यको उत्तर पश्चिम पट्टी अवस्थित भिंग्रीको अस्तित्व वारे स्थानिय वंशावलीमा मात्र राज्यको रुपमा उल्लेख भएको हुँदा खुंग्री र प्युठान राज्यको विचमा पर्ने यो क्षेत्र प्युठान भित्र नै भएको तथ्य त्यहाँ प्राप्त रजवन्धक थमौती पत्रहरुले पुष्टि गरेका छन । यी पत्रहरुमा ” …. प्युठान राजा तषतमा छदै” भन्ने उल्लेख छ । पृथ्वी नारायण शाहले ज्योतिषि कालु पाण्डेलाई वि.स. १८२९ फागुनमा लेखेको पत्रमा ”…… सल्यानमाथि वाईसे वढेछन पिउठानका झाराका फौज पठाई ठानावाटै शत्रुलाई भगाएको, पिउठानाको र वाइसेको  क्याह हकिगत छ …. ” भन्दा प्युठानसंग वाईसेको उल्लेख गर्दा अलग समावेश गरिनु जस्ता सन्दर्भले सल्यान पुर्व र प्युठानसंग पश्चिम पट्टि वाइसे र चौविसे राज्यहरुको सिमा पर्ने देखिन्छ । गजुलका राजा तुथासिंगले रुकुम सर्पकोटका राजा दारे जैतमकि छोरी तुम्वावती मैया संग विवाह गर्दा गजुललाई दाईजो दिएको क्षेत्र छुट्टाउदा जथाकलेक र माडी दोभान उल्लेख छ । एउटा क्षेत्रको भाग अर्को क्षेत्रको भित्री भागसंग विस्तारित हुँदा कठोरता साथ साईसे र चौविसे सीमा छुट्टाउन अप्ठ्यारो पर्ने धारणा पनि देखिन्छ । श्री ५ गीर्वाणयुद्व विक्रम शाहले सल्यान राजा रणभिम शाहलाई वि.स. १८६३ मा लेखेको पत्रमा ”…. हिजो वाईसे चौविसे माझमा हुँदा तेष ढुंगाले गोर्षाका ढुंगाका सोझो तनमन ल्याई ग¥र्याकोहो तस्तै जानी श्री जिज्युवाज्याले विवाह सम्वन्ध वाध्नु भएको हो, आजसम्म पनि सोही वमोजिम एकघर जानी त्यस तरफको गन्र्या संभार गर्दै रहनु होला……” भन्ने उल्लेख गरिनाले सल्यान वाईसे र चौविसेको माझमा पर्दथ्यो भन्ने पुष्टि हुन्छ । सल्यान वाईसेको र प्युठान चौविसेको सुचीमा परेको हुँदा यिनको विच भाग सिमान्त भएको वुभिन्छ । श्री ५ गीर्वाण युद्व विक्रमको वि.स. १८५८ को ताम्रपत्रमा पनि वाईसे र चौविसेको सीमा सखीलेक भएको उल्लेख छ भने रण वहादुर शाहले फुपु शिवप्रियालाई विर्ता दिदा चार किल्ला छुट्टाई दिएको ताम्रपत्रमा सखीलेकको पूर्वी पाखा ”धावा थुम्की” सम्म प्युठानको सिमाना भएको तथ्य उल्लेख छ । वहादुर शाहले नुवाकोटका श्री कृष्णा धामीलाई पत्र लेख्दा ”…. केही तरहले पश्चिमको काज सिद्व भयाको छैन काज नपुगन्ज्याल ताँहाकोकाज गर प्युठानको वढाई भया पछि काज सिद्व हुँन्या छ …” भन्ने उल्लेख गरेवाट प्युठान शक्तिशाली तथा चौविसेको सिमान्त राज्य थियो भन्ने जानकारी हुन्छ । प्युठान र सल्यान राज्यको सिमा अगाडी देखि नै जथाकको लेक थियो । यो लेक धौलागिरीवाट निक्लेर दाङको उत्तरमा महाभारतको दक्षिण डाँडा तोसखा भन्ने टाकुरामा मिल्दछ । यसलाई उत्तर देखि दक्षिण सम्म विभिन्न ठाँउमा टोट्के, नौवहीनी, तीन वहीनी , जथाक , चोलिफिजे, ताराखसे, सखी आदी नामले चिनिन्छ । यो श्रृङखलाले उत्तरमा भेरी र गण्डकीको पानीलाई दक्षिणमा राप्ती र शारदाको पानीलाई विभाजन गर्दछ । यी विभिन्न सन्दर्भहरुले वाईसेको पुर्वमा पर्ने सल्यान र चौविसेको पश्चिममा पर्ने प्युठानको विच भागमा सखीलेक नै दुई क्षेत्रको सिमान्त पर्ने हुँदा गजुल राज्यमा वाईसीको अधिकार भएकोले चौविसीको भौगोलिक क्षेत्रवाट छुट्टाउदा ”वाईसखुवा ” भनी पछि सम्म चिनियो । गोरखाको एकिकरण पश्चात प्युठान क्षेत्रमा नै वाईसखुवा तथा कालाशेष समावेश गरिएका थिए । अतः गोरखादेखि पश्चिम प्युठान माडी खोलाको पानी ढालसम्मको क्षेत्र चौविसेमा पर्ने हुँदा प्युठान पनि पाल्पा, पर्वत , कास्की, लमजुङ, तनहुँ, सरह शक्तिशाली चौविसेमा पर्ने राज्य भएको ठहर हुन्छ ।

प्युठान राज्यको स्थापना तथा वंश परिचय

पश्चिम नेपालमा बाईसी र चौबीसी राज्यहरुको उदय अघि खसीया मल्लहरुको वलियो राजनैतिक संगठन थियो । पृथ्वी मल्लका उत्तराधिकारीहरु कमजोर भएकोले र राजपुतहरुले आक्रमण गरी विभिन्न राज्यहरु अस्तित्वमा आए । यहाँका आधिकांश शासकहरु राजपुत भएको दावा गरी सेन, शाह आदिले भारतमा रहेका राजपुत समूहसंग पारिवारिक संम्वन्ध तथा सम्पर्क कायम गरेका थिए । यसरी प्रतिष्ठित हुन पुगेका ठकुराईहरु मध्ये प्युठान राज्य पनि एक हुनाले यहाँको नालिवेली खोज्दा पनि पश्चिम क्षेत्र पट्टी नै दृष्टि पु¥याउनु पर्दछ । प्युठान राज्यमा सिं, साह, चन्द, वंशी ठकुरीहरुको अस्तित्व विभिन्न ऐतिहासिक सामाग्रीहरुमा देखिए पनि खास गरी चन्द वंशी शासकहरु कै हैकम चलेको तथ्य प्रमाणिक भेटिन्छ । चन्दको प्रवेश नियाल्दा कुमाउँ तिरको ऐतिहासिक पृष्ठभुमि वारे हेर्नु सान्दर्भिक हुन्छ । कुमाउँमा पालवंशी शासक र दक्षिण पश्चिम तिव्वत र पश्चिम क्षेत्रमा खसीया, कत्युरी वंशका व्यक्तिहरुले राज्य गर्दथे । एघारौ शताव्दी तिर व्रहादेउले आफ्नो सन्तान नभएको हुँदा उत्तर भारतवाट कन्जोन वंशी सोमचन्दलाई ल्याई आफ्नी छोरीसंग विवाह गरिदिई उनलाई राजपाट सुम्पिए । यिनलाई सोमचन, शोमवंशी वा चन्द्रवंशी शासकको रुपमा चिनियो । कुमाउँमा सोमचनको प्रवेशवारे वि.स.७५७ वा वि.स. १२३५ उल्लेख गरिएपनि अन्य सन्दर्भहरुले समेत ईशाको एघारौ शताव्दी तिर चन्दको प्रवेश भएको तथ्य विश्वास योग्य ठहर्दछ । दुल्दुमा क्राचल्लको शासन हुँदा त्यहाँ थोहर चन्दले राज्य गर्थे । क्राचल्लको पालामा तिनजना “ माण्डलिकहरु” समेत चन्दवंशी व्यक्ति नियुक्ती भईसकेका थिए भने पृथ्वी मल्ल राईको वि.स. १४१३ को कनकपत्रमा भु–मण्डलका साक्षी वलालचन्द देखा पर्दछन । त्यसै गरी एउटा अप्रकासित चन्द वंशावलीमा पंजाव चण्डीगढमा राज्य गर्ने भारद्वाज  ऋषिका सन्तान नरसिंका उत्तराधिकारीहरु पुर्वपट्टी आएकोमा कालान्तरमा चण्डी र आल – चण्डीघर) को अपभ्रस हुदै चण्डयाल, चन्देल, चन्द र चन शव्द बनेको र केहीले काँगडा र कुमाउँमा राज्य गरेको भन्ने सन्दर्भ सहित ताराचन भित्रीकोटका राजा भएका भन्ने उल्लेख छ । गोरखामा प्राप्त एउटा वंशावलीमा प्युठानका राजा मानिक चनका पुर्वज कुमाउँमा राज्य गरेको कान्जोनसंग सम्वन्ध भन्ने पाईनाले समेत चन्दहरुको उदगम स्थल पश्चिम कुमाउँ तथा भारतको समथर भुभागवाट आएको भन्ने विद्वानहरुको भनाईलाई पनि समर्थन मिल्दछ । ताराचनका सन्तान मध्ये केही थाक खोला गएका हुँदा थकाली – भट्टचन , गौचन, हिराचन, शेरचन ) को अस्तित्व विद्यमान रहेको समेत उल्लेख पाईन्छ । ईतिहास शिरोमणी बाबुराम आचार्यले कुमाउँ हुदै सल्यानवाट सखीको लेक पार गरी शाहासी ठाकुरहरुले पिउठान, वर्वत, गुल्मी, धुर्कोट, आदिमा एकसय वर्ष ( ई. सं. १४०० देखि १५०० ) मा ठकुराईहरु स्थापना गरेका, पाल्पाका ठकुराईहरु रुद्र सेन भने दक्षिण पट्टीवाट प्रवेश गरेका , प्युठानका दोस्रो राजा धुर चन्द र अन्तिम मोतिचन्द  ठाकुर भएको उल्लेख छ । त्यसै सन्दर्भमा ठकुरी कुलका राजाले चन्द उपाधि ग्रहण गर्दा वखत उनका दाजु भाईहरुले सिंह उपाधि ग्रहण गर्दे जस्मा जसको आधारमा कुमाउका महेन्द्र चन्दका काकाले सिंह उपाधि ग्रहण गरी लालसिंह भने । राज्य सत्ताको अन्त्य पछि भने चन्द उपाधि नै धारण गर्दे । एच. एम. ईलियटले सोमचन्द चन्द चन्द वंशी नभई  “ चन्देल” वंशी भएको र उनीहरु झाँसीवाट नआई प्रतिस्थापनको जोशी मठवाट आएको भन्दै मुकराजका ३ छोरामध्ये एउटा छोरा नेपाल प्रवेश गरेका उल्लेख छ । प्रयागले एधारौ शताव्दी – ई.सं १०२७) को अभिलेखमा विजयपाल, आद्योपाल, र त्रिलोचन पालको नाम फेलापरेको छ । कुमाउँमा देखा परेका पाल, चन्द, मल्ल। शाह, शाही, बम, सिंह, हमाल, समाल, आदि थर हुन्छन । अतः बाईसे तथा चौविसे ठकुरीहरुमा विभिन्न ठकुरीहरुको अस्तित्व देखा पर्दछ । रजपुतहरु नेपाल प्रवेश पश्चात त्यहाँका स्थानिय वासिन्दाहरुसंग वैवाहिक सम्वनध एवं सम्पर्क राखि अस्तित्व कायम गरी थुम तथा दरामा राज्य स्थापना गरेका थिए । एउटा राजवंशमा विभिन्न थरको अस्तित्व देखा परेको छ । जुम्ला काले गाँउका सामन्त उत्तमराजका छोरा वलीराजले कल्यालवंश स्थापना गरेका , पुर्खा चितौडको सिसौदिया वाट आएकोमा उनका सन्तानलाई पाल, धित र थापा भनिन्थ्यो । डोटीको वंशावलीमा निस्यपाल, नागमल्ल, कल्याल मल्ल, रिपुमल्ल ………….. हरी शाही एउटै वंहवृक्षमा उल्लेख छ भने जाजरकोटको वंशावलीमा मलेभूमका पुत्र जक्ति सिंह, उनका भाई पृथ्वीभुम् रुकुमका राजा कान्छा सुर्तानभुम् सल्यानका राजा भएका थिए । जक्ति सिंहले जाजरकोट , जुम्ला र राजकोटका राज्य गर्दा निसन्तान हुँदा जाजरकोटे काजी वलिराजलाई पगरी लगाई दिए । चौध पुस्तासम्म पराक्रम देखाउने र जुम्लाका वंशका पुर्खा उनी नै थिए । यहाँ पनि सिंह, शाह, मल्ल , शाहा आदि थर धारण गरेको व्यक्तिहरुको अस्तित्व देखा परेको छ । दर्ना राज्यमा प्रमराज देवचन्द्र शाह हुदै नौपुस्ता सम्म चन्द र दश देखि तेईस पुस्ता सम्म राय, चौध देखि तेइस पुस्ता सम्म मल्ल र पछि व्रहा, साही , वम भएको देखिन्छ ।

( स्रोत : Pyuthan)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in स्थान परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.