~बाबुराम आचार्य~
प्रसिद्ध मेवाड–नरेश राणा प्रतापसिंह शाहजस्तै यशस्वी, पराक्रमी र युद्धकुशल समेत होऊन् भन्ने आकांक्षा राख्दै श्री ५ पृथ्वीनारायण शाहले आफ्ना नवजात जेठा छोरा युवराजाधिराजको नाम ।।।प्रतापसिंह शाह राखेका थिए । तर समय बित्तै जाँदा परिणाम भने उनको यस आकांक्षाको ठीक विपरीत हुन आइपुगेको थियो । उनका कान्छा छोरा राजकुमार बहादुर शाह भने उनले चिताएजस्तै भएर निस्किएका थिए । पृथ्वीनारायण शाहको अन्तिम समयमा यिनी सत्र वर्ष मात्र पुगेका थिए र ।यिनको विवाह पनि सम्पन्न भएको थिएन । बालककालदेखि नै आफ्ना संघर्षशील पिताका साथमा रहँदै आएका, उनैबाट व्यवहारिक राजनीतिको साथै युद्धकलाको क्रियात्मक शिक्षासमेत प्राप्त गर्दै आएका र भोगविलासदेखि टाढा रहँदै आएको हुनाले कहिललो उमेरदेखि नै यिनका दैनिक क्रियाकलापहरूमा उद्योग पराक्रम र साहसका लक्षणहरू स्पष्टरूपमा देखापर्न थालिसकेका थिए ।
पूर्वतफृको विजय–अभियान प्रायः सफल भइसकेकोले पश्चिमतर्फको विजय अभियानको निमित्त आवश्यक प्रबन्ध मिलाउने उद्देश्यअनुसार पृथ्वीनारायण शाह नुवाकोटमा गई बसिररहेका थिए । यसै स्थितिमा उनी अकस्मात् नै बिरामी परे । उनका कान्छा भाई शूरप्रताप शाह पहिले नै विभिण्डिएर गोर्खा छोडी कास्कीतिर गायव भइसकेका थिए । यसैबीचमा उनीसँग असहमत भईउनको अर्का भाइ जेठा चौतारा महोद्दामकीर्ति शाह पनि भागेर गोर्खालीहरूका विरोधी कास्केली राजाको आश्रयमा पगिरहेका थिए । यसैबीचमा उनीसँग असहमत भई उनका अर्का भाइ जेठा चौतारा महोद्दामकीर्ति शाह पनि भागेर गोर्खालीहरूका विरोध कास्केली राजाको आश्रयमा पुगिरहेका थिए । यस घटनाबाट काठमाडौँमा रहेका युवराज प्रतापसिंह शाहको मनमा र नुवाकोटमा नै रहेका श्री ५ पृथ्वीनारायण शाहको मनमा मात्र होइन, राजकुमार बहादुर शाह एवं अन्य भाइभारदारहरूका मनमा पनि खुलदुली पैदा हुनु स्वाभाविक नै थियो । यसै स्थितिमा नुवाकोटामा नै पृथ्वीनारायण शाहको अप्रत्याशितरूपमा निधन भएकोले (वि. सं. १८३१ माघ १ गते, तदनुसार १० जनवरी, ई. सं. १७७५) काठमाडौँमा प्रतापसिंह शाहले नेपाल अधिराज्यको राजमुकुट धारण गरेका थिए ।
राजकुमार महोद्दामकीर्ति शाहको पालयनबाट उत्पन्न भएको खुलदुली प्रतापसिंह शाहको मनमा बाँकी नै रहेको थियो । यसैले काकाहरूसँग मिली भाइ राजकुमार बहादुर शाहले चौबीसे राज्यहरूमा गएर आफ्नो विरुद्धमा
विद्रोह गर्ने पो हुन् कि भन्ने अनावश्यक शंका लिई यिनले आफ्ना प्रमुख सल्लाहकार व्रजनाथ पण्डित र स्वरूपसिंह काकृहरूको परामशृअनुसार काका काजी दलजित वशाहका साथै पिताको आशौच बारी बसेका भइ राजकुमार बहादुर शाहलाई पनि आशौचभित्रैमा नुवाकोटमा नै सहसा केद गरे । राजकुमार दलजित शाहपछि भागेर वेपत्ता भएकाले उनको सर्वश्वहरण भयो । नजरबन्द अवस्थामा नै राजकुमार बहादुर शाहले पिताको अन्त्यष्टि काजक्रिया विधिपूर्वक सम्पन्न गरे ।
छिमकेकी भारतका राजनैतिक गतिविधिहरूबाट सजग रहने उद्देश्यअनुसार थिए । राजा प्रतापसिंह शाह र राजकुमार बहादुर शाह दुवै भाइ यिनका आफ्नै तुल्य, स्नेहका शिष्य थिए । आफ्ना शिष्य रहेका नयाँ राजालाई आशीर्वाद चढाउन आएका गजराज मिश्रले राजाका आफ्नै सहोदर भाइ राजकुमार बहादुर शाहलाई नजरबन्दी अवस्थामा रहेको पाउँदा यिनी निकै खिन्न हुनु स्वाभाविकै थियो । विदेशमा निर्वासनमा पठाएर भए पनि नजरबन्दमा रहेका राजकुमारलाई स्वच्छन्द—दनीवन बिताउने अवसर प्रदान गरिनुपर्दछ भनी यिनले जोडदार आग्रह गर्दा गुरुको यस आग्रहलाई प्रतापसिंह शाहले अनादर गर्न सकेनन् र राजाको अनुमतिअनुसार नजरबन्दबाट मुक्त भई बहानुर शाह भारतको बेतियामा गई निर्वाचित जीवन बताउन थाले ।
निर्वाचनमा रहनु परे पनि राजकुमार बहादुर शाह नेपाल राष्ट्रप्रतिको आफ्नो निष्ठा र कर्तव्यबाट कति पनि विचलित भएका थिएनन् । राष्ट्रप्रेम उनको नसा–नसामा भिजिइरहेको थियो । आफ्ना यशस्वी पिताले आरम्भ गरेको एकीकरणको अभियानलाई कसरी अघि बढाउने भन्ने चिन्ता पनि यिनको मनमा छँदै थियो । यसैले चितवनमा अंग्रेजहरको आक्रमण हुन लागिरहेको छ भन्ने हौवा देखाउँदै यिनले प्रतापसिंह शाहलाई— “चितवनमा फिरभ्̈ीहरूको आक्रमण हुन आँट्यो, उनीहरूले आक्रमण गर्नुभन्दा पहिले तुरुन्त नै त्यहाा आक्रमण गरिहाल्नु आवश्यक भयो” भनी अर्जीपत्र लेखी पठाए । यिनको अनुरोधअनुसार नेपालको तर्फबाट यथासमयमा नै हस्तक्षेप हुँदा चितौनमा नेपाल सरकारको अधिकार सहजै स्थापित भयो पनि । यसै अवस्थामा, चिनौन विजयको खुसियाली मनाएको तीन महिनापछि आफ्ना अढाई वर्षका एकमात्र छोरालाई छोडी २६ वर्षको जल्दोबल्दो जवानी अवस्थामा न प्रतापसिंह शाहको असामयिक निधन भयो र बालक युवराज रणबहादुर शाह श्री ५ महाराजधािरजको रूपमा नेपालको राजसिंहासनमा राखिए (वि. सं. १८३ मार्ग ६ गते तदनुसार १७ नोभेम्बर ई. सं. १७७७) ।