~बिना तामाङ्~
उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ।
मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्।
मैयादेवि चर्को स्वरमा”हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न।क्रान्ति गर्नुपर्छ।हामी माथि अन्याय गर्ने भनेको पुरुष हुन्।पुरुषबादी सोचका कारण हामी पछाडी परेका हौ।यो पुरुषप्रधान समाजको प्रतिफल हो।यसको बिरोध गर्नु पर्छ।अब हामी महिलाहरु एक भएर अगाडी बढ्नु पर्छ।”
फेरि तालीको गड्गडाहड गुञ्जिन्छ।
“मैयादेवि जिन्दाबाद” भिड नारा लाउन थाल्छ।
मैयादेवि गमक्क पर्छिन्।नाकको फोहरा ठूला ठूला हुन्छ।अनुहार घमण्डले फुल्छ।सबैको हाई हाई हुन्छिन् मैयादेवि।
बेलुका घर फर्किन्छिन्।
श्रीमान झोलामा सामान मिलाउंदैहुन्छ।
मैयादेवि चर्किएर” कताको सवारी?”
“भोलि बिहानै घर जान्छु।”
“किन?”
“आमा सिकिस्त हुनुहुन्छ।यहि शहरमा ल्याएर उपचार गर्नुपर्यो।” श्रीमान सुस्केरा हाल्छ।
मैयादेवि रिसले झोलाबाट श्रीमानको पर्स निकाल्छिन्।
“लौ जानुस त।अरु मर्या छन् र? यहाँ आफूलाई खर्च गर्ने पैसा छैन।बडो इमान्दार छोरो बन्न खोज्ने।”
श्रीमान जिल्ल पर्छन्।