~बिष्णु प्रसाद अधिकारी~
आज साधु बाबाको शक्ति र झारफूकको खुबै चर्चा चलेको थियो । किन नचलोस उनको मन्त्र र बुटीले कसैलाई ठूलो वरदान प्राप्त भएको थियो । विवाह भएको १० वर्षसम्म पनि नि:सन्तान भएर दुःखी त थीई नै अझ समाजले “बाँझी” भनिदिँदा को पीडा असह्य थियो सुन्तलीलाई । दुवै दम्पतिले जति डाक्टरी जाँच र औषधी उपचार गर्दापनि केही सीप नलागेकोले अन्तिम उपाय स्वरुप केहि समय पहिले बाबाकहाँ गएकी थिईन उनी । फर्कँदा प्रसन्न मुद्रामा एक बुटी बोकेर आईन । बाबाका अनुसार उक्त बुटी बाँधेर सम्भोग गरे गर्भ रहने निश्चीत थियो । फलस्वरुप उनी आज गर्भवती भएको थाहा भएको थियो । सबै चकित थिए बाबाको शक्ति देखेर । म त झनै चकित थिएँ किनकी केहि समय पहिले उनको श्रीमान हर्केको वीर्य जाँच (Semen Analysis) गर्दा शुक्राणुविहीन (Azoospermia) पाईएको थियो ।