~लव गाउँले~
-एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका छन् । त्यसको ठीक माथितिर राष्ट्रिय रुने कवि गोष्ठिमा सहभागी बर्षिय कविहरूको सम्मानमा आयोजित स्वागत समारोह लेखिएको तूल छ । तूलको मुनिपट्टकिो भागमा रोएर मनको सबै मैलो फालौँ, पुरानो दिमागमा नयाँ बुद्धी हालौँ नारा पनि लेखिएको छ । हलमा एकनासले आमन्त्रितहरूको ओहोर-दोहोर भै नै रहेको छ । हलको एकातिर मेच, टेबलहरू सजाइएका छन् । उपस्थित कवि एवं अन्य पाहुनाहरू तँछाड-मछाड गर्दै डि्रङ्क र्सभ हुँदै गरेको काउण्टरमा झुत्तिएका देखिन्छन् ।)
दृश्य एक/टेबल एक
कवि एक : गजवै भो बा ! अहिलेसम्म संसारभरिमै यो रुने कविगोष्�� ीको आयोजना भएको थाहा छैन । हाँस्ने कविगोष्�� ीमा भाग लिएर एक/दर्र्ुइर्पल्ट हल त थर्काएकै हो ।
कवि दर्र्ुइर् :-सही थाप्दै) त्यै त, यस्तो कार्यक्रम त पहिलोपल्ट नै हो तर पनि आयोजकले यो राष्ट्रियस्तरमा भएको पहिलो कार्यक्रम भनेर प्रचार पनि गरेनन् !
कवि तीन :-वियर तान्दै) त्योभन्दा नि अचम्म त अर्को छ ! सहभागी कविहरूलाई सुन, हीरा, मोतीका गरगहना लाएर आउनुभनेको छ आइमाईहरू बिहामा गा’को जस्तो । कविहरू गरिब हुन्छन् भनेर सायद हुनेखाने देखाउन होला !
कवि चार :-चोरी औँला �� ड्याउँदै) तपाईंले विलकुलै सही बोल्नु भो । आयोजकको नामै हर्ेनुस् न लुटनदास करौडीमल ! मुर्म्बईका होलान् सायद ! -पर्दा)
दृश्य दुइ / टेबल दुइ
कुख्रे कवि :-सिङ्गै कुखुरा तान्दै) यो कार्यक्रम कविता साहित्यको इतिहासमा नौलो प्रयोग हुनसक्छ । -गिलास उचाल्दै) एउटा सुकेको लड्डु, झण्डै बूढीऔँला जत्रो केरा, भुँडी फुलाउने समोसा, दर्ुइटुक्रा निम्की खान कमलादीको एउटा साहित्यिक भवनमा त ज्यानै फाल्नु पथ्र्यो ! जे होस्, आयोजकले यो कार्यक्रम दिल फुकाएर आयोजना गरेका रहेछन् !
रुञ्चेकवि :मलाई त यो खानेभन्दा पनि कसरी रुने होला भन्ने कौतुहल बढी लागिरहेको छ !
जान्नेकवि :ओशो आश्रममा रुँदै, कराउँदै, उप|mँदै मनको मैलो हटाउँछन् भन्ने सुनेको थिएँ, सायद यहाँ पनि यस्तै होला !
आन्द्रेकवि :डेरामा कहिल्यै टन्न मासु दार्न पाइँदैन । सधैँ नगिचैको होटलमा पकाएको मासुको बास्ना सुँघेर खाइन्थ्यो । आज त मलाई -सिङ्गो कुखुरा ओल्टाइपल्र्टाई हर्ैर्दै) यो कुखुरा कताबाट टोकौँ कताबाट, त्यस्तो भइरहेछ !
ट्वाकेकवि : यो मासु मात्रै नटोकौँ
-वियरको गिलास उचाल्दै) गिलास पनि बोकौँ । -सँगैको कविको ढाडमा हात पुगेपछि) ओहो तेरो कोट त चिसै छ, नुहाएर आइस् कि क्या हो –
झुत्रेकवि :कहाँ नुहाएर आउनु ! आफूले जिन्दगीमा कहिल्यै सुट हाल्न सकेको हैन । छिमेकी धोवीको पसलबाट भाडामा ल्याएकोले सुकेकै छैन होला । -यत्तिकैमा वेटर प्रवेश गर्छ)
वेटर :यहाँहरू डिनरको लागि उ�� ्ने हो कि –
झुत्रेकवि :डिनरभन्दा पनि पुरस्कार के छ पुरस्कार – विदेश जाने टिकटको हल्ला त सुनियो तर डिटेलमा केही थाहा भएन ।
वेटर :किन र पुरस्कार जितेर अमेरिका पाल्नुहुने –
को�� ेकवि :कति नेपालमा मात्र गुम्सिरहनु । यस्सो एकपल्ट अमेरिका पनि त हर्ेनुपर्यो ।
वेटर :तपाईं कवि-लेखकहरूलाई अमेरिका प�� ाएर के गर्ने । आपmनो त कुरै छोडौँ, अर्काको परिवारसमेत बिगारी दिने !
जान्नेकवि :कसरी, कसरी –
वेटर :अस्ति एउटा साप्ताहिक पढ्नु भएन । एउटा कविले अर्काकी स्वास्नी अमेरिका लगेर दुवैका परिवार खत्तम भएको !
आन्द्रेकवि :आफू त पैसा नभएर अहिलेसम्म राँडै बसिरा’छु केको अर्काको परिवार बिगार्नु !
वेटर :अब केहीबेरमै कविगोष्�� ी सुरु हुन्छ । त्यसपछि पुरस्कार थाहा पाइ हालिन्छ नि । -नेपथ्यबाट सहभागी कविहरूलाई हलभित्र आइदिन अनुरोध भएपछि कविहरू �� ेलम�� ेल गर्दै हलतिर लाग्छन् ) । -पर्दा)
दृश्य तीन/भव्य मञ्च
-मधुर सङ्गीतसहित अत्याधुनिक प्रकाश व्यवस्था भएको हलमा सियोसमेत खोज्न मिल्ने उज्यालो देखिन्छ । आमन्त्रित बहुसङ्ख्यक कविलगायत अन्य पाहुनाहरू हलमा खचाखच देखिन्छन् । हात्तीको सुँढजस्तो पर्दा माथिमाथि बेरिँदा राष्ट्रिय रुने कविगोष्�� ीमा स्वागत लेखिएको तूल देखिन्छ । एक साइडमा एउटा पोडियम छ र पोडियमसँगै पोडेजस्तो लाग्ने एक व्यक्ति उद्घोषकको रूपमा उभिएको छ ।
उद्घोषक :राष्ट्रिय रुने कविगोष्�� ीमा भाग लिन पाल्नुभएका सम्पर्ूण्ा सम्मानित कविहरू एकैछिन मन्चमा जम्मा भइदिनुहोला । -कविहरू सामूहिक फोटो पहिले नै लिने होला भनेर धमाधम मन्चतिर लाग्छन् ।) आजको यो कार्यक्रम विश्व इतिहासमै नौलो छ । सायद यसले ‘गिनिज बुक अफ वर्ल्ड रर्ेकर्डस्’ कायम गर्न सक्छ । तपाईंहरूको यो भव्य सहभागिता देखेर हामी अत्यन्त दङ्ग छौँ । मदनकृष्ण-हरिवंशको हास्य कार्यक्रमलाई चुनौती दिने यो भीडलेे हामीलाई सफलताको सगरमाथा चढ्न सफल तुल्याउने विश्वास लिँदै म कार्यक्रम आयोजक श्रीलुटनप्रसाद करौडीमलजीलाई मञ्चमा आइदिन अनुरोध गर्दछु । -कविहरूमा बडो कौतुहल देखिन्छ) पान चपाउँदा चपाउँदा ओ�� मात्र हैन गाला र कानसमेत रातै भएको लुटनप्रसाद आसिन पालकी ल्याएर मञ्चमा बिसाइन्छ । पालकी बोक्ने काला न काला मुसतुण्डेहरू देखेपछि कविहरू एकछिन डराउँछन् । लुटनजी पालकीबाट उ�� ेर पिच्च थुक्न खोज्दा एउटा मुसतुण्डेले आफ्नो हात थाप्छ । लुटनजी सबै कविलाई हर्ेर्दै फनफनी रिँग्दै पहिलेकै कविछेउ आइ पुग्नुहुन्छ ।
लुटन : यहाँले मासु र वियर खानुभयो – कति जति मासु र कतिवटा वियर खानु भयो –
कवि : -सहजतासँग) त्यस्तै डेढ किलो कुखुरा र हाफ केस वियर खाएँ आयोजकज्यू !
लुटन : अनि वियरले लागेन –
कवि : जिन्दगीमा कविता लेख्दालेख्दा यति रुख्खिएछ, वियर त बालुवामा हालेको पानीजस्तै भैगयो !
लुटन : -अर्को कविसँग) यहाँको शुभनाम के होला –
कवि : चरणहरि !
लुटन : अँ त कवि चरणजी ! यहाँले कति कवयित्रीको चिर हरण गर्नुभएको छ अहिलेसम्म –
चरण : -आत्तिँदै) काँ हजुर पनि ! म त को�� ेकवि हुँ । को�� ाबाट मुस्किलले कार्यक्रममा मात्र आउँछु ।
लुटन : अनि कवयित्रीहरू देख्नै नहुने, किताब छपाउन लगाएर आफैँ प्रमुख अतिथि भई विमोचन गर्ने कवि को हो –
चरण : त्यो त ज्ञानप्रसाद हो ।
-हातले देखाउँदै) ऊ अँध्यारोमा पनि कालो गग लाएर उभिरा’छ ।
लुटन : -ज्ञानप्रसाद छेउ जाँदै) ज्ञानप्रसादजी, कवयित्रीहरूको खर्चमा प्रमुख अतिथि बनेर विमोचन गर्ने ज्ञान कसरी बटुल्नु भो –
ज्ञान : यो त मेरो खान्दानी पेसा नै हो नि हजुर !
लुटन : गुड ! अनि अमेरिकामा भाँडा माभmन गा’को भुइँफुट्टा कविलाई अमेरिका बसेर साहित्यको साधना मात्र गर्ने प्रश्न सोध्ने त्यो बेकुफ चाँयित्यिक पत्रकार कहाँ छ –
ज्ञान : -आर्श्चर्य मान्दै) साहित्यिक कि चाँयित्यिक –
लुटन : कपालमा चाँया धेरै हुनेलाई चाँयित्यिक भन्छन् !
ज्ञान : ए, त्यो त त्यै अमेरिका बस्ने भुइँफुट्टा कविले प�� ाएको डलर नक्कली भेटियो भनेर प्रहरीमा बयान दिँदैछ हजुर !
लुटन : त्यसको टाउकोको छाँया गयो –
ज्ञान : -एकछिन अलमलिन्छ)
लुटन : ए मैलेे छाँया भनेछु ! चायाँ, चायाँ –
ज्ञान : -सशङ्कित हुँदै) खै हजुर ! चाकडीमा माहिर छ, त्यसलेे त चायाँ मात्र हैन हजुर हाम्रो छायाँसमेत लग्लाजस्तो छ ।
लुटन : -गम खाँदै) हूँ.˜˜.. -धम्कीको भाषामा) कस-कसले केके लान सक्छन् म पनि हेरौँला !
-उद्घोषकलाई सम्बोधन गर्दै) उद्घोषकजी ! सधैँ राष्ट्रको लागि लेखेको भन्दै राष्ट्रले उनीहरूलाई कहिल्यै नहेरेको दाबी गर्ने यी अरा मेरो मतलव राष्ट्रिय कविहरूछेउ आजको हाम्रो कार्यक्रमको मकसद्को पोको फुकाइदेऊ । -लुटनजीले यति भन्नेबित्तिकै हलमा बत्ती भmयाप्प निभ्छ ।) हल बाहिर स्पिकरमा राष्ट्रको लागि मरिमेट्ने मर्ूधन्य कविहरूलाई हाम्रो स्वागत, हाम्रो स्वागत भन्ने गीतिमय सन्देश �� ूलो�� ूलो आवाजमा बज्न थाल्छ ।
उद्घोषक : -अँध्यारोमै) राष्ट्रको लागि लेखेको भनेर फुइँ लाउने राष्ट्रिय कविज्यूहरू ! -कविहरू डरले थरथर काँप्न थाल्छन्) र्सवप्रथम हलको ढोकाढोकातिर हेर्नोस् ।
-हलको सबै ढोकातिर पिलिक पिलक गरेर जिरो वाटको बत्ती बलेको देखिन्छ । त्यही प्रकाशमा हलको सबै ढोका बन्द देखिन्छन् र प्रत्येक ढोकामा टिलिलिल्ल तालु टल्किएका बाउन्सरहरू देखिन्छन् ।) कविहरू आत्तिएर यताउति दगर्ुन खोज्छन् । “खबरदार ! तपार्इंहरू कोही कतै उम्कन पाउनुहुन्न ! तपार्इंहरूसँग भएको गरगहना, घडी, पैसा एक(एक गरेर यो पालकीमा राख्नुहोला । मञ्चमा बत्तीको उज्यालोसँगसँगै लुटनजीको आगमनमा प्रयोग गरेको पालकी देखिन्छ । कविहरू व्हाँव्हाँ र च्याँच्याँ गर्दै ढोकातिर दगर्ुन खोज्दा काला बाउन्सरहरूले लखेट्दै ल्याउँछन् । अन्तत: कविहरू क्वाँक्वाँ रुँदै अरूसँग मागेर ल्याएका सुनका सिक्री, हीराका औँ�� ी, घडी, पैसा पालकीमा खसाल्न थाल्छन् । हल बाहिर स्पिकरमा राष्ट्रको लागि मरिमेट्ने मर्ूधन्य कविहरूलाई हाम्रो स्वागत, हाम्रो स्वागत भन्ने गीतिमय सन्देश �� ूलो�� ूलो आवाजमा एकनासले बजिरहन्छ । -पर्दा) -यसमा उल्लिखित पात्र, चरित्र र स्थान नितान्त काल्पनिक हुन् ( नाटककार)
(स्रोत : मधुपर्क)