~हरीराज खेवा तिगेला~
पात्रहरु
(१) युवती – अनुशिला
(२) युवती – रेश्मा
(३) युवक – अवशेष
(४) युवक – प्रमेश
(रातको समय, टाढा भयावह आवाज, हुरी, झरीको प्रस्ट आवाजमा लगातार ढोकामा ढकढकाएको चर्को ध्वनि को�� ामा प्रतिनिधित्व हुन्छ । अवशेष आङ्खनै सुरमा एक्लै बरबराइरहन्छ)
अवशेष – (चुरोटको सर्को तानेर फुङ्ग आकाशतफै उडाउदै) उपm.. यो… चुरोट … यो धुवा… यो कहालीलाग्दो जिन्दगी… जिन्दगी धुवा“ जस्तै आकारहीन छ । कहा हुरीको झोक्काले यो खरानी भै“m फुङ्ग उडी दिन सक्छ । शुन्यतामा के थाहा, समयको छालले लक्ष्यका डुङ्गा चुर्लुम्म डुबाइदिनसक्छ… गहिराइहरूमा । आज मभित्र शङ्काको बादल मडारिरहेको छ । मेरी अनुशिला जसलाई मैले दुःख दिए । उ फोनबाट भनिरहेकी थिई । दुइ दिनको पैदल यात्रा बिचरी…। तर त्यो फोन वास्तविक थियो । सासू बिरामी हुनुहुन्छ छोरी अनुशिलालाई प�� ाइदिनु । के मेरो कानले धोका दिएको… होइन… होइन मैले दुइ तीन पटक नै सोधेको छु । फोनमा त्यही आवाज थियो जो सदाभै“m बोल्यो । ठिकै छ अनुशिला आएपछि माफी मागौ“ र अनुसन्धान गरौ“ला ।
(बाहिरबाट ढोकामा लगातार ढकढकाइरहन्छ । केटीको आवाज आउ“छ)
नेपथ्य – ढोका खोलनुस्..। को हुनुहुन्छ – ढोका खोल्नुस्न…।
अवशेष – ह“… अनुशिला आएजस्तो छ । -खुशी साथ अगाडि बढ्छ र ढोका खोल्छ) अनुशिला… आउ“… तिमीलाई दुःख भयो हगि… अनुशिला । न्रि्रुक भिजेकी छौ ।
-पानीले न्रि्रुक भिजेको युवतीको प्रवेश)
रेश्मा – म… अनुशिला… होइन… म रेश्मा हु“… मलाई सहायता गर्नुहोस् । कृपया सहयोग…। मलाई कसैले पिछा गरिरहेको छ ।
अवशेष – मैले के सहयोग गर्नु – न मैले तिमीलाई नै चिनेको छु यस्तो राति । फेरि म यो शहरमा भरखरै मात्र आएको ।
रेश्मा – के सहयोगको अपेक्षा चिनेकोस“ग मात्र गर्न सकिन्छ र – कुनै प्राणी जन्मदा यो परिचित हु“दैन । परिचय त समयनुकुल बन्दै जाने प्रक्रिया हो । आज हाम्रो परिचय भयो मैले एउटा सानो सहयोग मागे । मेरो घरसम्म पुग्नलाई । केवल तपाईं एउटा पुरुष भएको हैसियतले ।
अवशेष – म पुरुष त हो तर…
रेश्मा – तर के । तपाईंलाई डर लाग्छ । तपाईं नै भन्नुहोस् एउटा नारीको अस्मिता बचाउनु पुरुषको कर्तव्य होइन र – फेरि तपाईं एउटा राष्ट्र सेवक, सम्वेदनशील ओहदामा रहनुभएको व्यक्ति.. के तपाईं मेरो इज्जत लुटेको हेरिरहनु सक्नुहुन्छ, भन्नुहोस्- के म बाहिर निस्कौं – अनि ती ब्वासोस“ग आज मेरो अस्मिता सुम्पौ – भन्नु होस्..।
अवशेष – होइन… रेश्मा… म नजिकै भए त्रि्रो घर पुर्याइदिन सक्छु । त्यति सानो सहयोग कसर नगर्ने र है – �� िकै छ एकछिन पर्ख म कपडा फेर्छर्ुु छाता झकिेर आउ“छु ।
रेश्मा – �� िकै छ…। बरु केहीक्षण पर्खौ, तिनीहरू बाहिर खोज्दै होलान् । तिनीहरू फर्केपछि खतरा कम हुन्छ अनि जाउला हुन्न – सा“च्ची म साह्रै भिजेकी छु जाडोले कामिरहेकी छु ।.. चिया भए म आफै“.. ।
अवशेष – �� िकै छ रेश्मा चिया म बनाइहाल्छु नि तिमी बस्दै गर, रातिको पाहुना भगवान् समान हुन्छ हैन त –
(अवशेष भित्र प्रवेश गर्छ, को�� ामा शून्य हुन्छ, रेश्मा को�� ा नियाल्दै खित्का छचड्दै बरबराउ“छे)
रेश्मा – म पहिलो प्रयासमा सफल भए । माछा जालमा फस्न थालेको छ । सायद यो मेरो अन्तिम खुशीको दिन हुनेछ ।
-अवशेष चिया लिएर प्रवेश गर्छ । चिया दि“दै)
अवशेष – चिया खाउ रेश्मा । बाहिर पानी रहे जस्तो छ । म केही क्षणमा तिमीलाई पुर्याइदिन्छु ।
रेश्मा – धन्यवाद ….. । तपाईंले जुन सहयोग गर्दै हुनुहुन्छ त्यसको लागि म ज्यादै नै ऋणी छु । -चिया पिउ“दै) चियामा …… ।
अवशेष – कि …. । चिनी लागेनकी कसो –
रेश्मा – चिनी नपुगे जस्त्ो छ । मेरो अलि कडा खाने बानी छ । यसो दुःख दिउ“की ।
अवशेष – हुन्छ म ल्याउ है त -भित्र प्रवेश गर्छ । त्यसै मौकामा सिपीङ्ग टुवापलेट अवशेषको चियामा मिसाइदिन्छ । विजयको लामो सास फेर्दै रेश्मा हा“स्न थाल्छे)
रेशमा – अब म त्यसको चियामा स्लीपिङ्ग टयाब्लेट मिसाइदिन्छु । अँ ला …. मिर्साई पनि दिए ……. अब यो टयाब्लेटले मेरो जाललाई अझ मजबुत पार्छ । -रहस्यमय हा“सो)
अवशेष – किन हा“स्दै हुनुहुन्छ – किन मैले त्यस्तो केही गरेकी – -प्रवेश गर्दै) ।
रेश्मा – केही होइन । पहिलेको कुराको याद आयो र हा“सेको मात्र । खै ल्याउनुहोस चिनी म लगाउ“छु ।
अवशेष – के त्यस्तो कुरा मैले पनि सुन्न हुने हो कि –
रेश्मा – किन नहुने भइहाल्छनि पहिला चिया पिउ“ अनि बाटोमा गफ गर्दै जाउ“ला हुन्न र –
अवशेष – हुन्छ …… ।
-दुवै चिया पिउन थाल्छ । चिया पिउ“दापिउ“दै अवशेष लरबराउनु थाल्छ)
अवशेष – मलाई के भयो सबै अ“ध्यारो देख्न थाले …. म … बेहोस भए । म …. म ….. ।
(अवशेष बेहोस बन्छ । रेश्मा अवशेषलाई नियाल्छ । जोड खित्का छोड्दै हा“स्छ)
रेश्मा – बल्ल मेरो जालमा फस्यो । आज मेरो अन्तिम विजय हो अन्तिम खुसी हो …. । जसरी मैले जिन्दगीभर तड्पिएको थिए त्यसरी नै यसलाई पनि चड्पाउ“छु । -हास्दै) यो धोकेबाज सिंह आज जाबो खरायोको जालमा फस्यो । … हो .. म… एउटा जिउ“दो लास हु“, मुदा हु“, तर म योस“ग बदला लि“दैछु । -हासिरहन्छ, टाढा लाटोकोसेरो कराएको, कुकुर भुकेको आवाज आउ“छ । रेश्मा अवशेषलाई उठIएर ओछयानमा सुताउ“छे ।) यो सुतोस, निदाओस् यसको यही अन्तिम न्रि्रा बन्छ । भोलिदेखि यही ओटयानले यसलाई बिझाउनेछ । अनि थाहा पाउने छ, पीडा कस्तो हुन्छ । -रेश्मा को�� ाको चारर्ैतर्फ नियाल्छे । अनुशिला र अवशेषको दाम्पत्य फोटोमा देखेर टक्क अडिन्छ ।) यो शानदार को�� ा, अनि .. सामान…. ओहो यी दाम्पत्य जोडीका फोटो । …. हो … मैले …. चाहेको भविष्य यस्तै थियो । म एउटी नारी हु“ उनी पनि एउटी नारी नै हुन् । मैले स्वच्छ प्रेम अङ्गालेर आएकी थिए । तर .. मलाई … बम्बैमा … । अहँ अहँ म… सम्झन सक्दिन मेरो अतित …. -टाढा बा“सुरीको धुन बज्छ) … त्यो सुन्दर गाउ“ … मैले सोचेको भविष्य यो झुठ आश्वासन, अहँ … म सहन सक्दिन … फेरि … कहा“बाट आयो … यो बा“सुरीको धुन किन बज्छ मेरो मुटु छियाछिया पारेर किन मलाई यी धुनले गाली गरे जस्तो लाग्छ – कसैले देख्दा थुकी दिएजस्तो लाग्छ – यी सारा पिडा …. -रुन थाल्छ ।)
अवशेष – -अवशेष ब्यूँझन्छ) तपाईं यही हुनुहुन्छ – फेरि किन रु“दै हुनुहुन्छ – अँ … मैले पुर्याइदिन्छु भनेको थिए । हि“ड्नुहोस् हि“ड्नुहोस् म पुर्याइदिन्छ ।
रेश्मा – -सम्यमित हु“दै) स्वाङ्ग पार्नु पर्दैन अवशेष जी तपाईंले आज एउटा नारीमाथि खेलवाड गर्नु भो । चियामा बेहोस पार्ने औषधि मिसाएर मेरो इज्जत लुट्नु भो हैन …… ।
अवशेष – यो .. कदापि हुन सक्दैन, थाहा भएन म पनि बेहोस भएछु । फेरि अहिले मात्र होस खुलेको ……. ।
रेश्मा – निर्देष बन्न नखोज्नुहोस् … म तपाईंलाई छोड्दिन अब भन्नुहोस् कोही परपुरुषस“ग एक रात बिताएपछि कसैको छोरीचेली कमै घरमा फिर्ता जान सक्छे – बस् … अब म …
अवशेष – …… तपाईं के ….
रेश्मा – मलाई तप्नि स्वीकार्नुपर्छ । तपाईंले … ।
अवशेष – पत्नी बनाउनु …. यो हुन सक्दैन … म एउटीको पनि म तपाईंलाई पत्नी बनाएर सुन्दर भविष्य र मेरी अनुशिलालाई जिउ“दै जलाउन सक्दिन । मलाई माफ गर्नुहोस् …… ।
रेश्मा – माफी …. । पुरुषहरूले पनि महिलालाई माफी दिने भए कसैको मेरो जस्तो हाल हुने थिएन । मैले पनि एक दिन माफी मागेको थिए वश … यसरी नै …. । त्यो दिन थाहा छ …. जुन दिन तैँले मलाई दलाललाई पचासहजारमा बेचेको थिइस् ।
अवशेष – मैले … होइन … मैले कसैलाई बेचेको छैन ।
रेश्मा – थाहा छैन …. तैँले गाउ“बाट फकाएर ल्याएको राधा म नै हु“ र त“ त्यही कृष्णे होस् । आज मलाई बिक्री गरेको पैसाले यत्रो आडम्बर र ओहदा अर्जिस … के थाहा त“लाई – अब थाहा पाउछेस् ।
अवशेष – अब तिमी के चाहन्छौ राधा भन म जे गर्न तयार छु तटर यस कुरालाई र्सार्वजनिक नगरी दिनु … ।
रेश्मा – म केही चाहन्न केवल तेरो बैङ्क खातामा रहेको सबै रकम जहा“ मेरो रगत र अस्मिताको हिस्साहिस्ा परेको छ । जहा“ मेरो अस्मिताको टुक्राटुक्रा लुछिदिएको छ ।
अवशेष – बैकमा रकम नै छैन …..
रेश्मा – किन छैन …. पदको दुरूपयोग गरेर कमाएको रकम । यदि त“लाई इज्जत चाहिन्छ भने पाँच लाखको चेक काट नत्र ….. ।
अवशेष – इज्जतभन्दा सम्पती �� ूलो हाइन हुन्छ म चेक काटी दिन्छु तर यो कुरा र्सार्वजनिक नगर्नुहोस् (चेक काट्न थाल्छ र रेश्मा हा“स्छे)
रेश्मा – यो कुरा तैँले अगाडि नै सोच्न सकेको भए ….. तर अब समय बितिसकेको छ । सायद त“लाई सपनामा पनि थाहा थिएन होला यो राधा जो आज जिउ“दो लास बनेको छ । बम्बैबाट र्फकन्छे र तेरो सामु काल बनेर उभिन्छे । मैले कति पीडाहरू सहेको छु, भोगेको छु, त“लाई के थाहा छ ��
अवशेष – यो लिनुस् चेक लैजानुहोस् … तर …
रेश्मा – सबै मिलेको हुनर्ुपर्छ । ….
अवशेष – मिलेको छ फरक पर्दैन ।
रेश्मा – �� िकै छ म जान्छु । म केवल आफ्नो मूल्य फिर्ता लिन मात्र आएकी । आज मेरो अन्तिम विजय हो । यसैको लागि म बा“चिरहेकी थिए । त“ पनि चाडै मर्दैछस् यो कुरा टिपोट
गरे हुन्छ ।
अवशेष – हैन…… हैन….. कसरी….. म…… मर्दिन ।
रेश्मा – जसरी…… म मर्छर्ुु… त्यसरी नै तँ पनि मर्छर्ेे…. । मलाई एड्स लागेको छ । त“लाई पनि आजदेखि सरेको छ । अहिलेसम्मको सारा जाल मैले रचेको हु“ बस् तड्पिएर बा“च अनि मर…. -रेश्मा निस्कन्छ कोठI भरि एड्स स्वर प्रतिध्वनित हुन्छ । समय बित्छ । विविध धुन बज्छ । बिस्तारै अपरान्हको धुन को�� ामा निस्कन्छ । बाहिर काग र चराजुरुङ्गीको आवाज आउ“छ ।)
अवशेष – -लामोलामो श्वास-प्रश्वास लि“दै) म…. म… मर्न लागेको छु त्यसैले मेरा हात खुट्टा लाग्न छोडे मलाई टाउको दुखिरहेछ रिङ्गटा चलिरहेछ । हे भगवान् … । म… मर्न हुदैन…… बा“च्न चाहन्छु । म जसरी भए बा“च्नर्ुपर्छ तर….. ।
-बाहिरबाट काग आएर चर्को स्वरले झयालमा कराउ“छ) यो…… कागले मलाई गिज्याइरहेछ । कसैले मलाई यो झयालबाट चियाउन सक्छ । म.. म.. बन्द गरिदिन्छु सारा ढोकाझयाल र अ“ध्यारोमा बस्छु । जहा“ कसैले मलाई देख्ने छैन र मेरा व्यथा सुन्ने छैन । म यो झयाल बन्द गर्छर्ुुत्यो ढोका बन्द……
(झयाल बन्द गर्छ ढोका बन्द गर्न अगाडि बढ्छ । त्यही बेला अर्को युवाको प्रवेश हुन्छ । अवशेष अतालिएर भूइ“मा लड्छ ।)
प्रमेश – साब… साब… नमस्कार किन आत्तिनुभएको �� म प्रमेश आएको हजुर । तर्सिनुभयो – म प्रमेश उ�� ्नुहोस् हजुर उ�� ्नुहोस्……. ।
अवशेष – हँ …. प्रमेशजी तपाईं…. -उ�� ्दै) के कामले आउनुभयो – अफिसतिरको के छ हालखबर – -लामो सास तान्दै) म… त…
प्रमेश – के हुनु साब सबै लथालिङ्ग छ। हजुर नआउनु भएकोले सारा काम त्यसै रहृयो साब फेरि दर्ुइ-तीन वटा टिप्पणीमा सही गर्नुपर्ने थियो … । अनि साबलाई के भयो एकदम बिरामी जस्तो देखिनुहुन्छ । साहेबनी पनि पाल्नुभएको रहैनछ –
अवशेष – के – अनुशिला आउने – ….. हैन… हैन…. नआउनु भनिदिनु…. । म…. एक्लै बस्न चाहन्छु प्रमेशजी । म…. म…. अफिस आउ“दिन तपाईं जानुस् र मैले गर्ने सारा काम गर्नुहोस् । म…. म…
प्रमेश – हैन हजुरको साथमा केही भएको जस्तो छ । डाक्टरलाई देखाउने हो कि –
अवशेष – हैन हैन त्यस्तो केही भएको छैन… बरु तपाईं जानुहोस् र सात दिनपछि आउनु होस् म ठिक भइसकेको हुन्छु । जानुहोस्….
प्रमेश – हुन्छ हजुर । तर कहिलेकाही यसो निस्कदै गरौला नि साब ।
अवशेष – पर्दैन… मैले भनेको दिन आउनु सारा खबर लिएर ।
प्रमेश – हुन्छ, म गए हजुर नमस्कार ।
(प्रमेश निस्कन्छ, अवशेष बिस्तारै ढोका बन्द गर्छ )
अवशेष – -लामो श्वास तान्दै) अब कसैले देख्न सक्दैन । मलाई किन आत्मा पीडा भइरहेछ । मैले रगत जा“च गराउनुपर्छ मलाई एड्स नलागेको हुनसक्छ । अहँ… अहँ… रगत जा“चबाट यो कुरा र्सार्वजनिक हुन सक्छ । सारा पत्रपत्रिकाले मसला बनाउन सक्छ । सायद.. पत्रिकामा र्सार्वजनिक भइसक्यो कि के थाहा – मेरो सारा इज्जत…. । होइन म… निस्कन हु“दैन यो कोठIबाट । कसैले मेरा मुखमा थुकिदिनसक्छ । गाली गर्न सक्छ । मलाई देख्दा मानिसहरू भागिदिन सक्छ । अहँ… । हो… मैले राधालाई बेचेर पढेको हु, सारा सम्पत्ति आर्जन गरेको हु“ । म पापी हु… । गाउ“बाट आउदा राधाले मलाई कति माया गर्थी तर मैले केवल पचास हजारमा उसलाई बेचे । म कहिल्यै प्रायश्चित गर्न सक्तिन ।
(बाहिर ढोका ढक ढकाइएको आवाज आउछ ।)
अनुशिला – ढोका खोल्नुहोस् त खोल्नुहोस् भन्या… ।
अवशेष – को… – को आयो – प्रहरी होकि – होइन पत्रकार होला । म… कसरी खोलौं ढोका । म खोल्न सक्दिन… ।
अनुशिला – ढोका खोल्नुहोस् न भन्या । खोल्नुहोस् न ।
अवशेष – होइन, होइन… फेरि…. राधा आइछ । म…. जसरी भए पनि माफी मैले माग्नुपर्छ । सारा मनका भावना पोखेर माफी माग्छु । -लडखराउ“दै अवशेष ढोका खोल्छ । अनुशिला प्रवेश गर्छ । अवशेष खुट्टा समातेर माफी माग्छ ।) म… म खुट्टा समातेर माफी माग्छु माफ गरिदेउ राधा । मैले ठूलो गल्ती गरेको छु तिमीलाई राधा । म आज हृदय खोलेर माफी माग्छु के दिन्नौं ।
(अनुशिला खुट्टा छुटाउदै)
अनुशिला – हैन… तपाईंलाई के भइरहेको छ । म राधा होइन म अनुशिला हु“ । के तपाईंले राधा भन्ने केटी ल्याएर राख्नु भएको छ कि कसो कोठा ढिलो मात्र खोल्नुभयो । फेरि गुनगुन आजाव सुनिन्थ्यो नि –
अवशेष – -साम्यमित हुदै) हैन… हैन… तिमी आयौ अनुशिला । म…. म त सपनामा…. ।
अनुशिला – सपना होइन विपनामा हुनुहुन्छ । आजको तपाईंको व्यवहार हेदा यहा“ केही भएको आभास भइरहेछ । लोग्ने मान्छेहरूको के विश्वास – फेरि अफिस नगएको निकै दिन भइसकेछ । मलाई पनि नआउनु भन्नुभएको रहेछ ।
अवशेष – हो…. म अब कहिल्यै अफिस जान सक्दिन अनुशिला र जान्न पनि । मलाई केवल एकान्त चाहिन्छ । म अब….
अनुशिला – मलाई पनि भन्नुहोस् तपाईंलाई के भइरहेछ । मलाई आमा बिरामी छ भनेर ढा“टेर घर पठाउनुभयो । फेरि आज तपाईं यो कुरा गरिरहनुभएको छ । के तपाईं अर्को विवाह गर्दै हुनुहुन्छ –
अवशेष – हैन… हैन अनुशिला । तिमी मेरो श्रीमती नै हो तर…
अवशेष – म…. कसरी सुनाउ अनुशिला । जो नसुनाउ त तिम्रो जिन्दगीको सवाल छ । सुनाउ त मलाई तिमीले घृणा गर्र्छौ । मेरो छातीभित्रको पीडा कसरी पाखौं तिमी सामु । जाउजाउ बरु केही समय पछाडि र्फकनु….. ।
अनुशिला – म तपाईंकी श्रीमती हु“ भन्नुहोस् । आखिर श्रीमान्को समस्या र पीडाको हिस्सेदार श्रीमती पनि त हुन्छे । जे आइसक्यो बा“की समाधान निकाल्नर्ुपर्छ । भन्नुहोस्, भन्नुहोस् ।
अवशेष – हो…. अनुशिला । के तिमी यी आवाज सुन्न सक्छौ – मैले बोलेका वाक्य सुन्न सक्छौ –
अनुशिला – म सुन्न सक्छु । सहन सक्छु । महिलास“ग पुरुषभन्दा बढी पीडा सहन सक्ने क्षमता हुन्छ । भन्नुहोस् न आखिर म तपाईंकी श्रीमती नै हु“ ।
अवशेष – ल सुन… मलाई….. मलाई….. एड्स भएको छ ।
अनुशिला – एड्स…… –
अवशेष – हो…. एड्स… ।
अनुशिला – नाई नाई…. म यो के सुनिरहेछु….. ।
(अनुशिला चिच्च्याइरहन्छ एड्स शब्द को�� ामा प्रतिध्वनितमा बनिरहन्छ । बा“सुरीको धुन टाढा बजिरहन्छ)
अवशेष – अनुशिला… अनुशिला… तिमी होसमा आउ । यो रोग मलाई मात्र लागेको हो तिमीलाई होइन । त्यसैले तिमी मस“ग नबस ।
अनुशिला – कसरी हुन सक्छ । श्रीमान्लाई लागेको रोग श्रीमतीलाई नलाग्ने भन्ने । होइन म मर्छर्ुु आत्महन्या गरेर मर्छर्ुु म यो सहन सक्दिन भगवान् ।
अवशेष – तिमी सुन । मलाई मात्र लागेको छ । तिमीले रगत परीक्षण गराउनु तिमी घर गएकी बेला राधा आई र मलाई….. ।
अनुशिला – तपाईं यति निच पतित भन्ने थाहा भएको भए… । यसरी बरबाद हुने थिएन । तपाईं तिसम्म कि केटी बर्म्बईमा बेच्नसमेत पछि पनर्ुं हुन्छ रहेछ । भरखरै मलाई थाहा भयो ।
अवशेष – जे थाहा पायौ �� िक थाहा पायौ अनुशिला । जे गरे मैले तिमी पाउनको लागि गरे । यी सारा रकम सारा इज्जत त्रि्रै लागि तर आज अन्त्य भयो । जे बेचेर कमाए, तिमीलाई बिहे गरे सकियो । जसलाई बेचेको थिए उसले सबै रकम र इज्जत लिएर गई आखिर के नै रहृयो र जिन्दगीमा जति जोड, घटाउ, गुणन गरे पनि मेरो हिसाबमा बराबर नै रहृयो । त्यसैले तिमी कही गएर इज्जतसाथ बा“च । म… म मृत्युलाई पर्खिरहन्छु ।
अनुशिला – धोकेवाज …. मेरा जिन्दगी माथि खेलवाड गर्ने । म… म… बरबाद भइसकेको छु । भगवान्… कसरी… म मुख देखाउ समाजलाई…. मेरा सारा सपना चकनाचुर भएको भएको छ म… म… । हो अब तिमी बाहिर अ“ध्यारोमा निस्कनर्ुपर्छ । -अनुशिला रोइरहन्छ, अवशेष बाहिर अ“ध्यारोमा लम्कन्छ ।)
अवशेष – मलाई पीडा थपिन्छ । म एकान्तमा रहन्न चाहन्छु । त्यसैले बाहिर अ“ध्यारोमा हराउनु पर्ला ।
(बाहिर निस्कन्छ ।)
अनुशिला – भगवान्… मैले कुन जुनीमा पाप गरेको थिए र आज यो सजाय भोग्दैछु । म कसरी रगत जचाउ“ । साराले मलाई थुक्ने छन् । आमा….. आमा….. म कसरी तपाईंलाई मुख देखाउन । अहँ अहँ म बा“च्न सक्दिन आमा सक्दिन । हे भगवान्… मलाई लैजानुहोस् । यो संसार जहा“ सुकैको विश्वास छैन । कसरी रहन सकिन्छ र ।…. म सबै घेणाको पात्र बनेर कसरी बा“च्न सक्छु भगवान्… ।
-राती १०ः०० बजेको घण्टी बज्छ । अनुशिला केही खोजिरहन्छ) यो सारा सामानको कुनै औचित्य छैन । यो जोडी तस्वीरको कुनै इज्जत छैन । -ससा फुटेको आवाज आउ“छ । च्यातेको आवाज आउ“छ । केही सामान मिलाएको आवाज आउ“छ अनुशिला लामो सा तान्दै)
बस अब सकियो । नामेटहोस मेरा सारा अस्तित्त्व यस को�� ामा इतिहास जे भयो सक्यो । अब म.. भगवान्को काखमा जा“दैछु -रु“दै) जा“दैछु… यो फोहरी संसार छोडेर…… जा“दैछु ।
(अनुशिला बाहिर निस्कन्छ । बाहिर चटयाङ्ग परेको हुरी चलेको ध्वनि सुनिछ । अवशेष लडखराउ“दै को�� ामा प्रवेश गर्छ ।)
अवशेष – आज धेरै दिनको प्यास मेटे । अझै पिउनर्ुपर्छ । -बोतलबाट रक्सी पिएको ध्वनि) …. बस … आखिर… मानिसको जीवनमा मृत्यु अपरिहार्य छ । अवश्य सृष्टिको सबै वस्तुको अन्त्य हुन्छ । यो प्राकृतिक नियम नै हो भने म.. म… मृत्युदेखि किन डराउने । हो… मलाई एड्स लाग्यो लागेन त्यो किटान छैन । तर मैले जिन्दगीदेखि नै हार स्वीकारे । म कुनै दिन अवश्य यो संसार त्यागिदिन्छु । मैले धेरै कुकार्य गरेको छु । जसको पश्चाताप बोकेर बा“च्नुको औचित्य छैन । … हो… मानिस पीडाभन्दा मृत्युलाई सहज स्वीकार्न सक्छ ।… म.. म… -पुन रक्सी पिएको ध्वनि) आफै पिउ“छु । मेरो हृदयको जलन मेटनलाई… म
(अवशेष निदाउ“छ रातपछि बिहानीको ध्वनि बिस्तारै सुनिन्छ । बन्द हुन्छ, बाहिरबाट कोही हतारहतारमा प्रवेश गर्छ )
प्रमेश – साहेब… साहेब… । उ�� ्नुहोस् साहेब… ।
अवशेष – हँ… प्रमेशजी तपाईं…… । किन आउनुभयो – म… मलाई तिर्खा लाग्यो । -रक्सी पिउ“छ र उ�� ेर बस्दै) भन्नुहोुस्….. –
प्रमेश – खै के भन्नु हजुर । साहेबनीले झुन्डिएर आत्महत्या गर्नु भएको ।
अवशेष – बेसै भएछ । एक दिन यो धर्तीका सारा मानिस मर्छन् नै । -पुनः रक्सी पिएको ध्वनि)
प्रमेश – हजुर के भन्दै हुनुहुन्छ ।
अवशेष – म जे भन्दैछु �� िक भन्दैछु । तपाईं पनि एक दिन अवश्य मर्नु नै हुनेछ । बरु भन्नुहोस् अरु के खबर छ –
प्रमेश – खबर झन् दुःखको छ हजुर । हजुरको नाममा कुनै राधा भन्ने केटीले मुद्दा हालेको छ । उसले पाँच लाख रुपियाँ एउटा अनाथलय कोषमा जम्मा गरेकी रहिछ । हजुरले तिनलाई बेचेको आरोप लगाएको छ र हजुलाई पक्राउ गर्न खोजिएको छ हजुर । म हजुरको हित चाहने भएकोले सबै जानकारी गरेको छु हजुर ।
अवशेष – राधाले जे गरी �� िक गरी । वास्तवमा सबै कुरा सत्य हो त्यसैले त म…. ।
प्रमेश – त्यति मात्र होइन हजुर । हिजैदेखि लागु हुने गरी तपाईंलाई पदबाट अपदस्त गरिएको छ हजुर… ।
अवशेष – -हा“स्दै) पदबाट अपदस्त….. त्यसको के औचित्य छ जबकि मनै जिन्दगीदेखि अपदस्त भइसकेको छु । हा…. हा…हा…. । त्यो पद मैले पाएको अनि कसैले दिएको तर यो जीवन नै भन्नु म नै छैन भने त्यसको के काम…. भन – जाउ“ तिमी जाउ“ र सारालाई भनिदेऊ…. अवशेष केवल जिन्दगीदेखि अपदस्त भएको जिउ“दो लाशको अवशेष हो….. आजउ“ भनिदेउ जिन्दगीदेखि अपदस्त भएको-अपदस्त…. । हा…हा… ।
(प्रमेश बाहिरीन्छ, अवशेष पुनः रक्सी पिउ“छ । जोडले हा“सिरहन्छ । को�� ामा अ“ध्यारोको प्रवेश हुन्छ)
समाप्त
(रेडियो नेपालद्धारा आयोजित रेडियो नाटक प्रतियोगिता २०५५ मा प्रथम स्थान ओगट्न सफल नाटक)