~गीता थापा~
तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो
तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो
आँफैलाई सोधी हेरे तिम्रो माया बोकि
कति राखौ बेदनालाई मनैभित्र रोकि
जोखी माया लाको भए फिर्ता माग्ने थिएँ
माया मात्र कहाँ होर सारा जीवन दिएँ
त्यो छातीको नाउँ मेरो तिम्ले फेरेऊँ रे
अतितलाई भूलेर नयाँ कथा कोरेऊँ रे
तिम्रो लागि दिन भयो मेरो लागि साँझ
बल्झिएर दुख्छ अतित यो छातीको माँझ
गीता थापा (दोषी)
ईजरायल