बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो
जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो |
बुडेसकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो,
कान्छी बुडी भने पछि, उस्को पादै मिठो |
जतिनै राम्रो बनाए पनि, जेठीले बनाकी तितो
नुनसरीको भए पनि, कान्छीले बनाकै मिठो |
जेठी माथी कान्छी ल्याएँ, झगड़ाको गूंड
कान्छी सित बस्यो भने, जेठी रिसले चुर
पहिला पहिला एक अर्कामा, दिन्थौँ आफ्नो ज्यान
हिज आज जहिले तैले, जगटा ताना तान !
नया नया लव हुँदा, गर्थौं चाटा चाट
बिहे गरेर थोत्रे भईयो, अब काटा काट !
एक्लै हुँदा मिठो मिठो, खाइन्थ्यो मासु भात
हिज आज दिनौं खाइन्छ, दुई बुड़ीको लात !
बुड़ीयाको च्यांग च्यांग, सुन्दा सुन्दा वाक्कै
दुइटा बुड़ी हुँदा पनि, कहिले कहिँ भोक्कै !
जेठी कान्छी झगड़ा पर्छ, जगटा छारा छर
छुट्याउं भने लुते करंग, फुस्काई दिने डर !
छोरा छोरी भल्डांग भुलडुंग, दुइ बुड़ीको पिर
चुप चाप लागि हिंडे म, रक्सि दोकान तिर !
रक्सि पिएर टन्न भई, धर्ख्ररिन्दै हिंडे
अन्धकारमा चिप्लिएर, गुए नालीमा गिरें !
उल्टी गर्दै लड़ी रहेँ, हात खुट्टाई काट्यो
सुंग्दै आयो खिच्चा कुकुर, मुखमा ल्याप्प चाट्यो !
वेहोश भई लड़ी रहेँ, पेन्ट भरि मुतेछु
आधा रातमा होश आयो, सुंगुरको खोरमा पो सुतेछु !
एका बिहानै फुस्रै धुस्रै, हुँदै पुगें घर,
आज पक्कै दुई बुड़ीले, ढाड़ मस्काउने डर |
बुड़ीयाको डरले, चुप चाप बाहिर बसें
धसिंगारे मान्छे देख्दा, बुड़ीया पनि तर्से !
कान्छीलाई हेर्दै मुसुक्क हाँसे, दारा ङिच्च्याउँदै
जेठी आइन भालु जस्तै, नंग्रा फिजाउँदै !
मेरो पालो भित्र पसें, समान झट्टाउँदै
कान्छी आए किचन बाट, डाड़ू ठट्टाउँदै !
झट्टारोले हांने मैले, दुई बुड़ीलाई झ्याम् !
कान्छी आए झम्टीएर, तातो पुनेउले ड्याम् !
सकी नसकी बुड़ीयालाई, हानें फ्लाइंग किक
धर्ख्रिन्दै हान्ने भाको, आफै उत्तानो चित !
जगटा समाई फनन घुमाई, लगाएँ दुवैलाई थप्पड़
जेठीको पालो मुङ्ग्रो टिपी, पड़कायो मेरो खप्पर !
जेठी हिंडी छुट्टीएर, कान्छी पोइलाई गई
दुई बुड़ीको पोई अब, कुना बसी रोई !!!!!!!
(स्रोत: Facebook)
Hehe