जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो
जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो
जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो
जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।
आजको मुख्य समाचार!
जनताको लागि ऊ नेताले यो नेताको कुरामा सहमति जनाउनुभयो
जनताको लागि दुवै नेताले त्यहाँ बैठकमा अर्को बैठक गर्नु भयो
जनताको लागि यो नेताले हाँसी हाँसी हुन्छ भन्नु भयो
जनताको लागि ऊ नेताले यो त हुँदैहुन्न भन्नु भयो
जनताको लागि दुवैले हुन्छ र हुन्नबीच सहमति खोज्नु भयो
जनताको लागि सहमति खोज्दा नास्ता पो फेला पार्नु भयो
जनताको लागि गम्भीर भएर नास्ता गर्नु भयो
जनताको लागि डकार्दै फेरि सहमती खोज्ने सहमति गर्नु भयो।
आजको मुख्य समाचार!
जनताको लागि नास्ता गरेर यो नेता आफ्नै निवास फर्कनु भयो
जनताको लागि ऊ नेता आफ्नै बैठकमा एक्लै बैठक बस्नु भयो
जनताको लागि यो नेता सहमति बिना लोकतन्त्र सदृढ हुन्न भन्दै सुकला हुनुभयो
जनताको लागि आजको यो मुख्य समाचार तपाइँले थाहा पाउनु भयो?
(स्रोत: Setopati)