कथा : साढे सातको दशा

~रामजी विष्ट~

मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ ।

दशैमा काट्न खसी बोका दोह¥याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यस्तो खुसी र रमाईलो अनुभूति पनि धनेकालागि ढुङ्गा चपाउँनु झै कठोर लाग्छ । त्यसो त उनको मुहारमा कहिल्यै खुसीका रेखा देखिदैन् केवल निराश र पीडावोध लक्षणहरु सल्बलाईरहेका देखिन्छन उनका रगत बग्ने नशाहरुमा ।
‘‘बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है” फाँटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यस्तो इच्छा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुर्सानी पिस्दै गरेको छोरा पनि भ¥याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै धम्कीको भाषामा भन्छ –‘‘मलाई पनि जिन्सको पाईन्ट ल्याउँनु है, मेरो साथी सुजनको त ल्याईसक्यो ।”
धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ –‘‘ल ल कति करा’को” आफ्नो मनबाट निस्केको पीडाको मुस्लोलाई आँखाबाट झरेको आँसुले बगाउँदै स्विकार्छ छोराछोरीको माग उसले ।
बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । ‘‘कति धेरै उपचार गरेर मात्रै पाएका बच्चाहरु, यिनीहरुलाई नख्वाए कसलाई ख्वाउनु”– एक मनले भन्छ । प्रश्न झर्न नपाउँदै अर्को मनले जवाफ फर्काउँछ –‘‘भए पो ख्वाउनु १ ”।

‘‘ऐया १” छोराछोरीको कुरा सोच्दासोच्दै सियोको आक्रमणले घाइते हुन्छ ऊ । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै ।
दशैमा लगाउँन पुरानो सुरुवाल टालेको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोरा चाँहीले अघि नै खोर्सार्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ‘‘यिनिहरुले नि कति दुःख दे’को हो रु” छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ ।
बुढाबुढीलाई दुई वटा र छोराछोरीलाई आधा–आधा गरी एउटा भनेर जम्मा तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुर्सानी टोक्दै चपाउँछ रोटी ।

अनि जगको बाहिर भन्किएको झिंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । ‘‘बा बा त्यसमा किरा रै’छ”– जाँड देखाउँदै बोल्छ ऊ । ‘‘त्यो खाए भिटामिन लाग्छ छोरा”– किरा देखाउँदै जस्तालाई त्यस्तै जवाफ फर्काउँछ धने पनि । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिंदै दुई कचौरा जाँड र पानी खाएर पेट भोको भएपनि मनमनै अघाउँछ ऊ ।
‘‘बा बा अब बजार जाने हो”– छोराले फेरी सम्झाए । छोराको यो कुराले उनको मनमा बलेको आगोमा घ्यू थपियो । ‘‘जाउँला नि कुनै दिन”– भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि ‘‘खाजा लिएर खाउ है, हांडी भित्र राखिदिएको छु” भन्दै बोरा बोकेर बाहीर निस्क्यो धने । ‘‘ए हजुर कता जान लाग्नु भो” श्रीमतीको सोधाईसंगै नजिकिएर ‘‘माटो लिन जान लागेको” भन्दै निस्किए ।

दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन ऊ । सुख दुःख समयसँग नाता त जोड्नै प¥यो । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्छ ऊ ।
माटो खन्नेहरुको भिड थियो । ‘‘ए १ भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो, हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो रु”– माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि –‘‘दिदिले नख्वाए कसले ख्वाउछ रु तिमीहरु हेर्न सम्म आउँदैनौ, भेनालाई त माँया मा¥यौ नि है रु” उसको कुरा सुनेर त्यहाँ हाँसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ आन्द्राभूँडी निस्केला जस्तो गरी । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी ।

अस्ति बेलुका खाना खाएर सुत्न लागेका थिए उनीहरु । पोहोर साल दशै मनाउँन ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज, स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी थियो उसको नाममा । थकित मुद्रामा सोच्दा सोच्दै माटो भरिसक्छ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ऊ ।
ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । ‘‘आज त सालीहरुले गुण लाए”–जिस्किन्छ ऊ श्रीमतीसंग । ‘‘साली फकाउँन पर्दैन भन्छन्”– फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि ।
एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पीडा बल्झिदै थियो, छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनीहरु ।

‘‘हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला रु ” सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेर्सियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बादल झै देखिए उनको मुहार । ‘‘खै के गर्नु रु”– प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले –‘‘कमाउँने भनेर जांदा आफै थला परियो”। ऊ विगतका दिनहरु सम्झन थाल्छ । ‘‘त्यो साहुसंग ट्वाइलेटको जाम खोल्दाखेरीको पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो, अब छिमेकी पनि को सँग माग्नु, खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि रु फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र रु” ऊ ट्वाल्ल परेको देखेर सिर्जना सोध्छे ‘‘हैन के भो हजुरलाई रु” ‘‘ए होइन होईन बरु दशै चाँही कसरी मान्ने हो यसपाली रु” ऊ जवाफ भन्दा नि प्रश्न नै तेर्साउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुप्रिएको छ । कुने जवाफ छैन ऊ सँग ।

हाँसो ठट्टा गर्नु उसको बानी नै हो । जस्तो सुकै दुःखमा पनि यि जोडी निकै मिलेका देखिन्छ । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनीहरुलाई थाहा छ, अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनीहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि । कुरा गर्दागर्दै खाना पाक्छ, खाना खाएर भोली ढुंग्री बेच्ने सल्लाह गर्दै निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थाले । दाँयाबाँया, उल्टो सुल्टो जति गरेपनि निन्द्रा फिटिक्कै लागेन उसलाई । उसको हलचलले धने व्युझिँए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष दिंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।

बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प थियो उनीहरुको । बरु केही पैसा सापत ल्याएर दशै तार्ने, छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको वह । सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन उनी । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे सिर्जना । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन उनी, पैसा नपाउँने भो भनेर । तै पनि आमा नआईपुगुञ्जेल घरमै बहिनीसंग कुरा गरेर बसीन् उनी ।
एकैछिनमा आमा आइपुग्यो, दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आपूm आउँनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्छे आमा ।
आमाको जस्तो बुवाको मन कहाँ हुन्छ र, कुरै नसुनी ‘‘छैन छैन नकरा” भन्दै हकारे श्रीमतीलाई । अध्याँरो मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहाँ चल्छ र रु तै पनि नहुनु भन्दा ।।।।मामा बेश भनेर पाएको थोरै पैसा हात लिंदै माइतीको वेडना मनभरी संगाल्दै फर्किन उनी । पीडाको भारी विसाउँन गएकी उनी उल्टै भारी थपेर आईन ।

बिहानको घामले छानामा लागेको शितहरु भmर्दै थियो टपटप । उस्तै गरी झर्दै थियो सिर्जनाको आंखाबाट आँसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अभैm निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ ।
आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । ‘‘किन के भयो र सिर्जना रु” – फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । ‘‘यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए”– जवाफ फर्काउँछ धने पनि । एकआँपसमा आँसु सातासात गरेर टोलाउँछ दुवैजना ।

अब उनीहरुसँग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दैे श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर ‘‘ल अब देखि अर्कैको कानमा गएर बस” भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु थकित स्याल झै हिड्छ ।

जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्को गाँउ भएर जाने बाटो पनि थियो तर धेरै लामो थियो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ । आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसले । उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ‘‘मैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई, भो केही हुंदैन” भन्दै अगाडी बढ्छ ऊ । हातमा केही छैन उसको, ऊ सरासर अघि बढ्छ ।

‘‘ए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छु”– एक्कासी आएको यो अपरिचित आवाजले ऊ थरथर काम्छ । ‘‘जिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छ”– भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला, श्रीमती को दशै मनाउँने एउटै आधार थियो त्यो । थरथर काम्दैे टुना बाँडेको बहानामा जुत्तामा घुर्साछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाई ‘‘अव म जाँउ रु” भन्दै सोध्छ । ‘‘जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ” यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ ।।।।
घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकालो चढ्छ । ‘‘अब फेरी अर्को ग्याङ भेटिने हो कि १” सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । ‘‘ए बुढो रोक, अघि बढिस भने दशैमा दशा लाग्ला” उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश ।

संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर भाग्न थाले ऊ । पछ्याउदै गरेको ति केटाहरुलाई बाटो भुलाउँदै स्या स्या गर्दै अघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ अनि प्यासले सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाँउलाई नियाल्दै ।
‘‘ए मेरो सुन १” झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि ‘‘जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु”– भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ ।

‘‘अब कसरी घर फिर्ने होला रु” रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुुलुटुुलु आंशु झार्छ । ‘‘कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि रु” आफैमाथि प्रश्न तेर्साउँछ अनि झल्याँस्स सिर्जनाको माँया सम्झन थाल्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे, ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । ‘‘तँ पनि मलाई धपाउँन आयौ कि क्या हो” भन्दै जुरुक्क उठेर घर हिड्छ । ‘‘दशै आयो खाउँला पिउँला, कहांबाट ल्याउला चोरी ल्याउला।।।।।” घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ ।
सिर्जनाले अघि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनीहरुलाई । उनीहरु पनि बाबा कतिखेर आउँनु हुन्छ भन्दै दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवा भएतिर जान्छ दुवैजना । ‘‘बाबा बाबा के भयो हजुरलाई रु” सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छे उनी ।
उनीहरुको कुरा सुन्नासाथ टिपेको खुर्सानी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।

आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा, उनीहरु ढिपी कस्न थाले, दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिंडो पस्कन जान्छे सिर्जना ।
मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई ‘‘भोलि ल्याउने ल” भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि गरिवीसँग विद्रोह गर्दै । आंखा मिच्दै ‘‘भोलि कहिले आउँछ बाबा रु”– भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना पालैपालो ।।।।१

(स्रोत : Shreepech )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.