~राजेश रुम्बा लामा ‘अत्रिप्त’~
एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद उ हिजो हिडेको बाटोहरु अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरुले झस्किदै छ र त क्षण क्षणमै सोच भंङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरि ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बिती सकेछ । आएदेखि ३ वर्षमा एकपटक मात्र घर फर्केको त्यसपछि नफर्केको पनि ७ वर्ष बितिसकेको थियो । तामाको मुना जस्ती छोरीको रुप रंग समेत देख्न पाएको छैन, उसो त मन्दिरको मुर्ति झैं देखिने आफ्नो जिबन संगिनी बिमलीलाई नदेखको पनि ७ बर्ष नै भैसक्यो । हिजो १० औं बर्ष अगाडी काठमाण्डौंको सरकारी कलेजमा समेत पढ्न नसक्दा र त्यो भन्दा बढी बिमलीको कुरा टार्न नसक्दा तिनै बिमलीको कानको टप बेचेर शेरे पासपोर्ट बनाएर कतार भासिएको थियो । उसको जीवनसंघर्ष पनि आफ्नै किसिमको छ।धेरै समयसम्म म्यानपावर धाउँदा मात्रै शेरेले अरब मुलुक कतारमा पाइला टेक्ने मौका पाउन लागेको थियो ।तर त्यसलाई शेरेले झिनो आशाको रुपमा मात्रै लिएको थियो,किन कि उसको त्यस्तो आशाको फूलहरु धेरै पटक नै निमोठिएको थियो । उसो त बर्षौ दिन मेला पात गरेर भएपनि छोरालाई राम्रो र असल मान्छे बनाउने शेरेको बाबुआमाको रहरहरु, आकांक्षाहरु नतुहिएको कहाँ हो र? सदरमुकाम देखि २ दिन पैदल यात्रा पछी पुग्ने मकवानपुरको त्यो शिर धादिंग जिल्लाको आँगन खैराङ्ग भन्ने गाउँमा जन्मी हुर्केको थियो शेरे। त्यो पनि निम्न वर्गिय परिवारमा ।त्यो धादिंगको फेदी हुँदै मकवानपुरको धेरै गाविसहरु छिचोल्दै मनहरी पुलको टांगमुनि बाट राप्ती नदि भेट्न निस्केका गोरांग्दी खोलाको तिरमा थियो शेरेको घर । त्यहि गोरंग्दी खोलामा दुवाली थुनी माछा मारी बेची खाइ हुर्केको थियो शेरे । शेरे नाङ्गै भुतुङ्गै बनेर खेल्ने गर्थ्यो सानोमा त्यहि खोलामा ।अहिले त्यो खोलाले निक्कै रुप फेरी सकेको छ । धेरै फलामे पुलको गहना लगाई सक्यो र धेरै भूभाग ओगटेर आफ्नो अधिपत्य जमाउँदैछ । बर्षायाममा बैश चल्दा धेरै मान्छे पनि बगाईसक्यो त्यो खोलाले तर शेरेको उमेरले धेरै बसन्तहरु पार गरे पनि दु:ख र पीडाले मात्रै बिकसित रुप लियो जसले गर्दा शेरे आज आएर एक कतारिको घरायसी ड्राईभरको रुपमा बस्न बाध्य छ । अहिले आएर एकातिर यति धेरै गरिबी हुनुको पीडाले आफ्नै जिबन प्रति घृणा गर्दैछ त अर्कोतिर जिबनमा आएको मौकाको फाइदा उठाउन नसक्दा पश्चतापको भेलमा बग्दैछ । १० बर्ष अघि कालिमाटी नजिकै काँचो इँटाको घरमा भाडामा बस्दा सानुबाबुचा घरबेटीको किच किच खप्न नसकेर रुदै गर्दा बिमलीले भाई सरह मानेर सान्त्वनाका शब्दहरु प्रकट गर्दां राहत महशुस गरेको थियो । उसैको सहानुभूति र हौसलाले नै शेरेले आइ. ए. पास गरेको थियो ।बिहान बेलुका सडकमा तरकारी फिजाएर बस्ने ति बिमलीले कति दिन सम्म सहानुभूति र सहयोग गरुन ।एकदिन बिमलीले मुखै खोलेर भनेकी थिइन् “बाबु शेरे देशमा बसी खाइ सक्नु छैन, त्यस माथि तिमी केहि काम नि गर्दैनौ । बरु बिरे,मंगले जसरी विदेश तिर लाग ।परेको ऋण म काट्छु बोक्छु ” भनेर । अरु विदेश तिर लागेको देख्दा र विदेशबाट भनेको जस्तो tv कम्प्युटर ल्याएको र सुकिला मुकिला भएर आएको देख्दा शेरेलाई पनि कता कता विदेश गैहालुँ जस्तो लागेकै थियो । बिमलीको त्यो वाक्य सुन्नसाथ शेरेले खुसी भएर बिमलीलाई जुरुक्क उचालेर “हो र दिदी?” भन्दै बारम्बार चुम्बन गर्दै फनफन्ती घुमाएको थियो । सानोमा आफ्नो बाबा आमाको चुम्बन बाहेक अहिलेसम्म कसैको स्पर्श समेत राम्रोसंग नपाएकी बिमली शेरेको त्यो हरकतले हत्प्रभत भएकी थिइन। लाजले पानी पानी भएकी थिइन।रगत मासुको कुनै सम्बन्ध नै नभएपनि दिदी र भाईको सम्बोधन गर्दै एकै घरमा वल्लो र पल्लो कोठामा बस्दै आएका ति जोडी बीच अन्य कुनै त्यस्तो नाता थिएन। शेरे गाउँ बाट काठमाण्डौंमा पढ्न भनि बसेको थियो भने बिमलीलाई आफन्त द्दारा सानैमा गाउँ बाट गलैंचा बुन्न काठमाण्डौं ल्याईएको थियो। तर बिमली ४,५ बर्ष पछी आफु जान्ने बुझ्ने भएसी गलैंचा बुन्न छाडेर २,४ सयको तरकारी किनी सडक छेउमा बिहान बेलुका बेच्ने काम गर्न थालेकी थिइन् । काठमाण्डौं जस्तो ठाउँ दुवै एक एकजना मात्र काम गर्न जाँदा कोठाको काम गर्न नभ्याउने त्यसैले पालै पालोसंग एकार्काको काम सघाईदिने गर्दथे।खाने पानी थाप्ने देखि लिएर हरेक काममा दुवै सरिक हुन्थे। आफूले भनेको कुरामा कुनै आनाकानी नगरिकनै खुरुखुरु मानेको देखेर बिमली बिस्तारै बिस्तारै शेरेप्रति आकर्षित हुदै गैएकी थिइन् आफुलाई भन्दा बढी शेरेलाई केयर गर्ने गर्थिन । सायद त्यसैको फलस्वरुप होला बिमलीले शेरेसंग विदेश जाने कुरा गर्न जाँदा त्यस साँझ शेरेको चुम्बनको वर्षात पाएकी थिइन्। । सुनसान त्यो साँझ जति जति ढल्किंदै थियो त्यति नै उनीहरुको माया र बिश्वासको फूल झाँगिदै थियो । जसको कारण दुबैले बैशंको त्यो उन्माद छताछुल्ल हुने गरि पोखाएका थिए एकार्कालाई अंगालोमा बेस्सरी कसेर । हो त्यस रात पछि बिमली शेरेको दिदी रहिनन्, शेरे बिमलीको भाई रहेनन्।.उनीहरुको नाताले एउटा संघर्ष शिल प्रेमिल जोडीको रुप धारण गर्न पुग्यो । त्यो रात उनिहरुले एक निन्द्रा पनि नसुती बिताए । त्यहाँ कसैको अबरोध थिएन । काँचो इँटाको गारो जसले सिमेन्ट र बालुवाको खोल ओढ्न नपाउंदा नाङ्गै ढुसी परे जस्तो देखिन्थ्यो । आँखाहरु रसाएर ओसिलो । पल जुरेकोमा दुवै निकै खुशी थिए। । त्यसैले कहिले पल्टने कहिले उठेर गुन गुन गरिरहन्थे तिनिहरु बस्दा पनि बिझाउने खाटको त्यो करङमाथि। सुत्दै गरेको शेरेको सिरानी थप्पक्क झिकेर शेरेको टाउकोलाई आफ्नो काखमा राख्दै एक हातले सुम्सुम्याउदै बिमलीले भनेकी थिइ “शेरे ! अब ढिला गर्नु हुन्न पासपोर्ट बनाइ हालौं बरु त्यसको लागि पैसा म जसरी भए पनि खोज्छु । ” तर,शेरेको मुखमा हुन्छ र ल भन्दा अरु वाक्य नै थिएन । बिचरा अरु भनलाई त उसंगकुनै उपाय पनि त थिएन । अरु त उसले के नै पो भनोस।घरको आर्थिक स्थिती अत्यन्त दयनिय भएकोले पनि शेरे चुपचाप टाउको हल्लाउंदैथ्यो। । सायद बिमलीसंगको संसर्गले होला शेरे शिथिल हुदैंथ्यो।बिमलीको स्पर्शले बिस्तारै गल्दैथ्यो अनि निदाउँदैथ्यो भने बिमली मनै भरि सप्तारंग्गी फूलहरु फुलाएर झन् झन् जोसिदै सपनाका रुप रंग फेर्दै थिइन् । बिचरी बिमली मुखले जे जति बर्बराए पनि के नै आधार थियो र पैसाको जोहो गर्नलाई।एकातिर साहु (ठेगेदार)को यौन शोषणमा पर्ने डरले गलैचां कारखाना नै छोडेर बसेकी थिइन भने अर्कोतिर टि भी ले ग्रस्त बुढो बाउको जिम्मेवारी पनि निभाउनु परेको अवस्था थियो । न त गरेर खानलाई पुग्दो जग्गा जमिन नै थियो । सायद यिनै कुराहरु मनमा खेलाई बसेकी थिइन बिमली एक्कासी शेरेले “आत्था के गरेकी?” भन्दा पो झस्याङ्ग भएकी थिइन्। कसो कसो बिमलीको हातहरु शेरेको टाउको सुम्सुम्याउँदा सुम्सुम्याउंदै कपाल उखेलिन पुगेछ। बिमली झस्की र फिस्स हाँस्दै “शेरे म त कहाँ कहाँ पुगिछु ।” भनि। त्यसैले थाहै पाइन,तिमीलाई दुखाउन पुगें आइम सरि ।यसो भन्दै उनि आफ्नो पाकी रहने कानको लोती सुमसुम्याई ।जुन कानमा सानो बिबिराले घाउको रुप लिदैं बिगत एक वर्षदेखि बिमलीलाई सताउँदै आएको थियो । । यति बेलासम्म घामको जन्म भै सकेको थियो भने बिस्तारै घामको किरणहरु धरामा परावर्तित हुन थालिसकेको थियो । छिटपुट रुपमा यात्रुहरु आफ्नो गन्तव्य ताक्दै कालिमाटीक गल्लि गल्लि हिंडेको सुनिन्थ्यो भने बस र टेम्पोको खलासीहरुले कलंकी,थानकोट, सुन्धारा रत्नपार्क नयाँ बानेस्वर भन्दै गरेको प्रस्ट सुनिन्थ्यो । । जो जहाँ जे जस्तो हालमा भएपनि शेरे त्यहि थियो, बिमली त्यहि थिइन् शेरेको टाउको मुसार्दै भित्तामा अडेस लागेकी थिइन् ।त्यो रात ति युगल जोडीको निम्ति सुनौलो बिहानी बोकेर आउँदैथ्यो सुखद समाचार लिएर । कानमा सुमसुम्याई रहेको एउटा हातलाई त्यहि कानको टपमा टक्क अडाएर बिमली भुइंमा हेर्दै टोलाउन थालिन जहाँ शेरेको पुरानो जुत्ताले एउटा जिब्रो निकाली रहेको थियो भने एउटा चाहिं घोप्टो परेको थियो । एक्कासी बिमलीले सोचभङ्ग गर्दै भनि “शेरे सुनन!तिमी सदरमुकाम जाउ ल।” एउटा आँखा मात्रै खोलेर शेरेले “जान त जाने तर पैसा खै त?” भन्यो । बिमली केहि गम्भिर भएकी थिइन् त्यति बेला। हातले सुम्सुम्याउँदै गरेको कानको टप निकाल्दै भनिन् “४, ५ वर्ष गलैचाँ बुनेर खाईनखाई जम्मा गरेको पैसाले बनाएको यो टप नै लगेर बेच र आएको पैसाले जाने बन्दोबस्त गर न । म्यान पावरमा भिसा नझरुञ्जेल सम्ममा अरु पैसाको बन्दोबस्त म मिलाउंदै गर्छु।” यसो भनि रहँदा बिमलीको अनुहारमा मिश्रित भावहरु देखापर्दछ।हाँसो र वेदना एकैपटक छचल्किन्छ । हुन्छ र ल भन्न मात्रै जानेको शेरेले सहमतिको शिर हल्लाउँदै हुन्छ भनि जोर टप खल्तीमा हालेर हिड्यो सदरमुकाम हेटौडांतिर।यता बिमली लागि आफ्नो दैनिकी तर्फ सडकमा तरकारी बेच्न जहाँ कुहिएको आलु र प्याजको भाउ हुन्छ तर मानिसको कुनै भाउ हुन्न। ।किनकी बिमली एक गरिब केटी थिइन् ।आफू जस्तै अन्य तरकारी बेच्ने महिलाहरुले समेत आफ्ना दाजुभाई र लोग्नेहरुलाई बिमलीको नजिक पर्न समेत दिदैनथे ।यसको मुख्य कारण बिमली गलैचां बुन्ने केटी थिइन बिगतमा। यस्तो घटिया व्यवहार देख्दा पहिले पहिले बिमली रातैभरि रुन्थिन् तर अचेल बानी परिसकेको थियो।उनि सजिलै पचाउँदैथिइन् यस्ता कुराहरु।र त यस्तो कुरालाई हाँसोमा उडाई दिन्थी ।देशमा अशान्तीको बादल मडारिदैथ्यो। अड्डा अदालतको काममा कुनै छरितो पन थिएन । त्यसमाथि बिहान निस्केको मान्छे सांझमा फर्किन्छ फर्किन्न कुनै ठेगान थिएन।बिमलीसंग छुटेको ११ औं दिनमा शेरे काठमाण्डौंमा झुल्कियो । उ निकै मख्ख थियो। सायद उसलाई लागेथ्यो हातमा पासपोर्ट आउने बित्तिकै विदेश जान पाउनेछ ।तर महिनौ सम्म म्यानपावर धाउँदा पनि कुनै चाँजो पाजोँ मिल्न सकिरहेको थिएन।एकदिन शेरेले आफ्नो एकजना साथीको बाबुलाई भेट्यो ।उसैले शेरेलाई कतार पुर्यादिने बन्दोबस्त मिलाईदिन्छ।पासपोर्ट बुझाएको १ महिना पछि भिसा झर्छ भन्ने कुराले दुबै हर्षको आँशु झार्छन् तर भिसाको लागि उनिहरुसंग पैसा हुन्न। त्यसैले दुबै लागे आ-आफ्नो जन्मथलो जहाँ उनिहरुलाई गरिबी र केहि नाङ्गा फुल्न छाडेका पाखा बारीहरुले स्वागत गरिरहेको थियो।दुबैले पचास पचास हजारमा बारी धितो राखेर पैसा लिएर फर्किए । त्यहि एकलाख बुझाएको ११ औं दिनमै भिसा झर्छ।मनै भरि सप्तरङ्गी साँचेर दुबै रातदिन बिताउन थाल्छन ।त्यसपछि लाग्छ शेरे विदेशी भूमिमा रगत,पसिना बगाउन ।छुट्ने दिनमा दुबै एकार्कालाई अंगालो मारेर रोए।सायद यसको प्रत्यक्षदर्शी त्यो काँचो इँटाको पुरानो घरपनि रोएको हुनु पर्छ,त्यो युगल जोडीको रुवाई देखेर ।शेरे कतार उड्यो बिमली साबिक झैँ तरकारी बेच्न लागिन । यता बिमली सुन्दर सपनाहरु संगाल्दै थिइन् भने उता शेरे कुनै आधारभूत तालिम नलिई गएकोलेहातमा केहि शिप नहुँदा मरुभूमिमा बन्दै गरेको एक घरमा चौकीदारी (जसलाई नाथुर भनिन्छ)गर्न थाले ।बिना एसी,बिजुली नयाँ घरमा शेरेले २ वर्षा बितायो। त्यस पछी उक्त घरको घरमालिकले शेरेको इमान्दारिता देखेर उक्त घरमा आफु सरेकै दिन देखि घरायसी ड्राइभर राख्ने निधो गर्यो, ड्राईभिङ्ग् स्कुलमा भर्ना गरिदियो अब शेरे ड्राईभर भयो । मासिक आम्दानी बढ्न थाल्यो ।केहि महिनामै शेरेले आफ्नो ऋण पनि चुक्ता गर्यो । शेरेले घरदेश छाडेको ३ साल बितिसकेकोले होला आफ्नो मातृभूमिमा टेक्न शेरेलाई हतारो लागिरहेको थियो ।त्यसैले बिमलीको लागि एकसरो धागो समेत नलिई शेरे नेपाल फर्किन्छ ।उसो त आफ्नो लागि पनि केहि किन्दैन ।तै पनि बिमली शेरेलाई भेट्न पाउँदा अत्यन्तै खुसी थिइन्, हर्षोउन्माद देखिन्थ्यो बिमलीको मुहारभरि। आउने जाने बाटो खुल्यो शेर अब पिर नगर धेरै ।ऋण पनि चुक्ता भैहाल्यो ।अब कमाएको हाम्रै हो भनेर शेरेलाई ढाडस दिन्थी बिमली । ३ बर्ष छुटेर बस्नु पर्दाको ति दुखद पलहरुलाई भुलाउन दुबै संगै बस्न थाल्यो । बिमली पनि तरकारी बेच्न छाडेर शेरेसंगै घुम्घाममा लागि ।फलत उनि गर्भवती भैईन्। जम्मा दुई महिनाको छुट्टीमा आएको शेरे बिमलीसंग अघाउन्जेल बस्न नपाउंदै जाने दिन संघारमै आईसकेको थियो । लगत्तै फर्कि पनि हाल्यो आफ्नो मायाको चिनो बिमलीलाई सुम्पिएर । शेरे बिनाको रातहरु बिष्णुमति पुल मुनिको भुस्या कुकुरको भुकाई संगै बिताइन बिमलीले । शेरेको इमान्दरितामा कुनै कमी आएको थिएन ।त्यसैले साहुले गृष्मऋतुमा युरोप घुम्न जाँदा घरको सबै अभिभारा शेरेलाई सुम्पिएर जान्छ विश्वासका साथ । त्यति ठूलो बङ्गालामा एकजना इण्डोनेशिया र एकजना फिलिपिनी केटी (खादामा) बाहेक अरु कोहि थिएन । एक त साहु नभएको बेला अर्को तर्फ बिमलीको न्यानो अंगालोको अभाव महशुस गर्दैथ्यो शेरेले ।त्यहि परिवेशमै शेरे र फिलिपिनी केटी बिच अनैतिक सम्बन्ध स्थापित हुन पुग्छ ।फिलिपिनी केटीको स्वार्थमा शेरे चुर्लुम्म डुब्न पुग्छ। बिमलीसंगको सारा वाचा कसम बिर्सिएर त्यो फिलिपिनीसंग लुप्त हुन्छ। हुदाँ हुदाँ शेरेलेबिमलीको गर्भमा हुर्कदैं गरेको नासो समेत चटक्कै बिर्सियो ।अब बिस्तारै त्यहि फिलिपिनी केटी नै प्यारो लाग्न थाल्यो। बिमलीको चिठीको जवाफ समेत फर्काउन छाड्यो। यि सबै कुरा एकदिन साहुले थाहा पाए पछि शेरेलाई हकार्दै कामबाट निकालिदियो । तलब समेत दिएन।उत फिलिपिनी बाठ्ठी थिइ ।राजदुतावस, अड्डा अदालत धाएर भए पनि आफ्नो लाग्दो रकम उठाएर लागिन् आफ्नै देश ।तर शेरे बिचरा न घरको न घाटको भयो। न उसले तलब नै पायो न घर फर्कनै । तर बाग्यबस उक्त साउले पुन:बस्न दियो,खान दियो तर तलब बिहिन। यता बिमलीले धेर समयसम्म शेरेको बाटो हेरि । छोरी जन्मी हुर्की बाबुको खोजी गर्दा सम्म पनि शेरेको अनुपस्थिती रहदाँ बिमलीले जीवन जिउने आधारको आवश्यक्ता महशुस गरि ।त्यसैले निधो गरि जिबनमा एउटा न एउटा सुख दु;ख साट्ने साथी चाहिन्छ । अहिले बिमलीले आफू भन्दा ६, ७ वर्ष जेठो कालीमाटीमा ट्याक्सी चलाउनेसंग बिबाह गरि सुखी जिवनयापन गर्दैछे ।छोरी स्कुल जान थालेकी छे ।उनि भने कालिमाटीमै शटर भाडामा लिएर तरकारी पसल थापेर बसेकी छिन । सन्तोष स्वश फेर्दैछिन् भने शेरे पश्चतापको आहालमा चुर्लुम्म डुब्दैछ।