~डा. ध्रुवचन्द्र गौतम~
ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै ।
एक पटक ऊ मकहाँ दिल्ली आयो । उसले बतायो, यस देशमा आत्महत्या गर्न दिल्लीभन्दा राम्रो कुनै अर्को ठाउँ छैन । जति-जति अपरिचय, पराइपन र वाह्यपना यस नगरमा छु, त्यो अन्यत्र दुर्लभ छ । यस्तो नचिन्हेको ठाउँमा प्राण त्याग्नाको अर्थ नै बेग्लै छ । म उसलाई ठट्टामा यही भन्थे, उसलाई आत्महत्या नै गर्नुछ भने कुनै अर्को ठाउ“ खोजोस् । यस्ता कुरा ऊ गृहस्वामी र उनकी पत्नीसित पनि गर्दथ्यो । घर मालिककी पत्नीसित उसैले मित्रता गरेको थियो । उनका लागि पसलबाट सामानहरू पनि ल्याइदिन्थ्यो । ती बिचरी सोझी खालकी गृहिणी दिइन्, उसका कुराले विचलित हुन्थिन् र उसलाई सम्झाउँथिन्, भगवानले जीवन दिएका छन् भने त्यसको आदर गर्नुपर्दछ । उनको पति अफिस र केटाकेटी स्कुल गएपछि ऊ घाममा मेच ल्याएर बस्थ्यो । उनी लुगा धुन्थिन्, धनराज लुगा सुकाइदिन्थ्यो । दिल्लीबाट फर्कदा उसले आफ्ना केही सामान उनीलाई उपहार दिएर गयो-एउटा टर्च, ट्रान्जिस्टर’ र केही लुगाफाटो । उनी प्रायः चिन्ता गर्दथिइन्, धनराज कतै प्राणको बाजी नथापोस् । केही दिनपछि नै मैले त्यो घर छाडिदिएको थिएँ । एक दिन ती महिला अचानक पागल भइन् । पागलपनमा उनी धनराजको नाउ पनि लिइरहेको थिइन् । तिनैताक मैले एउटा कथा लेखेको थिए ‘ठूलो सहरको मानिस’ । प्रस्तुत छ त्यसको एक छोटो अंश ः
तिमी अन्यथा नलेऊ प्रोग्राम निश्चित गरेर पनि कतै आत्महत्या गरिन्छ, त्यसमाथि यिनीहरू ।’ पी.के.ले गाली गरे जस्तो गर्यो, सारा सहरमा कमिला झै फिजिएका छन् । मैले कर्जन रोडमा एउटा बसबाट किचिन खोजेको थिए, मानिसले मलाई समाए र कुटे । रगतमा मुछिएको रुमाल पछि पखालुला वा पोलुला ।’
‘तिमीलाई पुलिस स्टेसन लगेनन् -‘
‘लागिरहेका थिए, तर मानिस हतारमा थिए ।’ पी.के.ले खुसी हुनै भन्यो, ‘कति राम्रो कुरो हो, मानिस हतारमा हुन्छन् ।’
ऊ जड भएर पी.के.लाई हेरिह्यो । उसले कुरा थाल्दा लाग्दथ्यो व्यर्थका कुरा गर्दैछ, तर हतारमा उसले यही भन्न पायो, ‘हेर, तिमीले आत्महत्या गर्नु नै छ भने मेरो कोठामा नगर्नु, मलाई सुविधा हुनेछ, तिमीले यस सहरमा गरेनौँ र खहती मेरो नाउँ-ठेगानासमेत राखेनौँ भने ।’
यो कथा धनराजलाई केन्द्रमा राखेर लेखिएको थियो भने त धनराज साच्चिकै त्यति बेवास्ते थिएन जति म ठान्दथेँ । म दिल्लीबाट मुम्बइ जाने तयारी गर्दै थिए, जालन्धरबाट सुरेश सेठको फोन आयो, ‘धनराज यस दुनियाँबाट चुपचाप बिदा भयो । साँझ साथीहरूका साथ मदिरा-पान गरेपछि ऊ अन्ततः आफैँ साथीहरूसित बिदा लिएर कम्पनीको एक बेन्चमा गएर बस्थो र न्रि्राका केही चक्कीहरू निल्यो । जाडोका दिन थिए, बेन्चमा बसेको बस्यै उसको शरीर अररियो ।
यसरी न्रि्राको चक्कीले हाम्रो प्रथमा मित्रको बलि लिएको थियो । यो एक नराम्रो थालनी थियो । काल कपिलको मुखमा पनि कालो ओढ्ने ओढाउँदै थियो । धेरै दिन बितेको थिएन, कपिलको पनि निधनको समाचार पाइयो । मित्रहरूमा शोक मनाउनलाई विमल, हमदस, सुरेश र म रहेका थियौँ बाँकी । काललाई अब अर्को शिकारको खोजी थियो । त्यो पनि त्यसले चिनेर छानिसकेको थियो । अहिलेसम्म हामीमा हमदम नै यस्तो व्यक्ति थियो, जो लागुपदार्थबाट मुक्त थियो । समयको यस्तो हुरी आयो, हामी सबै बेग्लियौँ । कपिल र विमल रिसर्चका क्रममा चण्डीगढ गएर मलाई डी.ए.बी. कलेज हिसारमा नोकरी प्राप्त भएको थियो । हमदमको मन पनि जालन्धरबाट उखेलियो । उसले मलाई पत्र लेख्यो ऊ जान्धरमा बस्न सक्दैन, उसले अठोट गरेको छ, अब दिल्लीमैँ बस्छ, म दिल्लीमा उसको आवास आदिको व्यवस्था गरिदिऊँ । उसलाई म चिठीको जवाफ जतिखेरसम्ममा म लेख्दो छु के भने, यसरी एकाएक केही गर्न सकिँदैन, ऊ आफ्नो झोलीझ्याम्टा बोकेर हिसार आइपुग्यो । म एकदम स्तब्ध भए । दिल्लीमा उसको कोही परिचित पनि थिएन, पैसा पनि फर्किने भाडा तिर्न मात्र थियो ।
मैले पहिलो तलब पनि पाएको थिएन । हमदमलाई त्यसै फर्काउन पनि सकिन्नथ्यो । मेरो पनि त्यतिको स्थिति थिएन । उसलाई दिल्लीमा कुनै नोकरी दिलाइदिउ अथवा उसको बस्ने व्यवस्था गरिदिउँ । म उसको मन दुखाउन पनि चाहन्नँ थिएँ । हिसारमा ऊ चाँडो नै दिक्क मान्न थाल्यो । हरियाणाको गठन तबसम्म भएको थिएन र हिसार एक अत्यन्त पछौटे इलाका थियो । सहरमा रामलीला थहिक कुनै सांस्कृतिक गतिविधि थिएन । बासी अखबार पाइन्थे पढ्नलाई, जबकी दिल्लीदेखि हिस्सार पुग्न केवल चार घन्टा लाग्दथ्यो । निसासिएको त म पनि थिए, तर मसित नोकरी थियो । मलाई चण्डीगढले डाकिरहेको थियो, म यस प्रतीक्षामा थिए कि विश्वविद्यालयबाट रिसर्च फेलोसिप पाइयो भने म पनि कपिल र विमलसित गएर भेटूँ । मदानज्यूले आश्वासन दिनुभएको थियो ।
हमदमले दिल्ली जाने रहरमा आफ्नो सामान पनि खोलेको थिएन । केही दिनमै ऊ हिसारको बलौटे जीवनबाट यति बिलग भयो, उसलाई जालन्धरको सम्झनाले सताउन थाल्यो । जालन्धर फर्किनु अब उसका लागि सम्भव थिएन, म चिनजानका तमाम मानिससित अन्तिम बिदा लिएर आएको थिए । म कलेजबाट फर्किनासाथ ऊ केटाकेटी झै एउटा प्रश्न बारम्बार सोध्थ्यो, ‘दिल्ली कहिले जाने -‘
(हिन्दी सुप्रसिद्ध लेखक रवीन्द्र कालियाको ‘गालिब छुटी शराब’ नामक चर्चित ग्रन्थको स्वतन्त्र अंश प्रस्तुति)