~गोवर्द्धन पूजा~
लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा ।
अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको । बाबुको जेठो छोरा तर आमाको कान्छो छोरा रे । म पनि पहिला त त्यस्तै अचम्मित बनेको थिए तर जब उसले सम्पूर्ण इतिहास बतायो तब थाहा भयो । कुरा के रहेछ भने कुलबहादुरले मनमायालाई टिपेर ल्याएका रहेछन् । अर्थात् मनमाया रामबहादुर थकालीसागका दुई छोरा छोडी कुलबहादुरसाग पोइल आएपछि लालबहादुर जन्मिएको रहेछ ।
लालबहादुर जन्मेको वर्षदिन नबित्दै कुलबहादुरलाई दोलालघाटले बगाएको रहेछ । त्यसको ठीक चार वर्षपछि मनमाया पनि घरैमुनिको इनारमा डुबेर मरिछ । विचरा लालबहादुर … ।
त्यसपछि वर्षदिन जति त्यसै मागेर खान थालेपछि घर्ती ठूलेको पछि लागेर सहर पसेपछि सडकमा सुत्ने खातेहरूसागको संगती भएछ र त्यसको केही महिनापछि मेरा घरमा पत्रिका ल्याउने कान्छाको रूपमा नियुक्ति पायो । पछि मेरो चुलो चौकुनो चाहार्नेसम्म बन्यो । हो त्यही लालबहादुर घले ।
हाम्रो विवाह भएको पाच वर्ष भइसकेको थियो तर सन्तान आइसकेको थिएन । तसर्थ मेरी पत्नीले उसलाई विस्तारै मातृत्ववात्सल्यताको अगालोमा लुट्पुट्याउन थालिन् र उसले त्यतिखेर हाम्रो सन्तानको रूपमा माया पाउन थाल्यो । हामी दुवै खुसी थियौा ।
उसलाई सडकबाट महलसम्म पुर्याउने अभिभारा मेरो थियो तर स्नेहको ओढ्ने ओढाएर थुम्थुम्याउने जस सरुलाई थियो ।
समयसागै हाम्रो छोरा पुजनको जन्म भयो । मलाई त्यतिखेर डरको छायामा आफू छोपिन लागेकोझै लाग्यो । कतै पुजनको माया ममतामा डुबेर लालबहादुरलाई सरुले हेला, घृणा त गर्दिनन् तर शङ्काको बादल आफै फाट्दै गयो । उल्टो सरुले लालबहादुरप्रति माया बढाउन थालिन् । उनी भन्ने गर्थिन्- यो लालु अति नै लक्षिनको छ, यो आएर पुजनको जन्म भयो । त्यसैले यो मेरो जेठो छोरा हो ।’
लालु र पुजन दुवै स्कुल जाने भए । सागै जान्थे सागै र्फकन्थे । लालु पाच कक्षामा पढ्थ्यो पुजन एकमा भए पनि साथीजस्तै थिए ।
अचानक लालुमा एउटा परिवर्तन आउन थाल्यो । पुजनलाई स्कुलमै छाडेर अरूसाग रुमलिने गर्न थाल्यो । सरुले सम्झाउथिन् तर ऊ टेर्दैनथ्यो । म आफै पुजनलाई स्कुल पुर्याउने ल्याउने गर्न थाले ।
एक दिन लालु स्कुल गएको फर्केन । बेलुकी अबेरसम्म कुरिराख्यौ उसका साथीहरूसाग बुझ्यौ तर कसैले पनि थाहा नभएको बताए । त्यो रात निकै कष्टपूर्वक बितायौ ।
‘तपाईंले गाली गर्नुभयो होला अनि…।’ सरुले जवाफ पाउदिन थिइन् । म पनि मनमनै भन्थे- सके तिमीले पो उसको चित्त दुखाएको थियौ कि ?’
पुजन दिनरात ‘लालुदाइ’ भन्दै बर्बराउने गर्दथ्यो तर हामी चुपचाप सम्झाई रहन्थ्यौ ।
समयले हप्ता महिना अनि वर्षको प्रवेश गर्दै थियो तर लालुको अत्तोपत्तो केही लागेन र हामी उसको आगमन पनि प्रत्यागमनलाई घटना दुर्घटना सम्झन थाल्यौ । ऊ साग पोखिएका माया अनि उसलाई दिएको मातृत्व/पितृत्व एउटा नाबालकलाई गरेको कर्तव्य ठान्दै बिर्सन थाल्यौा । बिस्तारै पुजनले पनि उसलाई बिर्सन थालेछ तर मैले सधै सडककापेटीमा सुत्ने बालकहरूको अनुहारमा लालुको प्रत्यागमनको प्रश्न खोज्न थाले ।
एक दिन पुजन हातमा पत्रिका बोकेर आफू एस.एल.सी. मा उत्तीर्ण भएको कुरा सुनाउन आइपुग्यो । मैले उसलाई बधाई दिदै पत्रिका पढ्न थाले । पत्रिका पढ्दै थिएा अचानक ‘एड्स रोगीसाग अन्तर्वार्ता’ शीर्षकमा आखा दौडिएर टक्क रोकियो ।
कसरी तपाईं एड्स रोगी बन्न पुग्नुभयो ?
कसरी भनू । यो सबै दैवको खेल रहेछ । पढ्दै थिए, एक दिन मुम्बईमा काम गर्नेसाग परिचय भयो । उसले मलाई पनि मुम्बई लाने कुरा गर्यो र भागेर मुम्बई पुगे ।
त्यसपछि त्यतै रहन थाले । दिनभरि कार्खानामा काम गर्थे बेलुकी नसाको सुरमा कहा कहाा पुगिन्थ्यो पत्तो हुन्थेन । धेरैपछि मात्रै थाहा भयो म त रोगी… ।
यो सुन्दा तपाईंलाई दुःख लाग्दैन ?
किन नलाग्नु नि ? आज मलाई एउटा भनाइ सम्झना भइरहेको छ ‘दुःखले सुख खोज्छ, सुखले काल खोज्छ’ म सडकको मान्छे महलमा पुगे, त्यहााको सुखले मात लागेर बम्बई पुगे आज … ।
अरू केही सुझाव ?
त्यही त हो नि हजुर दुखले सुखमा पुर्याउछ, अनि सुखले मृत्युको मुखसम्म … ।
म अरू बढी पढ्न सक्दिन । आखा तिरमिराएर चिम्म गर्न पुग्छु । सोच्छु -‘यो कुरा सरु र पुजनले थाहा पाए भने कति रोलान् ?’
‘भान्छा तयार भयो आउनुस् ।’
म आवाजसागै भान्छातिर लाग्छु । पुजनको सफतामा मिठामिठा परिकार बनेका रहेछन् । पुजनको खुसीमा मैले लालुको मृत्युको छायाा भेटेा । आाखाबाट अचानक आासुको बााध फुट्छ ।
पुजनले अचम्म मान्दै सोध्यो-
‘बाबा तपाईंको आखामा आसु?’ मैले हत्त न पत्त आसु पुछ्दै झूटो जवाफ दिएा- यो हर्षको आासु हो बाबु छोराछोरी भनेको बाबु आमाको सबैभन्दा ठूलो सम्पत्ति हुन् उनीहरूको खुसी नै बाबु आमाको खुसी हो ।’ यतिखेर सरुका आखामा पनि आसु टलपल टलपल गर्दै थिए तर उनको आखाको आसु र मेरो आखाको आसुको रङमा फरक थियो ।
(स्रोत : मधुपर्क)