~रुकु कार्की~
पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्भिmादा म सत्र/अठारको जवानीमा साटिन्छु । २०३३ साल मङ्सिरको महिना हो । म अठार वर्ष मात्र पुग्न लागेकी थिएा । त्यति बेला मेरो काखमा ठूलो छोरो थियो ।
त्यसबीचको मेरो जीवनयात्रा कहालिलाग्दो छ । कहीा ताप, कहीा रोदन, कहीा अन्धकारका पाटा छन् । कति दुःख पाएा, त्यसको अन्दाज गरिसाध्य छैन । मुटुभित्र पीडाको समुद्र उर्लिएको थियो, आाधी मडारिएको थियो । त्यो अतीतको विरहलाग्दो, बोझिलो कुरा नसम्झुानसम्झुा भन्दाभन्दै पनि ती सम्झना, बिर्सना र झझल्काहरूमा आइरहन्छन् । कसले रोक्न सक्छ र समयको गतिलाई ? त्यसैले जीवनभोगाइ र अनुभवहरूलाई सम्झेर जीवन चित्रण गर्न मन लाग्छ ।
मेरो माइतीघर त्रिशूली नदीको कलकलमा अवस्थित धादिङ जिल्लाको गजुरी बजार हो । म त्यहाा नगएको पनि झण्डै डेढ वर्ष बितिसकेको थियो । डााडापारि, माइती मेरो हिमालको काखैमा भनेजस्तो बादलपारि माइतीघर अल्पिएको थियो । त्यतिखेर मुग्लिनको बाटो गाडी चलेको थिएन, त्रिभुवन राजपथको बाटो हुादै सात घुम्तीको ओरालो झरेर नौबीसेमा आई बास बसेर भोलिपल्ट गजुरी बजार पुगिन्थ्यो । एक्लै जाने सक्ने कुरै भएन । मन मारेर खुम्चिनै पथ्र्यो । खुरखुरेमा बुबाकी फुपूको घर थियो । चाडबाड आउादा म कहिलेकाहीा नियास्रो मेट्न फुपूको घर जान्थेा ।
मेरा श्रीमान् राजेश कार्की काठमाडौा जानुभएको थियो । आफूलाई कतै जानुपर्दा जेठाजुको अनुमति लिनुपथ्र्यो । म जेठाजुलाई ठूल्दाजु भनेर सम्बोधन गर्थें । एक दिन फुपूको छोरा खुरखुरेबाट मलाई लिन आएका थिए । मैले जेठाजुलाई फुपूकहाा जान भनेर आदरसाथ अनुनय गरेा ।
उहााले रिसाउादै जागेर भन्नुभयो- “अहा, यो हुन सक्दैन । घर छाडेर लखरलखर हिाडेको मलाई मन पर्दैन । के गर्न जाने ? कससाग भेट गर्न जाने ? कि घरको कुरा काट्न जाने ?”
त्यस्तो कटु वचनसाथ सकिएको थियो उहााको भनाइ । एक-दुई दिनका लागि भए पनि घरको सानो घेराबाट उम्किएर जान पाउाछु कि भन्ने खुसीले मन चहचह भएको थियो । मैले फुपूको छोरासाग जाने ढिपी पनि गरेा । तैपनि मलाई पठाउनुभएन । दाजुले घरमा सम्पूर्ण परिवारका सदस्यहरूलाई आˆनो नियन्त्रणमा राख्नुभएको थियो । उहााको बोली र व्यवहारमा गर्हौापन झल्किन्थ्यो । आजको परिवेशमा, आजको जमानामा सहर-बजारतिर त्यसअनुरूप चल्न सकिादैन तर त्यस बेलासम्म त्यस्तै हुन्थ्यो ।
जेठाजुको शब्दवाणको धारिलो प्रहारले मलाई निर्घात चुटिरहृयो । मलाई लैजान नपाएपछि फुपूको छोरा त्यहीा दिन निराश भएर खुरखुरे गए । मलाई मनमा पीर लाग्यो । फुपूको नियास्रो पनि लागिरहेको थियो । फुपूलाई भेट्न पाइना, के गरी जाने, कसो गरी पुग्ने, मनमा चस्का परिरहृयो । एकपल्ट त्यहाा पुग्न नपाए खुत्रुक्कै पो हुन्छु कि जस्तो लाग्यौ मलाई । यसै रुमलोमा सोचेा- अब भोलि बिहानै उठेर भागेरै भए पनि जान्छु । फुपूसाग भेटघाट गरेर उज्यालैमा घर र्फकनुपर्ला । जेठाजुले गाली गरे सहन्छु । मलाई छट्पटी बढ्न थाल्यो । बाध्यताको भुमरीमा कसैले किचिदिएको जस्तो, मरीमरी बााचेजस्तो, बााचीबााची मरेजस्तो, भोलि कतिखेर उज्यालो होला र हिाडौला भन्ने विचारले म रातभरि निदाउन सकिना ।
रात गयो, उज्यालो भयो । बिहानै आˆनो कामधन्दा सिध्याएा । अाध्यारो काटेर बिहानीको प्रहरमा, रविले आˆनो घुम्टो खोले । धरती र आकाशको मिलनमा हरियाली डााडापाखा हाासिरहेका थिए । प्रातःकालको रक्तिम क्षितिजसागै सूर्य मुस्कुराइसकेका थिए । घरपछाडिबाट लोथर नदी गण्डकीको तरङ्गमा सुसाउादै निर्मल बगिरहेको थियो । दाजु बिहानै उठेर नदीतटमास्तिर हातमुख धुन जानुभएको मौका पारी छोरालाई लुगा लगाइदिएा र आफूले पनि लगाई कजवे पुल तरेर पारिपट्ट िपुगेा । घुाडाघुाडासम्म खोला तर्दा पानीले भिज्यो, छोरा पिठ्युामा बोकेकी थिएा ।
त्यतिखेर वीरगन्जदेखि अमलेखगन्ज, हेटौाडा, भण्डार, खुरखुरे, पर्सा, टााडी, भरतपुर, नारायणघाट आदि स्थलहरूका लागि बस, मिनीबस सेवा सञ्चालित थियो । वीरगञ्ज-नारायणगढसम्म चल्ने बस आइपुग्यो र खुरखुरेमा बस रोकिदनु भनेर बस चढेा । एक्सप्रेस बस रहेछ । बिहानी भएकाले बसभित्र यात्रुहरूको त्यति चाप थिएन । ठाउाठाउाको बस्ती छिचोलेर बस गुड्दै गयो । बसको घुर्रघुर्र, हर्नका पीापीा र टिाटीा-ढोकामा खलासीले यात्रुहरूलाई बोलाइरहेको थियो । खुरखुरेको बस बिसौनी आइपुगेको मलाई थाहै भएन । ड्राइभरले बस रोकिदिए, म त्यहााबाट हिाडेर फुपूलाई भेट्न पुगेा । फुपु घरभित्रै हुनुहुादोरहेछ, म पनि भित्रै गएा ।
“फुपू, नमस्कार Û”
“नमस्कार नानी, आऊ बस । ” फुपूले भन्नुभयो ।
उहाालाई देखेपछि मेरो सारा पीडा हटेर गयो ।
“अनि उताको हालखबर के छ ?”
“सबै ठीक छ । ” मैले भनेा ।
उहााले फेरि सोध्नुभयो- “तिमी हिजो किन नआएकी हौली भन्ठानेकी थिएा, अहिले आयौ र खुसी लाग्यो । पहिला खाना खाऊ, पछि कुरा गरौाला । “
“मलाई हिजो दाजुले पठाउनुभएन, उल्टै हपार्नुभयो । म घर गरेर खान सक्दिना होला फुपू Û” अतिशय पीडा भरिएको स्वरमा मैले भनेा । मेरो आाखाबाट खहरे बगिरहृयो । मेरो अवस्थाले नै सबै कथा बताइरहेको थियो । म आˆना पीडाका पोकाहरू फुकाउादै विचलित स्वरमा गुनासाहरू पोख्तै गएा ।
“छोरो जन्मिएको छ, किन पीर गर्छेस् नानी ? सुखका दिन पनि पक्कै आउाछन्, सहनुपर्छ । ” फुपूले भन्नुभयो । उहााको फूलजस्तो कोमल मन ज्यादै उदासी भएर आयो ।
“ज्वाइालाई सोधेर आएकी भए हुन्थ्यो नि Û” उहााले भन्नुभयो ।
“ज्वाइा काठमाडौा हुनुहुन्छ । उहाा घरमै भए पनि दाजुको अगाडि केही बोल्न सक्नुहुन्न । उहााको र मेरो सम्बन्ध नजिक भए पनि आकाश र धर्तीजस्तो, सागर र किनाराजस्तो छ । बोलचाल हुनै गाह्रो । के भनुा खै म त, ओठ खोलेर हाास्न सक्दिना । शीतल छहारी पाउन सक्दिना । जून अटाउने मेरो मन, फूल फुलाउने मेरो मन पीडाले भारी भइरहेछ । यो पीडाको भारी खै कहाा लगी बिसाऊा ? यो संसारमा म किन जन्मिएकी हुाली ? बरु ढुङ्गामाटो भइदिएको भए हुन्थ्यो । झारपात, कााडा भइदिएको भए हुन्थ्यो । जिन्दगी भनेको एउटा लामो सुस्केरा रहेछ । यतिखेर म सबैका लागि धूलो र कसिङ्गर भएकी छु । “
“तिम्रा कुरा मनमा गड्छन् । हामी आइमाईको हालत यस्तै छ, सहेर पचाउनुपर्छ । ” फुपूले मलाई थुमथुम्याएझैा गर्नुभयो ।
म बिहेको बेला सम्भिmन पुगेा । घर भित्रिादा जेठाजुले मलाई भन्नुभएको थियो- “बुहारी त बेसैजस्ती छिन् । पढेलेखेकी सुशील रहिछन् । कतै जागिर लगाइदिन पाए पनि हुने । ” अहिले भने किन त्यस्तो भएको होला भन्ने लागिरहृयो ।
जेठाजुको रूपरङ राम्रो थियो । खाइलाग्दो शरीर देखिन्थ्यो । शान्त, सौम्य व्यक्तित्व थियो । आˆना साथीभाइ र इष्टमित्रसाग बोल्दा उहाा मधुर वाणी बोल्न खप्पिस हुनुहुन्थ्यो तर भाइबहिनी र बुहारीसाग बोल्दा भने जहिले पनि उत्तिकै आवेग, उत्तिकै आक्रोश र उत्तिकै चर्को स्वर हुन्थ्यो उहााको, साह्रै मापाको ।
फुपू र मैले निकैबेरसम्म सुखदुःखका कुराकानी गर्यौा । दिनको पााच बजिसकेछ । समय बितेको पत्तै भएन ।
“तिमी बस्दै गर बहिनी, म खाजा बनाएर आउाछु । ” फुपूले भन्नुभयो ।
“पर्दैन फुपू, मेरा निम्ति दुःख नगर्नुहोला । बरु बाबुलाई एक गिलास दूध खुवाएर लैजानुपर्ला । ” मैले आत्मीय भाव देखाउादै भनेा ।
“के भनेकी बहिनी तिमीले ? बाबुलाई मात्र किन ? तिमीलाई पनि भोक लागिसक्यो होला । चियाखाजा बनाउन पनि दुःख हुन्छ र ?” यति भन्दै फुपू भान्सामा जानुभयो । एकछिनपछि उहााले खानेकुरा ल्याएर मेरो अगाडि राखिदिनुभयो । खाइसकेर मैले बिदा माग्दै भनेा- “हवस् त फुपू दिदी, म बिदा हुन्छु, नमस्कार Û”
म हस्याङफस्याङ गर्दै खुरखुरेबाट बस चढेर बेलुका घर पुगेा । मनमा त्रास त छादै थियो । तुरुन्तै कपडा फेरेर भान्सा कोठामा गएा र खाना बसालेा । मलाई देखेपछि जेठाजु भान्साकोठामा आउनुभयो र चुलोमा बसालेको खाना झिकेर भुइामा राखिदिनुभयो । दाजुको पारो चढिसकेको थियो । उहााको बोलीचाली र क्रियाकलापमा अनौठो परिवर्तन आयो । ठूलल्ठूला आाखा बनाउादै मलाई तथानाम भन्नुभयो ।
“भन तिमी, दिनभरि कहाा घुमेर आयौ ? अबदेखि यो घरमा बस्नुपर्दैन । जहाा मन लाग्छ त्यहीा जाऊ । ” यति भनेर मलाई बाहिर निकाली ढोका ढ्याम्म पारी उहाा भित्रबाट चुकुल लगाएर बस्नुभयो । समय रातको आठ बजिसकेको थियो । मेरो अनुहार त्रास र भयले कालोनीलो भइसकेछ । म चेपेमा परेकी थिएा । त्यसलाई मैले ठानेा- दाजुको रिस, आˆनो भूल । मैले आˆनो ठूलो गल्ती महसुस गरेा ।
म माथिको यातना नै थियो त्यो । त्यतिबेला भने बाहिर आागनमा छोरो काखमा लिएर टुक्रुक्क बसिरहेा । नबसेर पनि कहाा जानु र ? मङ्सिर/पुसको ठिहिर्याउने जाडो, धर्तीलाई बिछ्यौना बनाएर कोप्चिनुसिवाय अरू उपाय पनि त थिएन । एकतमासको स्यााठ चलिरहेको थियो । आफूभित्रको नियति भनौा या चक्रव्यूह, बााच्नुको विषाक्त द्वन्द्वसित जुध्दाजुध्दै वेदनाले छट्पटी गरायो । म फेरि दोजिया भएकी थिएा । एउटी गर्भवतीको प्रसव पीडाजस्तो संवेदनशील अवस्थाबाट महिला कति पीडित हुनुपर्छ ? त्यो कसैलाई थाहा थिएन ।
चुक घोप्ट्याएकोजस्तो अाधेरी रात, जून हराएको थियो । नीलो आकाश डम्म कालो बादलले ढाकिएको थियो । त्यो कालो रातमा पनि कताकति ताराहरू मधुरो प्रकाश छरेर टिमटिमाइरहेका थिए । गाउा भएकाले बिजुली र टेलिफोनको लाइन आदि साधन-सम्पर्क केही थिएनन् । मन कहालीकहाली रोयो । भित्रभित्रै शरीरमा करेन्ट लागेझैा झन्झनाइरहृयो । छातीमा कुनै ठूलो पहाडले किचेझैा, सगरले थिचेझैा भयो । जेलका कैदीहरूले रातभरि चीसो भुइामा सुतेर रात गुजारेर सजाय पाएजस्तो सम्झना भइरहृयो ।
घरिघरि भुस्याहा कुकुरहरू जोडजोडले भुक्तै यता र उता दगुर्दै थिए । म भने अव्यक्त पीडामा केही कुरा सोचिरहेकी, गमिरहेकी थिएा । मन र आाखाबाट सारा जिन्दगीका पीडा गुजुल्टिएर गााठो परेर आए । हीनताबोध भयो । के गरेर जिन्दगी बिताउने ? यो लामो जिन्दगीको यात्रामा म किन एक्ली भएा ? खै त मेरो आˆनो अस्तित्व ? मनमा अनेक हुन्डरी चलिरहृयो । कहाा जाऊा, कुन बाटो समाऊा ? आˆनो गन्तव्य आफैालाई थाहा भएन । आाखाबाट एकाएक वषर्ाको भेलजस्तो फेरि आासु बग्न थाले । आासु बगिरहे छाती भिजाउादै ।
यस्तो असहज परिस्थितिमा मैले ईश्वर पुकार्दै भनेा- “हे भगवान्, दुःखबाट छुटकारा पाऊा । जसरी तिमी प्रत्येक प्राणीको श्वास-प्रश्वासमा बहन्छौ त्यसरी नै मेरो अन्तस्करणमा आई बसिदेऊ । मानवमनको अन्तःस्तलबाट स्वार्थ र क्रोधको बास उठाइदेऊ । कसलाई दोष दिऊा ? भगवान्लाई, समयलाई या त सृष्टिलाई ?
भोक, तिर्खा, इच्छा, निद्रा सबै हृदयबाट फालेर ईश्वरको नाम जपिरहेा । कलिलो प्युसो साथमा थियो । ऊ आमाको न्यानो शीतल काखमा सुतिरहेको थियो । मलाई चाहिा कोपिला पनि नफुली सुक्छ कि भन्ने लागिरहृयो ।
दाजुको मनको कुनामा अलिकति दया बााकी रहेछ । उहााले रिसाउादारिसाउादै ढोकाको चुकुल खोलेर “अब भित्र आउा” भन्नुभयो । चार घण्टा बाहिर बसिसकेपछि म घरभित्र पसेा र निहुरिएको मुन्टोलाई सीधा पार्दै दुई हात जोडी माफी मागेा- “अबदेखि कहिल्यै गल्ती गर्ने छैन । हजुरको भाइले थाहा पाए मार्नुहुन्छ । यो कुरा उहाालाई नभनिदिनुहोला । ” मानसिक सास्तीले कैदी बनेको शरीर थरथराउादै म कोठामा गएर भुइामा थचक्क बसेा ।
मुटुको धड्कन बढिरहेको थियो । मेरालागि घर कैदखानजस्तै भयो । झ्यालढोकाहरू पनि कारागारकाजस्ता लागिरहेका थिए । अरूका लागि भार भएको जीवनमा कठोर मानसिक र शारीरिक वेदना झेली बााचिरहनुभन्दा मर्न पाए मुक्ति मिल्थ्यो भन्ने लागिरहृयो । फेरि मरणको कामना गर्दैमा कोही मरिहाल्ने पनि कहाा हो र ? कसरी त्यति सजिलै मर्न सकिन्छ ? सन्तानप्रतिको जिम्मेवारीले पनि मैले मर्नु भयो र ?
त्यो बेलाको कथा मनमा बााकी थियो । एक दिन मैले मेरो श्रीमान्लाई आˆनो मनको वेदना पोख्तै भनेा- “मैले यो घरको मानसिक र शारीरिक यातना खपेर कसरी बसुा ? बरु छुट्टएिर बस्न पाए पनि हुने थियो । “
उहााले आक्रोश पोख्तै भन्नुभयो- “ता यो के भन्दैछेस् हा ? घरमा बस्न नसके जा माइतीमा गएर बस् । म घरपरिवारबाट एक्लिएर कदापि छुट्टएिर बस्न सक्दिना । दाजुभाइले जेजे भने पनि सहनुपर्छ, तालाई मात्र ताडना खप्नुपर्ने हो र ? अरू भाउजू-बुहारीहरूले पनि यो घरको बुहार्तन सहेर बस्न बाध्य भएका छन् । अहा, मलाई तेरा कुरा सुन्नु छैन । “
स्थिति त्यस्तै भयो । जीवनलाई शीत प्रकाश दिने हुनुपथ्र्यो दाम्पत्य जीवन तर दाम्पत्य जीवन त्यस्तो हुन पाएन र ती दिनहरू उल्लासपूर्ण हुन सकेनन् ।
आˆनो जीवन भोगाइका कथाव्यथाहरू कसैलाई सुनाउन पनि नपाइने ? मेरो मनोव्यथा आˆनै श्रीमान्बाट पनि हल्का हुन सकेन । मलाई बालकृष्ण समले ‘धु्रव’ नाटकमा भनेझैा भयो- सहू सहू सहू बाबु, सहनै नसके पनि सहू । मान्छेको सबैभन्दा ठूलो दुश्मन पनि मान्छे नै हुादोरहेछ । महिलामाथि हुने गरेको पितृसत्तात्मक शोषण मलाई मात्र होइन, सबै महिलालाई थियो ।
मलाई लाग्छ- पारिवारिक द्वन्द्वभित्र महिलाहरूले भोग्नुपर्ने दुःखान्त परिस्थिति र लैङ्गकि आधारमा गरिने विभेदले समाजमा विद्यमान सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र राजनीतिक आदि अवस्था बिगि्रएर नारीहरू पिछडिएका हुन् । सम्पन्न र सम्भ्रान्त परिवारका महिलाहरूलाई समेत सिन्दूर र पोतेले जिन्दगी तहसनहस बनाएको छ । पतिको सेवा-सुश्रूषादेखि लिएर परिवारका सदस्यहरूलाई खाना पकाएर खुवाउने, घरायसी कामकाज जति गरे पनि सासू, ससुरा, देवर, जेठाजुले गरेको व्यवहार र झमेला नबेहोरी हुन्न । यो सत्य हो । जबसम्म परिवारमा, घरमा, समाजमा, महिलाको स्तर माथि उठ्दैन, तबसम्म महिलाहरू शोषणबाट मुक्त हुन सक्दैनन् ।
जेठाजुको स्वभाव त्यसताकाको संस्कारको एउटा नमुना थियो । त्यही संस्कारबाट पिाधिएकी थिएा म । उहाा बााचेको भए पैासठ्ठी वर्षमा प्रवेश गर्नुहुन्थ्यो । उहाा चिनीरोगले ग्रस्त हुनुभयो । एक दिन अचानक उहााको स्वर्गवास भयो । दाजुको अशेष सम्झना मसितै रहिरहेको छ । जेठाजु र मेरो बीचका संवादहरू अझै पनि मेरो मानसपटलमा ताजै छन्, त्यो अाध्यारो ठाउामा बसेर दस वर्षको निरीह जिन्दगी कसरी बिताएा होला ? आजकाल मलाई ती स्मरणपुञ्जहरू सपनाजस्तै लाग्छन् । आˆना गाउाघरका विषयमा लेखिएका संस्मरणहरू सम्झादा अहिले पनि मलाई त्यहाा बसेर रोएको अनुभूति हुन्छ । मेरोजस्तै जीवन भोग्ने दिदीबहिनीहरू कति होलान् हाम्रा गाउाघरमा भनेर सोचिरहेछु आधा आकाशको नियति ।
(स्रोत : मधुपर्क)