~आचार्य प्रभा~
आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी ।
“हजुरलाई साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ,त्यसैले त अब मोबाइेलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ।अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।”
उस्को श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्याए । “कस्तो सम्झौता?” ऋचाले शर्माउँदै भनी। “क्या त बिहे गरेको पाँच बर्ष सम्म बच्चा नजन्माउँने भन्ने सम्झौता । बिर्सिनु भो?”
ऋचाको आशय बुझेर श्रीमानले अलिक अन्कनाउँदै भने । “हो ऋचा तिमीसँग त्यती मात्र मेरो सम्झौता होइन । तिमीसँगको अर्को मेरो सम्झौता हो,अमेरिकामा स्थाइे हुनलाई तिमीसँगको विवाहको नाटक । तिम्रो ग्रीनकार्डसँगको विवाह हो मेरो । तिम्रो जीवनसँग होइन । अनि,अब यो पनि जान। यो मोबाइेलमा भएको बच्चाको तस्बिर मेरी छोरीको हो,जो नेपालमा हुर्कंदैछ आफ्नी आमाको काखमा ।
ऋचा किङ्कर्तब्यबिमूढ बन्छे……..।
(स्रोत : Mysansar )