लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~

सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म तिर आइरहेको देखेपछि म अलमलिएँ, कुनै चलचित्रको वा टिभी सिरिएलको सुटिङ होला भनेर मैले मनमनै गमेँ ।
– “ए केटा मलाइ चिनिनस् ? ” साँढे तिरबाट आवाज आयो ।
– “अँ हँ चिनिन .” मैले सिधै जवाफ फर्काएँ ।
– “म भगवान शिव ” । शिवजीले मुस्कुराउँदै भने ।
– “मैले कसरी पत्याउने ? घाँटिमा नक्कली होकी सक्कली हो सर्प र बाघको छाला बेरेको मान्छे पनि त हुन सक्छ “। मैले तर्क गर्दै ओँठ लेप्रेयार अपत्यार जाहेर गरेँ ।
– “लौ हेर, म एकै पल्टमा यो भत्काइदिन्छु ।” शिवले त्रिशुलको सामान्य प्रहार गर्दै सिहदरवारको गेट भताभुङ्ग हुनेगरी भत्काइदिए मेरै अगाडि ।
– “प्रभू ! मैले चिनिन बेलैमा माफी पाउँ ! ” मैले हात जोरेर भनेँ ।
उनी चुपचाप मुस्कुराइ रहेँ ।
– “प्रभू ! मेरो गुनासो छ तपाइसंग ।” मैले असन्तोष जनाएँ ।
– “लौ भन् के गुनासो छ ।” शिवले मुस्कुराउँदै भने ।
– “त्यही सिहदरवारमा भा’को प्रधानमन्त्री पनि प्राविधिक म पनि प्राविधिक तर उसलाइ कति धेरै दिएको; प्रधानमन्त्री पनि उनैलाइ, महान तथा गौरवशाली पार्टीको उपाध्यक्ष पनि उनैलाइ, नयाँ पुस्ताको विश्वास पनि उनैलाइ, तर मलाइ भने गतिलो जागीर पनि नदिएको । यो त अन्याय भो’नी प्रभु ।” मैले गुनासो पोखेँ ।
– “हेर, प्रकृतिले सबैलाइ जसरी बराबरी दिन्छ त्यसै गरी हामी पनि बराबर दिन्छौ, कसैलाइ कम-बेसी गर्दैनौ । कुरा नबुझेर मात्र हो ।” शिवले संझाउन खोजे ।
– “कसरी मानूँ म ? ” मैले अड्डी छोडिन ।
– “हेर केटा, मैले जापानलाइ त्यत्रो प्रगति र बैभव दिएँ तर साथमा भुकंप, सुनामी हेर । भारतलाइ त्यत्रो आर्थिक उन्नतिको अग्रसरता दिएँ साथमा भ्रष्टाचार पनि हेर । आइन्सटाइनलाइ त्यत्रो क्षमता दिएँ, उनको अनुहार हेर त कस्तो छ ? नारायण गोपाललाइ त्यति मिठो स्वर दिएँ साथमा दारूपानीको बानी पनि लगाइदिएँ । देवकोटालाइ श्रृजनशिलता र साथमा चुरोट दिएँ ।” शिवले ब्याख्या गरे ।
– “अनि हाम्रो प्रधानमन्त्रीलाइ सबै राम्रै राम्रो दिनुभएको छ त ।” मैले मेरो कुरो अगाडी सारेँ ।
– “हेर केटा तैले कुरो नबुझ्या मात्र हो, केही बढी दिएको छैन, ढापखाप मिलाएरै दिन्छु मैले, मैले तेरो प्रधानमन्त्रीलाइ धेरै क्षमता दिएको हो, जहिले पनि पहिलो हुने बनाएकै पनि हो, तर हेर्न त्यसलाइ कस्ता बटारिएका खुराफाती साथीहरू दिएको छु, हेरी राख न त्यो विचराले केही गर्न सक्दैन । …”
शिव बोल्दाबोल्दै म झल्याँस जागेँ । झ्यालबाट मुर्दावादको चर्को आवाज आइरहेको थियो, उनै प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताहरू उनकै विरोधमा गरिएको नेपालबन्द सफल पार्न नारा लगाइरहेका थिए ।

कुसुम ज्ञवाली, भाद्र २०६८

(स्रोत : Kusum’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.